दुःखको लामो सडकमा पीरको केही छडकमा चल्दथे 'टुक टुक टुकू !' आफूजस्तै लाख हेरी बेला-बेला पार्न साजा ध्येयध्वनि नै मानवी डरबाट फेला जसको आत्मा रस-घुट्को पथमा चल्दै'टुक टुक टुकू ! 'टुक टुक टुकू!' डाक्टरहरुले मानव-मुटुमा स्टेथोस्कोमा कान थापी एक रोमान्टिक अर्थ लाउँथे 'लबढब! लबढब' बोल्छ रे त्यो भन्ने मिथ्या खूब फिजाउँथे! मानो लभ्को कोही ढुक्कुर, स्वप्नदलमा नीड बनाई बोल्छ भाइ ! शिरी फरादका स्वप्न गाई! मेडिकल विज्ञान मिथ्या भन्न कर लाग्यो मलाई! यो रोमानी अर्थ लाई ! यथार्यावादी युगमा आज, किन म मानूँ बोल्न लाज ? छाती छाम्द्रा, गन्द्रा, गुन्द्रा निष्पक्षपाती भाव जम्दा पाएँ मैले बोल्दो आर्को क्वै कुकू । 'दाल भात डुकू! दाल भात डुकू!' अन्तरात्माको महावन सकल नर-उर-विहग-गुञ्जन सत्य स्वरमा यत्ति भन्छन् जो विना सब अस्तगौरव हुन्छन् केवल पुक पुक पुकू ! विश्व हृदयको स्पन्दध्वनि हो 'दाल भात डुकू! दाल भात डुकू !' कोटले, भेस्टले छिपाई दिलको गहरीमा लुकाई बोक्रे इज्जत शान गर्छ मुटुको ध्वनि यो भन्न पर्छ तदापि मेरो के शरम ? लेऊ गरम या लेऊ नरम! स्पष्टवक्ता कवि के डर्छ ? जीवको यो प्रथम स्पन्दन लहलहाउने सृष्टि नन्दन सकल रसको एक नायक भाव स्पन्दक प्यास गायक सब कलाको प्रथम विनायक 'ढुकढुकूको ढुकढुकूको ढुकढुकू' 'दाल भात डुकू! दाल भात डुकू !' मासुसँगमा गाँसिएको,हृदयसँगमा टाँसिएको, जीव मासी नमासिएको । शाश्वत ध्वनि, छातीमनि, प्रतिश्वास गनी बोल्छ, बोल्छ, सत्ते बोल्छ, अन्नमय कोषको कुकू 'दाल भात डुकू! दाल भात डुकू !' पहिलो जलमा प्रथम स्फुरणमा विष्णुको नै नाभिस्थलमा यो डुकू दल जन्मिएको ! दाल यो हो शक्ति उनको भान्सातिर गै बदलिएको दार्शनिक शब्द त्यसमा आई यो घरेलु वेश लिएको भात त्यो हो जसको निम्ति अलम दुनियाँ ढिक्किच्याउँ गर्छ सारा पथभरी चामल फलेर रौसिएर या गलेर। ध्यनि विचारी सहमत होलान् अन्नमय कोषको कुकू ! 'दाल भात डुकू! दाल भात डुकू !' ए भलाद्मी लौ विचार! के हो यो मिथ्याचार शान्त क्षणमा घडीले हान्दासम्म नकली'टिक टिक टिकू' पलङमाथि लेटी सोचे होइन के'दाल भात डुकू !' यो विना बज्ला बबन्डर होला, ध्वँस होला पृथ्वी रोला सभ्यताको के प्रथम जग? हामी बेकार के लुकूँ? 'दाल भात डुकू! दाल भात डुकू !' दर्शन जो बुझ्दैन गहिरो प्याङ हो अभिमानको ! अन्धताको शानको ! बुझ्ने बुझून, यसकै निम्ति लड्छन्, मर्छन् कार्य गर्छन् यसको राष्ट्रिरयकरण केवल आजको हो तपस्या, जुग-समस्या यो नजान्ने लीडर भेडा चल्छ त्यल्ले राष्ट-बेडा ? हेर! एकबार आर्यघाटमा ईश्वरको या राजमाटमा ! ब्रह्मनालमा तेर्सिदामा खोजमा लाचार भै नष्ट भू-आचार भै बाई, बाई, पक्क पक मुख भन्छ मानिस आखिर ! 'स्वर्गका हे अधिराज हाम्रा! छैनौ चाम्रा ! करुणा गर ! पृथ्वी यो पाइएन, स्वर्गका होला भनेर अर्कोतर्फ धाइएन आँ! आँ! प्रभु! आँ! आँ! प्रभु ! 'दाल भात डुकू! दाल भात डुकू !'