क. थिए सिकन्दरका जुँघा क्या बाघका ! करमा कस्तो करवाल ! मुठी कस्ता ! लाख, लाखका ! ख. झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो, लहडी एक ! भाग्यो केही ? सब मोटाए चाटी, चाटी ! विश्वविजेताको छ उदेक ! ग. “के चाहिन्छ ?” त्यो भन्छ, “हा ! हा ! हा ! हा ! घाम नछेक” शस्त्रअस्त्रको शेखीउपर हेर ! बुद्धिको कत्रो टेक ! घ. दीवालाका दान गजब छन् ! स्वतन्त्र दिलको पुजारी हाँस्दछ, हाँस्दछ मेरा दिलमा पाजी, पूँजी, लूटहरुमा, इन्कार तथा धिक्कार नामका खुट्टा बजारी !