नेपाली अभिलेख

एक सुन्दरी च्यामिनी

कविता

क.स्याबास क्या ढकमक फुली !दिव्य अपवाद !संगमरमरमा ढली छौधन्यवाद !
ख.वीरताको चरमचुलीयो जनानी !कुन कविले गायो फुलीयो कहानीए कुजात रानी !
ग.गन्ध, मलले व्योम छुन्न,नर कुहुन्नदेखियो यो लौ तिमीमा !मानवकिरणले मार्ग पायोनाघी तमकोघोर सीमा !
घ.क्या गिज्यायौ धम्र्म, मन्दिरअन्ध बारयस्तो दिव्य व्यङग्य पाएँआज मैले,एक बार !
ङ.ढुङ्गा फोर्यो फूल–जराले फक्रिनसमाजको यो चट्टान टुक्रँदो पक्रिन !
च.अछूतता धोयौ गजबसँग,जुग पखाली !जातिकी ए तीर्थ ! छुन्छयौस्वजन उचाली ।
छ.ए पुरोहित हो ! न छोओ !पिउ रे सुस्त !तिम्रा पाषाण मूर्ति चिरी यीविभूति मुस्किन्,व्यङ्ग्य–मस्त !
ज.मानवआत्माले लडाइँयस्तो जितेको देखिनँलङ्का औ कुरुक्षेत्र फुस्रेकस्तो महायुद्ध ! मानवात्मायो नराङ्कुर उत्रिन ?
झ.हाम्रो यो बदली गगनमाफारी पङ्कचाँद कमल क्या पीयूष फुल्छयौकृत्रिम कलङ्क !
ञ.छोइदेऊ सारालाईएकछत्तै !मोहनी हे ! कीरा झल्लरशास्त्र पारीसब बिपत्तै
ट.तिम्रो सुख हो विजय अद्भुतएक झलकले कुइरो फारसुन्दर नै जिउँदो सुधार हो,विश्व–द्योतक एक जुहार हो,हृदयस्पर्शी युग–पुकार !आँखा मिचून् सब,गन्धे झारका फूल सेखीझार ! झार !
ठ.मोहिनी ! लेऊ कुचो एकसडक बढार,“मानव जिउँछ ! नाली जित्छ !यत्ति प्रसार ! ”

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)