प्रकृतिले जब व्यङ्ग्य रेखिन् चेहरा तिनका बने नेपालीको भान लेखिन् बान् भो हाम्रो भने । सब गधाले खुशले ऐंके भ्यागुताले गाए कें कें भो भुजङ्गजाति प्रसन्न मातृभूका पुष्प रोए धन्य तिनको जन्म धन्य (हुन त केवल शुक्र-कीरा!) ज्योतिषीले नाम राख्यो कोहेनूर! वाह! विश्वहीरा! नामजस्तो व्यङ्ग्य के छ ? मणिधर भन्छन् सर्प जो छ नेपाली रे देश-धमिरा अङ्ग नै मानिन्छ राम राम सब खटिरा व्याकरण मिल्दैन सड्छ माफ गर्नोस् ! हँस्सी मात्रै लेखिरैछु आँसु झार्नोस् ! पातालपुरीको गद्य भो अङ्ग्रेजीको उल्था जस्तो ! हिन्दी वा नेपाली यो ! तैपनि के दालरोटी- निम्ति कलम नरेटूँ यो ? गधाका बच्चा हुन्छन् पाजी भ्यागुताका के हुन् काजी ? खूब पढाउँथे ती गुरु ! (गुणशील गुरुका पुच्छर थिए लौरो सीङ?) भो है कथाको होस् न छिटै पो शुरु ! "ए गधा हो! 'फ्रग'को माने भ्यागुतो । "फ्रगको माने भ्यागुतो । फ्रगको माने भ्यागुतो ।" "के रे? के रे? के रे? के रे?" "भ्यागुतो भ्या! भ्या-गु-तो।" एकादशीको दिन थियो पशुपति ल्याएछ कालले एक दिन निज धर्म्ममा मरन्च्याँसे अक्षता-आशे! मालिक सम्शेर कोही सम्झे वेकुण्ठ सुख-टर्ममा चाकरीका निम्ति आए- शिवको अनि शेरको औ खीरको धर्म्मराही धर्मराई भस्मेश्वरका पासमा चिता सुँघेछन् आफ्नो है ढल्को तनको भासमा । "हे ठिटा हो!" बोल्न थाले "भातृभाषा मर्दछिन् नेपाली बाँच्दैन कहिल्यै हिन्दीले राज गर्दछिन्।" मानिस मर्ला भन्ने डर पो आत्मा भरी छारो चल्यो वेद तत्पर डग्मगाए गीता जल्यो गीता जल्यो । बोल्न एउटा लाज हो जब मानिस भैकन साँप स्याँक! स्याँक! भ्यागुतो क्याँक! क्याँक! लगुड हाम्रो भै सजीव बोल्छ हातमा- 'टाउको टयाक! टयाक!' (माफ गर्नोस् तीतो लागे!) सग्लै छन् ती मन्त्र बोलूँ 'फर्सी फ्याक! फ्याक!' बाँसमाथि राख नरिवल काक झुत्रो एक बनाऊ तीतेपातीले सजाऊ स्मारक एउटा महापुरुषको मलको ढिस्कोमा बनाऊ! मुर्दा बोल्थ्यो नेपालीमा छक पर्यौं । क्या गह्नायो मुखको गन्ध । थुक गर्यौ। सिलटिम्मुर बरफसाथ ल्याऊ पहेंला चाँवल, श्याम भाग्छन् रात भरभर यस्ता मीठा पागल! हीहीहह हीहीहह बोल्यो गधा! छेपाराले मुत्दछन् रे यस्ता बुज्रुगका चिहानमा सर्वदा! खूब झरीमा एक कुकुर स्याउँ स्याउँ कीरा सड्थ्यो लाचार! नाम सोधेँ रै हीरा। झन्डै झन्डै मै मरेथें त्यो गह्नाई बान्ता आई! तिम्रो बुद्धि! गिद्धलोचन! यस्तै लाग्यो है मलाई!