नेपाली अभिलेख

संकल्प हाम्रो फलोस्

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ,लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ,आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,भावै मात्र फिंजे तथापि ‘सबकोकल्प्सङहाम्रो फलोस्’ ।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)