नेपाली अभिलेख

एक तरङ्ग

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.एक छिनको तरङ्ग भनूँ ?किचाख लिनेले मार सुनूँ? किकिनकि ,कानेखुशीको एक कुरो हो !लहड चरो हो !एक तरङ्ग !सनकी !
ख.ठोस जमीनमा उभ्भिरहेथेँ ।चट् अल्प्यो !खँदिलो सारा शून्य भएछ !अगाध भास पो, अनिर्वचनीय,झट्झल्क्यो !
ग.खसिरहेथें, खसिरहेथें,स्वार ! स्वार ! !रिक्ततामा झारिरहेथें !नष्टाकार !बेपिँध शुन्यको पिँधनिरअन्धकार !
घ.नीलो कालो जीव तर्सियो ।“नभवेयं !”आत्मनाशको त्रास वर्षियो ।एक झमटमा, सोधी,“शुुन्यो ऽहं ?”
ङ.मभित्रको क्यै खँदिलो बोल्थ्यो ।“छु नि छु !”एक निमेषमै यो सब अनुभव,गुज्रयो, उहू !
च.अन्तिम घिरघिरको अनुभवझैअनन्त पतन दशामा,के के अनौठा बोली निक्ल्यो,आफु बिलाउँदो सम्झाउँदो,“आम्मा !”
छ.भारद्धाज ऋषिको आत्मा,मानो, अचम्मअगाध भाषमा झर्दै बोल्यो,हठ–तपले“ब्रह्म !”
ज.यति कुरो हो ! लाजै लाग्दो !कस्तो ह’ कि ?सुतिरहेको बेला खस्दा,झस्की, शरीरमा होश क्यै पस्दा,तपाईलाई पनि क्यै कहिल्यै,यस्तो भयो कि ?जी ?

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)