नेपाली अभिलेख

एक असारको बिहान

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.दिनकरको बीउ झन्डै उम्योमिरिमिरि–माटो फारी, दृश्यबदली निशिभर गाइरहिथिन्प्रकृति, तिनले रोपिन्अवश्य !
ख.हेर ! साईटु आउँछ कलिलो,लाल पत्ती ली दुई बादल !मानो लुँडेका बीज पलाउँदाहात ठटाउँदा खुशी बालकदल,जस्तो मेरो, पन्छी, पशुको,उफ्यो दिल दिल !
ग.फुल्दछ, फुल्दछ ढकमक बन्दैरातो–पहेंलोयसका सुगन्ध मशीहा चोर्छन्सुँघिरहेछुगरिरहेछु चोर्ने मेलो !
घ.यसको केशर पर्दछ चुलीपन्छी चुम्छन्पर्वतमुनिले मन्त्र सुनीकन,यसको रहस्य,‘भूर्भुव स्वः भूर्भुव स्वः’तिनका आँगमाबिरुवा उँग्छन्।
ङ.यो रोप्ने को ? यो रोप्ने को ?जोडाजोडी ?कस्ती राम्री होलिन्तिनी औकस्तो सुन्दर तिनको प्रेमी !कल्पिरहेछु ताना छोडी !भावहरुका उब्जिरहेछन् हरिया शस्यगाई एउटा मन्त्र, रहस्य !भूर्भुव स्वः भूर्भुव स्वः
च.जप्छ दुभो पनि यही गायत्रीसजल र सिरसिर,दिलले अवश्य !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)