दुई प्रवृत्ति
छिः छिः जन्तु !घीनलाग्दो तँ !मैलो, रोगाहा, मगन्ता !चिथ्रो कन्था !भुस्याहा ! शण्ठ !सिँगान कटकट, छाला चटचटधूलो लटपट !नाली रट् !किंकड ! शठ ! जा !हावा गह्नायो मेरो वरिपरि !दूर जा ! हट् !नभए खान,ढुङ्गा चपा न !या नालीमा गईकन हाम्फाल् !झट् !संसार केही हलुको होला,पैसा ? धत् !हाइ हाइ मान्छे ! मेरो भाइ !मेरो रगत ए ! मेरो मासु !आ ! छातीमा एकबार टाँसूँ !तेरो दशामा मानव आँशु !हाय ! म तृप्त ! बेपर्वामा ?भाइ ! तँ भोको, पिपासु ?मेरो छानो ?तेरो आकाश ?मेरो प्राण ? र तेरो विश्वास ?मेरो आँखा, तिनमा चश्मा,तेरो प्रकृत दृग पनि भस्म ?तैँ न आफ्नो ? अरुको वशमा ?ओह रे संसार ?आह ! गति यो ?धन्य थिति यो ?मानिसप्रति के मानिसआफैँ मानिस छैन ?मानिस हुँदैन ?रात सधैँभर ?उज्यालो छैन ?मानव जाग्ला,दानव हुँदैन !सडक किनारा मानव कोही रोइरहेछ,रोइरहेछ !बहिरो दुनियाँ अन्धो गतिमा—सोइरहेछ, सोइरहेछ !विभूति–ले तर पूर्व गगन यो !छोइरहेछ, छोइरहेछ
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)