एक बिहान
क.उषा चढिन् रे सल्लो !स्वर्गभयो आकाश उपल्लो !त्यसको मछाया,ताल धरामा, तल्लो !सुन्दरताले झस्केको, वायुमण्डलहाल्यो !प्रतिस्पर्शले क्या बादल बल्लीे,फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो!
ख.पन्छी–गाना उडाइन् तिनले ।श्रवण भरीकन,फुलको कोभी आंखा भल्यो!के, के तिनले गाइरहिछन्?सृष्टि रसिलो, लाल सुरा भै,कसरी उछल्यो ! कसरी उछल्यो !
ग.आदिपुरुस ? औ प्रकृतिदेवीखेल्छन् जुहारी रङ्गमा !सुनिरहेछु, स्वर्गकी बाला !पर्वतमाला, मिरमिर पुराना,गुन्जिरहेछन् ढङ्ग, ढङ्गमा !जन्मिरहेछन् दिवस जगत्को,चल्छ किरणको डल्लो!
घ.अप्सराकी ए ! रानी ! तिमी,छवि–खानी !देवदारुको ऊँचा उपवन,डुल्न आई, दिन्छयनै दर्शन !स्फटिकमहलको द्धार उघारी,दिनदिन, पखमामधुर बिहानी !आनन्द जम्यो क्या ! मुटु डल्लो !
ङ.भेडा गोठाला बतासहरु छन्!राज्यमा तिम्रो काम छ ऊनको ?जलप छ सुनको ?मसिना सोनार ?चित्रकार ?मेषचारको कान्तिपुरीमातिम्रो विहार ?भाषा रल्यो ! भाषा रल्यो !
च.मुसकानहरुमा संसार शुरु भोस्पर्शमा, प्राणको सञ्चार शुरु भो !ज्योतिदानमा गुञ्जार शुरु भो !सुमुखी !गुँडको चरो यो भन्दछ नीड–हिछोडूँ कि ?उडूँ, उडूँमै डल्यो !
छ.शून्य रङ्गियो !जगत् भङ्गियो !अनङ्ग अङ्गियो, तल हेरी !प्यार जन्मियो, सुन्दरताको,जनमन, जादू बेरी !मूर्त देख्छु मुहूर्तमा यो !कविता ? मेरी ?जीवन जल भो, कलकल्यो !
ज.ऊ ! ऊ ! बादल बल्लीमालाग्यो दिनको चिचिल्लो !सृष्टिदेवीको मुसकान—लाई हामी भन्छौ बिहान !हे गौरी ! क्या ब्रीडासुन्दरमुखमा लाली उछल्यो !
झ.स्वर्ग र पृथिवी ओठ अरुणझैचुम्बन गर्छन्। मस्कन्छन्!मिठास पाई, स्मितिमा मनोहरलच्कन्छन्!भाव बनीगो चुली उपल्लो !भाषा लागी बन्न रे खल्लो !उषा चढिन्रे सल्लो !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)