नेपाली अभिलेख

भूत सवार

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.थिए सिकन्दरका जुँघाक्या बाघका !करमा कस्तो करवाल !मुठी कस्ता !लाख, लाखका !
ख.झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो,लहडी एक !भाग्यो केही ?सब मोटाए चाटी, चाटी !विश्वविजेताको छ उदेक !
ग.“के चाहिन्छ ?”त्यो भन्छ,“हा ! हा ! हा ! हा ! घाम नछेक”शस्त्रअस्त्रको शेखीउपरहेर ! बुद्धिको कत्रो टेक !
घ.दीवालाका दान गजब छन् !स्वतन्त्र दिलको पुजारीहाँस्दछ, हाँस्दछ मेरा दिलमापाजी, पूँजी, लूटहरुमा,इन्कार तथा धिक्कारनामका खुट्टा बजारी !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)