श्रीपेच
क.यो राजा,जसमा हामी खण्ड, खण्ड सब जोहिई बन्छौं एक,हामी अनगिन जराहरुको एउटा बोटको पुष्प उदेक,जसका छत्र विशाल बनाउन हामी बन्यौं डाँडी, डाँडी,खाल्डा, डाँडा, लेक !यो हाम्रो हो सगरमाथा,आदि ज्योतिका वाचाल गाथा,नेपाली यो आकाशभरिका ताराहरुलेगरिंदो किरणले अभिषेक !
ख.यो मुटु हाम्रो,चल्ला जबतक, चलुँला, चलुँला चलुँला निःशङ्क !कुन उकाला, काँडा, वनमा चलुँला ?भन, गलुँला ?यसका हामी कर्मचारी, अवयव, अङ्ग, शरीर !मानवकृत सजीव हामी नेपालीको राष्ट्रप्रतीक !नेपाली नै ननिभी कहिल्यै, निभ्न नसक्ने निभ्न नसक्ने,हे भूमण्डल ! चिनू यो प्रदीप !
ग.त्यो हो झार पशुको जो यसको पाउ चढ्दैन,त्यो भुल्का हो जुन आँखामा महत्व यसकोचढ्दैन !
घ.एक गीतले रच्छौ संसार, आफ्नो संसार नेपाली ।गीत त्यसको गेडा यही हो,लय यही हो, ताल यही हो !हामी फेला पार मुटुमा,ए एक कोटी ! एक कोटी ! !
ङ.अतीतसँग भविष्यको के विच्छेदनले बन्दछ जीवन ?हे हाँडी हो ! फुटौला !हे भाँडा हो ! टुटौलाआफूलाई नसम्झे सबले हामी स्वदेशी माटो,हामी स्वदेशी माटो !
च.मूर्ख नाकमा चाउरी पर्लान् ।पर्लान् मुजा,तर, ए धीमान् ! ए नेपाली !कविको दिलको आँखा भरीभरसच्चाइ रहे,सम्झे यति, यहि हो,नेपाल राष्ट्रको जीवन ध्वजा !
छ.सात गङ्गा हो अमृत छर्क !नेपाली हो हजार दिशातिरहजार सडकमा चल्दा, फिर्दा,भित्री नजरले यसतिर फर्क !यो हामी हो !हामी यो !
ज.यसमा हामी,हामीमा योकोटी एकएक कोटी !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)