नेपाली अभिलेख

दाल भात डुकू

कविता

दुःखको लामो सडकमापीरको केही छडकमाचल्दथे 'टुक टुक टुकू !'आफूजस्तै लाख हेरीबेला-बेलापार्न साजा ध्येयध्वनि नै मानवी डरबाट फेलाजसको आत्मा रस-घुट्कोपथमा चल्दै'टुक टुक टुकू !'टुक टुक टुकू!'
डाक्टरहरुले मानव-मुटुमा स्टेथोस्कोमा कान थापीएक रोमान्टिक अर्थ लाउँथे'लबढब! लबढब' बोल्छ रे त्योभन्ने मिथ्या खूब फिजाउँथे!मानो लभ्को कोही ढुक्कुर, स्वप्नदलमा नीड बनाईबोल्छ भाइ !शिरी फरादका स्वप्न गाई!मेडिकल विज्ञान मिथ्या भन्न कर लाग्यो मलाई!यो रोमानी अर्थ लाई !यथार्यावादी युगमा आज, किन म मानूँ बोल्न लाज ?छाती छाम्द्रा, गन्द्रा, गुन्द्रानिष्पक्षपाती भाव जम्दापाएँ मैले बोल्दो आर्को क्वै कुकू ।'दाल भात डुकू! दाल भात डुकू!'
अन्तरात्माको महावन सकल नर-उर-विहग-गुञ्जनसत्य स्वरमा यत्ति भन्छन्जो विना सब अस्तगौरवहुन्छन् केवल पुक पुक पुकू !विश्व हृदयको स्पन्दध्वनि हो'दाल भात डुकू! दाल भात डुकू !'
कोटले, भेस्टले छिपाईदिलको गहरीमा लुकाईबोक्रे इज्जत शान गर्छमुटुको ध्वनि यो भन्न पर्छतदापि मेरो के शरम ?लेऊ गरम या लेऊ नरम! स्पष्टवक्ता कवि के डर्छ ?जीवको यो प्रथम स्पन्दनलहलहाउने सृष्टि नन्दनसकल रसको एक नायकभाव स्पन्दक प्यास गायकसब कलाको प्रथम विनायक'ढुकढुकूको ढुकढुकूको ढुकढुकू''दाल भात डुकू! दाल भात डुकू !'
मासुसँगमा गाँसिएको,हृदयसँगमा टाँसिएको,जीव मासी नमासिएको ।शाश्वत ध्वनि, छातीमनि, प्रतिश्वास गनीबोल्छ, बोल्छ, सत्ते बोल्छ, अन्नमय कोषको कुकू'दाल भात डुकू! दाल भात डुकू !'
पहिलो जलमा प्रथम स्फुरणमा विष्णुको नै नाभिस्थलमायो डुकू दल जन्मिएको !दाल यो हो शक्ति उनको भान्सातिर गै बदलिएकोदार्शनिक शब्द त्यसमा आई यो घरेलु वेश लिएकोभात त्यो हो जसको निम्ति अलम दुनियाँढिक्किच्याउँ गर्छ सारा पथभरी चामल फलेररौसिएर या गलेर।ध्यनि विचारी सहमत होलान्अन्नमय कोषको कुकू !'दाल भात डुकू! दाल भात डुकू !'
ए भलाद्मी लौ विचार!के हो यो मिथ्याचारशान्त क्षणमा घडीले हान्दासम्म नकली'टिक टिक टिकू'पलङमाथि लेटी सोचेहोइन के'दाल भात डुकू !'यो विना बज्ला बबन्डर होला, ध्वँस होलापृथ्वी रोलासभ्यताको के प्रथम जग? हामी बेकार के लुकूँ?'दाल भात डुकू! दाल भात डुकू !'
दर्शन जो बुझ्दैन गहिरो प्याङ हो अभिमानको !अन्धताको शानको !बुझ्ने बुझून, यसकै निम्ति लड्छन्, मर्छन्कार्य गर्छन्यसको राष्ट्रिरयकरण केवल आजको हो तपस्या,जुग-समस्यायो नजान्ने लीडर भेडाचल्छ त्यल्ले राष्ट-बेडा ?हेर! एकबार आर्यघाटमा ईश्वरको या राजमाटमा !ब्रह्मनालमा तेर्सिदामा खोजमा लाचार भैनष्ट भू-आचार भैबाई, बाई, पक्क पक मुख भन्छ मानिस आखिर !'स्वर्गका हे अधिराज हाम्रा! छैनौ चाम्रा !करुणा गर !पृथ्वी यो पाइएन, स्वर्गका होला भनेरअर्कोतर्फ धाइएनआँ! आँ! प्रभु! आँ! आँ! प्रभु !'दाल भात डुकू! दाल भात डुकू !'

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)