क. यो राजा, जसमा हामी खण्ड, खण्ड सब जोहिई बन्छौं एक, हामी अनगिन जराहरुको एउटा बोटको पुष्प उदेक, जसका छत्र विशाल बनाउन हामी बन्यौं डाँडी, डाँडी, खाल्डा, डाँडा, लेक ! यो हाम्रो हो सगरमाथा, आदि ज्योतिका वाचाल गाथा, नेपाली यो आकाशभरिका ताराहरुले गरिंदो किरणले अभिषेक ! ख. यो मुटु हाम्रो, चल्ला जबतक, चलुँला, चलुँला चलुँला निःशङ्क ! कुन उकाला, काँडा, वनमा चलुँला ? भन, गलुँला ? यसका हामी कर्मचारी, अवयव, अङ्ग, शरीर ! मानवकृत सजीव हामी नेपालीको राष्ट्रप्रतीक ! नेपाली नै ननिभी कहिल्यै, निभ्न नसक्ने निभ्न नसक्ने, हे भूमण्डल ! चिनू यो प्रदीप ! ग. त्यो हो झार पशुको जो यसको पाउ चढ्दैन, त्यो भुल्का हो जुन आँखामा महत्व यसको चढ्दैन ! घ. एक गीतले रच्छौ संसार, आफ्नो संसार नेपाली । गीत त्यसको गेडा यही हो, लय यही हो, ताल यही हो ! हामी फेला पार मुटुमा, ए एक कोटी ! एक कोटी ! ! ङ. अतीतसँग भविष्यको के विच्छेदनले बन्दछ जीवन ? हे हाँडी हो ! फुटौला ! हे भाँडा हो ! टुटौला आफूलाई नसम्झे सबले हामी स्वदेशी माटो, हामी स्वदेशी माटो ! च. मूर्ख नाकमा चाउरी पर्लान् । पर्लान् मुजा, तर, ए धीमान् ! ए नेपाली ! कविको दिलको आँखा भरीभर सच्चाइ रहे, सम्झे यति, यहि हो, नेपाल राष्ट्रको जीवन ध्वजा ! छ. सात गङ्गा हो अमृत छर्क ! नेपाली हो हजार दिशातिर हजार सडकमा चल्दा, फिर्दा, भित्री नजरले यसतिर फर्क ! यो हामी हो ! हामी यो ! ज. यसमा हामी, हामीमा यो कोटी एक एक कोटी !