क. स्याबास क्या ढकमक फुली ! दिव्य अपवाद ! संगमरमरमा ढली छौ धन्यवाद ! ख. वीरताको चरमचुली यो जनानी ! कुन कविले गायो फुली यो कहानी ए कुजात रानी ! ग. गन्ध, मलले व्योम छुन्न, नर कुहुन्न देखियो यो लौ तिमीमा ! मानवकिरणले मार्ग पायो नाघी तमको घोर सीमा ! घ. क्या गिज्यायौ धम्र्म, मन्दिर अन्ध बार यस्तो दिव्य व्यङग्य पाएँ आज मैले, एक बार ! ङ. ढुङ्गा फोर्यो फूल–जराले फक्रिन समाजको यो चट्टान टुक्रँदो पक्रिन ! च. अछूतता धोयौ गजबसँग, जुग पखाली ! जातिकी ए तीर्थ ! छुन्छयौ स्वजन उचाली । छ. ए पुरोहित हो ! न छोओ ! पिउ रे सुस्त ! तिम्रा पाषाण मूर्ति चिरी यी विभूति मुस्किन्, व्यङ्ग्य–मस्त ! ज. मानवआत्माले लडाइँ यस्तो जितेको देखिनँ लङ्का औ कुरुक्षेत्र फुस्रे कस्तो महायुद्ध ! मानवात्मा यो नराङ्कुर उत्रिन ? झ. हाम्रो यो बदली गगनमा फारी पङ्क चाँद कमल क्या पीयूष फुल्छयौ कृत्रिम कलङ्क ! ञ. छोइदेऊ सारालाई एकछत्तै ! मोहनी हे ! कीरा झल्लर शास्त्र पारी सब बिपत्तै ट. तिम्रो सुख हो विजय अद्भुत एक झलकले कुइरो फार सुन्दर नै जिउँदो सुधार हो, विश्व–द्योतक एक जुहार हो, हृदयस्पर्शी युग–पुकार ! आँखा मिचून् सब, गन्धे झारका फूल सेखी झार ! झार ! ठ. मोहिनी ! लेऊ कुचो एक सडक बढार, “मानव जिउँछ ! नाली जित्छ ! यत्ति प्रसार ! ”