नेपाली अभिलेख

भिखारी

कविता · सङ्ग्रह: भिखारी (कवितासङ्ग्रह)

(१)हेर भिखारी अडि अडि आयोकरुण दृष्टिले नजर उठायो।गाढा दुखको मौन प्रकाश।झिना आशा-तार बजायोघाम उज्यालो आँगन पास।एक बिन्दुमा गोल खसायोजीवनको इतिहास।(२)हेर, हेर ती झुत्रा चिथराहाय! हे समय निष्ठुर।जीवनप थमा बिचार पथरा!काँपिरहेको थुरथुर।झल्लर झोली बढाउँछ, बबुरा।करले अस्थिर, कातर।(३)बर्ष-बर्षका हेर तुषाराशिरको उपर गिरेको।हेर आँसुका खहरेहरूकामुखमा खोंच परेको,दिन-दिनको त्यो छातीमाथीचिरा चारक्क चिरेको।(४)अडि अडि धरमर स्वाँ स्वाँ गर्दैमौन विलौना वरिपरी भर्दैआर्तनादका हृदय फुटी,जड लट्ठीको भरमा पर्दैभन्दछ स्वरले छाती चिर्दैचामल एक मुठी।जीवनभरको एक पुकाराचामल एक मुठी।(५)मानिससँगमा मानिसको योअन्तर्दिलको रोदन।भाईहरुसँग भिक्षाको योमुठी द याको याचना।घाम उज्यालो आँगनमा योएक आँध्यारो अवलोकन।गुलबहरूको हाँसोबिच योएक उन्यौँको रोदन।(६)को होला यो, कसको छोरा?कसको बाबु गरीब?कुन आमाले काख लिँदामाबल्थे दृगका दुइ दीप?कुन आशाले नजर खुलायोसूर्य चाद्रको नजरसमिप?किन मुर्झायो? किन वौलायो?किन मधुरो यो जीवन्- व्दीप?(७)बुद्ध देवको नजर अगाडियही भिखरी आएथ्यो,मुर्ति यसैमा शब्द यिनैमामुटुको शूल कराएथ्यो,महान दयाको सागर ठूलोशब्द यिनैमा लहराएथ्यो,भेष यसैले बलिको शेखीपवित्र पारी निठुराएथ्यो।(८)कालो बादलबाट खसेकोअन्धकारमा भित्र पसेको,ईश्वर हो कि भिखारी?बोल्दछ ईश्वर हृदय घुसेकाघर, घर आँगन चारीबोल्दछ, आर्तध्वनिमा बोल्दछकरूणामृत दिल भारी।युग-युगभरको आँसुहरूकोसार अपार उतारी।दु:खको दिलामा ईश्वर बोल्दछअधर अनन्त उघारी।माग्दछ करूणा भाइहरूमाआई पृथिविवारि,माग्दछ भिक्षा ईश्वर मेरोआँगनको एक भिखारी?

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)