नेपाली अभिलेख

बिहानको आकाशलाई

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.आकाश ! तँ लुकी पालिरहेछस्आफू खाने केवल अँध्यारो !ए चोरीको ए रे अँध्यारो !बिक्रीको,हुँडारहरुको उल्लूहरुकोषड्यन्त्रीकोदुःस्वप्नीको, निशाचरको,निर्भीकताको साम्राज्य !ठुक्री, टुक्री, टुक्री जाफुस्री, धुस्री, बिलाई जाजा खण्डहरको बाटो !जल् बल् अभिशापित हे !ले, सल्की, मेरामूक वेदनाका आज्य !
ख.म सुतेको मानिस हुँ,जीविततातिर बेहोश !म लुटेको मानिस हुँधनी र वञ्चित, निर्दोष !हत्याराहरु भागिरहेछन्छायाहरुका आड लिईम हतमानव सक्तिनँ बोल्नबोल्ला नियति काँढ लिई !
ग.उम्ली ! छड्की !बेहोशीको कालो कराही !उम्ली !मानव, सुत्दछ मर्दैनरात सधैं पर पर्दैनसारा रङ्गका दुःख मिलीकनमिसिएको कालो ग,्रङकालको झैं रोगन बन्दछ,अचेतताको निष्पट अङ्ग !यो युगको हो सन्नाटा,निशाऽभिध यो सूनसानआत्महत्या गरेर उठ्लीपोखरी आफ्नो मुटुको रुधिर यो,अर्पी आखिरअहार्य नीतिमा आफ्नो प्राण !
घ.एउटा चरो छ नेपालीआफ्नै खरानीबाट ऊ जाग्दछ, युगयुग पङ्ख उचाली,एक टाकुरा कहीं छ हिमालीजसमा मानवताको रथको पाङ्ग्रो गुड्दछ एकपाली ।
हाहा ! सुतुवा हो सारा,दुःख दर्दका अबोल चरुहरुसकल साँपका पेटारा,दैन्य, निराशा, लाचारीअज्ञान, पराजय सारा–यही कराही कालोमाउन्ली उठ्दछ आफै यो एक बिहान उज्यालोमा।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)