दोर्जिलिङको बाघचूलीमा
क.कञ्चनजङ्घा लेक भरिभरब्राह्ममुहूर्तमा मिरमिर, मिरमिर,आँग जोरी भेडा उँग्छन् दलका दल,पाठा, माउ सब, बादलका,निश्छल !भेडीगोठमा उँचाइका, बाफ–पस्विना, परिणत, जलमेषभूत, विभूति रङ्गकाबादल !निशिभर हावाघरका सुतेकाबिउँझिन लागे पलपल !
ख.पहिले बिउँझ्यो निद्रित समीकरण,हल्ले निद्रित पत्रहरु,त्यक्त–तरु,फुत्त झरेका पँखेरु–उरले, उत्सुकतासँग हुर्रा धकेले,अलि गतिबाधा तर उच्चालकछालहरु ।
ग.विभा खुशीले भइन् उज्याली,मौन प्रतीक्षा भो बादल !स्वर्णिम, उर्णिम जीवन, जागृति,परिणति पाउन,पर्खिरहेको जस्तो जल !उषा–किरणका भक्तहरुकोवाष्पिल आत्माको झैं जल !दर्शनको मृदु भावस्फुरणकाध्यान–निद्रा बनेझैं सजल !
घ.छिक्र्यो गुलाफी क्षितिज किनारा,प्रथम उषाको लाली सरि !पहिलो छिर्का लागी फुटेका,सृष्टिका कुड्मल–जाली सरि !अथवा बिउँझिरहेको कविकोमुटुका बुबुल्के प्याली सरि !
ङ.छिर्दै आयो भुवा, भुवामा,कवि–स्वपनाको धस्लीभरि !साक्षात्कृता क्वै सुन्दरताकोस्मितिको गुलाफी लचक सरि,खुल्दछ पूर्व किनारा लम्बिई,भू–सगरी !
च.सृजनधूलीमा रङ्ग छिरबिर भो !स्रष्टा चल्थ्यो !उसका हात चलेझैं लागी,आँखा घुमीकन लरबर भो !छोएजति सब जिउँथ्यो, बल्थ्योसुन्दरले सब,सुन्दर भो !
छ.कोही रँग्थ्यो तरलाकारी, भाव–भुवामाबल्दो क्षणको जल्दो रङ्ग ।ज्वाला–तरङ्ग !
ज.सिँगार्न थाल्यो प्रकुति पुरुषले,शर्मी प्रकृति बन्थिन् दङ्ग !ब्रीडा जन्मी जपाकुसुममा,उत्सव बोल्थे विहङ्ग !
झ.यस्तो रङ्गिएको आकाश !हरेक ठाउँमा अद्भुततालेचुम्बित,होइन, सेता तपस्या–चूलीउपर खुलेको स्वर्ग हि खास ?
ञ.माला कहीं क्या विवाहोत्सवका !क्या लच्के !कहीं, परीहरु हातेमालो,नाची मनोहर, क्या मस्के !स्वर्ग र पृथिवीको छ विवाह !वाह !इन्द्र आफैं ऐरावतमाक्या लस्के !आए उ ! उ ! वनमाली ती, मुरली अधर ती,निस्के !सजग चराचर रङ्गमा नाच्यो, मीठो सुर ली, मीठो सुर ली !दिल उर्ली !कलपुर्जा सब मेरा,चुम्बक अगाडि झस्के !
ट.मानव कल्पना भरखर बिउँझी,आँखा मिचेझैं, जिल्ल परी !सारा प्रथम पुराणकथाका,आत्मा लागी बुभूmँ अलिकतिचौकीवरी ।वेद जन्मियो कमलपत्रमा उ त्यो कुनामा !उ त्यो कुनामा !ज्ञान वैरियो किरणहरु झै धन–तनमा उ !आँसु–बुनामा !शिवले गरल पिईकन तमको, उम्ल्यो अमृत !उम्ल्यो अमृत !यो के ?माया उपर परेको सत्चित्, सच्चित, !आनन्द हो ए !हयग्रीव छन् गाइरहेका काहीं, करलहरीमा, करलहरीमा !चित्रकला छन् जन्मिरहेकी स्वर्गधुरीमा, स्वर्गधुरीमा !सारा कलाको अभिनय देख्दछुअप्रत्याशित, यो अनमोल,जीवन घडीमा ! जीवन घडीमा !
ठ.कञ्चनजङ्घा कञ्चन भो,आयो हिरण्मय, आयो किरणमय !अमृत बनाई सकल मरणमय !मृत्युको एक छिन लाञ्छन् भो !
ड.तब देखें एक सेतो कचौराहिउँको !त्यसले अगणित युगभर पिएथ्यो,यस्तो मदिरा,यस्तो मदिरा,त्यसको आत्मासाथ मितेरी लाउन पाऊँ तएक छिनको !प्रभात पागल भनीकन हेर्थे, आँखा चकितरे सब जनको !
ढ.फर्के !फर्के, फर्की नजरले हेर्न, फर्की, फर्की,अद्भुत हिमाल !दृश्य कमाल !अद्भुतताको आदिम सदन त्यो,काञ्चनजङ्घा गिरिको भाल !प्रकुति त्यहाँ छन् प्रदर्शिनीमा, कल्पनाका सब धन ली,नवसृष्टिधूलिका घन ली !बाघचूली चढेकी देवी,त्रिभुवनसुन्दरी, बल्दी, जल्दी,देखें केही, सुने पनि केही,छाड्थ्यो शरीर यो एक छिन देही !एक दर्शनमा ज्ञान अनन्त छ,एक वाणीमा वेद हजार !धर्म यसै गरी जन्मे होलान्,साहित्य, कला, औं संसार !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)