सिस्नोको गुनासो
परुष वचनले छाती फाटयो
दप्किरहेछन् शीतका दाना !कविले गरीकन गिल्ली गाना !झूसे, पोहाला, छुच्चो भन्छन्,दाँजी कुसुमसँग विषसरि गन्छन्,हुँला असुन्दर, पीरो तातो !
रोप्दछ कसले ? हेर्दछ कसले ?अछूत जातको नित अपयशलेनिन्दित, वर्जित, त्यक्त कुनामाफस्टिरहेछु विष नमूनामापरित्यक्त जिमिनै जडले समात्योपरुष वचनले छाती फाटयो !
भू नभएका जनका निम्तिप्रकृति सामुमा गरीकन बिन्तीआफ्नो भरमा उम्रेँ पलाएँ,कूडा कर्कट झटारो पाएँपशुसँग पुस्तौँ रण भो घोर,अग्न्यस्त्र पर्यो लिनु यस्ता कठोर,अति जीवित भई सडक–किनाराफस्टेँ, फैलेँ शिर ली हजारौ,उक्लने बलले डाँठ भो गाँठो,परुष वचनले छाटी फाटयो !
मुन्टा मुन्टा धर्म्मको नाउँबलि दी मौन छु तनभर घाउभूभर दाना नमिल्ने जनलेसान्ध्य ज्वलनमा भज्छन् नाउँ ।अरु मीठा हुन् पोषून् ठूला,दीन–सखा हुँ, शिवि भइ जाऊँ ।भोका निम्ति जगत्मा आएँ ।भूखमरको उदर रसाऊँकविजी ! जँच्दिन तिम्रा नजरमाकाढाँदार छु, ज्वलित छु लाटो
तिमीझैं जनले तत्व नबुझ्दासिस्नो रोई मर्नै आँटयोपरुष वचनले छाती फाटयो !
खस्रोपनाको स्वीकृत कोमल,त्यक्त कुनाको जीवन प्राञ्जल,नित्य ज्वलनको तप हो शीतल,सुन्दर वलिका देवी–कुन्तल !परिस्थितिमा मारक जीवन—वीर समर हो विजय समुज्ज्वल !भूसुत दीनहरुको दाना,पुछ्नु, निभाउनु अनल, अमृतजल,रछानमा तप कसले साध्यो ?असुन्दर मुटुमा सुन्दर बाँध्यो ?निन्दितले भन ! के के आँटयो ?कवि दृग अन्धो, छाती फाटयोमरुमा सिस्नो मर्नै आँटयो ।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)