पृथ्वीराज चौहान
प्रथम सर्ग
(१)आँखामा बत्ती, नशामा जोश, मुटुमा फुलाई ।लिएर पढौं हे भाइ बहिनीयो कथा मीठो दिललाई छीटोजीवनको मैन एकान्त वनमाबसेर जलाई।बास्ना मीठा इच्छाले सम्झीसंसारको भलाइ ।
(२)हामीले देख्यौं धपक्क चूलीभारतकी सुनचूली ।बादल पारिस्वर्गमा भारीझल्का र झिल्की जगतमा झारीदेख्नेका नजर धिपिक्क बल्नेमनमा सुनफूली ।संसार शिखरमानवआत्मास्वर्ग र पृथ्वी गाँसेर बस्नेमहिमा बिजुली ।कठिनका पहाडचढेर हेर्नेहृदय भीरुहरूको भीडकल्केर अकेली ।
(३)वीरका आत्मा हामीले देख्यौँ महिमा अघोर ।पहाड छाती फूल फुल्ने जातिवज्रके कठोर ।महिमाशाली सुनचूली ज्वालीउदार झर्ना झरझर निकालीहरियो पारी जगत्को बालीपृथिवी टेकी स्वर्गमा उड्नेश्वासले शीतल जोशले भर्नेसपना-बादल सुनौला भर्नेकन्दरा-घोषहरूले भर्ने ।विशाललाई मन्दिरमैं वर्नेताराका झल्का आकाशका पर्नेसिंहका गर्जन वैरीमा गर्नेशीतल छाया साधुमा पर्नेपवित्रताका हिउँ सफा झर्नेयुग र युगलाई सुगन्ध वालाभर्दिने फूलडाली।हामीले देख्यौँ भारतका आत्माअतीत निहाली।
(४)जब है थियो पहिलो प्रकाशजब है थियो कनक आकाशभारत मन्दिरमा ।जब है थियो धर्मको ज्वालासत्यको जय सुन्दरको चालाशिवको मन्दिरमा ।तब है थिए जल्दा र जीतानीडर दिलकासुन-पङ्खी पलकावीरका आत्मा फिलिक्क बल्नेसत्यले सुन्दरमा।
(५)वीरका हुन्छन् तौल र पत्रबिजुली मुटुमा ।झिलिक्क उड्ने सुनको चरोस्वर्गको भरमा ।अनन्तकालमा पथको रेखा क्षणले झल्काउने,पर्खेर आफ्नो चिनेर पलाकाँचुली मिल्काउने ।बोलाउने क्षण जसलाई बिर्सीमूर्खले सारा बहिरा कानलेअँध्यारोभित्र घुम्दैमा बसेव्यर्थका ज्ञानलेसत्यको भानले।
(६)मिलेका हुन्छन् वीरका गणसत्यका चुम्बकमा ।बुनेका हुन्छन् प्रकृति उनमास्वर्गका तानमा।क्षण र क्षण होशले हिँड्छन्सच्चाका ज्ञानमा ।मनका रेखा सपना पनिथिति र थानमा ।
(७)उड्नको इच्छा पर्खेर बस्छेमौकाको इशारा ।को भयो वीर नजिती आफूसत्यको सहारा ?
(८)भयङ्कर झूटा भडकका वीरसंहार गर्छन् नीति र सत्य-विनाका बेचारा ।वृष्णिको कुल संहार गर्ने प्रवृत्ति हजारौँ ।
(९)"दिन हाम्रो छोटो" भनेर उड्छन्साँझका पखेटा ।"कञ्चन चोलीखरानी जल्छन"भन्दछन् बादलफूलको कीर्ति-रङ्ग नै निभ्छकालको लखेटा ।सुगन्ध बाँकी मनमा बस्छअमरको जगेडा ।
(१०)पहाडका मूर्ति खाल्डामा मिल्छन्शहरहरू कालले निल्छन्लहर जसका जलकै चल्छन्चञ्चल लहर जो पलपल छन्अदलबंदल नाच्दो छ खालिबढाई बखेडा।
(११)आकृतिहरू तरल हुन्छन्मृत्युको डरले कुसुम रुन्छन्गरूँलालाई निराशले छुन्छन्गुंडका माउ उडेर बन्छन्एकला बचेरा ।
(१२)क्षणको राजमाबदली-साजमाआँशुका माझमाजीवन हो माटो बनेर बस्छन्बहिरा अँधेरा ।
(१३)क्षणको टूना क्षणले लिन्छप्रकृतिलाई जीवनै रिन छकालले सारा सित्तैमा किन्छसाँझ र सबेर ।
(१४)कीर्तिका नजर आँशुमा हुन्छन्मासुका छाती काँढाले रुन्छन्आफ्नोको नाम शरीरै छैन ।व्यर्थैको रगेडा ।
(१५)तैपनि आशा मिथ्यामा राखीविषय विषको मिठाई चाखीदु:ख र दैन्य दीन भै डाकीसत्यको राजमा असत्य खोज्छौँचक्कर बखेडा ।
(१६)यी बुझने जति आकाशमा उडेफिजाई पखेटा ।नबुझने बसे काँपेर तीरमाक्षणिक धनको चिन्ता र पीरमाबोकेर भारी पापको शिरमाभएर अबेर ।
(१७)बझनेलाई फिल्क्यो बिजुली सुन्दरबोलाए सारा सत्यको सुरलेफूलका अधर माथिका करलेस्वझल्का जस्ता अमर चरलेसाँझ र सबेर ।नित्यको शान ताराले दिएविशालको रूप पहाडले लिएबदलीमाथि किरण थिएफूल फुल्ने घनेरा ।
(१८)क्षणले बोल्थे कानमा आईअनन्त झल्का ताराकै ल्याईस्वर्गको दरबार नित्यको राजपृथिवीभन्दा भरी छ साजअमर अमृत आनन्द माझदौलत कुवेर।
(१९)मानिसका जीवन पथिवी मूलकास्वर्गका ज्योति झरेर फुलेमतलब लिई दिव्यको सुन्दरछाडेर जान रङ्गीन मन्दिरहरियो वनको हाँसो र आँशुप्राणको समीर ।
(२०)विश्वका सुन्दर सारले बुनीसाँझ र उषाका रङ्ग उनीकिरणबाट इन्द्रेनी चुनीकोमल-सूती कुसुम-नाभाजीवनको कपडा।सत्यको सुन्दर मोहनी झल्काईपत्तीमा हाँसी बत्तीलाई मिल्काईफूलको जीवन जाँदो छ उडीसुगन्ध खालि पछिलाई छोडीजीवनको जगेडा।
(२१)सत्यलाई देख्ने साँच्चैको वीरनकाँप्ने नशा शान्त र धीरध्रुवमा अचल ।पृथ्वीझैँ घुमी किरण-पथमासत्यको शानमा कर्तव्य-रथमाध्येयमा अटल ।लोभले पङ्घ लुटपुट छैनदु:खले जसको बिग्रिन्न चैनईश्वरको पदमा राखेर नयनबुद्धिको विमल ।
(२२)नीतिको तौल ताराको लिनेस्वर्ग र पृथ्वी पहाडमैं छुनेचूलीमा बसी झल्का है दिनेउत्तमको शिखर ।सङ्गति-सुन्दर कुसुम दिलकासत्यमा कडा वज्रमैं दिलकाप्रताप प्रखर ।
(२३)अणु र अणु रुकून् न बाकून्रक्तका खोलामा ।यी वीरको जोशगुम गरी होशमुटुमा जागोस्, आँखामा चम्कोस्सत्यको पलामा ।धिपधिप गर्दै सूर्यका रश्मिहिमालमा चम्केर ।सेतो ली रापखार पारी पापचिडिया पारून् आत्मालाई हाम्रायी पख हम्केर ।प्रोज्ज्वल ज्वाला दन्दनी बालीअमृतका प्यालाअग्निझै हालीचम्केका नजर स्वर्णका शिखरपुग्नलाई पविऊन् ।अम्लान मालापरीका हातकालाएर गम्किऊन् ।सत्यको जोशले,तातेको होशलेमिथ्याको रोषले ।
(२५)अणु र अणु पुरुखा जागून्,ताराको रापले ।स्वर्गमा आँखावीरका शाखापहाड लाखाँसत्यको यात्रा कदमले गरून्वीरको रापले ।
(२६)जीवनको ज्योतिफिलिक्क झल्कीअनन्त पन्था बनेर उडोस् आकाशमा उज्यालो,भविष्यलाईज्योतिले छाईमानवआत्मा जहाजीलाईअँध्यारो सागर-गर्जनभित्रबाटो है राख्नलाई ।
(२७)देवको तेज बन्देज खोजीबदली उघारी ।बिजुली जस्तो झिलिक्क झल्कोस्जब है आँशु गिराई रुन्छिन्निशाले अँध्यारी ।धनको घोष गरेर गर्जीयो वारि उ पारि ।जीवनको बादलवर्षाई वर्षाईसुगन्धहरू फुलाऊन् यहाँपृथिवी सिँगारी ।
(२८)कहिले सानो पर्णको कुटीकहिले दरबार ।- बाट है ब्यूँझी- बाट है उठीवीरले लिन्छ सत्यको झलझलजोशको तरबार ।शरीरलाई पार्ने विस्मृति सानासपना जस्ता टाढाको दानाबादलको टुक्रा बिलाउँदा मानोमिथ्याको शासन नाघेर उड्नेपखेटा जडेर ।आँखाका नानी स्वर्गमा तानीसमुचा जीवनको झिकी पानीउचाली छातीकसेर नशाफिलिक्क झल्काईज्वलन्त दिशाविश्वलाई थाम्ने सत्यले उठ्छविशालको घरबार ।
(२९)हिमालचूली मानिसका यात्राध्रुव छन् विलास ।कठिनको टूना शिखरमा तान्छछिमेकी आकाश ।गहिराभित्र मोतीका दानाडुब्नेलाई खुल्छन् रहस्य नानाउड्नेलाई हुन्छन् स्वर्गका तानाजित्नेलाई हुन्छन् युगका मानाअम्लान सुवास ।झर्नेलाई हुन्छन् इन्द्रका धनुविजय मिठास ।भुल्नेलाई हुन्छन् स्वर्गका नन्दनवनका विलास ।जल्नेलाई हुन्छन् स्वर्गका ज्योतिउदय प्रकाश ।अर्पनलाई ईश्वर आफैंबन्दछन् विकास ।अनन्त छुने वीरलाई हुन्छन्अमर सुवास ।अमृतको प्याला परीले दिन्छन्युगले प्रकाश।
(३०)अजेयलाई जित्नेले गर्योअनन्त-इशारा ।जीवनलाई दिनेले भन्योयुगमा पुकारा ।मृत्युले थरथर संसारमा दिईस्वर्गको सहारा।ईश्वरको सत्य, स्वर्गको सत्यआत्माको तत्त्व अमर नित्यसमर्थन गरी हामीलाई दियोअसीमको आधार ।
(३१)मानवजातिरोएर रातिउदय खोज्दछ ।आज्ञाले वीर आत्माको ज्योतिउदय-नवीन पाएर फेरिआकाशमा उड्दछ ।कविझै चरा गाएर उड्छन्नवीन युगका सपना लुट्छन्किरण धारा स्वर्गका छुट्छन्सुनको बिहान ।प्रबोध पाई पवन डुल्छन्नवीन कुसुम सुन्दरका फुल्छन्आँशुका दाना प्रेमका फुल्छन्गहिरो मानव सागरबाट मोती मै समान ।पृथ्वीले पाउँछिन्एक युगी आयुसुगन्ध भरी, सौन्दर्य भरीवीरको प्रदान ।
(३२)"उठ है" भन्छन् पहाड चूली"झल्क है" भन्छन् बादल जली"बिउँझ" भन्छन् ब्यूफेका हवा"सुगन्ध लिई सबेरै मुली" ।"खोलन" आँखा पूर्वले भन्छउम्लिँदो सुनले बिहान खुली“असीम" भन्छन् खोला र नालाकलकल गर्दै अनन्त बोलीसुन्दर सत् हो" भन्दछ फूलफर्केर आधा बिहान फुली"उदारता नै असीम गुण हो"भन्दछ आकाश नीलोमा बोलीताराले भन्छन्"अनन्तलाईअर्पन्छन् हीरा स्वर्गका मोल""सत्यको टूना" सुन्दरले भन्छ"आत्मालाई बोलाईमधुरमा बोली"कर्तव्य” भन्छिन् पृथिवी नटीहरियो सारी लाएर फुली"आभास" भन्छन् चन्द्रमा फुली,चकोर भन्छन्"प्रेममा खुलीसत्यको सिर्जना !"
(३३)मानवआत्मा सुन्दरको टूनापाएर सधैं सत्यको गरीहिँड्दो छ तिर्सना,ढुङ्गाको बाटो कठिनमा बोलीअमृतको तरङ्ग ।सागरको राहा लिएर चलीअगम उमङ्ग ।
(३४)माटो यो फुस्रो, मिथ्या छ धुस्रोकेही छैन संसारमा ।जीवन यौटा कङ्काल जस्तोरहेमा निस्सारमा ।यो माटोलाई किरण आईछोएर सारा अणुमा बन्छसत्यको सुन्दर कुनकुन गानासुगन्ध अपारमा ।
(३५)किरणले पोसे किरणको होशअमृत-सिर्काले ।शिरामा सूक्ष्म मदिरा दिएबलेका छिकाले ।स्वर्गको बास्ना किरणको पथमाओर्लेर झरेछ ।त्यै किरण-पथमासत्यको रथमाचढेर जानु वीरको बाटोपृथिवी करेर ।सच्चाले पाए स्वर्गको बाटोसूर्यको किरणमा ।अमर पुष्प बनेर फुलेत्यागको मरणमा ।काँपैन यौटा मुटुको अणुसत्यको शरणमा ।
(३७)काँचुलीभित्र अमरको ज्योतिअमरको अनुहार ।सीमितभित्र असीमको ज्योतिमृत्युमा अमृत सार ।बोक्रोको भित्र नरिवल गुदीभित्रको अन्धकार ।भित्र छ भन्छन् सत्यको ज्योतिझल्किने तारा सार।
(३८)मिथ्याको टूना छुन्नथ्यो तिनलाईसत्यको मोहनी ।बदलीभित्र झल्केर उठ्थ्योसुनको सुन बनी ।बोलाउँथ्यो तिनलाईअसीम सागर,निर्मलको स्रोतमा मधुरको बोलमासमर्पण-शील आत्माको जलमाकलकल पारीक्षेत्रमा भारीस्वर्गको झल्का पसेको क्षणमामधुर सुन बनी ।भावका अधर बोलाई मधुरअविरल गुन्गुनी ।
(३९)ती वीर आत्माडाकेर रातमागहमा आँशु भरेर भरीबस्दछ भारत उदय खोजीअनेक युगमा ।तिनलाई सम्झी अणु र अणुरुंदो छु म पनि,संसार, रुंदो छ उ पनि ।
(४०)सत्यको काँटका कर्तव्य-पथमाआत्मा ती तारा छन् ।अनन्त आँटका, बाटुला छाँटकारामका प्यारा छन् ।तिनलाई सेती सन्दरको रापसत्यको काँटमा ।मिथ्यालाई छोडी उँचाइ लिनेप्रकृत छाँटमा ।स्वर्गका जुहार बनेर बस्छन्अनन्त फल्काई ।सत्यको किरण अँधेरी पथमाहाँसेर मिल्काई ।
(४२)तिनका किरण हेरेर रुन्छिन्अवनि तिमिरमा ।विश्वका मधुर उचाल्ने कुराकाँटमा मिली बनेका मालाअमरको शहरमा।
(४३)प्रेमका ज्योति बस्दछन् चम्कीसंसार सारा हेरेर गम्कीप्रकृत गौरवमा ।झल्काले साना झिलमिल गरीहृदय गगन चमचम भरीनजरको पारिसत्यको भारीविश्वको काँटकोसुन्दर छाँटको,"प्रेमको छ है" भनेझै बोल्ने"मधुर पारावार"।
(४४)आँशु गोलती अनमोलप्रेमका आत्मा चमचम गर्छन्सत्यका आढपाएर गाढनीरमा निराधार ।
(४५)तिनलाई देखीफुलुक्क फुल्कीवीरको हृदय ।उचाली त्यसै निदाउँदो पत्रखोज्दछ उदय।
(४६)तिनका मधुर मौनका बोलीआत्माले सुन्दछन् ।स्वर्गको सिँढी बनाउने सपनाविचेतमा बुन्दछन् ।
(४७)भित्रको भित्र पवित्र करलेकिरणको सूतमा ।भविष्यलाई जुहारका झल्कातानमा बुनी पल र पलकारङ्गले धोई मधुर जलकाअचेतले बुन्दछ ।तिनका चालमा असीमको बोलीआत्माले सुन्दछ ।उड्नको इच्छा अगाधमा नीलोबँदिलो बन्दछ।
(४८)धन्य है रजपूत, वीरका तारामानव मणि, भारतका प्याराज्वलन्त उज्याला ।जसको छ बग्दो रुधिर धारानदी र सब नाला ।जसमा छ हरा संसारलाईजीवन र सुन वाला।
(४९)ती वीर बल्दाक्या थिए जल्दाधपक्क धम्केका।सूर्यका ज्वालागगनका मालाताराकै छरी आकाशभरी अग्निमैं धप्केका ।जीवनलाई भन्ने क्षणका झिल्कामिथ्याको ज्वलन सल्केका मिल्काबिन्दुझैँ यौटा सम्झने खालि आँशुझे टप्केका ।मिथ्याको छूतले रक्तमा बल्थ्योआगोको दन्दनी ।धर्मका ज्वालालाई हो जीवन .भनेर खरानी ।पारेर उड्थे, स्वर्गका चराउडेर फुल्थे सिँगारी धराबासले बयानी ।
(५०)तिनको छ कथाभारतको व्यथाप्राणको पत्रआँखाको चलअमरपनाको ।सुनेर त्यल्लाईआँखामा जललाईभेटी दी पललाईकलुषविनाको ।छाडेर काजसुतू हैं आजराखेर लाजअलसपनाको ।मुटुलाई बालीकानमा हालीअमृतको थालीवीरले बनाको ।दोगुना जीवन जिएर एकछिनसहभाव पनाको ।
(५१)मनुष्य निम्ति मनुष्य आयौँमानव सेवामा ।विश्व छ खालि अडेको प्याराप्रेमको टेवामा ।इनाम खालि मिल्दछ प्याराअमृतको मेवामा ।प्रेमको आत्मा पाउँछ मौकासुनौला चेवामा ।
(५२)हामीलाई दिए गाउनु रुनुमानव दिललाई शब्दले छुनुअतीत कालमा हाजिर हुनुयौटा जो वीणा रुनु र कुनुभाषा छ अधूरा ।यी झीना तारमाभक्तका सारमाप्रेमका पारमाएकान्तलाई रुनकुन पार्छ आशाको गजूरहे मेरा हजूर ।रुन र छुनती रुनझुनआएँ है म ता आँखामा आँशुभरेर घर-वन ।
(५४)यौटा नै छातीझिल्काले जातिछोएमा रातित्यै मेरो पातीआत्माले पिउँछन् कविका दिनदिनसत्यका जल-धन।अणु र अणु बजेर उठून्सुन्नेका सब मन ।
(५५)हामी हुँ हावाबास्नाको दावालिएर डुल्ने संसार-नामाकुसुमको यौवन ।
(५६)सुनिदेऊ भाइसुनिदेऊ बहिनीश्रवणभित्र कविले लिन्छन्,इनाम जो सुन ।त्यसैको आधारदीनको आत्माकिन्दछ अरू हृदयमालाअम्लान सुमन ।
(५७)सुगन्ध खोज्ने भंवरोलाई,देऊ कान यो वनमा ।फुलेर उठ सुगन्ध छाईअमरको यौवनमा ।
द्वितीय सर्ग
(१)भारतमा थियो फूट र वैरद्वेषका हावमा ।गर्वको गादी चढेर बस्थेआपस-आपस कगडा गर्दैहिन्दूका राजा भारतलाई टुक्रा ।पारेर खालि ईर्ष्याले भर्दैस्वार्थका सेवामा ।
(२)प्रकृत यशको वीरको तिर्खाबाङ्गो छ चालामा ।प्रकाशन खोज्ने अमरका शक्तिसमरको ज्वालामा ।आपस-आपस ईर्ष्या र द्वेषपोसेर बढ्छन्हाँकले चढ्छन्दुश्मनी कालामा ।को कम ? भन्ने डाहाडको आगोदिदैन गाँस्न ऐक्यको धागोप्रेमको मालामा ।प्रदर्शन गर्ने फिलि र मिलीनाचेर उठ्छन् रङ्गी र चङ्गीयशका टालामा ।सत्य छ थोत्रोधर्म छ धोत्रोमपाई खालिनाच्दछन् राजा रजौटाहरूयो नाट्यशालामा ।
(३)केही छन् खालिआलस्य पालीमधुको प्यालामा ।लोभको नजर गुलाफमा दिनेभँवरा केशमा रङ्गका कालाभरखरका गालामा ।धूतारका ठट्टापोशाकका बुट्टाझिलि र मिली यशका सट्टाकामिनी-काञ्चन आलस्य भज्नेछन् रङ्गशालामा ।कलिको कल्कीलाएर ढल्कीमपाईं गादी चढेर उल्काछटूका तालमा ।स्वार्थको रङ्गीचङ्गी छ पूजाप्रजाका मुखमा देखिन्न बूजाराज्यका शीर्ण कलेजा धुजागर्वको कालो तिलकलाई क्रोधको भालमा ।श्रीपेच हल्लाई तरुनी-पयर चलेको तालमा।महका रानु चाकामा बस्थेदशनका फौज चलाई खालिमस्तीको हालमा ।भारतमाता आँशु ली रुन्थिन् ।तिनको चालामा।
(४)कसैमा थियो छिमेकी लडाइँराज्यको विस्तारमा ।ती माखा मार्थे घरका प्रजादुर्बल शरका दुर्बल धनुदुर्बल करले उचालीकनगर्वको प्रस्तारमा ।बलियालाई मिच्नको शोखवीरलाई सधैं कीर्तिको भोकमानिसको शक्तिले ।अनौठा चाला लिएर चल्छविवेकविना टेकमा चढीभाइ र भाइ बीचमा परीकुचाली युक्तिले ।बलियो बाँध नभई बाढीनाशेर जान्छे देशको बालीहिलो र मैलोले ।आदर्शविना मानवशक्तिविरोधमा पस्छ नपाई युक्तिदशन-दु:खको खोल्दछ मुखपापको थैलोले।
(६)वसन्त ताजा आदर्श बेलाबीचबीचमा फुल्दछन् ।तर ती पात पहेंला हुन्छन्ती रस गल्दछन् ।मशीहाहरू बुझिन्नन् पछिसत्यको गन्धमा ।एक युगको आँखा खुलेर हुन्छ ।सत्यको मुहार मलिन फेरिआर्कोको द्वन्द्वमा।कट्टर अन्धा मिथ्याले भर्छन्सत्यको भानमा ।दुनियाँ हरे ! उस्तै छ सधैंबहिरो कानमा ।नबुझने भन्छ बुझने को राजासंसारभरको मै ।बोक्रोमा पुग्छ दुनियाँ फेरित्यसैलाई भन्छ गुदीको ढेरीअँधेरा आँखा भै ।निर्मोही हुँदा दुनियाँ रुन्छआखिर जागा भै ।
(७)छदैछ भारत स्वर्गझै सुन्दरज्ञान र गुणहरूको मन्दिरमानवजगत्मा ।तैपनि छोड्छ आँखाले छवितैपनि हुन्छन् अँध्यारा रवितैपनि सत्य फुस्रेर जान्छतैपनि ज्ञानलाई कालले खान्छतैपनि आत्मा असत्मा जान्छस्वदेशी रगतमा ।ईश्वरको ऐन अनौठो रैछसत्यको मुहार झल्काउनलाईभारतको भगतमा ।स्वर्गको झल्का पठाउनलाईब्यूँझिने बखतमा।
(८)यस बेला थियो अनौठा चालाटुक्रा र टुक्रा भारतमा बल्नेईर्ष्या र द्वेषका पाँच-रङ्गी ज्वालामायाकी काली बोक्सीले बाल्नेयशको ठूलो पीपलमुनिअँधेरी-उज्याला ।यो पाञ्चभौतिक शरीरका रङ्गज्वालाका जिभ्रा अनौठा चालीकलेजा पोल्ने, मुटु है पोल्नेबोक्सीका दियाला ।त्यसैलाई भन्थे यस बेला राजाप्रताप-बल ज्वाला ।
(९)भारतको शक्ति मिलेको थेनसागरको नदीमा ।खोला र नाला कुला र नहरथिए आफ्ना गतिमा ।नाशको मरु ताकेर हिँड्थेसुक्नलाई बीचैमा ।तिनलाई यौटै मिलाउने थेनऐक्यको खोचैमा ।
(१०)पयो र पयो हात्तीलाई बाँध्छन् ।ऐक्यमा तारा गगनमा नाच्छन्मिलनको डोरीमा ।
(११)विश्व छ अणु-अणुको घरजरामा मिली हाँगाको परएकतालाई पाएर भरजीवन वृक्ष चढेर फुल्छऐक्यको डोरीमा ।
(१२)एकको शासन संसार धाईपहाड-बन-सागर छाईएकको किरणमा ।मुनालाई तारा, तारालाई मुनाविशाललाई चरा, चरालाई विशालप्रेमको मरणमा ।
(१३)विरोधभित्र मधुर-साम्यएकको शरणमा ।संसार सारा स्वर्गमा उड्छएकको चरणमा ।
(१४)एकको विस्तार, एकको रङ्गअनेक बनेको,संसार देखें एकको शासनजीवन मरणमा ।
(१५)तर ती युगका अँधेरी आँखादेख्दैनन् त्यो टूना ।जो ताराभित्र भ्रातृत्व झल्काईदेखाउँछ नमूना ।हाँगा है हाल्यो वृक्षले ठूलोठूला र सानामा ।पक्षी है आए अनेक देशीरङ्गमा नानामा ।तैपनि यौटै स्वदेशी रङ्गगानामा, पानामा ।मानिस हरे ! देख्दैन केहीगर्वको तानामा ।
(१६)विश्वको ऐक्य बुझने जो जातितारामैं होला अँधेरी रातीअरूलाई आँधी छ।ऐक्यको सुन्दर महिमा देखेंहृदयपत्र रङ्गाई लेखेंभन्नु नै ज्यादी छ ।
(१७)लहर खेले नालामा हेरवाग्मती जलमा ।हजारतिर सिलि र मिलीमानो छ तिनमा झिलि र मिलीचञ्चल पलमा ।तर ती खोज्छन् सागरको बाटोत्यो कलकलमा ।एकै नै दिलको ध्वनि छ साराती जल जलमा ।सबैको बाटो यौटै नै जानीसुन्दर रेखा जीवनका तानीधूलो र मैलो चालले छानीहोऊ हे भाइ ! कर्ममा ज्ञानीसंसारको थलमा ।यो यौटा मधुर दिलको ऐना आँखाको जलमा ।
(१८)हामी हुँ नशा, हामी हुँ अङ्गाशरीर यौटैमा ।दुई दिशा फर्की हेर्ने जो आँखादेख्दछन् यौटै चीज है आखिरएकको बोटैमा।यौटै नै फूल, यौटै नै गन्धजीवनको बोटैमा ।भारतको मुटु यौटै छ भाइभन्नलाई बसिन् शारदा मेरीछन्दको ओठैमा।
(१९)भन्न त भने धेरैले अघिकानले सुनेथे ।"हो हो” मा सारा बिर्सेर शिरहल्लिदै गुमेथे ।हजार साधु आत्माले रोईपयरमा चुमेथे ।तैपनि हरे । नदेखी भरेआत्माले अनेक विरोध गरेभारतको आँशु पीरामै झरेअज्ञानका हुरीमा ।सुन्ने जो दिल होहेर्ने जो जल होगर्ने जो पल होसत्यको ध्वनि लैजान्छ भनीलेख्दछु धुरीमा ।
(२०)भारतको फूटमासत्यको टूटमावैरी है वैरिन्छन्आफूलाई सच्चानहुने कच्चाभारतका बच्चालाई दु:ख धुरिन्छन् ।गर्व र ज्ञानचाचा हुन् जानभारतको आत्मा यौटै छ भाइहामी छौँ सारा त्यसैका लागिमपाईंको खाकमासत्यको धाकमाहाम्रो छ जीवन ।म ठूलो भन्नेसंसार मेरो भनेर गुन्नेनगर भाइ ! म आफ्नो लागिकसैले नभन ।"अतीतको आत्मा छन्दमा बोल्छसबैले यो सुन ।भाइ र भाइ पराई बन्दाजल्नेछ गगन ।"
(२१)तर यो कालवक छ चालफूट र वैरमा ।स्वार्थका खालिपूजाका थालीव्यक्तिका पयरमा ।आफैलाई संसारआफैलाई स्वर्गमतलबको शैरमा ।तिमी र ममा एक तत्त्व छैनभारत गैहमा।
(२२)टुटेको चाला फुटेको प्यालादेखेर भारतको ।आँखाले काला लोभका ज्वालादुश्मनका दल हेर्दथे तलफूटमा लुट देखेर प्यारोकाकका आँखागिद्धका आँखाचनाखा पारी भारतमा भारीआँखाले स्वारथको ।पश्चिम पहाडहरूका द्वारमाअसत्मा आफैं लुटिने आत्मादेखेर भारतको।
(२३)तर ती राजा विलासमा थिएमदिरा मीठा गिलासमा थिएकामिनी काञ्चनाऽभिलाषमा थिएअँधेरी मजामा ।वैर र गर्व नाशका रेखालेख्दथे तिनका टुटेका तनकाविचित्र धुजामा ।
(२४)तिनलाई थियो मूर्खको धाकअँधेरी फूर्ति फुलेको नाककामका ज्वालामा ।मै विश्वजेता भनेर हिँड्थेअज्ञानका चालामा।आफैंमा लड्थे आपसमा छातीरोपेर भालामा ।मपाईंको सेखीकलिलैदेखितिनलाई राख्थ्यो छटू र धूतार-हरूको तालमा ।के के न छौँका अँधेरी रौशकाफिलि र मिली महल बीचमासाङ्ग्राका चालमा ।गर्वको कालो तिलकलाईकलिका भालमा ।
(२५)एक जना थिए तिनका बीचमाऔतार उज्याला ।विष्णुका मूर्ति वीरका फूर्तिरूपका सुन्दर गुणका मन्दिरउपमा अकेला ।तिनको नामतिनको कामभारतका प्यारा उज्याला आत्मा ..ताराझैँ हाम्रा अँधेरी रातमारुलाउँछन् यस वेला ।झिना यी तारमा छातीका भरमाआँशुका बोलमाभारतका मोलमागाउँछ भन्छ हृदय आजमूर्ख छु भन्ने छोडेर लाजसम्केर प्यारा पृथिवीराजरातको यो वेला ।सुन्नुहोस् सज्जनहृदय मञ्जनगरेर मेरो गीतको खोलाभिजाई परेला ।सुन्दरको ध्वनि आएर गम्कोस्अमृतको किरण लहरमा छम्कोस्झ्याउरे भनी हृदयलाईनगर्नोस् है हेला।
तृतीय सर्ग
(१)संसारका यौटै राजा छन् भन्नेहिन्दूको भावना ।एकै छ ऐनएकै छ नैनएकै छ स्वर्ग सबैको चैनएकै यो शरीर बल्नेछ मैनभन्नेछ सपना ।विष्णुको अंशदुष्टको कंसमार्नलाई आउँछन्,उत्रेर यहाँभन्ने छ जपना ।न्यायको मूर्तिब्रह्मको कृतिसत्यको जतिभनेर हामी भावना गछौंसपना जपना ।
(२)एकै छ नीतिएकै छ थितिसंसारको रीतिन्याय र सत्य धर्ममा अड्छविश्वको दरबार ।चाहन्छौँ हामीन्यायका नामीसत्यका स्वामीराख्नलाई घरबार ।
(३)धर्मको हामी चाहन्छौँ कल्झल्नबिरिने तरबार ।धर्ममा हामी चाहन्छौँ सुन्दरदया र दानको सार ।ताराका चन्द्रद्यौताका इन्द्रभक्तिका केन्द्रक्षत्रिय वीरमा गौरव राख्नेईश्वरको अवतार।
(४)विश्वको थिति देखेर हाम्राऋषिले राम्राविचारले बनाए ।यो थिति रीति सनातन गीति ।प्रजा हुन् छोराराजा हुन् बाबुप्रीतिको आडमा रहेका प्रजाविषयलाई कर्मको बललेसच्चाको दिललेसबैको भलाइ निम्तिमा ज्यानदिएर सब जिती।शास्त्रका पाकामहका चाकामौरीझैँ रैती फूल फूलमा उड्नेजो मधु बटुल्न ।प्रकृतिबाट टिपेर सारदिशामा फिँजी कर्ममा चारइनाम लिन कुसुमका सारगुणको पारख गरेर लगीघरमा सँगाल्न।
(५)यो थितिरीतिसनातन गीतिजो अड्छ लिई तत्त्वमा प्रीतिब्रह्माले वेदमा बताउनुभयोसमाज समाल्न ।यै रीतिथिति सक्दछ हिन्दूहृदय पगाल्न ।
(६)राजा हुन् खालिगोठाला जस्ताप्रजाका निम्तिमा ।दिन र दिन र प्रतिक्षणभलाइको निम्ति होशमा बस्नेपाइला गिन्तीमाहृदयबाट सुनेर हेर्ने प्रजाका बिन्तीमा।नीतिको काँटधनको बाँटसमाजको छाँट मिलाई राज्ने प्रजाको प्रेमकोसुनको गादीमा।
(७)आफूलाई भुलीप्रजामा मिलीपुयाउने चूलीस्वार्थले रहित धनका बीचमासुनझैँ चाँदीमा ।सत्कर्म यशका पखेटा लगाईजो उड्छन् स्वर्गमा ।न्याय नै राख्ने तराजु तौलीप्रजाका वर्गमा ।
(८)मिलाई काँटमिलाई ठाँटताराझैँ चमचम पारेर ज्योतिआत्माको निकाली,प्रजालाई बाली सत्कर्म पथीलहरे स्वर्गमा ।
(९)न्यायका सुन्दर चालमा चल्नेर कल्पनाहरू फुलेझै फुल्नेप्रजाका लागिमा ।सपथ तेजी ज्योतिले बल्नेनीतिका काँटमा सब अराउ चल्नेदुष्टको दिल देख्दैमा जल्नेस्वर्गका चीज वचनमा फल्नेप्रजाका मागमा ।
(१०)न धेरै दुर्बल दयाले खालिन धेरै नीति बाङ्गोमा जालीसत्यको चतुर कलाको चालदुष्टको जालजस्तो है पारी प्रतिभाबाटसहज निकाली।साराका दिलको केन्द्रको कमलप्रकृत बास्ना मधुर लिनेसबैको जीवन प्रीतिले छुनेअनेकभित्र यौटाझै हुनेसबलाई उचाली।
(११)विद्याको प्रेमी, साधुको दाताप्रजाको सधैं पिता र मातारामराज गरेर ।पृथिवीलाई उज्यालो पारीन बल धन दिएर भारीनमर्ने मरेर ।आखिर बस्ने युग र युगलाईप्रजाको दिलको सिंहासनभित्रज्योतिले भरेर ।
(१२)बोलाउँछौँ हामी सद्धर्म थामीरामराजा जगत्मा।हे प्रभु हर !लौ अब तरज्योतिले भरसब हाम्रो घरदयाले भगत्मा ।अँधेरी हरसद्धर्म भरन्यायको राज्य प्रीतिले भरआदर्श कर्महरूले भरीजीवन जगत्मा।
(१३)हनुमान् रौझैँ राम राममा रहूँभक्तिले चाली गिर्खा र दानास्पन्दने रगतमा ।यै हाम्रो आवाज उठ्दो छ सधैंस्वर्गको समीपमा ।आशाको ज्वाला बलेको जीवननामको प्रदीपमा ।
(१४)धर्मका जातिआर्यका ताँतीसंसारका मुहार हेरेर भन्छौँविष्णु नै राजा छन् ।राजा त आएराजा त गएराजाका अमर विष्णुका अंशसधैंका ताजा छन् ।
(१५)सधैंको बैंससधैंको ऐशविश्वका श्री नै उनका निम्तिस्वर्ग र पृथ्वी दुवैमा हेरजीवनको साजा छन् ।
(१६)तारा ती उनकास्वर्गका धनकाहीरा र मोती लहरे फन्कामेघका बाजा छन् ।
(१७)हामीलाई थोरै चाहना हिन्दूदिनको घाम, रातको इन्दुभोकलाई खाजा एक मुट्ठी दानादिनलाई उनै न्यायका सिन्धुजीवनलाई हाम्रा प्रेमका बन्धुएक धरो धोती भक्तिको भोगीदुई आँखा दानामा ।
(१८)ऋषिको रीतिसनातन थितिधर्मको गीतिशुद्धमा चोखो दाना र पानीसालका पातमा।
(१९)पानी हो हाम्रो हिन्दूको मागचाहन्छौं खालि दयाको भागसत्य र न्याय रहेको देशमाबाहुन र गाईलाई नदुःख दिनेनराख्ने भेद भाइ र भाइमाठूला र सानामा ।
(२०)नैसर्गिक बुद्धिऋषिको शुद्धिपाउनेले यै देखे ।विश्वको थिति-नीतिका रेखापाएर यो लेखे ।प्रकृत समाज प्रकृत शासनऋषिले यो देखे ।प्रथम तत्त्वहरूमा अड्नेएकमा अनेके ।
(२१)यो शासन चल्छ है त्यहाँसम्मजहाँतक न्याय छ।जहाँतक सच्चा दिलको राजाप्रजाहित प्राय छ । जहाँतक सत्य मिचेर मार्नेउपाय हुँदैन ।जहाँतक चौडा जवाफदेहीशुन्यले लिँदैन ।मानिसको आत्मा मार्नलाई खोज्नेभावले छुदैन ।विश्वमा नीति-न्याय छ असीमभनेर त्रास नराख्ने आत्मासंसारमा हुँदैन ।जबतक आफै स्वर्गको राजाराजाले भनेर ।सत्यको चौडा जगतै छाडीबढाउँदैन अन्याय बाढीहृदय छिनेर ।
(२२)हामी ता देख्छौँ राज्यको विस्तारचौडाइमा सत्यको ।जतिको विश्व छ अन्तर्गततत्त्वमा नित्यको ।जतिको प्राणी प्रेम र हितशासनमा अन्तर्गत ।त्यत्तिकै हुन्छ जीवनको दावाजातिको जगमा सत् ।
(२३)धर्मको नाममा समर्थन नाशकोसमर हुन् हाम्रा धर्मका आशकोसत्यका दावामा ।जीवन उठ्छ नश्वर छाडीसत्यको कामले ईश्वरको नामलेधर्मका धावामा ।आँधी छन् सारा सुन्दरको तौलमिलाउने हावामा ।भूकम्प पनि मिलाउँछ तहसत्यको दावामा।
(२४)सत्यको काँट जीवनमा राख्नेजाति छ जिउने ।धर्मको वैरी लाग्दछ वैरीओरालो नहुने ।
(२५) सत्यमा अड्ने धर्मले लग्छन्हिमालका सुनचूली ।न्याय र नीतिविनाका जातिहुनेछ आखिर अँधेरी रातिनिस्सार औ धूली ।
(२६)तर त्यो काँट राख्नमा जान्नेराजा छन् थोरै नै ।धर्मको नाममा उठेको देख्छौँअसत्को सोरै नै ।ईश्वरको कृपा पाएका जातिपाउँछन् राजा धर्मका जातिनत्र छ मेरै नै ।विश्वको गोलगोलसत्यको मोलतोलपाएका जाति फैलेर उठ्छन्भएर शेरै नै ।
(२७)यो थितिरीति सनातन नीतिजान्नेमा अकेला ।पृथिवीराज चौहान थिएभारतको त्यस वेला।
(२८)जब ती अरू राजाका नामकाराहु कामका ।मेरै नै भन्ने मपाईंभित्रइन्द्रिय कमारा ।बटुली बस्थे फूटाको धन,देखावट कीर्तिमिथ्याको फूर्तिअँधेरी बत्ती बालेर कालोपुग्नलाई गगन ।
(२९)यो तत्त्व दिव्य बुझने ती यौटाभारतका थिए जन्मेका द्यौतातर हा ! उनलाई मानेर सौताफूटाले गर्थे डाहाड, रीसपाएर दहन ।जयचन्द राजा दुष्टका दिलले ।सकेन सहन ।
(३०)भो: तिनलाई धेरैले भन्छन्ज्यादै नै नभन ।ती थिए खालि मायाका चालीअसत्लाई सत्य मान्ने है जालीअज्ञानभित्र अहंमान राख्नेमूर्खका भवन ।
(३१)यो कथा हाम्रोभारतको राम्रोईर्ष्या र द्वेष छाडेर साराआँशुको नजर लिएर प्यारा !तौलेर सत्य नित्यको चारालिनु है पोषण ।
(३२)अरू हुन् खालिमूर्खका मालीपृथिवीराज अवतार थिएहिन्दूका भूषण ।इतिहासबाटसत्यको थुनदुहुनी कनदुहुँदा हामी चौडा हुँ प्यारा !नराखी दूषण ।
चतुर्थ सर्ग
(१)संसारभरका वीरमा हामीरजपूत भन्दछौं ।रजपूतभरमा चौहानहरूरत्नमा गन्दछौं ।पराक्रम यिनको पृथिवीभन्दागुजेर उठ्दछ ।कीर्ति है यिनको सुनौला भईसंसारभरका शिखरका शिखरसुहाई चढ्दछ ।यिनैमा थिए पहिला कविविद्याका भूषण ।विशालदेव चौहान नामकासमरजेता प्रतापी कामकाविग्रहराज भन्दछन् कोहीविद्वान्काह भारी राजामा गुणीविगत दूषण ।
(२)संभरका गजा तूर्कलाई जितीम्लेच्छको पुर्याई त्यस बेला मितिआर्यकी भूमि भारतलाई बनाईगर्दथे शासन डिल्लीका जेताकीर्तिका पोषण ।शताब्द बाह्रौँ आधाको नेरनडोल, जालोर, पालीलाई जितीहिमालदेखि विन्ध्याका पर्वतगर्दथे शासन सुन्दर थिति।धनका घोषण ।अजमेरमा उनले पाठशाला खोलेभविष्यसँग शिलामा बोलेकविको कीर्ति विजय भन्दाअमर मोलको जानेर मोलेसुन्दरको पोषण ।भारतलाई भारत बनाई छाडीविद्या र यश, ज्ञानको बाढीबढाउँला भनेर ।सोमेश्वर आदि कविका रत्नसभामा राखीवसन्त डाकीआर्यको फेरि उद्धार गर्नेफल्दो र फुल्दो भारत वर्नेजीवन बनेर ।हामीलाई राखी धन्य र आँशुभारत-सच्चा भावका प्यासीछोडेर गए ती अविनाशीस्वर्गको निम्ता द्यौताको मुखकोआखिर सुनेर ।
(३)हा ! कठैबरा म्लेच्छले तिनकापाठशाला उजाड़े ।इस्लामको तरबारलिएर आउने आत्माका गन्धाम्लेच्छले अन्धासभ्यतालाई राख्ने त्यो दरबारविद्याको उखाडे ।आँशुले रुन्छौँ भारत जातिविशाल हानि देखेर रातिआजको अँधेरमा ।हा ! कठैबरा ! ती हाम्रा चराकीर्तिको नीदमा:हृदयभित्रएक आँशु थोपा दिएर रुंदाहोलान् त्यो खंडहरमा ।
(४)जब है देख्यो बनाउने भारतनिर्माणको भावना ।आर्यको सुन्दर सभ्यता पोस्नेआर्यका भूमि आर्यकै भूमिबनाउनलाई कम्मर कस्नेवीरको तिर्सना ।कहाँका कहाँका भुल्भुले आँशुआउँछन् हरि ! आकाशबाटछातीमा बर्सन ।नरोई हरे ! न ठण्डा हुनेछातीमा रुँरूँ लागेर छुनेलाग्दछन् के के नजानी झन्काभावले पर्शन ।वीरको कीर्ति, अमरको फूर्तिगराउँछ कहाँ भावको जगत्भारतको दर्शन ।
(५)उचाल भन्ने, बढाऊँ भन्नेविजयाऽभिलाषा ।भारतको निम्ति मर्न पाऊँ भन्नेअर्पनको यो आशा ।दुई दाना आँशु भए नै पनिभिजाउन मन लाग्ने ।भारतको बागमा कुसुम यौटास्वर्गको किरण पठाउने द्यौतासँगमा गै माग्ने ।सुन र हीरा फलाऊँ भन्नेमालीको यो आशा ।सधैंको भुलभुल सधैंको जलजलपाउँदैन क्यै भाषा ।
(५)विशालदेव बस्दछन् काहीभारतका दिलमा ।कहिले-कहिले उठेर बोल्छन्स्वर्पङ्के पलमा ।साना र तिना कुराका बन्धनस्वर्गको ज्योति खोज्ने यी हकमापग्लिन्छ जलमा ।म उड्न पाइन, म खोज्न पाइनम डुब्न पाइन, मैले क्यै ल्याइनभन्ने यी प्रकृत विषाद उठ्छन्सबका भावमा ।मिथ्याको वजन गहुको हुन्छसत्यले छुने जब दिल रुन्छभारतको भित्री बिजुली लाग्नेजिउँदो क्षणमा।
(७)अनलदेवका तीन छोरा थिएअग्निका अंशका ।दुइटा जुहार पराक्रमवालाचौहान वंशका ।जेठाको नाम हो जगदेवमाहिला विशालदेवसोमेश्वर नाम साहिंलाको थियोकीर्तिका मधुका ।राज्यको लोलुप त्यो जगदेवलेपितृलाई मारेर,लिएको गादी खोसेर लिनेहत्यारो झारेर,विशालदेव पराक्रमवालायशका रथमा ।जब ती गए स्वर्गको बाटोदेवका पथमा ।उनका छोरा अमर नामकागाङ्गेय वसेथे,सारै नै सानो बालक मानोजानेर शासन चलाउने बनेपृथ्वीराज नामका ।जगदेव पुत्र चतुर निकैसकल काजकामका ।उनैले लिए आखिरमा गादीनिर्धालाई खसाली।उनको मृत्युपछिको कीर्तिसोमेश्वर-उज्याली ।डिल्ली र अजमेर दुवैका राजातोमर चौहान वंशका साजासोमेश्वर प्रतापी ।उनका शेष सबैमा बेसकीर्तिले छाउने सकल देशरजपूत वीरका सुगन्धी कुसुमजोशका खूब रापी ।पृथिवीराज चौहान भएसमरप्रेमी विजेता थिएभारतका सुपुत्र ।संसारभरमाप्रीतिको स्वरमाउनको कीर्ति घर र घरमाआँखा र आँखा वर र परमापारेर सुनाऊँ भनेर लेख्छुचरित्र विचित्र ।सुन्नुहोस् सज्जन ।हृदय मजन गरेर पवित्र ।
पञ्चम सर्ग
(१)पछिको बान्की रूखले लिन्छसानैमा छाँटमा ।जस्तो छ बीज उस्तै छ रूखफल र फूल गन्ध र मुखमानिस बढ्छ पराक्रमवालाकलिलै भित्र देखाई चालावीरले ठाँटमा ।दिनको प्रधान लक्षण खुल्छबिहानको छाँटमा ।सानै नै देखिन् हुन्छ है शेरपछिको महापुरुष वीरगुणका काँटमा ।पहिलेदेखिन् बाघका बच्चाहात्तीका आँटमा ।बालकैदेखिन् पृथिवीराजसाहै नै राम्रा साहै नै मीठाबोलिका ढीटा, आँखाका छीटानीतिका काँटमा ।पछिको बान्की रूखले लिन्छ ।सानैमा छाँटमा ।कलिलै हुँदा देखाउँछ चालावीरले ठाँटमा ।धाईले उनलाई सुनाउँथिन् कथाअघिका वीरको ।भारतलाई उद्धार गर्नेदशामा पीरको ।कसरी काली नाचेर उड्थिन्झलझले तरबार ली,आँखामा ज्वालालगाई मालाम्लेच्छका शिरको ।कसरी उनको त्यो लाल जिभ्रोरगतको खोलामा ।पिएर पानी दुश्मन हानीवीरको चोलामा ।भर्दथ्यो जोशभर्दथ्यो यशकष्टको बेलामा ।कसरी उनका पुरुखाहरूआगोझैँ बलेर ।भारतका लागि स्वर्गमा गएदुश्मन दलेर ।कसरी ब्राह्मण गाईको रक्षाबाहुका बलले ।गर्दथे तिनी आर्यका आत्माअन्न र जलले ।कसरी उल्टो लागेर दुश्मनमर्दथ्यो छलले ।
(३)कातरको नाममा यौटा नै थियोकन्नौजको अभागी ।त्यो राज्यपाल नामको राजाघरको सिंह, वनको स्याललूसे र मूसे स्यालसिङको दाँजाभारतको सब दागी ।महम्मद नामको गज्नीको राजाआउँदा लिई म्लेच्छको फौजधसिङ्गर सुँघे डरलाग्दा साराथरथर पारी दरबारका ताराअजमेर चढायो ।रजपूतको श्रीपेच पामर वीरलेम्लेच्छको पाउ छोएर शिरलेमहँला भन्ने काँतरको पीरलेधूलीमा गढायो ।चन्डेलका राजा गन्डमा रीसलेआगो नै जलायो ।कसरी अनि रजपूत मारीगन्डाका पुत्र विद्याधरनामावीरको महान् नायकतामाकछुवा राजा ग्वालियर साथमारजपूत इज्जत राख्नको लडाईरीसमा पलायो ।ग्वालियर राज अर्जुनले अनिकसरी त्यसको शिर नै छिनीकातरपन हरायो !
(४)यस्तै यी कथा वीरका ज्यथापुराना कालकावीरका चालकाधाईले सुनाउँथिन् ।अनि ती साना सिंहका बच्चाभारतका पुत्रहरूमा सच्चाकाखमा खेलाउँथिन् ।वीरका बच्चा रउँ र रौंमाबजेर सुन्दथे ।आफ्नो त्यो कुलको पराक्रम फूलकोसुवास सुँघ्दथे ।अनि ती मनमा सपना उब्जाईभारत उद्धार प्रताप सधैंफिजाउन गुन्दथे ।
(५)उनीलाई थियो सधैंको खोजीबालककालमा ।वीरको कथा, भारतको ज्यथाअमरका चालमा ।आँखामा बल्थे अनौठा ज्वालाछन्दका तालमा ।जब ली वीणा कविले गाउँथेआँखामा आँशु, छातीमा धड्कावियोगमा मधुर ।प्रतापमा प्रखरसुन्दरमा कोमलमिलाई सब स्वर ।नशामा बज्ने प्रकृत ध्वनिबजाउने तारमा ।त्यो अनुवादन लिएका आत्माकविका पारमा ।भविष्यलाई सपना बुन्थेसुनेका सारमा ।
(६)बीचबीचमा उनी कविका ध्वनिघुसेर दिलमा ।मधुर छन्द बनाउँथे पनिएकान्त थलमा ।चौहान वंश शारदा अंशपाएर जन्मेथ्यो ।कविको दिल वीरको बलकीर्तिको प्यास स्वर्गको आशपाएर जन्मेथ्यो ।ती मधुर नशा यिनमा चढ्थेसुन्दरका छन्दमा ।सपना जस्ता कविता चढ्नेनलेख्ने बन्दमा ।कहिलेकहीँ फुर्सदमा भर्थेसपना छन्दमा ।चौहान वीरको प्रतिभा धीरकोसमर छाडी शान्तिमा पनिअम्लान गन्धमा ।
(७)सानैमा उनी शिकार खेल्थेशरका चतुर ।बाघका बच्चा, उमेरमा कच्चाएक्लै नै पनि शिकारमा सच्चाएकदम रहर ।गजबले तान्थे नबिराई हान्थेवीरका धनुष ।सबैले भन्थे यी पछि हुन्छन् ।गजबका पुरुष ।
(८)विद्यामा पनि चाँडै नै धनीबनेर बढेर ।खुशाउँथे यिनी राजालाई पनिकविता पढेर ।स्वरका मीठा चालका छीटा।बुद्धिका ढिटापढ्दथे गढेर ।शिखरमा पुग्ने आशाले सधैंपहाड चढेर।
(९)त्यो वेला थियो वीरको तालीमबहुतै विचित्र ।विद्वान्का सँगमा राख्दथे बालकभावलाई पवित्र ।सुनाउँथे कथा पुर्खौली कथावीरका चरित्र।लड्न र भिड्न सानै नै देखिपरीक्षा गरेर ।शिशुको तालीम विचित्र हुन्थ्योजोशले भरेर ।
(१०)धनु र काँढमा यी पहिला थिएगुरुका तालीममा ।दाउ र पेच अनेक जान्नेलगाउन जालीममा ।गदाको युद्ध, चक्रको युद्धसबैमा सिपालु ।त्यसउपर यिनी थिएनन् कहिलेस्वभावका ढिपालु ।ब्राह्मण साधुहरूमा थिएसधैंका दयालु ।
(११)परीक्षाक्षेत्र अनेकमा यिनकोकदर ठूलो भो ।एकसे एक वीरको पनिसेखी नै धूलो भो ।जब यी जवान भएर बढे ।कसैले जितेन ।एक न एक चमत्कार नभैदिन नै बितेन ।
(१२)आँखाका ठूला, भावका विपुलव्यूढ छन् उरका ।सुन्दरमा सारा मिलेको डालछैनन् है कुनै उनका दाँजाअजमेर पुरका ।मोहोडा थियो पुष्ट र चौडादेख्दैमा वीरको ।बनोट उनको गठिलो थियोबुद्धिका शिरको ।नाकको बान्की फुकेको तलजंघा नै भयङ्कर,चिउँडो चौडा, खाने मुख सानोतर छ मिलेको ।चन्दनका रेखा भालमा तीनअत्यन्त खुलेको ।शिरपोस केही ढल्काई लाउँथेनिधार ऊँचामा ।त्यो वीर बान्की, त्यो उनको मुहारआउन्न हरे ! हामी सानाकविका कुचामा ।
(१३)अग्ला र गोरा वीरका छोराकदका गठिला ।न धेरै बोल्ने, न धेरै चल्नेसत्यका हठिला ।उनलाई देख्दै दुष्टको मनपापले काँप्दछ ।मनुष्यलाई देख्दैमा उनकोबुद्धिले नाप्दछ ।
(१४)हातमा धनु पीठमा ठोक्रोपार्श्वमा तरबार ।माछाको आँखा प्वाल पार्ने वीरभन्दथ्यो दरबार।
(१५)अनङ्गपाल राजाले उनलाईदरबारमा बोलाउँथे ।यो मेरो नाति क्या राम्रो जातीभनेर बोलाउँथे।
(१६)बिहाको कुरा अनेक चल्योदेखेर वीरता ।म्लेच्छको राज्य निभाउने कामकामिमी काञ्चन ह्वैन है धाममेरो त वीर राजपूत नामभनेर हाँसी हँस्सीमा साराउडाउँथे धीरता ।उनको यश फैलेर गयोभारत भूमिमा ।गुणका मन्दिर, वीरका सुन्दरपृथ्वीका इन्दर-सरि छन् भन्ने सुवास फैल्योस्वर्गका भूमिमा ।त्यस्ता पो वीरत्यस्ता पो धीरभन्दथे सबै चरित्र-चित्रीहृदय भूमिमा ।अरूको कीर्ति वैलिँदै गयोप्रात:का सूर्य अघिका चन्द्रसरिका भए अरूका इन्द्रभारत भूमिमा ।
षष्ठम सर्ग
(१)कोही छन् यहाँ प्रकृत वीरईश्वरले चुनेका। .कोही छन् खालि गर्वका धुरीमपाईका दर्शन, घमण्ड पुरीदेखाउन खोज्ने चुरी र फुरीकीर्तिले बुनेका।
(२)ती भन्छन् खप्ने यशको बालीघरैमा फल्दछ ।छिमेकी धुरी भन्दा भै उँचाधुरीमा फुल्दछ ।देखाउनुभन्दा संसारमा आर्कोक्यै छैन तिनलाई।निष्काम कर्म सत्यको मर्मवीरको धर्म गर्वको शर्मनबुझने यिनलाई ।आफ्नै यी संसार सुनको दरबारआफ्नै हो सारा नाशको तरबारआफै हुँ ईश्वर आफै हुँ संसारभनेर भुलाई ।मायाले गर्छ अनौठा टूनामूर्खता बनाई झन् कस्तो दूनाछक लाग्छ मलाई ।
(३)अहङ्कार जस्तो क्यै खराब छैनसंसार जित्नु गर्वमा छैनवीरता हुन्छन् सत्यमा मैनईश्वरका नियममा ।लडाइँ होइन सत्यको बाटोसत्यको आह्वान पाएर लड्नुजीवन-मरणमा ।कीर्तिका कुसुम फुल्दछन् खालिधर्मका शरणमा ।
(४)अनन्त ऐन खोलेर नैनहेर्नेले देख्यो अरूले ह्वैनयशको गजूर सत्यमा उठ्नेईश्वरको चरणमा ।कीर्तिको प्यास प्रसिद्धि आशरगत पोख्दछन् ।देवले पछि सत्यको काँटमाकर्म ती जोख्दछन् ।धूलो र मैलो बनेछ वीरअहङ्कार उज्यालो ।कीर्तिको पथ जान है सबचढेको उकालो ।सत्यको भावमा वीरको मुटुबाल्दछ दियालो ।अँधेरा तर अज्ञानका आँखायी तत्त्व देख्दैनन् ।हृदयभित्र सत्यका अक्षरभावमा लेख्दैनन् ।त्यसैको काँट त्यसैको छाँटत्यसैको मपाईंको परिपाठगरेर बस्दछन् ।अँधेरी कीर्ति मिथ्याको फूर्तिबढाई सारा मुटुमा धर्तीविषले डस्दछन् ।
(६)मूर्खमा गजूर आफैंका हजुररङ्गीन पल फिँजाउने मुजुररक्तका वर्षामा ।छन् सारा हाम्रा विजय चन्द्रविश्वास जसको बस्दछ खालिभाला र बर्खामा ।पुरुषा नामले मपाईंको पोषणगर्नको ईर्ष्यामा ।पहाडभन्दा घमण्डी थिएरजपूतभरका मखण्डी थिएएकलो अहम्मा ।हठका राजा यशका गाँजा |पिएका गरममा ।अरूलाई उनी मान्दैनन् पनिनगन्ने थिए गुणका धनीफुसाका गणनमा ।मै विष्णु भन्ने अहंमान थियोउनको मनमा ।सुन्दथे आफ्नै कीर्तिका गानादशाका दिनमा।फुस्लाउनेलाई सुनका थैलाउदार दिनमा ।सच्चाको मुखलाई फॅक्दथे मैलारीसको क्षणमा ।
(८)यशको लालस लाल भई उठ्दाहृदय मर्दछ ।भाइको फूट, कीर्तिको टूटसब छूट गर्दछ ।मदिरा जस्तो कीर्तिको प्यासगरमले चढ्दछ ।साना र तिना कुरामा पनिरीस ईर्ष्या बढ्दछ ।दिन र दिन अधम बनीझन् तल गड्दछ ।
(९)मूर्खलाई हामी आँशुले हेछौँअज्ञानमा फुलेको ।मिथ्याको शरण प्रसिद्धि लोभलेनाशमा चलेको ।हामीलाई लाग्छ अनन्त मायामायाको पर्दा राजामा छायाबरा ! ती जयचन्द ।असल थियो कीर्तिको प्याससत्यमा लागे भारतका आँशुवीरको जो हो हृदयवासतर यी थिए मन्द ।बुद्धिका मोटा, कर्मका खोटासङ्कुचित मति हठमा छोटायी राजा जयचन्द ।उनलाई थियो देखाउनु खालिपिट्नु नै आफ्नो तुरही झयालीभाइमा भाव राखेर जालीफटाको मीठो छन्द ।दिएनन् बरा ! ईश्वरले तरभारतलाई उज्याल्ने वरमाटाको बिर्को लागेर तरबुद्धि नै भयो बन्द ।
(१०)दिन दिन यिनी साङ्ग्राका मणिबन्नको इच्छा भै अधिपतिईर्ष्या नै सँगाल्थे ।साना र तिना कुरामा पनिरीस नै निकाल्थे।
(११)अरूको देखासिकीमा यिनीभारतका अधिराज ।बन्न नै खोज्थे दिन र रातसब राजाहरू माझ ।शिँगारूँ भन्ने यिनमा थियोकन्नौज कुलको ताज ।मूर्खका तर यी शिरोमणिमिथ्याको सज्थे साज ।म्लेच्छको अघि देखाउने बलदेखाई भाइको माझ ।
(१२)पृथिवीराजको देखेर फूर्तिबयान हुँदो वीरको मूर्तिकलेजा जलेर ।त्यसलाई यौटा दबाउन पाएअरू त मेरा पयर भै आएभन्दथे यिनी आर्यको प्रेमआर्यले भुलेर ।बस्दथे सधैं यिनका निन्दागर्नेसाथ फुलेर ।
(१३)आश्वमेध गर्ने इच्छा छ यिनकोभारतको यस्तो दशाका दिनकोअरूलाई पयरमा ।राखेर आफ्ना रजौटा राजाशानमा ठूलो भएर ताजाकन्नौज शहरमा ।
(१४)बलियालाई बलको शराबनिर्धालाई कमजोरीईश्वर दया नभई कहाँआउँछ बुद्धि तेजीलाई पनिसत्य-रस निचोरी।।
(१५)कन्नौजमा गर्थे यी जयचन्दशानको शासन ।बारौटा राजा इच्छा छ उनकोदेखाउन सारा आँखामा जनकोपयरका आसन ।
(१६)अरूले टेरे अरूले हेरेउनका इच्छामा ।तर ती सिंह पृथिवीराजदेवका कक्षामा ।नटेरी बस्थे नहेरी बस्थेउनका शिक्षामा ।
(१७)झन् वैर बढयो झन् टाढा भएकाक र हंस यी ।भारतको भलाइ लागिमा थिएचौहानवंश ती ।शासनको राज्य गर्नलाई खोज्नेप्रतापको बाटो मिथ्याको रोज्नेजयचन्द राजा आफूलाई देख्थेविष्णुका अंश ती।
(१८)झन् वैर बढ्यो झन् गरम चढयोझन् ईर्ष्या गढ्यो, झन् दिल सड्योजयचन्द राजामा ।आखिर दुई दुश्मन भईपृथिवीराजको निन्दामा सहीसभाका माझमा ।गर्ने ती भए यशका प्यासा"सधैंको काजमा ।हामी ता छैनौँ पृथ्वीराज जस्ताघमण्डी फुफुर ।"भनेर छेड अनेक गर्थेनिन्दाले हुर्हुरे ।खराब भावका शिशुमैं उनकाउरमा छुर्छुरे ।
(१९)पृथिवीराज हाँसेर हिँड्थेबुझेर अँधरा ।उनका वचन शरझैँ बिझीहितका वचन नबुझी बिझीरीस र ईर्ष्या पोख्दथे सधैंमूर्ख ती बिचरा ।जयको चन्द्र हुनको इच्छानभई उज्यालो ।शिखरमा पुग्न सत्यको खोज्थेनचढी उकालो ।
सप्तम सर्ग
(१)यो वैरदेखियो फूटदेखिभारतको बारीमा ।चनाखा आँखा म्लेच्छका थिए .उब्जनी भारीमा ।
(२)छुट्टेको मास चीलले लच्छ ।देखिन्छ झम्टेको ।कालले बूढो थलाको गोरुआदर्श बूढो भएर मरुबीचमा लेटेको ।सडेको नसा कीराले खान्छदुर्बलमा भेटेको ।प्रकृति नियम यस्तै छ ज्ञानीकमजोर आँखा हाम्राले ध्यानीजगत्मा भेटेको।योग्य नै हुन्छ है अतिजीवीसत्यको योग्यता ।नाशका फौज बढेर लिन्छन्सडल भोग्यता ।
(३)भारतमा जब सत्यको शासनऐक्यमा रहन्थ्यो ।भारतलाई हेरी म्लेच्छको शिरस्वभावले नुहुन्थ्यो ।आदर्श ताजा स्वर्गकी धेनुप्रजाले दुहुन्थ्यो ।प्रेमको गगन बीचमा शान्तिअमृतमा चुहुन्थ्यो ।
(४)भाइ है फुटे, गवाँरले लुटेऐक्यमा टुटे, दुश्मन छुटेचिरिए आफू अरू नै जुटेनाशका सेनाले ।दुर्बलको दशा हेरेर बस्छन्बेहोशीलाई आएर डस्छन्अरू भै गर्वी सबैलाई नास्छन्विश्वको यौटा ऐनको तत्त्वलेन र देनले ।
(५)जबतक भारत आफूमा सच्चाबस्दैनन् कुनै दुश्मनका बच्चापर्दैन कुनै घमशान घच्चालुट्दैनन् आई लोभी र लुच्चाडराई पन्छिन्छन् ।तर जब नाता टूटमा हुन्छतर जब भाइ फूटमा हुन्छ ।भारत आकाश अँधेरो हुन्छलुटेरा धुरिन्छन् ।जब है हाम्रा सत्यका भावझूटाले पुरिन्छन् ।
(६)शिहाउद्दिन गौरका राजाइस्लामी तरबारका ।जोशिला थिए होशिला थिएपहाडी घरबारका ।भारतको सुनको बालाको खेतदेखेर लोभका ।नजर तिनका विजय ताक्थेक्षेत्रमा शोभाका ।
(७)हिमालका छन् चाँदीका चूलीबिहान साँझ सुन फुलीअभेद्य किल्ला रजतको बलीलहरमा पग्लेका ।छन् नागबेली खोला र नाला ।कलझल सँग्लेका ।पन्नाको रङ्ग हरियो फैलाईसुनबाला फुलाउने ।जङ्गलका छन् सिंहका शासनफलफूल फुलाउने ।मैदान लामा सागरका छातीहरिया सागरका,हीरा र मोती घर र घरमाझरेझै झरकर आकाशबाटझल्केर बोलाउने ।स्वर्गकी भूमि अमृत रसलेहृदय पिलाउने ।सुन्दरताकी भण्डार जस्तीहेर्दैमा भुलाउने ।सुनौला गजुर उठेका शहरतटमा फिल्मिली ।हीरा र मोती जडेको सुनसिंहासन स्वप्ना देखेर हेयोघोरीले टुल्टुली ।
(८)मशलादार बहने हवाशस्यमा श्यामल ।लह र लह सुनका बालामोती चाँवल ।सुगन्ध भरी मग्मग गरीआत्माले खुसाउने ।अन्न र दौलत, विद्याको देशदेवलाई सुहाउने ।सुँघेर गयो घोरीले भारतमगमग बास आउने ।तीन तरफ जसलाई सागर छन् नीलारक्षणका घेरामा ।विशाल संसार चल्दछ जसकाविशाल फेरामा ।सुनको मुजुर नाच्छ रे भन्थेहीराका आँखाले ।भारतको राजदरबारभित्रखरका शाखाले ।मोतीका झुम्का लाएका चरीरूखमा बोल्दछन् ।साँझको तारा समानको हीरालाएर शिरमा भारतका राजाबागमा डुल्दछन् ।भनेर भन्थे अघि र अघिसमचार ल्याउनेले ।त्यो कत्रो स्वर्ग त्यो कत्रो शासनराज गर्न पाउनेले ।
(१०)विजय इच्छा चढेर आयोस्वर्गलाई देखेर ।देव र परी अनेक थरीदौलतको सारा छेलो र खेलोभारतमा देखेर ।गज्नी र घोरमा दु:खले बस्थेकमाइ कडामा ।यहाँ त थियो जुहारत लाखौँसुनको घडामा।
(११)सपना देख्यो घोरीले रातमाभारत देखेर ।घोडामा चढी सुनको छोडाश्रीपेच लगाई आलम भारतटापले टेकेर ।बाइपङ्के हाँकमा, मदिरा प्यालालिएर पिएको ।अल्लाको दयाबाट हो भन्योसपना दिएको ।
(१२)नगोडे पनि लह र लहसुनको बालामा ।अमृत सिर्का भारत भूमिफूटको चालामा ।टुक्रा र टुक्रा भएको देख्योभाइको वैरले ।सुनौला मौका देखेर भन्योविजय शैरले।यो भारतलाई इस्लामी तरबारउठाई लिउँला ।भारतको प्याला सिंहासनमाथिबसेर पिउँला ।
(१३)त्यस बेलादेखि डिल्लीको शहरलिनको रहरमा ।चिन्तामा बस्थ्यो तयारी गर्दैसकल प्रहरमा ।विजय अश्वटापका भनीमोतीको खोलामा ।सुनको सारा बालुवा देख्योभारतको चोलामा ।रूखमा देख्यो जुहारत फुल्नेशहरका सडकमा ।मदिरा मीठो बहेको देख्योराजाको भडक्मा ।जन्नतका हुरी नाचेको देख्योगालाले गुलाफी ।
(१४)बोलाई भन्यो सर्दार भाइ"हे मेरा प्यारा हो !इस्लाम धर्म फैलिने कर्ममुसल्मान भन्ने नामको मर्मबुझेर सारा हो ।अल्लाले दिएको यो मेरो सपनासबैले सुनेर ।अल्लाको हुकूम् राखन ज्यान द्यौमनमा गुनेर ।आज है देखें मैले है रातीअल्लाको निगाहा !आलम भारत इस्लाम काबूम हदैन फटाहा ।अल्लाले हाम्रो इस्लामी झण्डाउचाली बोलाए ।भारतको भूमि जन्नते जहाँऔंलाले देखाए ।आलम हिन्दूस्तानको शाहाभनेर क्या भारीमलाई गरी निगाह ठूलोहीरा र मोती लाएको ताजशिरमा लगाए ।सुन हे वीरहो ! सुन हे धीरहो।धर्मको हुकूममा ।अल्लाको सधैं इशारा पछि .कुरानको रकममा ।सच्चाको जाली जन्नते जीवनधर्मको दावामा ।इस्लामी तरबार झलमल कल्काईभारतको धावामा ।प्राण नै अी वीरको नामअमर पारेर ।अल्लाको मर्जी राखे है भाइधर्मको नाममा हृदयलाईरगतमा झारेर ।मरेछ जन्नत जिएछ साजभारत साराको ।कुरानको वादा म सुन्न चाहूँ।"स्वधर्मी प्याराको ।
(१५)उठाई तरबार झलमल पारीपहाडी घाममा।स्वर्गमा देखाई इस्लामी स्वर्गसम्बोधन गर्दा ती बन्धुवर्गसरदार सिपाही जोशका ज्वालापारेर सारा सुंघाका कालाअल्लाको नाममा ।सिकन्दर दोस्रो धिपिक्क बल्दोविजय सुरा पिएर जल्दोआँखा है फर्काई सूर्यमा बल्दो !घोरीले सुनाए ।एकै नै साथमातरबार हातमाझिलमिल पारीवारि र पारिपहाड सारा गर्जाई गर्जाई मुसल्मान कराए।"अल्ला हो अकबर !"अल्ला हो अकबर !कुरानको वादामा !कहिल्यै त्यस्तो भएन दृश्यत्यो ठाउँ खादामा ।
(१६)आलम हिन्दूतरेर सिन्धुयसैले जितूँला ।तयारी गर हे भाइबन्धुइस्लामको आवाज अश्मानमा दिईभारतमा उठूला ।मुटु छ साथीअल्ला छ माथिधर्मको समर कुरानको तवरगर्नलाई बढूँला ।भनेर घोरी मेघका शोरीसबैमा सुनाउँछन् ।आकाशमा हेरी अल्लाको हुकूमभएको सुन्न थापेमैं कानसिपाही टोलाउँछन् ।
(१७)हामी छौँ थोरैहिन्दू छन् धेरैकडोर हजाराँ !तैपनि अल्ला, धर्म र ऐनसङ्गठित गर्लान् सबैका नैननकाँपी देलान् मुटुमा सारामुसल्मान नामको भाइले प्याराजन्नते शराब अल्लाले दिनेमुटुको फु आरा !फूट र वैर विरोध खालिकाफिर जातिहरूमा जालीसच्चा हो इस्लाम धर्ममा होलाजन्नते दु आरा ।सङ्गठन हाम्रो विरादर राम्रोइस्लामको तरबार ।नबिर्ने हाम्रोइस्लामको ढालनफुट्ने चाम्रोलिएर लढूँला ।अल्लाको हुकूम कुरानको रकमलिएर बढूँला ।मरे है जन्नत जिए है ताजभारतमा चढूँला ।
(१८)"अल्ला हो अकबर !अल्ला हो अकबर !"पहाड गुजिन्छन् ।अश्मानमा हजार तरबारका झल्काजन्नतको तरफ जोशमा फिल्कीकुरानका अक्षर कल्के दिलमाघाममा झल्कन्छन् ।भारतको दौलथ हीराका पहाडसुनेर आँखा पहाडी वीरकालोभले टल्कन्छन् ।
(१९)सुनाउँछन् त्यहाँ घोरीले फेरिकहानी महम्मद ।कैसरी गज्नी भारतमा चढेएक मुट्ठी फौज लिएर बढेअल्लाका बलले लाखसँग लडेविजय गर्दै सोमनाथमा चढेसम्झेर अहम्मद ।संसार जित्न एकनवी काफीसच्चाको दिलले ज्यान दिनु साफीभनेर सुनाई ।कुरानका कथा इस्लामका ज्यथाउचित ठाउँमा सुनाइदिन्छन्सबैलाई रुलाई ।
(२०)हिन्दूले भन्छन् रीसले धेरैघोरीलाई गालीमा ।प्रकृति बुझी मानव यस्तैआँशुका थालीमा ।भारतनाशको खेद ली मनमातैपनि हामी प्रशंसा गछौँधन्यको तालीमा ।भूल त हाम्रो हिन्दूको साराफूट र वैर लिएर प्याराभारत गुमायौँ ।तैपनि हामी मुसल्मान जातिधन्यका वीर विरादर जातिभनेर दिन्छौँ सत्यको पातीधर्मका सच्चा दिलका तेजीविश्वासका सारै बलियो रोजीभाग्यले तिनलाई पठायो खोजीभनेर सुनायौँ ।नरीस गर हे बन्धुवर !ईश्वरको ऐन विचित्र छैनकूटको दण्ड बलको चैनहाम्रा छन् वैरी आफूमै भित्रमुसल्मान ह्वैनन् दुश्मनका चित्रभनेर हाम्ले सत्यका नामलेकविता बनायौँ ।जात र धर्म अनेक कर्मभित्र छ दिव्य ऐनको मर्मसत्यता एकै छ ।हिन्दूले रुनु हिन्दूको नाशमाआफैलाई शिक्षा दिनु पो उचितईर्ष्या र द्वेष नबढाऊ हातमासत्यता यौटै सिंहासनमाथिसबैको लेखै छ।
(२१)भारतको फूटमा हिन्दूको टूटमाईश्वरको ऐनले ।इसारा दिन्छ अरू नै जाति-लाई है देखी अधेरी रातिगठिलो पारी बनाई जातिदिव्यको नैनले ।जहाँ छ ईश्वर सत्यको कमीहवाझैँ हुँदा एक ठाउँ पातमाहुरीमा चल्छ ईश्वर घुमीस्वर्गको ऐनले ।
(२२)महम्मद घोरी जोशले भरीधपधप बलेर ।मौका है हेर्थे भारत लिनदाउले चलेर ।भारतका राजा नाचमा थिएपरी र प्यालामा ।गज्नी र घोरका वीर है थिएनवीन ज्वालामा ।सत्य है थियो भारतभित्रबोके है थलामा ।भारतका राजा मखण्डी थिएफूटमा कालामा।
अष्टम सर्ग
(१)जय र चन्द कनौजी राजाघमण्ड प्रचण्ड ।अश्वमेध यज्ञ गर्नमा थिएभारत मखण्ड ।
(२)उनकी छोरी हिउँकै गोरीकमल छालाकी ।मिर्गका लोचन लमकोशे त्यसैअप्सरा जस्ती, अमृत रसै ।छल्छल गरी हिँड्छिन् कि जस्तीअलक कालाकी ।बैंशका हरा बागमा फुल्नेभंवरा लहर जसमा कुल्नेगुलाफ गालाकी ।सोहमा भर्खर प्रवेश गर्दीहंसकी चालाकी ।पारिजात सुमन मुस्मुस गन्धेबैंशकी भित्री कोमल छन्देउपमा जस्ती मानव रूपमाअप्सरा बालाकी ।पातली कम्मर रेशमी अम्बरआँखाकी काली वनकी संवरसुन्दरी नाममा पहिली नम्बरभृकुटी भालाकी ।लालीले लाल दाडिमको पल्लवअधरले उज्याली ।मोतीको दन्त स्वभावकी सन्तपाउनु कहाँ भारत अन्तनन्दनकी उकाली ।
(३)बादलले दिए उनलाई रङ्गअङ्गमा सुनका ।कुँदेका थिए उनका मुखछिनोले जूनका ।आकाशको नीलो आँखामा परीकालोमा मिलेको ।अँधेरी रातको गाजल कालोनानीमा खुलेको ।फूलको तानमा बुनिने धागोशरीरको सूतमा ।वैलेला जस्तो लोभले हेर्दालोभका छुतमा ।सागर लहर छिनोले कुँदैझलक मोतीका ।हीराको दाना लाएर खुल्थेटूना है लोतीका ।प्रकृति दिन्थिन् सकल रसस्वरूपमा रोशनी ।जूनले दिन्थिन् कल्पना उनकोताराले मुस्केनी ।कोयलीलाई जो दिन्थे गलाकुसुम सारले ।उनैले उनको मिलाए स्वरसुरिलो पारले ।
(४)षोडश कला हिमाल शिखरसुन्दरी जलमाथि ।हरियो बैंशको वनमा फुल्दोवसन्त वन रानी ।अमृतकी थाली नयन बालीसंसार चकोरको ।गम्भीर चाला स्वरकी ज्वालावनमा मयूरको ।कर्कश जीवन नयनले छुनेपत्तीमा टूना दी ।पृथिवीलाई सपने घरबनाउन भरखर निस्केको सरियुवति जूनाती ।चिडिया सारा सपना धाराजूनमा पाएर,कविका चरा, टूनामा बरानबोल्न सकी वनमा हरालट्ठ नै पर्छन् सपना हेर्दैस्वर्गका बूनाती ।पहाड छाती लागेका घाउमलम लगाई ।जो घाउ लाग्छन् प्रेमीका आँशुपृथ्वीले बगाई ।पातलाई घारी क्या पारदर्शीउपललाई फूल भारी पर्शीजललाई प्यारो बिम्बले हर्षीमुर्दाझै हुन लागेको संसारज्योतिले जगाई ।टह र टह लगाई हाँस्दीआफ्नै नै टूनामा ।झोपडीलाई स्वर्गमा लगीकिरणले छुनामा ।ती त्यस्ती थिइन् चन्द्रमा जस्तीअमृत उज्याली ।हेर्दैमा लाग्ने पुरुषको मननन्दन उकाली ।(५)पा रानी वनमापातिलो धनमाजहाँ छन् फूल मुस्किने जूनमाझुलन वनशैलको भनजहाँ छन् नाला मृदुल बोलीमधुर गुनगुनमा ।प्रकृति देवीले छानिएकीमृगिणी यौटी बालकैदेखिखुआइएकी रसका मुनारेशमी सुनसुनमा ।चिल्ली र ताजासुन्दरकी राजाआँखामा चढदो बैंशको तेजकोयली कुनकुनमा ।फलको खोपी सुगन्ध रोपीसिँगारदार सखीका धेरैमधुर छुन्छुन्मा ।भँवराहरू अएर रुनेरसको गुन्गुनमा।मखमल गादी घाँसको सजीरङ्गले हरियो ।हीराले फल्मल छानाका मनिजो चित्रण गरियो ।चाँदीलाई चट्ट पखाली मिलाईअमृत कलकलमा ।आँखामा खालि झल्किने जलउज्याला पलपलमा ।पन्नाले भरी बैठक हरि !चराका खलबलमा ।म केले बनाऊँ तस्विर तिनकोआँखाका टलपलमा ।(६)मा पहाड वनमानेपाली धनमानीडमा उँचामा ।डाँफेकी छोरी, रङ्गकी राम्रीयी शाहजादी थिइन् है हाम्रीआउन्न रङ्ग सबै त्यो देख्नअभागी कुचामा ।उड्नलाई तयार छोडेर गुँडसुनका सपना ।देखेर बादल किल्लामा राम्रासूर्यझै सुन्दर वीरलाई देखीगरेर जपना।अथवा कुनै वसन्त वनमाकविले डुल्दामा। ओर्लेकी जस्ती सुनकेस्री उषात्यो पूर्व खुल्दामा । गानकी मधुर विहगकी अधरसुनका तारमा ।स्वर्गको प्रेमको गाना है गाउनेहृदय भारमा ।तस्विर खिची आकाश पटमा ।प्रियतम रानीको ।सबैका छाती आँशुले कल्काईमन हर्ने कविको ।
(८)अथवा तिनी बैंशकी रानीवनमा धानीमा ।हरा र भरा भरीमा चराकलकल पानीमा ।फूलका कुम्का लाएर बस्नेलहरे पींगमा ।कन्याइमार्दा मिर्गले आफ्नाप्रेमका सींगमा ।राती र गेडी लगाई माला ।पोतेका लुंगमा ।पातको बुट्टा परेको सारीहरियो रंगमा ।कोरली आँखा सखीका हेरीहरिणी सँगमा ।वनका देवी सँगमा बस्नेउज्याला लँगमा ।बैंशकी रानी शारीमा धानीगौरवको ढंगमा ।
(९)अथवा यौटी अकेली तारासाँझको आकाशमा ।दिन पसी सकी सागरको दरबार ।उचाली घुम्टी घामको हेर्दीमानिसको घरबार ।नीलोको वनमा अकेलापनमा ।गुलाफ वैलेको ।पत्तीमा टेकी बिलाउँदा सबैअगाडि फैलेको ।नीरको वनमा, मिर्मिरपनमाहीराझै झलमल ।बाटुली मुखकी हाँसेकी सुखकीनीर्कमलमाथि परेको थोपाआँशु टलपल ।अप्सरा आई रातमा रुंदाप्रेमको दानामा ।वियोगलाई आँशुले लेख्दीनीरका पानामा ।प्रेमको चमक पाएर थोपाझल्किन्छ नजरमा ।स्वर्गको रङ्ग वैलेका मानिसहरूको शहरमा ।स्वर्गको सुन्दर भावको नजीकल्याएर मिर्मिरमा ।डुब्नलाई तयार पृथिवी हुँदाशून्यको तिमिरमा ।ती सानी नानी हाँस्दछिन् झलझलभावले बटुली ।असीम पनको वीरको रङमाचमचम चटुली ।बाटुली मुखकी हाँसेकी सुखकीसौन्दर्य अकेली ।मिर्मिरकी रानी हीराकी खानीअमृत अब बर्सन्छ भनीहावालाई डाक्दी पृथिवीबाटस्वर्गकी हवेली ।उँचा छ बनआकाश भनवीरको धनआउँछन् सखी छम्छम गर्दैभरेर गगन ।त्यस्तै ती थिइनती शाहज्यादीउपमा राम्रो बन्दैन आधीकलमल पार्ने उँचामा उँचाकन्नौजभवन ।
(१०)अथवा सानी मन्दिर जस्तीमदनलाई बनेकी ।कुसुम वेशमा पत्ती र नसामिलेर चुनेकी ।मधुरको छिनो किरणको लगाईलच्काले कुँदैकी ।दिव्यको नाम लिएर साफसिर्जनको राप मधुरो रापसुगन्ध रूपमा हृदय घुसीबुट्टाले सजेकी ।रङ्ग र रसको शृङ्गार पाईउप्साई कतै लच्काई कतैमुस्काई कतै मस्काई कतैशिल्पकी कला सुरको सुरमाबादल र जूनको मिलाई भरमाशशीलाई सुझेकी ।सकला हरा विचारकी पत्तीउपरकी भावना ।सुन्दरकी ताजऊ फुलेर बस्नेप्रेमकी सपना ।
(११)अथवा तिनी कविको मनमाचित्रकार जागेर ।शब्दका रङमा नआउने ठूलाकल्पनापटको रङ्ग र फामाशारदासँग ज्योतिका धामाबनेर मागेर ।रङ्गमा मिही भरेर खिच्दाध्यानका पटमा ।सजीव हुँदी तस्विर जस्तीगङ्गाका तटमा ।क्यै खिची लाली साँझको हालीक्यै बिनी रङ्गीन फलका डालीक्यै ताला लहर रेखामा चालीहजार फेरा मेटेर फालीकविका घटमा ।एक छिनलाई सुखमा पाईसपना सजीव रङ्गले छाईमुस्केर चट्ट बिलाइजानेसधैंकी तिर्सना ।अत्यन्तै राम्री, राजकन्या हाम्रीनसक्ने बिर्सिन ।कन्नौजकी तारा चित्रमा प्यारासकिन्न पर्शन ।विद्यामा उस्तै शीलमा उस्तैदिलमा उस्तैउठ्दै र बस्दै मनमा बस्थिन्वरि र परिमा ।उनको मुसकान जुहारझैँ थिएउनका बोली गुहारझैँ थिएमसीना परीमा ।लागेका मधुर पल्लव अधरमसीनो बोल्नेमसीनो चल्नेबोलेका घरीमा ।बोल्दैनथिन् है ती मितभाषीबोलेमा बोल्थिन् जुहार गाँसीबास्ना दिलको फुलाई हाँसीगालामा प्रस्ट खोपिल्डो सानोफलको पत्ती उप्सेकै मानोस्वर्गकी परीमा ।
(१३)संयोगिता हो तिनको नामविधिकी उत्तम छिनोकी कामकन्नौज कुलकी ।जरामा थियो पुर्खाको बास्नाबैंशकी फूलकी ।गम्भीर चाला प्रेमकी ज्वालास्वर्गकी मूलकी ।
(१४)तिनलाई लाग्थ्यो वीरको नामअत्यन्त पियारो ।सुन्दथिन् कथा वीरको ज्यथाकविको गीत धारो ।
(१५)सबैमा राम्रा पृथ्वीराज हाम्राकविका गीतिमा ।पराक्रमवाला गम्भीर चालाभारत उद्धार गर्नका ज्वालागुणका उत्तम पहिरेका मालाआर्यका नीतिमा ।कविता जान्ने सविता जस्ताधनुमा सिपालु ।माछाको आँखा प्वाल पार्ने सीपकाउदार दयालु ।लडाइँमा वीर दुःखमा धीरडाल र डोलका ।देवतासँग गणना हुनेअमरका मोलका ।
(१६)धाईले भन्थिन कसरी उनलेएकलै रणमा ।पच्चीस दुश्मन हटाइदिएप्रतापी दिनमा ।कसरी बाघ साथमा लडेमिर्मिर जंघामा ।कसरी उनका यशका टुक्रागीत हुन्थे शुघामा ।
(१७)वीरका कथा सपनासँगजीवनको गाँसियो ।सहानुभूति वल्लरी बढीकीर्तिको फुल्दो रूखमा मुन्द्रालगाई टाँसियो ।
(१८)मन र मन नभनीकनउनैलाई सम्झन्थिन् ।बराबर उनको सपना देखीबिहान ब्यूफिन्थिन् ।उदय पाई सूर्यले सुनकोप्रताप फिंजाई ।अनेक चरा कबिझै गाईसूर्यका वंश उज्याला पार्नेदेवता जस्तो अँध्यारो फार्नेलाग्दथ्यो उनलाई ।
(१९)बुबाले तर गरेको निन्दासबैका सामुमा ।सुनेर बुझी धाईकर बातलेसम्बन्ध हुन मुस्किल देखीएकान्तभित्र कहिलेकाहींआँशुका दाना लिएर बस्थिन्कोसमा लामूमा ।
नवम सर्ग
(१)चन्दाले एक दिन बयान गरेकन्नौजकी राजकन्या ।संयोगिता हो जसको नामसुन्दरी सुधन्या ।
(२)बत्तीस लक्षणहरूले युक्तलाखौंमा रोजा ती ।भारतकी हुन सुहाउने तिनीभजन पूजन शासनलाईसिंहासन उँचा दी ।ती महालक्ष्मीसमान राम्रीकमलको दिल जाती ।सकल गुणकी मनोहर मूर्तिचाँदनी जस्ती राज गर्न धर्तीवीरका मणिलाई सुहाउने पिर्तीअरूलाई पूजन ।वीरकी कन्या, वीरकी कुलकीधराकी फूल, स्वर्गकी मूलकीकविका भ्रमरहरूका दिलशोभाले गुञ्जन ।
(३)पृथिवीराजले हाँसेर भने"धेरै त नभन ।कवि र धोबी एकै नै हुन्छन्बढाउन गणना ।मुसालाई तिमी बहर पाछौंपातलाई दिव्य रहर पार्छौंबुझेर सपना ।यथार्थलाई हेरेर राम्रोप्रशस्त ज्यादा गर्दछौँ हाम्रोदोषका ढकना ।काली र माटी मूर्ति नै देखें ।ओ हो हो ! भन्ने कविता लेखेंत्यसैलाई ठूली सुषमा देखेंबाटुला कल्पना ।स्त्रीजाति आफै नदेखी मैलेसच्चाको रूप यथार्थ पहिले'सुन्दिनँ जल्पना ।सके लौ तिम्रो देखाऊ शशीहेरेर अनि लगाउँला कसीनभन बगमफूस ।कविका कुरा गफीका छुरागाँजाका सुर, मिथ्याका पुरासबै हुन् पाथी भूस ।”
(४)जोडेर हात चन्दाले बिन्तीराजालाई गर्दछन् ।"हजारौं राजा देखेर मुहार ।जलेर मर्दछन् ।चाँदनी कोमल गाथकी कोमलतुहिन धवल हृदय विमलसुन्दर परिमल ।नयन युगल मिर्गका असलसत्यकी असल बैंशकी अचलमोहन सकल, परीकी नकलअमर तरु फल ।ती सुकुमारी पानीदार हीरामधुर कुसुमहरूकी शिरादन्तमा दन्त अनारका चिरावैशकी बागमा ।कोयली उनका गलामा बोल्थेअङ्गमा फुल्दा बदली फुल्थेमुहारमा शरद्चन्द्रमैं खुल्थेसौन्दर्य बागमा ।गानाकी चरा मधुरकी सुरावीणाका तारमा भावकी पूराबजाउने मधुर बोलेका कुरापल्लव अधरकी ।वीरको हाँगा फुलेकी फूलकन्नौज शहरकी ।"
(५)सुनेर भन्छन् पृथिवीराज"गजबको बयान ।यस्तो ता मैले सुनेको थिनतारिफको मुहान ।"“नजर गरे पुगी पो हाल्छ”चन्दाले भन्दछन् ।सुवर्ण मुहार हीराकी जुहारउषाके बिहान ।
(६)"हिँडन जाऊँती वीरले भन्छन् कन्नौज शहरमा ।बदलेर भेष नकली केशहेर्नको रहरमा ।"
(७)यौटा भो साधु अर्को भो चेलोजटाजूट सिँगारी ।पछि र पछि नचिने जस्ताअनेक चर हतियार लुकाईजानको तयारी ।ती चन्दा थिए गजबका कविमोहिनी रूपको ।भजन गर्दैप्रशंसा मर्दैराजकन्या रूपको मोहनी छर्दैईश्वर-भजन गरेझैं गर्दैकोमल पारे प्रखर दहनबाटाका धूपको ।
(८)झोपडीभित्र बिताउँथे रातकिसानहरूका ।अतिथि उदार भारतका किसानसाधुको गर्ने हृदय-सम्मानज्ञानका तरुका ।चन्दाले लिन्थे बोलने वीणाभजन रचेर ।तत्कालै गाई सुनाइदिन्थेजालले सजेर ।
(९)"दिव्यको मधुर मोहनी दिव्यसधैंको बैंशमा ।ईश्वरकी मोहनी गर्दछिन् राजस्वर्गको ऐशमा ।चन्द्रमा सारा झल्कन्छन् तिनी ।तारामा चम्कन्छिन् ।हृदय-भाव गलाको झर्नाहरूमा छम्कन्छिन् ।रातका दिल कमल आसनलिएर गम्कन्छिन् ।विश्वको मन्दिर सुन्दर पारीतिनैले सजाइन् ।संयोगमा छिन् ध्यानकी छविलावण्य रूपले रुलाउने कवितिनैले मेरा हृदय-तारमापूजाको सुन्दर प्रभाव सारमायी गाना बजाउँछिन् ।
(१०)तिनलाई देखें कहिले मैलेपर्वतका चूलीमा ।सन्ध्याको रूपमा ओर्लेकी राम्रीमुखमा घसी उज्यालो फाहासुनको धूलीमा ।
(११)कहिले देखें बादलका किल्लाबीचमा राजने ।प्रेमका आँशु बादलले बन्नेदेवतागणले नीलोमा बुन्नेसूतले बनी जन्मेकी छविचराका दिलमा रहने वीणामधुर बाजने ।फूलका उरमा आँशुका दानाप्रेमले साजने ।
(१२)पर्दा छ तर तिनी छन् परसौन्दर्य नामको जादूको घरवर र पर हर र हरमुस्कानका मोती बर र बरत्यसैको यात्रामा ।हामी हुँ साधु खोज्ने है जादूमधुर सुन्दरहरूका साधुदिव्यका यात्रामा ।
(१३)चन्दाले यस्तै गर्दथे गानाबराबर गिराई मोतीका दानाकिसान नजरका ।ईश्वरको हाँसो पाएको फूल-हरूको कथा सुगन्ध मूलसुनेर दिलले भक्तको सच्चारातका पहरमा ।किसान शिशु वरि र परिबस्दथे सुन्दै तिनलाई घेरीसुन्नको रहरमा ।यस्तो ली चाल ती दुई पुगेकन्नौज शहरमा ।
(१४)कन्नौज पुरी थरी र थरीशोभाले विचित्र ।जय र चन्द राजाको प्रतापपाएर फुल्दो फैलिँदी दिइन्उन्नति सुचित्र ।अनेक झिलिमिलीका माललेबजार सजेका ।घोडा र हात्तीसम्मको बिक्रीगर्नलाई तुन्दिल महाजनहरूठाँटले डटेका ।गाडामा लादी चाँदी र सुनभण्डारबाट राजमहल भनदेखाउनलाई दिन र दिनशहरमा ओसार्थे ।अन्नको बजार छेलो र खेलोमोतीझैँ दाना चाँवलमा हाँस्दासुनका बाला दानाले सुन्दरधोका र डालाहरूमा ओसार्थे ।देवता मूर्ति मानिसझै ठूलाकुँदेका राम्रा पित्तल र सुनमामिलेर घिसार्थे ।
(१५)निकै नै छन् है जयचन्द राजाठाँटका तमासे ।प्रदर्शन भरीजात्रा र भडकईंटका सडकउनैले निकासे ।
(१६)जाँचेर लिए मठको पत्रढोकेले ढोकामा ।बराबर पर्यो नत्र त गडबडउल्लूका धोखामा ।
दशम सर्ग
(१)कर्पाटकी नामकी द्वारेदरबारमा बसेकी ।संयोगिताकी सुसारे थिईदिलमा घुसेकी ।उसैले कथा सुनाउँथी धेरैचौहानवंशका ।वीरका कथा भारतका ज्यथाईश्वर अंशका ।
(२)दुई जना साधु चौपट्ट जान्नेगजबका जपका ।आएका छन् रे भनेर खबरत्यसले ल्याई, साधु रे ठूलाजगत्मा सबका।नबोल्ने धेरै, वीनमा बोल्नेगाउने चेलाले ।रुलाउने सबै हृदय रबैलयमा हाल्दै उचाल्दै छाल्दैउचित बेलाले ।
(३)शाहजादीलाई सुन्नको मन भोहुकूमले रानीको ।बगैंचाभित्र तिनलाई ल्याएसुन्नको रहर भएर सारैमधुर कुरादिव्यका वाणीको ।
(४)चन्दाले त्यहाँ हृदय चोरीचराझैँ गीत गाए ।मधुर कोमल तीव्रमा सबैतार ती मिलाए ।ईश्वर कस्तो सुन्दर छन् रे !भाषामा हुन्न बयान झन् रे !सीमित भाषामा ।खालि है गानको रुनझुन बन रे ।मिर्मिरे रङ्ग बनाई सुन रे !दुई अर्थ हुने गुन र गुन रे !भावका आशामा ।रुँ रुँ मा रुन्छ कुन र कुन रे !बनाई आकाश सुन र सुन रे !प्रेमको पट भावको बुन रे !कुमारी दिलको मधुर दिललेसपना नाच्ने छुन र मुन रे !अनौठा मिठो हृदय धुन रे !चकोरलाई लाग्न खोज्ने है जून रे!कुसुम हुँदा छुन र मुन रे !बादलबाट पाएको सुन रे !फूलमा भन्दा वासना गुन रे !मधुर स्पन्दनमा ।कुमारी दिल आत्माको ज्योतिखोज्नलाई डुल्दो लिएर मोतीआँखामा प्रेमका फूलका लोतीजुहारी दिन दिन बिहान खुल्दाआशाका नन्दनमा ।तिर्सना मधुर, प्यासकै सुन्दरखोलाको कलकलमोतीझैँ जलजल,काममा बोल्दो हार्दिक पलपलउरका हुँदा मधुर भावसपना बिपना दोसाँध भुलभुलतारामा देखिने प्रेमका आँशुभएझै फल्ल दिएर टलपलफुलेका अधर बोलेकै पलपलप्यासका भावमा ।जो भाषा छैन बँदिलो शब्दीजो खोज्न हिँड्छन् नालामा अब्धिकोयली दिलमा वसन्त रच्दीमञ्जरीहरूमा फुटेर चुम्दीसत्यको दावामा ।नरम गर्थी त्यै भाषा रुनझुनप्रेमको रूँ रूँ लगाई झुनझुनआँखामा टलपलहृदय जलजलपारेर भर्थी प्रेमका पलपलसुन्दरको मोहनी निकाली झलझलउज्यालो पारी आँशुले जल-थलजीवनको अधर बनाई भलभलप्रेमका भाषामा ।संयोग वियोग बनाई मधुरमिलनका आशामा ।त्यो खोजको बोली यो खोजको चोलीसुन्दरका स्वामी सब चीजका नामी ।महिमा विशाल जो अन्तर्यामीकुऊँ र कुऊँमा ।वेदना दिलका जो मधुर बन्छन्समयलहर जसलाई छुन्छन् ।जसबाट वसन अप्सरा बुन्छन्जसलाई छुन देवता रुन्छन्ती मधुर प्रेमका यी सबै रुनझुनरुऊँ र रुऊँमा ।पग्लेर आउने कोमलको छातीचिडिया रवमा अनेक ताँतीरङ्गीन पत्र फिंजाई जातीमीडमा जान अनेक भाँतिसाँझका बाली गुलाबी बातीआकाशमा उडेका छातीपिउ र पिउमा ।ती सुन्दरलाई दिगन्त भर्नेसब चीजभित्र जीवन भर्नेदिव्यको प्रेमको बासना छर्नेमधुर पार्न कुडमल चिर्नेप्रेमको भेटी आँशुले तिर्नेरुझूँ र रुझूँमा ।कुमारी दिलका वासना जस्तामधुर रुनझुनसुन्दर वीर स्वर्गको तीरतर जो सामु र सबैतिरसाधु र गुरुमा भरिभरहृदय वीनकामधुर झन्कामीड र फन्कामसीना तिन्काअनेक ऊँ ऊँमा ।जसलाई सम्झी प्रेमको दिलमधुर रुँ रूँमा ।यो जगत् भर्ने महिमा जसकोजसको अधि अरू छ फुसकोजसलाई भनी मधुर रसकोदिलको भँवरा ।भुऊँ र भुऊँ बीचमा हुँ हुँगरेर रुन्छ रूऊँ र रूऊँत्यो मकरन्द दिलको छुऊँप्रेमको रस मधु पिऊँजो लिन्छ सुन्दर ।हृदय कमलभित्रको कमरा ।सूर्यझैँ जसले सुनौला बाजातिमिरहरूमा ।शरझैँ तीखा आकाशमा भरेलाल त्यो रुधिर दुश्मनको छरेजयको ध्वनि कुञ्जमा भरेछवि छाई तरुमा ।पृथिवीराजा, देवका दाँजाकीर्तिका सधैं हरिया ताजाजसको धनुष ।बादल फारी रङ्गले भारीआकाशमा हुन्छ महिमा धारीबर्साउन पीयूष ।धन्य है नाम, धन्य है कामअनन्त वीर, कीर्तिका धामधरणी पतिका ।स्वर्गका पनि तिनै छन् राज्नेन कोही तिनको जगत्मा दाँज्नेआँशुले बोल्छन् जरामा माझनेभक्तका रतिका ।तिनैलाई भज, तिनैलाई सजहृदय मन्दिर ।तिनै छन् सामु वरि र परिअनेक चित्र थरी र थरीअनेक भेष साधुका धरीअनन्त सुन्दर,।
(५)सुनेर टलपल भएकी हाम्रीकन्नौज कुरङ्गी ।सूचना घुसी हेर्दछिन् राम्रोहृदय झसङ्गी ।साधुको भेष, मुहार बेसओजको उज्यालो,वीरको छाती डालडोलका जातीसाधुको भेष लिएका हुन् किभनेर आफ्ना हृदय देवलेयो छल समाती ।
(६)लाल भयो गाला, गुलाफको ज्वालालजाई लुके ती आँखा कालाएकै नै छिनलाई ।होवैन होला भनेर फेरिकूनाले जाँचिन् मुहार हेरीशङ्का भो तिनलाई ।कर्पाटकी नामकी द्वारेको मुख फर्केर ।के होला भनी जाँचेर हेर्छिन्नजर तर्केर ।
(७)मुसुक्क हाँसी इशारी दिईऔंलाले सलक्क ।उठेर हिँडिन् जुरुक्क तिनीहेरेर पुलुक्क ।क्यै पर गई आँपको गाछीलिएर सहारा ।बोलाई भन्छिन् सुसारेलाईगालाकी लाल के गरूँ चालचञ्चल पलको बढेझै हालबराबर हातले गालामा छामीफर्केर हेर्दी वीरमा नामीकुनाकी अधारा ।"छिः कस्ती उल्लू नभन्ने अघि"आँखाले तर्केर ।शरापे जस्तो गरेर त्यल्लाईरीसले में कर्केर ।“के चढाऊँ भनी जा सोधिदेन"भन्दछिन् हाँसेर ।"अत्यन्त राम्रो लाग्यो त्यो गानाफेरि र फेरि सुन्नको चाहदिलको भएर ।लाज लाग्छ तर, त्यो ठाउँनिरगरम हुन्छन् लालीले गालाके गरूँ भनेर ।"
(९)चन्दाले गुरुसँगमा सोधीजवाफ यो दिए ।हृदय मात्र प्रेमको दिव्यचाहिन्छ भन्ने आज्ञा भो लभ्यजगत्मा त्यो भए।
(१०)लिएर आइज छिटो जा झट्रत्यो मेरो तस्वीर ।दगुरी तब सुसारे त्यहाँ ।होला अबेर ।क्यें पर पुग्न पाएकी थिनबोलाइन् इशारी ।"कलम मसी लिएर आइज ।”दगुरी उपारी ।
(११)आँपको गाछी राखेर साछीछेस्काले कोरेर ।"पृथिवीराजकी सधैं की दासी"लेख्दछिन् आँखा प्रेमका लागिजलले भरेर ।पुछेर फेरि चिहाई हेरीलाजले लुक्दछिन् ।ढुक्ढुक चली अप्सेई छातीकमल कर गालामा जातीहवाले फूलमा चपत दिए-समान कुक्दछिन् ।
(१२)मसी र कलम लिएर आईतस्वीर साथमा ।लेखेर आफ्नो उज्यालो नामप्रेमीको थप्छिन् ती उपनामलहरे डिको लगाई निकोकाँप्लाझै हातमा ।
(१३)साधुले दिए तस्वीर साटोसुनको बारामा ।रेशम बस्त्र लपेटिएकोकार्चुपी तारामा ।कर्पाटकीले लिएर लगिन्ती शाहजादीको ।छातीमा लगाई कुंदैर चलिन्दरबार खोपीमा ।
(१४)बिदा है लिई ती दुई चलेशहर किनारको ।कुटीका तरफ, जाँचेर हरफचाँदनी मुहारको।
एकादश सर्ग
(१)घार सय नब्बे है तिरउत्तर भारत थर र हरलडाईंको बादल घर र घरआकाशमा मुश्लियो ।रजपूत वीरका मनमा पनित्रासको छाया आकाशमनिपारेर उठयो के गरूँ भनीभारतको कालो द्वेष बनीबादल मुश्लियो ।
(२)अभागी थिए दुइटा द्वाराभारतका अभागी ।म्लेच्छका दुइटा आँखाके कालाजसबाट बल्थे लडाईंका ज्वालाजङ्गली जाति बा र भालालिएका वैरले ।पश्चिम उत्तर कुनाका छिद्रजसद्वारा ताण्डव गर्दथे रुद्रनदेख्दा हामी हिन्दूले भद्रवैरमा वैरले ।
(३)इस्लामका नयाँ जोशका ज्वालाधसिङ्कर जंघे गोरा र कालालिएका तरबार, बर्छा र भालाजङ्गली जोशका ।ज्यानलाई हातमा लिएर हिँड्नेकाफिर नामका भेटेमा गिँड्नेभारतलाई बीच र बीचमाल्याउने भए ईश्वरको ऐनलेसङ्केत होशका ।तिनको मार खाएर भारत ईश्वर रोषकाबराबर फेरि बिउँतेर लिन्छसङ्केत होशका ।
(४)इस्लामका फौज तालीम गरीवैरन तयार ।भारतको धावा, डिल्लीको दावामहम्मद घोरी छ भन्ने हावाफैलेर हजार ।के गरूँ भनी हिन्दूका मणिरूँ रूँ के गर्दछन् ।फुट र छुटको काल र झूटपिएर बस्ने ईर्ष्यालु राजास्वार्थको दिन दिन बजाई बाजाहाँसेर हेर्दछन् ।
(५)उछकी रानी, कामकी खानीछत्तिसा नखरे ।सनातन धर्म कलङ्क थिइन् ।उज्याली मुखरे ।राज्यलाई स्वास्नीमानिसलाई दिनूखराब छ भनेर ।किन है त्यसै ऋषिले भन्थेमनमा गुनेर ।कामिनीमाथि काञ्चन थपेकलिले धिपिक्क ।बालेर बत्ती भारत लग्छटिपेर टपक्क ।महम्मद थियो चतुरो छटूभित्रको चाल पायो ।भारतको सिंहासनको लटूउछमा भेट्टायो ।फुकेछ कान खिंचेछ ध्याननखरे नारीको ।लडाईविना रुधिरविनाकाखमा रानी बसालीकनराज्य नै थियो सगेद्यो धनउसमा भारीको ।एक तरफ राज्य एक तरफ रानीकामकी बखानी ।गुलछर्रा त्यल्ले उडाइहाल्योभाग्यमान मोरोइस्लामको छोरोहिन्दुलाई धोखा दिने ती रानीभारतभरका स्त्रीभरमा कानीउत्तम भावले रहित सानीसुटुक्क पसिन् मुसल्मान काखमा ।हिन्दूको छाती वज्रले हानीसम्झँदै आउँछ आँखामा पानीबिग्रिने स्त्रीको लौ हेर बानीनराख गादी नखरे नानीमौरी हुन् मूर्ख संसारभरकामहका चाखमा ।यौटा र दुइटा कहिलेकाहीँदेखिन्छन् हेर्दा उज्यालाचाहिँहजार लाखमा ।अग्निमा जल्दो सतीको ज्वालासँगमा दाँज्दा यी भाव कालाआफ्ना नै मनमा सल्किन्छ ज्वालासहज क्रोधको ।तिनलाई हामी चढाउँछौँ पातीजो तीतेपाती भन्दछन् जातीस्यालको सिँग फ्याउरोको छलमुजूरको पङ्घ नाच्नलाई तलमुसाका दाँत मुसाका पुच्छरझल्कने तीरका बालुवा दानामकैका सुँघा ठूला र सानाछत्तिसा फूला, कुखुरे सिउरस्पालका गङ्गा तीरका गानासडलपडल फूलका नानाबालकको आखिर धर्धरे स्वरमृत्युको गोदको ।रेटेर राज्यभेरेर कामीसंसारभरकीयी हुन्छिन् नामीउछकी रानी नखरे कानीकलङ्क भारतकी ।त्यसैमा देख्छौँ नखरा हामीसकल स्वारथकी ।
(६)गुजरातका राजा बहादुर थिएठोकेर पठाए ।तिनको रीसले पञ्जाबमा गईमुहम्मद मियाँले खुश्बूलाई झारीगादीमा बसी उनको जात्रा .गाईजात्रा देखाए ।सिरहिन्दका ती हिन्दूका राजासमस्त कुकाए ।भारतको दौलतका थैला पनिधेरैले फुकाए ।
(७)अहिलेसम्मन् जुम्साका जुम्राराजा ती भारतका ।कानमा तेल हालेर बस्थेस्वप्नामा स्वारथका ।
(८)भविष्यलाई एक कदम अघिनदेख्ने काना ती ।महका राना, लम्पट नानाकुरामा साना ती ।सर्पझैँ अन्धो वैरमा बस्थेघमण्ड फुलेर ।भाइ र भाइ लडाँई गरीभारत दलेर ।आफ्नै हो संसार भनेर हाँकीप्रजालाई मिचेर ।मपाई कीर्ति बढाउँला भनीसब जना थिचेर ।सधैं हो यस्तै प्याला र प्यारीभनेर भुलेर ।भविष्यलाई अँध्यारो पर्दाभित्रको भोलि तुल्यको मुर्दासम्म चलेर ।
(९)जयचन्द राजा अहम्का थिएविश्वका भकारी ।मपाईं कीर्ति फिँजाउन सधैंगर्दथे तयारी ।मुजूरका पत्र फिंजाई बसूभने उनलाई ।म्लेच्छले ढोका घच्घच गर्दाजोरी र पारी मारूँला मुर्दाती मरे खुल्छ यशको पर्दाभनेकै स्वार्थी भावले भर्दामोह भो तिनलाई ।पृथिवीराजको इाले भरीद्वेषको मनलाई ।
(१०)तर त्यो भारतबीचमा यौटावीरको रूपमा थियो है द्यौतास्वर्गको उज्यालो ।उसैले बाल्यो जगमग ज्योतिवीरको जोश दशाका बेलागजबले निकाल्यो ।
(११)अनेक समरहरूको वीरभारत बुझने स्वभावको धीरमनमा लिई इस्लामको पीरसङ्गठन बनायो ।तुरही जस्तो भारतको बनीजगाउन सक्ने मुर्दालाई पनिसागर दिलको गहिरो ध्वनिसबैलाई सुनायो ।वीरका माशी जागेर उठेउसले बोलायो ।सुतेका नजर भारत वीरकोडकाले खुलायो ।
(१२)देख्नेले लागे उसका पछिरणका भेरीमा ।उनलाई बनाए सेनाका पतिऐक्यका घेरीमा ।देख्नेले देखे सत्यानाश थियोआलस्य देरीमा ।
(१३)इस्लामको राक्षस बाएर मुखभारतलाई निलन ।आएको बेला थिएन पहिलेहिन्दूको मिलन ।इर्ष्या र द्वेष अनेक थिएदशन चिलन ।
(१४)इस्लामको राक्षस मुख बाई आयोतरबारका दाहाले ।सभ्यता निल्ने खाल्डो पेटअन्धकारलाई फैलाउने म्लेच्छसभ्यको आहाराले ।जिभ्रोमा थियो गाईको रगतरुधिरको धाराले ।संस्कृतिलाई भारतको पिऊँभनेर साराले ।कला र विद्याको छाती चिर्नेदाँतीका आराले ।थरथर हुन्छे भयङ्कर मूर्तिदेखेर साराले ।फुटको भारत मिलाए तरवीर हाम्रा प्याराले ।
(१५)मरु छ संसार हिँउले खालिभारत नखलिस्तान ।आँधीमा आउँछन् जङ्गलका हावाबनाउन रेगीस्तान ।तैपनि हाम्रा पहाडमै वीरहरूले बचाए।अरूले खालि मूर्खको मुकुटकुखुरे सिउर राज्यको रहरढुङ्गाका चाचा, झिलमिली पारीवेश्या नचाए ।
(१६)सङ्गठन हाम्रो भएन राम्रोआलाम भारतमा ।म्लेच्छका पयर छुनलाई सधैंलोभ र स्वारथमा ।काटी र कुटी भारतको नाउँकुखुर सिउरे गर्दछन् धाकनिर्धा र दुर्बलहरूमा हाँकहा: भरत राजाले ।फुटेको घर मिलाइदिनेटुटेको वस्त्र सिलाइदिनेप्रजाका दिल रुलाइदिनेहिन्दूको मान भुलाइदिनेचाचामा राम्रा कुलाइदिनेम्लेच्छका जातिले ।भारतको भाग्य यस्तै छ हरे ।के हौंला हामी के भनूँ भरेदवाइ खाँदो आत्माले सधैंनजरभरि आँशु नै भरेहामीलाई रुलाईहाँस्नेले गरेशासन लात्तीले ।आर्यको आत्मा दु:खीनी बरी!लाचार चरी नबोली मरीपखेटा भित्र छिपाइवरीघाउ ली राता विषका शरकास्वर्गमा आँखा दयाको तरीआँशुमा भाषा जीवनको भरीहृदय जलन मुटु भै मरीठोकरहरू दुष्टका परीअँधेरी रातीले ।मनको इच्छा मनमै रह्योनबोल्ने भाषा आँशुमा बह्योसहनशीलले सीमातक सह्योनदेख्ने आगो दिलमा दह्योभारतको आत्मा कसले कह्योहिन्दूको जातिले ।हा: कठैबरा ! कहाँ छन् आत्माजो आँशु झार्थे भारतका पातमाजसलाई दबाई दुष्टले रातमामूकको गति पारेर लियोसहज अहम्मान ।झुकेको जातिखाँदोछ लात्तीसुधो है पनको लाउँदो छ पातीअँधेरी ज्वाला बाल्दो छ बातीहिन्दूका आँखा लाल लालमा झर्छन्हिन्दूका भाषा अकालमा मर्छन्गौप्राणी जस्ता गलामा पर्छन्क्रन्दनविना रोएर मर्छन्दुष्टले राख्छ शान ।भारतको आकाश पवित्र थियोगिद्धले आई पखेटा लियोआँशु भो बादलबादल भो आगोजलेर खालि खरानीमा गोअँधेरी अवसान ।हा: कठैबरी ! मनकी चरी !आँशुका दाना पखेटाभरिउड्नलाई पाए स्वर्गको पुरीखोलेर छाती देखाउलिस् छुरीदर्दका दाना यी हजार मुरीजीवनमा हुन्न जो न्याय त्यसकोआशाले राखी प्राण ।तर हा: गयो, तर हा: लियोम्लेच्छले अभिमान !साधुका आत्मा हजारौं रोएब्राह्मण गाई आँशुमा गएजालीले बुन्यो तान ।अमृत फल्ने खेतमा फल्योविषको कालो धान ।पानीमा पो हलाहल हरिकलेजा जल्ने पान ।आँशुका घुड्का पिएर बस्यौँसकल हिन्दुस्तान ।आगोमा जली नजरमा लालबनेर राख्यौँ प्राण ।दिन र रातको बुहार्तन खाईअरूको हेरी शान ।
(१७)जय र जय ती हिन्दू वीरकोआत्माले भन्दछ ।जसले ब्राह्मण साधु र गाईरोएर सुन्दछ ।भारत छैन रवाफ शानमाभारत छैन हीराको खानमाभारत छैन ठूलाका मानमाभारत छ अरूमा ।ब्राह्मणका दिनको ज्योति ली चरीजो बोल्छे भित्र मधर गरीसाधुकी दिलकी मुनियाँ सानीजसमा हुन्छ दुनियाँ नानीगाईका आँखाहरूका पानीप्राचीन वीरका नाम ।अरू त झूटो यो थोत्रे नक्कलभारत कसले देख्यो है सक्कलस्वर्गको पुरीग्राम ।जय र जय ती हिन्दू वीरकोजो राख्छन् भारत नाम ।
(१८)शिशुको आत्मा सँगमा सोधहे भाइ छाडी राग र कोधत्यसको दिलको ढुक्ढुकी बोधचरीले बोल्दथे ।भारत भन्ने कस्तो छ कहाँ"आमा" को तोते खुल्दछ जहाँ"यी मेरी आमा” फुल्दछ जहाँमेरो यो ध्वनि बोल्दछ जहाँमुटुले खोल्दछ ।दीनका आत्माहरूको खोजरहन्छ जहाँ रोजको रोजछोडेर संसार तर्फको मोजप्राचीन टूनामा ।क्यै भुले जस्तो, क्यै नभए जस्तोनपाइने त्यसै मोलले सस्तोनभन्न सकिने यस्तो र उस्तोजो जागी उठ्छ बिहानी सुनलेहृदय टुनामा ।गरीब दुःखीहरूका आशापाउँदैनन् जसले संसारमा भाषाजो सत्य खोज्छन् तोला र मासाआर्यको पनामा ।चाहन्छौ के के हे दिलका चरीमधुरो ढुकढुक हृदय भरीके खोज गछौं जीवनभरि !हा: बरा भारतको ।त्यसलाई भाषा खोज्दैमा बसेंहजार दावानलमा पसेहजार विच्छीहरूले डसेपाइनँ भाषा त्यो ।रोएर दिनदिन समय खोलाकिनारमा डुल्न माझेर चोलात्यो भाषा कहाँ कसरी होलाभनेर घुम्नेछु ।तर त्यो भाषा नजीकै आउनेसंसारलाई मोहनी छाउनेकविले बसी दिल कुञ्ज गाउनेवीरका हृदय ।जो मैले यहाँ उद्घाटन गर्छजो ज्योति पाउन जन्मेर मर्छपढ़ है सदय ।
द्वादश सर्ग
(१)थानेश्वर पर तराईनेरया ताला बारीमा ।हिन्दू र इस्लाम फौज छन् खडा .तयारी भारीमा ।
(२)हिन्दूका राजा हात्तीमा हौदालगाई डटेर ।सुनका कारीमा पानी खान्छन्रत्नले जडेर ।
(३)सिँगारीकन सिंदूर भारीहात्तीलाई लगाई ।सुनले फिल्ल पारेर निशानदुश्मनको बनाई ।घोडालाई पनि सिँगारीकनथोरै नै लिएरहतियार कड्काईलगाम फड्काईबराबर चड्काईरोकेर बलले हिनहिन पारीटापले चञ्चल जमीन फारीपदातिलाई कविका गाना जोशका सुनाई ।"आर्यकी काली"जै महाकाली !शब्दले आकाश धन्धन चालीतरवार नङ्गा झलझल ज्वालीबजाई कन्झन् पारेर झयालीदुश्मनलाई दिई अनेक गालीदश वीर मार्छ भनेर कहिलेलाएको टोपी भुइँमा फालीशङ्खको ध्वनि निकालीतुरही बाजी धूं धूले ज्वालीवीरको हृदय ।अड्दथे फौज तरबार ढालीलहर जस्ता समुद्र चालीपछाडिबाट आएर मिल्दैगर्लान् प्रलय ।
(४)हिन्दूको फौज अस्मेल ठूलोउडाउँछ आकाश भरेर धूलोउर्लाई गर्जन ।समुद्र जस्तो गडगड बाढीकोलाहल ठूलो मच्चाई राडीम्लेच्छका मुटु थर्काईकनशरमा वर्षन ।
(५)घोरीका फौज धेरै छन् घोडाहिन्हिन ठूलो अस्थिर मोहोडाकुखुरे कल्कीमा ।यसो है हेर्दा देखिनँ मैलेउस्तो है हात्ती आँखाले पहिलेभन्दछन् आँखा मेरा है अहिलेगौरवका ढल्कीमा ।भाला र बर्छा, तरबार, ढालछन् झिझिल्याण्ड दाहाको कालशिकार खेल्दो ।धसिङ्गर जंघे काला र गोराइस्लामका छन् जोशिला छोराज्यान हाम्रा लिने भयङ्कर मोराकालसँग मिल्दो झैँ ।
(६)हाँकको शब्द गुञ्जेर भर्छरनन नभस्तल ।घनन गरी घन्किन्छ सबैवरि र परि रन्किन्छ सबैसकल जलथल ।तुरही धूं धूंशङ्कको भूँ भूँबाजाको पूँ पूँचूँघेको धूँ धूँज्यालीको झनन ।ढयाङ्ग्राको ढुङ् ढुङ्ड्याङ् ड्याङ् र डुङ्आकाश रनन ।आँधीको पहिलो क्षितिजको मैलोलाल धूली किनारे ।गद्गदसँग वैरेला जस्तोगर्जन फु वारे ।शरका पानीतरबार तडित्सागरका वर्षेलान् ।मैला र राता रुधिरका खोलालडेका रूख बहाई लाखौँभारतमा ओर्लेलान् ।नहुँदै दिन रगतकै रातोलालीले रणथल ।शिँगार पार्ली विजेता होलाकुन चाहिँ यहाँ दल ?
(७)लौ हेर ताक्यो घोरीले दाउहान्नलाई पछाडि ।थोरै छ दल पुग्दैन बलकाम गर्ने देख्यो दाउ र छलडर लाग्यो उल्लाई सोझै गै लड्नभिडेर अगाडि ।दुईतिरबाट हमला गर्नेफौजलाई दुई बाँडी ।विचार गयो तैपनि तस्र्यो ।अखाडा नछाडी ।
(८)एक मुठी फौज एक तरफ बढाईध्यान खिच्थ्यो हिन्दूको ।सब जागे उतै नजर लाखौँयोद्धाका सिन्धुको ।रिसल्ला बढे हिन्दूका त्यहाँसब हात्ती फर्किए ।पदाति पनि त्यसतरफ मोडेबीचमा केही खुकुलो छोडेएक कूना तर्किए ।
(९)मौका यो मिली बलिया अश्वफुर्तिला जोशले ।पठायो ठूलो गड्गडसँगटापको छिटो हहठसँगबिजुली जस्तो छिटो है गरीनभेट्दै होशले ।
(१०)खलबली पो हिन्दूको फौजमाखुकुलो खाडीमा ।मुसल्मान आयो जोशले हाँकीबिजुली बाढीमा ।छेडेर पसे पचास जनाहातमा ज्यान लिने ।तिनले गरे गर्नु है सम्मकुल्चेर कतै, काटेर कतैतर्साई कतै, रोएर कतैधेरैलाई च्यान दिने ।त्यसैमा फेरि हजारौं लागेखुकुलो पारेर ।त्यस तरफ फेरि पचास लागेत्यो किल्ला फोरेर ।सय नै जवान मुसल्मान हुँदाहिन्दूमा खलबली ।संख्या है तर भएर धेरैरहेनन् त्यहाँ ती धेर बेरैदश दोबर मारी हिन्दूका दलमचाई खलबली ।धर्मको जोशमा, ज्यान दिने होशमाएक मुट्ठी पनि क्या शक्ति हुन्छचमत्कार कस्तो गरेर जान्छनरहु यो भुली ।
(११)त्यसै नै बेला एक मुट्ठी उतापहिलो बाँटले ।हात्तीका लँडमा भालाले रोपेबलिया आँटले ।कूँ कूँ र कूँ कूँ अनेक शब्दहात्तीले कराए ।छुरीले ठोकी शिरमा उनकामाहुतेहरू अनेक शब्दगरेर कराए ।सबभन्दा मोल सूँडको जसलाईती जन्तु डराए ।हात्ती छन् यस्ता काँतर भन्नेलडाइँमा जनाए ।
(१२)हिन्दूका त्रास एकबाजि उठेअनन्त मच्चिन्छ ।हा हा र हू हू मच्चिन लाग्योखलबल ठूलो, कोलाहल ठूलोअजङ्का हल्ला यथार्थभन्दाजो खालि पछि दैवको दयापाए नै सच्चिन्छ ।त्यो हा हा हू हू छोपेर मौका ।घोरीले झन् हान्थ्यो ।झन् ठूलो डर झन् ठूलो त्रासलहरो गर्जी पहरो घन्कीगर्जेर कन् तान्यो ।
(१३)मुसल्मान चल्छ बिजुली छिटोभालाको सच्चा, तरबारको ढिटोहिन्दू छन् रनथन ।हारे है हाम्रा राजाले भन्नेहल्ला छ घन्धन ।हार्नु है भन्दा हल्लाले भर्छन्हिन्दुका जाति यी ।संख्याले भन्दा मिथ्याले भर्छन्अधेरी राती यी ।
(१४)तर एक वीर देवता थियोसमरथलमा ।सबैलाई उसले साहस दियोदशाको पलमा ।हा हा र हू हू हारको मच्चीभाग्नलाई तयार ।हिन्दूको मुटु पक्रेर खिच्योअनेक हजार ।
(१५)सँगेटी फेरि छरिँदा फौजआफैले हाँकेर ।जोशले लगेझम्टेर यवनकेन्द्रमा ताकेर ।हिन्दूको जोश एबबाजि बढेप्राणका पङ्घ स्वर्गमा चढेकीर्तिमा फेरि शृङ्गार जडेनहटी हिँड्दछन् ।वैरीका शिर मूला गरीशस्त्रले गिँड्दछन् ।वीरका जोशका हनुमान् डाकीशत्रुमा भिड्दछन् ।
(१६)मुसल्मान हुन्थे सुइँकुच्चा साराहिन्दूलाई देखेर ।प्रलय जस्तो गड्गड आँधीवैरिँदो झन् झन् आफैका माथिउर्लिंदो देखेर ।
(१७)हिन्दूले हाने जयका भालाछातीमा रोपीरीसले गोपीआँखामा बाली आर्यको ज्वालाबन्धु र वर्गहरूको रगतबदला निकाली ।किटेर दाहाबढ्दथे साराधाराका धाराखोलाले आफ्नो पहिलो त्रासदागझैँ पखाली ।मुर्दालाई पनि रीसले थुँग्थेभालाको नोकले छातीमा ठुँग्थेकोही ता शिरका माला नै उन्थेकराई जै काली ।मुसल्मान तर्सी पन्छिन लागेज्यान त्याग्ने वीर निराशले भागेछर र बर ती हुन लागेचौहानका प्रतापमा ।हिन्दूको जोश झन् बढ्दै गयोझन् लखेट्दिई फौज त्यो गयोलडाइँको त्यो रापमा ।
(१८)मुहम्मद घोरी घोडामा थिएमुटुमा थरर ।तैपनि जोश देखाई डाक्नेहिन्दूलाई अझै वीरझैँ हाँक्ने ।तर हा घरर ।ती लोटिगए जमीनमा बरा !कराए सारा मुसल्मानहरूक्वै रोए तरर ।एक वीरले उनलाई झटपट उठाईघोडामा चढायो ।एक हात जोखिम भएर गएत्यसले भगायो ।
(१९)हिन्दूका बजे तुरही धूँ धूँशङ्खका लामा एक कोशे भूँ भूँसमर बाजाहरूका पूँ पूँढ्याङ्ग्राका ढरर ।अस्तको लाली हुँदैमा आजहिन्दूको रह्यो गजबले लाजसकेन छिन्न यवनले ताजधन्य है हाम्रा पृथिवीराजम्लेच्छका फौज-हरूलाई धपाईकँपाउने थरर ।
(२०)लौ आज माला जाई र जुईकाकल्की ल्यौ उज्याला ।कहिले पनि नमर्ने बालधूपीका दियाला ।अमर ज्योति आकाशमा गाँसडिल्लीका शहरमा ।लावा र अबीर बर्साऊ साराविजय प्रहरमा ।नाच र गाऊ वीरका यशडिल्लीका शहरमा ।बनाऊ गीत तराई-जीतजोशिला रहरमा ।गलामा गला लाएर आँशुछोरा र छोरीका ।सुनाऊँ कथा कसरी यवनभागे ती घोरीका ।
(२१)काक र गिद्धहरूले खान्छन्भारतका दुश्मन ।अब ता फेरि आउने छैनत्यो कालो यवन ।भारतकी कालीलाई बत्ती बालीरुधिर चढायौँ ।अब ता हाम्रो रक्षा है गर्लिन्यवन भगायौँ ।अब त ल्याऊ वीणा र तारमधुर बजाऊ ।पृथिवीराज चौहान नाममानाचेर गीत गाऊ ।
त्रयोदश सर्ग
(१)जयचन्द राजा यशको गाँजापिएर बस्दछन्।"संसारभरमा पाइन्छ यौटामान्छेको नामको स्वर्गको द्यौतात्यो म हुँ" भन्दछन् ।सुँघामा ताउ लाएर कालाअरूलाई खालि पयरका जुत्ताचिथरे गरीब, कुत्राका टालाद्वारमा जागा सधैंका कुत्तासमान गन्दछन् ।
(२)उनी नै यौटा ईश्वरका मूर्तिविष्णुका अवतार ।उनैको दावा विश्वमा साराउनैको निम्ति आकाशका धाराउनैको निम्ति घाम र पानीउनैको निम्ति हवा र ताराउनैका सारा वस्तुका खानीउनैको राजछत्रको रूपमाआकाशको नीलो वितान तानीमहिमा उनकै गाउनलाईचरीका कण्ठ खुलेका लाखाँउनैका पङ्क हम्कने हवाउनैका जल उनैका थलउनैका निम्ति परीका आँखास्वर्गको राज्य मरणपछिविलास जीवन भवन रचीयशको बखानी ।क्या मीठो अहा चैतन्य सुन्दरस्वभावले दिएको ।मपाइँ स्वर्ग मपाइँ विश्वममा नै सारा रहस्य खुल्नेस्वार्थले संसार आफैलाई बुझीमधुर सुखकातरङ्ग भरीस्वार्थको विलास भवन विश्वमदिरा पिएको ।
(३)म पनि त्यस्तै चाहन्छु मीठोविश्वको विवरण ।जीवन खालि गुलाबको शय्यासब आफ्ना निम्ति मर्दिऊन् मैय्याआफूलाई कहिले नहओस् अय्यास्वर्ग होस् मरण ।
(४)म जस्तो राम्रो क्वै छैन हेरि !ऐनामा हेर्दा म जस्तो सुन्दरदेखिन्न काही संसारमा फेरिमेरो नै सधैं बज्दछ भेरीम उड्दा उड्दा स्वर्गमा पुगीसिंहासन लिन्छु ईश्वरको हेरि !मपाई नबन ।सबैको निम्ति जिऊ है बिन्तीनभन्नु विश्व आफ्नो नै निम्तिअनन्त अघिके मेरो गिन्तीसत्यको शरण मरण छ जीवनआफूलाई नगन ।आफूलाई भुल्ने विश्वको हितमासहज शासन गर्दछ रीतमाराजाको त्यही अनन्त थितमाहृदयभित्र ताल है हुन्छमानिस राजा बन्दछ चित्माअनन्त न्याय बाटुलो पार्नेअनन्त सत्य सजीव धार्नेदेवका रीतमा ।प्रजाको नोकरसेवाको चोकरदु:खको ठोकरलिएर सबको निम्तिमा जिउनेकुठार दी कुरीतमा ।तर यो मनले पिर्दछ नानीबिगार्छ हेर ! सबको बानीढुङ्गाका चाचा गुणका सट्टाबोक्राको ढाँचा, दिव्यमा बट्टागराई मानिस देवका ठट्टासिँगान रालको कुखुरे सुलीठूलोमा बयानी ।चिताको ज्वालाप्रताप भन्दै शरीरको गुमानी ।म देख्छु सधैं मिथ्याको दनदनजलेको सधैं दु:खमा मनमनम त्यै हुँ भन्दै सिँगारी सधैंमपाइँ मानिस हिँड्दछ हरेमिथ्यालाई बखानी ।
(५)जयचन्द राजानिक्कै नै शूरासमर वीरतेजी र ठूलाहुन् हुनलाई तर छन् हरे !सारै नै गुमानी ।कालो छ दाग उनको नाममाभारतका छिः छिः दूरदूरका छन्काकका बखानी ।तैपनि तिनलाईसम्झँदा मनलाईआँशु नै आउँछ, आँशु नै आउँछनजानी नजानी ।कमजोरी प्रकृति मानव सारामिथ्यालाई भन्थे सत्यको सारझिलि र मिली स्वर्ग हो भन्थेआगो हो अँगार ।ईर्ष्या र द्वेष मिथ्याका धूवाँबढ्दछन् गुमानी ।वीरको यशको प्यासले गर्दाउत्तमको गुणमा लागेर पर्दानरकको बाटो स्वर्ग हो भन्दैपुगेछन् नजानी ।
(६)आज छ यिनको दरबारभित्रबजार सिँगार ।किलि र मिली रङ्गी र चङ्गीठाँटबाँट हजार ।ध्वजा र पता मन्त्र र पाठहजार शिंगार हजार ठाँटयज्ञको तयारी ।सुनको ढेरी, चाँदीका पर्वतधन र धान्य, फलफूल शर्वतफूलका माला झयाल र ढोका-हरूमा सिँगारी ।तुरही शङ्ख धूँ धूँ र भूँ भूँअनेक बजाई ।हजार मुखले जयको ध्वनिउठ्दोछ सारा आकाशमनिजसलाई सुनी जयचन्द राजापाउँछन् फेरि पृथ्वीमा ताजास्वर्गको रजाइँ ।
(७)अनेक देशका ताजवाला राजाहाजिर छन् दरबारमा ।आज छ ठूलो स्वर्गको उत्सवउनका घरबारमा ।ठाँटमा राम्रा परीझै सुन्दरस्त्रीहरू नाच्दछन् ।अनेक छाँटमा, अनेक काँटमाछम र छम बारुले कम्मरलज्जतले भाँच्दछन् ।इन्द्रको स्वर्ग राजमहललाईबनाउन मन भईइन्द्रका धनुषऐरावत हात्तीजुहारले जडीउत्सवको घडीसबैका नजर झलमल पारीठाउँ ठाउँमा राख्दछन् ।अमृतको नकल गरेर शर्वतआउनेलाई बाँड्दछन् ।सुनका सिँढी बनाई राम्राकल्पको तरु जुहारत फुल्नेबीचमा गाड्दछन् ।ठाँटेका परी, रेशमका चरीपारिजात वृक्षहरूका हाँगाबीचमा ढल्काईमधुर गाना बोल्नलाई आजपखेटा जड़ी कार्चोपीवालशिंगारी राख्दछन् ।पात छन् सुनका मञ्जरीपन्नापल्लव मुगा शीतदाना मोतीपानीदार जुहार झलमल ज्योतिहावाले जसलाई फूल झारेजस्तो,बराबर झार्दछन् ।
(८)तराजु ठूलासुनका तुलालाई छन् राखेका ।गन्धर्व जस्ता बयानी वस्तादछन् आज डाकेका।ठाँटेर ठूला फेटाले सुन्दररेशमले ठाँटेका ।
(९)विद्वान्का दाह्री यहाँ छन् शेताब्राह्मणका यहाँ ऋत्विक् र नेताराजसूय गर्ने संसारका जेताजयचन्द राजाका ।आज ता स्वर्ग पृथ्वीमा ओर्लीअप्सरा बोल्छन् मधुर कुर्लीगलाले मीठा कोयल सुर लीरवाफको लहर आउँछ उर्लीभाषाले बयान के आज गर्ली ?कीर्तिका ताजाका ।
(१०)कसैले गाउँछन् जयचन्द कीर्तिअन हल बारामा ।दुई फेरा जहाँ राजालाई हराईविजयध्वजा फर्फर गराईपराक्रम आफ्नो संसारले सहाईकीर्ति भो धरामा ।
(११)कसैले गाउँछन् कसरी राखीआठ राजा कैदमा ।नमर्दासम्म फैलेको शासनपाएर यहाँ इन्द्रको आसनकीर्तिको पथमा ।जता र ततै जयचन्द राजाविजय रथमा ।संसारलाई हाँकेर हिँड्थेकीर्तिको पथमा ।
(१२)रजपूत राजा सबैका मणिसबैका अधिराज ।उत्तर भारतभरिका थिएक्षत्रिय शिरताज ।उनलाई भेट्ने पृथिवीभरमाकोही थेन प्रतापी ।स्वर्गका इन्द्र पृथ्वीका चन्द्रविष्णुका अवतार, भक्तिका केन्द्रकर्ण दानी, कीर्तिका खानीखोलामा बग्थे सुन भई पानीभीममैं बलवान् ।युधिष्ठिर तुल्य सत्यका प्रेमीअनेक यस्तै प्रशंसा गर्थेनृसिंह बखानी ।
(१३)भाटको पूजा छिः हरे मलाईक्यै निको लाग्दैन ।मनले मेरो सत्यको सिवाअरू चीज माग्दैन ।झूटाका तारीफ गाँजाझैँ लागीआफूलाई सम्झी सत् यशका भागीसंसारमा बन्छन् राजा है दागीप्रकृति बाङ्गेर ।समय तीरमा हजार वर्षपछि पो फेरि संसारमा गईकालाको कालोसेताको सेतोकर्म है नाङ्गेर ।नसुन हरे ! है आफ्नो कीर्तिमोलतोल छोडेर ।सत्यको मोलन्यायको तौलकलङ्क जोडेर।निम्ताका राजा देवका दाँजाआउँछन् आज जयचन्द गाँजाखोरीमा काम गर्न ।कसैलाई पाउ कसैलाई पानीनोकरका काम अनेक छानीहार्नेको नाक भूइँमा नानीजित्नेका आँखा हीराका पानीजाऊ है बरु हार्नेले मरुखोजेर बवै मर्न ।
चतुर्दश सर्ग
(१)आजई फेरि यज्ञका साथस्वयंवर ठाँटको ।संयोगिताको स्वयंवर आजनल र दमयन्तीको कथास्वयंवर छाँटको ।
(२)एक जना छैन बिर्सन्छु साँच्चिडिल्लीका पृथ्वीराज ।उनको मूर्ति ढोकामा राखीद्वारपाल बनाई उपहार जातीकालोमाराक्षस,सिस्नोका मालालाएर शेखी जयचन्द धाकीबन्दथे अधिराज ।
(३)गएको थियो उनलाई निम्ताचन्दालाई पठाए ।जयचन्द सोध्छन् सभामा किनआएनन् तिम्रा पृथ्वीराज भनराखेर मेरो कदर आजतिमीलाई पठाए ?
(४)चन्दाले भन्छन्, "कलिको युगमाउचित लागेन ।वीरका मणि पृथिवीराजलाईयो राजसूय यज्ञको काजलाईहाजिर हुन जो अधिराजलाईडिल्ली र अजमेर दुवैका ताजलाईसुहाउँदो कुरा राजाका बाजलाईकीर्तिले बल्ने राजाका माझलाईअनेक समर जितेका ताजलाईप्रतापको जो यो सर्कारको साजलाईअनुपम यस्ता दासका दाससुहाउनुपर्ने राजाका माझलाईअखण्ड यशका ती त्यस्ता वीरसबका राजका शृङ्गार हीराबनाउन चित्त शिरका प्रभुसर्कारलाई बिन्तीछ अनगिन्तीभनेर झुक्दो वीरको शिरलेमलाई यहाँ पठाइबक्स्योबिग्रेला भनी मनको पीरलेविनयसाथ नझुक्ने शिरलेमैत्रीको भावमा राखी दानडुब्ला कि भनी कीर्तिको भावसर्कारको प्रताप त्यसै छ ठूलोवहाँको भक्ति त्यसै छ धूलोनपरोस् भनी दुई राजमा मूलोवहाँको कीर्तिले सर्कारको यज्ञ-को बाटो ताकेन ।जसको कीर्ति सकल धर्तीगाएर थाकेन ।संसारका जेता, वीरका नेतापृथ्वीका चन्द्र जय र ज्योतिधरणी राजका अघिका हुन्छन्अरूका जय दिनका चन्द्रफुस्रा भई रातमा मात्रफूर्तिले चम्कन्छन् ।पृथिवीराज जगत्का ताजसर्कारका अघि अरूका त्यसैव्यर्थमा गम्कन्छन् ।चौदिशा जसका पाएर कीर्तिघमण्ड गर्ने वैरका राजाजो मूर्ख टिम्कन्छन् ।तिनलाई संसार उपहास भर्छतिनको ताज धूलोमा पर्छतिनको फूर्ति भूइँमा झर्छतिनको ईर्ष्या जलेर मर्छजो त्यस्ता वीरको मूर्तिको अघिद्वेषका भावकाईर्ष्याका भावकाविषालु पङ्घा लिनका लायकभएर हम्कन्छन् ।यो कलि युगमासुनमा छ कलि,सच्चाइ भन्दा झुट्टाइ भलीअँधेरी बत्ती धिपिक्क बलीसर्कारका दाँजा नहुने राजागर्वले गम्कन्छन् ।अँधेरी हुन्छ उज्यालो बत्तीरूखमा लाग्छ हिउँमा पत्तीशून्यले बोल्छ यत्ति र उत्तित्यस्ता ती राजा सर्कारका अघिनरकलाई तम्सिन्छन् ।कलिको युगमा, मानिसको दु:खमाविरक्ति भन्दा, आसक्ति बेस छम बरु हुन्छु वैरागी साधुदेख्दिन फोस्रो कीर्तिमा जादूभनेर हुकूम भएको मैलेसर्कारमा ल्याएँ प्रभुको अहिलेविनय बिन्तीमा ।नबुझ्ने बीचमा रिसराग हुन्छन्सर्कारको विमल हृदयलाईको मूर्ख भन्ला तिनले छुन्छन्वैरका भाव पोषण गर्नेमूर्खका मात्र सिउर हुन्छन्वीरले नामलाई सत्यले धुन्छन्फूट र छूटहरू ता हुन्छन्मूर्खका गिन्तीमा ।ऊच र नीच जो माफ पाऊँहामीझैँ मूर्ख उचाको नीचानीचाको उँचा जान्दैनौँ राम्रोखालि छ भक्ति स्वामीमा हाम्रोद्वेष ईर्ष्या भन्दा भक्ति नै राम्रोसंसारका ताजहे अधिराज !उँचाको नीचा बयान गर्नेउपमा राम्रो नपाई झर्नेकविको ऋण थोरैमा तिर्ने-हरूलाई माफी होस् !प्रेमले मैले आइन भन्नेगरेर बिन्तीतँ अनगिन्तीक्षेमका क्षमा मगाई आएस्स्वर्गका इन्द्र ऊँचाका ऊँचागिराउने होइन, प्रेमको वार्ताभनेर सुनाएस् ।यो अधिराजको सन्देश प्रेमको ।अर्थमा साफी होस्उँचा र नीचा हे वीरमणि ।दासलाई माफी होस् ।”
(५)जयचन्द राजा आफ्नो त्यो कीर्तिसम्झेर गाएको ।फुलेका नाक, लिएका चाखचन्दाले पनि राख्यो है धाकखिल्लत दिए गाउनेछ कीर्तिसंसार छाएको ।भनेर खुशले केही भित्र फुल्दानाराजपनको चेहरालाईभन्दछन् “हाम्रोरहेन मानउनी नै नआईसक्दछौ भने “आउनैपर्छ ।"भनेर तिमी करलाई ल्याऊम तिम्रो कदर, गरूँला भाउउ एक जना भएमा आर्कैयज्ञको मेरो रहन्छ भाउन फुस्रो बनोस् यो मेरो नाउँल्याऊ है करलाई।"भनेर काँधमा दिएर धापडिल्लीमा पठाई ।आउला भन्ने आशमा निराशछन् आज दिनलाई।
(६)रीसले आज पित्तलको मूर्तिद्वारमा लगाए ।उपहास रूपको अनुहार खूबकोसिस्नोको मालाझुकेको चाला"ठीक भयो ?" भनी प्रश्नले धेरैरजौटा हँसाए ।
(७)बदलेर भेष, नक्कली केशअरू नै देशका ।राजाझैँ भई पृथीवीराजहाजिर छन् है सभामा आजसुनेर भन्दा मुस्मुसी हाँसीवीरको दिलले नमानी लाजमूर्खको देखी सजेको साजविदेशी भेषका ।
(८)स्वयंवरलाई बज्दछ बाजादुक्ढुक मुटु बन्दछन् राजाडटेका शिंगारहरूले ताजागलामा लागी सीक्सीको बस्छन्आज छ मेरो भनेर मालादेवलाई इष्ट सम्झेर मिष्टसपना बनाई मनमा इष्टपिउँदो छन् कोही लहडका प्यालाकोही छन् भित्री चिन्ताका ज्वालाश्रीपेचलाई मिलाउन लागेरुमाल झिकी मुहार पुछीगम्भीर चमक मुखमा झिकीआकाशकी तारा दरबारद्वाराओर्लन लागिन् भनेर साराबसाइ गरी फूर्ति र हाँककोमोहनी मन्त्र-हरूका जन्त्रलगाई भित्रसुन्दरका चित्रअप्सरालाई स्वर्गको जितीमिलाउँला भन्दा पृथ्वीका थितिजुँघालाई चट्टपारेर कट्टमदनका मूर्ति बनुँला भनीवर्नेका नजरमा ।श्रीपेचमा थपी जुहारत राम्रापोशाकमा डट्छन् यी राजाहरूगुलाफजलमा नुहाई राम्राहातमा औंठी हीराका झलझलसामुका नजर झल्काउन झलझलजीतका रहरमा ।आज छ आर्कै जयको मेलारूप र रवाफ दुवैको बेलाईश्वरको को दया ! नगरून् हेला !वरने प्रहरमा ।सन्सनी चल्छ सुनेर बाजाभीडका शहरमा ।
(९)चरले बाजे धूँ धूँ र धूँ धूँजाहेरी तुरही ।म भन्छु हेर्थे स्वर्गमा लोभीआज ता सुर ही ।झिल्मिल झल्मल रेशम सल्मलसितारा टल्मल आँखाका चलमलकुरङ्गीहरू सिँगारी चलमलमुस्मुस हाँसी लाजले कर्कीआपस नजर गाजल कोसेलावा र अबीर किस्तीले छर्कीफूलका डाली गएर फर्कीकसोरी बहूँ कसोरी देखाऊँलाजको मुहार षोड़श शृङ्गारभनेझै केही अलमल गर्दैबीचबीचमा हातलेआपसमा झर्कीदरबारमा निस्किए ।सुन्दर ताँती रंग बहुभाँतिकोही छन् धानी कोही छन् नीलावसन्ती कोही पोशाकमा जातीछानेका परीपृथ्वीमा झरीआजको भाग्यमानीको पूजागर्नलाई बेसरी ।लोभ र प्यास दुवैका आँखाचनाखा पारी ढुक्ढुक्ले हेर्छन्रजपूत-केशरी ।
(१०)रजपूत कुलकी मोहनी फूलकीरतीझैँ राम्री डाल र डोलकीस्वर्गमा हुने अनन्त मोलकीमृदुल अधरे ।परीको तापले रेखेकी भौंमालचक्क लच्काई मसिनो रेखाकालामा हुने सुन्दरले छोईस्वर्गका दृश्य खुलेका आँखादुईको ढकनी उज्याला माथिकमल निधारे ।गुलाफी गाला, पत्तीझैँ छालाजुन फूल मुहारे ।फुलेको हो कि कुँदेको हो किभनेझैँ दोधारे ।हरियो बैंश तारबुट्टे रेशमरत्नले झल्मल ।कहिले कमल, कहिले गुलाफभएर अघि लाजले बढ्छिन्हंसझै ढलमल ।
(११)स्वयंवर मालाथुङ्गा र थुङ्गाकमल करमा ।बढ्दछिन् तिनीप्रियतम चिनीपहिराउँला भनी हृदयभित्रराज गर्ने वरमा ।
(१२)खोज्दछन् आँखा पृथिवीराजलाईसामुमा नदेखी ।सुकेर हिँड्छिन् अगाडि तिनीफूल पयर भुइँ टेकी ।राजाका शिर सरमले झुक्छन्नमिल्ने देखी चूक र चूक् छन्टुटेका तारले दिल मुकमुक् छन्झरेर सब शेखी ।नदेखी तर पृथिवीराजलाईछेउमा पुगी छोडेर लाजलाईद्वारको मूर्ति देखेर उनकोभो मुहार खुल्दो बदली जूनकोपित्तलमा देखिन् मूर्ति है सुनकोत्यो माला पहिराइन् ।अग्लेर केही फूर्तिकी देहीआँखामा चमक विजय ले हिआत्माको जित्ने सत्यले संसारमिथ्याका फन्दा छाडेर एकवारजीवनको हल सत्यको बलदेखाउने वीरा बनेर तलछकपारी सारापसीना धारापुछेर रीसका आँखाले हेर्नेबाबुलाई देखाई ।
(१३)फिलिङ्गो आगो आँखामा जाग्योरुद्रका नजरमा ।उग्रको रीसले गर्जेर उठेछोरीका कसूरमा ।
(१४)ठीक त्यसै बेला एक वीर उठेझटपट बोकेर ।ली शाहज्यादी धोजमा राखी'लौ म हुँ चौहान पृथिवीराजलखेटदेऊ सक्नेले आजभनेर सुनाई कुर्कुच्चा ठोकेर ।
(१५)तरबार नङ्गा झल्मल झल्केलौ उठयो खबरदार ।खलबल ठूलो मच्चियो त्यहाँकोही चढे घोडा दगुरे कोहीकोही सोध्थे खोज्दा नजरले कहाँसवारका पहिलातेजीमा चढीहट् हट खटखट्गरेर चढेरजपूत ती सरदार ।अश्वले लग्यो बिजुली बनीसंसार की सुन्दर सार।
(१६)लगाम कर्केघोडा आँग फड्केफूर्तिले गड्केरिसल्ला पड्केकड् कड कड्के टापका मनिढुङ्गा र फलाम ।न कहीं अड्केबिजुली सड्केपड्केर घोडा पैयाँमा कड्केबिजुली लगाम ।टिपेर लगे सवारलाई टाढाबाईपङ्के घोडा वेगमा छाडाजय र चन्दका रीसमा गाढागड र गड हड र बड तड र तडकटटटटखट र खटझिल्काई झिल्का झिलिक्क पारीबिजुली सवार मिलिक्क पारीगिजि र मिजी मुखमा फिंजबाटामा फड्की तेर्सेका चीजखोलालाई तरीछचाप्ल्याङ्ग गरीवन र खेत तीरलाई नापीकोही ता गए जगतै परीफुटेर मुटु नै ।तैपनि तेजी चौहान वीरबिजलीभन्दा विचारझैँ छीटापछाडि राखी ती शाहज्यादीसबभन्दा छीटा नै ।भएर गए नदेख्ने कोहीआखिर भएफर्केर आए सय र सयआखिर निराश ।आँखामा ज्वाला रीसले कालाजय र चन्द हारले हालाभए ती हताश ।मौकामा पछि पाउलास् भनीठक्कर ठूलो मनमा गुनी ।के गरी त्यल्लाई गिराऊँ भनीस्वर्ग र आकाश ।
पन्धौं सर्ग लेख्ने परिकल्पनामहाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूलेगर्नुभएको थियो, त्यसबारेमा उहाँलेलेख्नुभएको छ- (यहाँ एक सर्ग दुईवीरहरूको आत्मोत्सर्गको उल्लेख हुनसक्छ।तर यो लेखिएन, र श्यामदासवैष्णवज्यूले अरू सबै सारी उहाँबाटआद्योपान्त हेरी सपारी प्रकाशनार्थप्रस्तुत गर्नुभएको हो।साझा प्रकाशन
पञ्चदश सर्ग
(१)डिल्लीमा आज धूमधाम ठूलोउत्सवको वृक्ष हवामा फुल्योसुवर्ण भई दिन आज खुल्योसपना जस्तो बादल खुल्योउदय गगनमा ।उषाले देखिन् किरणले चित्रविवाह दिव्य स्वर्गको भित्रसूर्यको साथ सौन्दर्य देवीविवाह गर्दा अकाशको पर्दामर्त्यका नयनमा ।गुलाफी रङ्ग, सुनका पानीचढाई रेखा मोहन तानीक्षण र क्षणलाईर छाय छानीउषाका भवनमा ।त्यो देखी आज चिडिया बोलेमधुरको स्वप्ना कण्ठले खोलेलहराहरू धोजाऊँ डोलेअनन्त आई फिल्मिल बोलेआजको दिनमा ।उदय यस्तो राम्रो र सुन्दरभएन अरू भनेर बूढाकाँशका केश हिउँका छाटीजोरिने दुई थर्थर घुडाभन्दथे जनमा ।
(२)पहिले गुलाब पातलो फैल्योमिर्मिर बारीमा ।सिर्का र छिर्का जो पछि चर्कोरङ्गमै उर्ल्योमधुर सुरले रङ्गमा कुर्ल्योबादलमा चढी लहरमा छर्ल्योपानीका फटिक चञ्चलमा ओर्ल्योसुन बाढी बढी गुलाफबाटबादल भए मधुर ठाँटचिडिया उडे मोहनी देखीसुनका घारीमा ।फाटेर चीरा रङ्गका पोराधेर बेर भयो अनेक रूपमाकहिले परी, कहिले मुजूरधूँवाँली बल्दा बादलका घेराअनेक रूपले झल्मल भएस्वर्गका बारीमा ।ढोका भो सुनको कहिलेकाहीँपताके फारीमा ।हामीले देख्यौँ स्वर्ग है आजबिहाको उत्सव मनाए जस्तोकिरण झारीमा ।भन्दथे बूढा आँखाका तीखाजो वीन लिई सडक हिँड्थे ।गाएर वीर चौहानका गानापाँचतारे तारीमा ।
(३)डिल्लीमा आज नाच र गाननृत्यको शहरझैँ ।अग्ला ती घरभर र भरअप्सरा नारीठाँटमा भारीबाटेका केशनागिनी पारीडटेका रेशमहरूका सारीबालख साना छातीमा घारीझयाललाई स्वर्ग अटाली पारीनाच र गान तल छ भारीतरबारका पट्टा कुँडिला धारीलकडी हातमा चलाकी भारीध्वजा र शृङ्गार खम्बामा भारीनक्कली दुश्मन बनाई मारीयवनका छाती शरले फारीनक्कली लडाइँ गरेर भारीवारि र पारि उत्सव नाच्छसागरका लहरझैँ ।
(४)कवि र गाइने सारङ्गी वीणालिएर नाच्दछन् ।भाट र भाँड देखाई छाँडकम्मर भाँच्दछन् ।जयको ध्वनि पुकारी हिँड्छन्मानिसका लहर।उत्सव जस्तो जिउँदो आजडिल्लीको शहर ।
(५)कल्पना मेरी पुग्दछे गरीहेर्नको रहर ।एघार सय नब्बेको वर्षडिल्लीको शहर ।
(६)के मैले देखें आजको दिनलौन नि भाषा राम्ररी भनजलप अक्षर लगाई सुनलाग्ला है लाज सत्यले गिज्याउलाम यस्तो दुर्बल तारको झीनोअलङ्कार छैन, उपमा छैनसोझोको खालि प्रकृत चालमालेख्दछु हरे ! दिलका तालमाछि: यस्तो नभन ।
(७)तस्वीरलाई शब्दले खिच्नुसारै नै कठिन ।उषाका प्रयास विफल हुँदास्वर्गको चित्रण गर्नलाई सधैंपटमा गगन ।मधुर भावका आँशु है रुन्छन्उरमा सुमन।प्रयत्नसम्म गरें है मैले ।भावुक दिलले रङ्गे है दिललेसङ्केत मात्र यो बुझी पहिलेमनमा रँगन ।आफ्नो जो टूना, मनको दूनाआधा नै आउँदैन ।सच्चाको जादू, भिन्नै छ स्वाद्शब्दले पाउँदैन ।हे भाइ हेला नगरी हेरेभावको खोलागाइनेको चालाजे जस्तो होलाप्रीतिले आज बजाएँ तारपहिले कथी लेखिन क्यार ?यो खाने मुखमा दिलको भारबोलेकोसम्म हृदय सारकविता होइन गाइनेको तारलहर खालि दुई र चारप्रकृत प्रवाही ।एकै छिन कान लगाइदेऊ गानवीरको रसले एक मुट्ठी खानमाग्नेछ आज आँगनमा जानखालि छ यौटा भक्तिको तानरजपूत वीरको कथाको पातसंसारको भलाइ ।छि: कस्तो भन्ने नभन हरि !गाएर डुल्ने गानैमा मरीजो दिन मलाई ।
(८)जानिन अरूमैले के गरूँहाय ! यो संसारमा ।न पर्ने केहीन देखें केहीन मेरी हुन्छे कल्पना मोहीझल्केका झल्का आँशुले रोईएक मुट्ठी गाना हृदय फोईदेओस् जो सुन्ने हृदय छोईजान्छु यो सबकोदिलमा बोईनेपाली खोलाचलेका छन्दहरूको अनसारमा ।
(९)यै मेरो सोखयै मेरो भोकयसैमा मेरा आत्माका लोकयै मेरा खाना यै मेरा शोकबँदिलो भए दिलमा जोखनफॅक झोकमा ।कहिलेकाहीँ फुर्सदमा चाहिँदिएर कानसुने हे गानवीरको लोकमा।
(१०)लौ भन्दाभन्दै बिर्सेछु तानआज छ डिल्ली स्वर्ग है जानरिमि र झिमीमा ।लस्कर लाबा तयार भएफूलका डाली तयार थिएमाला र माली हजार थिएस्वर्ग र जिमीमा ।लौ हेर हात्ती कार्चोबी सुनकाजीव र शिंगारताँतीका ताँतीअनेक भाँतिहौदामा जातीराजा छन् झल्केका ।झयालका परीहातका लावाअबीर झिल्केका ।सिपाही लाम तुरही, ढोलकदुई तरफ लागी बजाई बढ्छन्रिसल्लाहरू अघि नै गएशिंगार राम्रा ती धोजा थिएलामचुच्चे भालाका ।लौ हेर यहाँ दुलहा आएफूल र अबीर क्या बरसाएलाबा ली राता झरीमा आएहातबाट कमल कोमल सफायुवती छालाका ।आजको मैले यो धूमधामनगर्न सकी वर्णन यहाँयत्तिमै राखें कलम नामभावका लहर वहर लामअरू जो खोज्छौछातीमा छामगङ्गाका तटमाआउन्न राम्रो रङ्ग है भनीयहीँ नै छाडेनिराश बनीखोलेर छातीहेर है साराकल्पना पटमा ।
षोडश सर्ग
(१)प्रेमको राज्य आत्माले रच्योमधुर जूनमा ।कर्कश जगत् चकोरमैं भुलीसुन्दरको गुणमा ।
(२)ईश्वरको दिव्य मोहनी खुल्छनारीको मुहारमा ।आमन्त्रण गर्ने आत्मालाई सबमासिर्जनको यो वनमा ।
(३)कोयली बोली मधुरले बोल्दाबैंशका बागमा ।लठिन्छ दिल रसिकको त्यसैअनौठा लागुमा।
(४)हात्तीलाई ठूलो वनको राजानिस्केको दाह्रा चिर्नलाई जोरीउमेर पूरा आँखाको सानोकामको विशाल रूपमैं मानोवनको राजमा रूखका खम्बाहरियो खाना पातको छानोजितेर सारा वीरलाई मानोसहज गौरवदेखाई राज्नेबैंशकी राम्री हथेनी छानीशैरमा मस्त खोपीमा धानीअरू छन् खालि नेतृत्व लिनेअराय भरको प्रतापी जानीउ हुन्छ वैरी जितेको बेलाआलस्यबीच सुस्थर लिँदोपिएर चाँदी मदिरा पानीवनको राजमा ।जब छ वनको एक छेउ तिरधूवाँको पुतपुत अघिको आगोननिभी झाडी झयासमा लाग्दोज्वालामा टाढा नदेखी जाग्दोकुइरो टुक्रा हो कि मैं टाढारूखका टुप्पा बसेका चीललाईउल्लाई छैन त्यसको थाहसमर छैन शान्ति छ भनीविलासी प्रेमको लिएको राहाढड्डीका माझमा ।जब फूल झर्छन् झर र झरउषाको चढ्दो कीर्तिलाई वर्षारूखका कवि गाउँदछन् गानरङ्गीन पत्र मधुर स्वरआकाशका बारी चरेर ल्याईसुनका धुला अक्षरलाईमहिमा साँझमा ।उ हुन्छ खाली फुर्सदमा अलसचुनेर आफ्नी वनकी स्त्रीलाईसूँढले पानी छर्किन्छ कहिलेदाँतले कन्याई मारेर चिलाइदुई जनालाई प्रेमको संसारहरियो माझमा ।आनन्द जस्ता चार दिशा खुल्छन्हीरा र मोती जहाँ कहीँ कुन्छन्मदिराजस्ता रङ्गहरू फुल्छन्प्रतापका राजमा ।समरको बल वीर्यलाई खालिलड्नको बदला विलासमा हालीआँखामा प्रेमको रोशनी बाली"तिमी र ममा संसार सारा"मरण प्यारो जीवन सुन्दरभनेझै खेलहरूमा प्याराकृष्ण र राधा गजका रूपमावृन्दावनभित्र विहार गर्दाविश्वको नेता मुरली भर्दाविम्बकी ज्योति लाउँदी पर्दामायाको नजरमा ।ठीक त्यस्तै भयो प्रेमीको राजमाविलासी आलस पृथिवीराजमाभुलेछन् उनले संसार साराडिल्लीका शहरमा ।मुसल्मान चाहिँ चोटले लालहेर्दथ्यो हिन्दूहरूको चालदाउ र छल गर्व यी जालभारत लिन ईखको होशमाहारले तेजी इस्लामी जोशमाविजय रहरमा ।पृथिवीराज प्रेमको दुनियाँरचेर भुल्थे आजको दिनतरबार, छल संसार, रणडिल्लीका दरबारमा ।
(५)कुरङ्गी जस्ती वनकी साथमाझाडीमा बस्ने मृगका जातमासुगन्ध हुने चाखलाग्दा पातमागला र गला लुटुक्क पारीप्रेमको न्यानोपनामा भारीजब फूल फुल्छन् मृगका आसनमखमलमाथि केशर झारीहरिया मखमलमा ।दुई आँखा नानी, दुनियाँ दुईयौटाका टक अर्कालाई दिन्छन्नबोल्ने प्रेममा आनन्द भाषीकहिले कहिले-कन्याई सिङलेलुटपीट मीठो बराबर गरीजुरुक्क उठी दगुरीवरीहीराको रात बिउँझै पग्लाईसुनका झलझलमा ।शीतले थोपा टिपुंला सरिखुरुरु गरी दगुरीवरीठण्डीले फेरि सम्झेर न्यानोप्रेममा उस्तै लुट्पुट गरीचराका खलबलमा ।ती दुई जना प्रेममै भुलेसमर छैन आँशु नै छैनस्वर्गको संसार देवको चैनभनेझैँ आफ्ना सपने बागमापरस्पर टूना देखाउने प्रेमकोमधुर अलमलमा ।चितुवा जब भोकले खरोखानाको खोजमा जङ्गली बरो !त्यस बेला पनि दाउमा थियोमिर्मिरे खलबलमा ।
(६)ढुक्कुर दुई बनाई गँडभुवामा सिमलका ।वनको कुना फूलको छानीस्वर्गको दरबार उषाकी रानीदेखेर कुरकुर प्रेमले कुर्लीएकाको ध्वनि अर्कोमा सुर लीप्रेमको दुनियाँ आएको उर्लीदेखेर सुनसुनमा ।पातका पर्दा पछाडि गर्दाप्रेमको भाषण ।त्यो न्यानो गुँडमा भुलेझै सारासंसारका दूषण ।जब है भोको बाज हिँड्छ माथिशिकार निर्दोष खोजेर जातीचारेर गगन ।
(७)क्रौञ्चका दुइ यी जोडी थिएबैंशका भूवामा ।सपना नामको कीलको नीरउडानको रातमा छानेर तीरप्रेमको बत्ती उज्यालो बाल्नेअमृत छर्की चन्द्रले रातीऊँगमा राखी लोलाउँदा पातीझलमल झीलमा छायाँ दी जातीबास है बस्यो रूखका मनिजूनले धूवामा ।गला र गला थपेर आँखाअमृतका कुवामा ।राजा र रानी कऱ्याङ् र कुरुङ्आकाशमा ज्यादै माथि है उड्दामसीना रेखा ताँतीमा लामासुन्दरको देशको उज्यालो तीरलाईपखेटा जसका पाउँछन् धामाप्रेमका बलले ।जब है व्याधा चालमारी मारीपछाडिबाट आउँछ कट्टचलाकी छलले ।सुनेर जसलाई एक साथ उड्लान्फट् फट फर् फर्पखेटा घनघोरक्रौञ्चका दलले !ठुँगेर मार्न खोजेर व्याधापखेटे आँधीसमरले जाँदाडराई कोही, कराई कोहीव्याधाका छलले ।ती त्यस्तै गरी बसेका थिएप्रेमको जूनमा ।नङ्गामा लाल प्रकृति बिर्सीसंसारको वनमा ।
(८)दुनियाँ सज्यो प्रेमले भारीदुनियाँ टूनाको।दिन र रातका सुनका पारीभएको पङ्ख सजाई भारीस्वर्गका पुर्यासई गुलाफका बारीप्रेमका आँशु स्वर्गका झारीखुलाउँदै अधर प्रेमले मधुरमञ्जरी मुनाको ।तिनले भुले अँधेरी साराहृदय गगन हीराका ताराउडेर भाव हजारों सारास्वर्गमा बसेछन् ।चमचम पारीदेख्नेलाई भारीप्रेमका आँशु युग र युगकासुख र दुःखकास्वर्गको नीलो चोटालाई जड्नेझल्काऊँ खुलेछन् ।
(९)शरद्का पात सुनमा गएहिउँदका हिउँ पवित्र भएसपना बिउ छोपेर राम्रासब ऋतु उनका वसन्त थिएप्रेमका वनमा ।थिएन यौटा कुरो नै केहीएक थोपा शङ्का, एक टुक्रा कालोआपद्ले टिप्ला टपक्क भनीतिनका मनमा ।हा ! कठैबरा ! प्रेमका चरा !भोग गर्दा घरातिनको मनमा ।
सप्तदश सर्ग
(१)घोरीले खाई एक फेरा चोटबिर्सेन आफ्नो हारको खोटचढ्दछु भनी भारतको बोटफौज जम्मा पारेर ।इस्लामको जोश गजबले जल्योसबका नशामा आगो है हाल्योजन्नते रोशन सिपाहीमा बाल्योचढ्दछौ माथि ।हे भाइ साथी ।मरेर गएजितेछ ताजदुश्मन मारेर ।भनेर तालीम गरेका फौजहिन्दूस्तान कारेर ।छल र दाउहरूमा पूराबल र वान छानेर पूराभारतको चढाउलाई ल्यायो धूरासिन्धुलाई तारेर ।
(२)भारत थियो निद्रामा अहिलेविलास निद्रामा ।हारेर गयो मुसल्मान भनी ।विजय तन्द्रामा ।
(३)अँधेरी फौज रातका आएनिद्रामा छोपेर ।सभ्यको आकार, रङ्गलाई नास्नकलाका छाती जङ्गली भाला-हरूले रोपेर ।
(४)त्यो दिन थियो गिद्धको राजाकाकको रजाइँ ।हिन्दूको थियो कलङ्ग टीकासम्झदै हरे ! आँशुका ढिकापग्लन्छन् मलाई ।
(५)सिंहको गुफा नीदमा थियोशिकारलाई झम्टेर ।अब ता फेरि आओइन भनीह्वाङ्ग्राङ्ग यौटा काफी भो भनीएक फेरा झम्टेर ।
(६)भारतका छाती थिए है चीराआनन्द मनमा डिल्लीका हीराकन्नौजमा गर्वी द्वेषका कीराएकता क्वै छैन ।के गरूँ हरे ! भारत अबडुब्न नै लाग्यो म्लेच्छ पो जाग्योथरथर काँपी मुटु यो आयोहौसला हुँदैन ।
(७)यही वेला आए प्रतापी रानाअनेक समरका ।समर वीर स्वभावका धीरमहर्षि जस्ता भक्तका हीरापाठ र पूजा जीवन जसकोईश्वर सम्झी बिताउने दिनचार चार प्रहरका ।
(८)डिल्लीको सिंह जगाऊँ भनीसंगठन सबको मिलाऊँ भनीहिन्दूको झन्डा आकाशमनिकीर्तिले उचाल्न ।सबैलाई उनले पिटे है डङ्काछोड्नु त्यो त्रास, आपसका शङ्काफाटेको भारत लड्नेछ भनीजुटेको भारत बढ़नेछ भनी"शत्रुको अघि भाइको फूटमिलाई सारा एक भई जूटनगरोस् म्लेच्छ आएर टूट"एक दिलले सारा वैरीमा छुटभनेर सारा रजपूत राजाहरूलाई समाल्न ।
(९)पृथिवीराज झल्याँस्स भएजो वर्षभरि सुतेका थिएझकमान वीरको ।मिलाए हात समर साथसल्लाह गरे अनेकौँ बातनिभाउन उद्यत गराए राजाहरूलाई आगो बलेको आजहिन्दको पीरको ।
(१०)अनेकौं आए वीरका मणिसुनेर उनको भारत ध्वनिएक सेना बनी झण्डाका मनिअनेक गज मिलेझै गरीएक नेता लिई सब वरिपरिपृथिवी वीरको ।अरू छन् राजा चौहान रविसंसार भर्छ उनैको छविकिरण झर्छन्असंख्य कर छन्जीवन दिने आतप झर्छन्ठूला र सानामा ।एकको आत्मा जगत्मा राज छएक नै सूर्य पृथिवीमा छजसको किरण फूल सुवास भरीहवालाई चाली, सागर उचालीपृथिवी प्यासलाई बादलमा झर्छइन्द्रको धनुष झलमल पर्छसंसार चालन किरणले गर्छदर्शनले खाली जीवन भर्छएक सेतो राप संसारमा छर्छसबल वस्तु लहर भर्छसिर्जनका पानामा ।आँखाको केन्द्र दृश्यमान इन्द्रसहज शासन गर्दछ सारासौर यो थिति चलाउने भईअनेक बिम्ब भएर फैलीजीवन ज्योति भरेर झलझलविश्व र दानामा ।नियत गराई खोलालाई बाटोमाटोलाई जीवन, जीवनलाई माटोबनाउन जसले उदय पायोचराका गानामा ।जो सम्झी रुन्छन् फूल र पातमनका पानामा ।जसलाई हामी नमस्कार गछौंकीर्तिका छानामा ।जो सधैं दिन दिन उदाई उठ्छन्हृदय गानामा ।
(११)जयचन्द राजा कन्नौजका तरद्वेष र गर्व ईर्ष्याका घरकानमा तेल हाली ।जोरी र पारी मरेमा कीर्तिआफ्नो छ बढ्ने गरूँला फुर्तिभनेर फुल्दा घमण्डी मूर्तिबस्दछन् जुंघा लगाई ताउबिग्रेका वीर समरका मणिनाक ठाडो उचाली ।
(१२)बिराली भन्छे चुलीमा बसीतातो र न्यानोमा।“यो घरका मान्छेमालिक र भान्छेकालले खाए म हुन्थें राजायो घर हुन्थ्यो विलास मेरोदूधको हुन्थ्यो छेलो र खेलोडसनामा डट्थेंचूलीमा चढ्थेंसिरक ओढ्थेंभात र दाल, मासु र माछाठूलो र सानोमा ।तर यी जुंघा सल्काइदिन्छिन्ती भान्छे बज्यै मलाई देखेअगुल्टो हानीजानेर बानीमरि नै जाओस् म हुन्थें रानी"भनेर भुतभुत पोतेको चूलोउपर बसी भुत्भुत गर्दैबुद्धिकी उ कानीपशुकी बुद्धि क्या हुन्छ सानीएक कदम अघि पुग्दैनन् नानीघर नै मेरो उजाड्को राज्यबीचमा हुँला भन्दछे शानीजयचन्द त्यस्तै बिराली बुद्धिभएर काना छन् ।हा ! नजर हाम्रा ठाँटका राम्राबोक्रा र कुम्रा अहम्का चाम्राहरूका साना छन् ।क्या तानाशाही कीर्ति छ यूटीबिराली ताना छन् ।
(१३)जयचन्दलाई बोलाउ गर्योउनले हेरेनन् ।भारत मेरो विलास भवनमेरै यी कीर्तिहरूका सुमनभनेर तिनले धोखामा पारेदशामा हेरेनन् ।
(१४)वीरका मणि रवाफी तेजीअँधाका भयङ्कर ।आँखाका ठूला बुद्धिका फूलाक्या राजा दियौ भारतलाई !कीर्तिको प्यासी, भारतको नाशजय हो हे शङ्कर !
(१५)लौ भेद हेर ती दुइ बीचमासच्चा र कच्चाको ।जयचन्द राजा नघुसून मनमाभारत बच्चाको ।
अष्टदश सर्ग
(१)एघार सय नब्बे र एकउही ताल बारीमा ।थानेश्वरबाट पन्ध्र कोस परमैदान भारीमा ।रातो छ माटो रुधिर पिईकालीको रणथलजहाँकी हिन्दूभारता बन्धुबचाउन हाम्रो सभ्यता सिन्धुअर्पेर प्राण गएथे स्वर्गकठै ती हाम्रा वीरका वर्गसिंचन हाम्रो भारतको बाटोबहाई रुधिरजल ।
(२)आज छठूलो समरको सागरलाल भेल उर्लेको।गड्गड आँधी पहाड लहररुधिरजल छहर छहर्गुड्गुड गुर्लेको ।भयङ्कर गर्जन घनघोर घर्षणकोलाहल ठूलो, हल्ला र गुल्लातरबार उठ्दा लाल लाल झल्कीउचाइ खोच वल्ला र पल्लाहात्ती र घोडा माथिल्ला तल्लालाल फींजवाला लहरका कल्कीभाला र खंडा तरबारमा झल्कीरौद्रको स्वर लेको ।रणका देव मूख बाई आजछन् तल ओर्लेको ।
(३)हिन्दूले हान्छन् टाउकामा ताकीमुसल्मान टाउको एक चोटमा फ्याँकीभालाको नोक छातीमा जाकीचाण्डाल भन्दै रीसले हाँकीतर्साई मुसल्मान ।सण्ड र मुण्ड रजपूत वीरदेख्दैमा पहलमान ।चण्डी लाई डाकीकालीलाई डाकीगर्धन ताकीएक चोटमा काटीलत्याई बाँकीजोश र फूर्ति बलमा धाकीदेखाई हिन्दुस्तान ।मुसल्मान् हुन्छन् आच्छु र आच्छुखाएर मारपस्ट भै हारभागूं कि बसूँ दोधार हुन्छन्न देखी अड्ने ठाम ।
(४)जन्नते इस्लाम अल्लाले अकबरअल्ला हो अकबरको ।आवाज उठ्यो सङ्ग्राम उठ्यो ।थर्काई सकभरको ।मुसल्मान जोश बढेर आयोइस्लामी वीरले ।धर्मको नाममा, जन्नतको धाममाराजाको काममातिरेर ऋणविश्वासको शिरले ।
(५)बर्छा र भाला बर्सिन्छन् कालाहात्तीको सूँडमा ।कूँ कूँ र कूँ कू गरेर सूँडलुकाउँदा गज हिन्दूलाई कुल्चीभाग्दछन् सारा कुल्ची र मिल्चीकातर गणेश दिएर धोखाखोल्दछन् वैरी हमलालाई ढोकाहिन्दूलाई मिल्काई पोकाका पोकाराजालाई गरी इज्जतका चोखामृत्युका भन्दा ज्यानका भोकानभई काहीँ के रोक र टोकाइस्लामको खाई बलेको झोकाखलबल पारी होका र भोकाहिन्दूका गुंडमा ।आज है थाहा वीरले पाएहात्तीले कस्तो काँतरपन ल्याएरणका भूमिमा ।देख्नमा ठूला साहसका शून्य-हरूको भर नहओस् गण्यसाना र छीटा अश्व नै धन्यरणका भूमिमा ।
(६)इस्लामको घोडा छीटा छन् गोडाकुखुरे कल्की छैनन् है जोडाहिन्दूका दलमा ।खलबल पो हल्ला र खल्लाहिन्दुका फौज हिला र मिलाधेरै नै भई तैपनि भएके गरूँ दोधार पुर्पुरो चिलामुसल्मान आयो ठेलम् र ठेलाअस्तमा हुँदा दिनको बेलारगत जलमा ।हिन्दुले हार्योे भारत गुम्योम्लेच्छको फूर्ति नाचेर घुम्योरणका थलमा ।भारतको रगत त्यस वेला बग्योभुल्भुल भलमा ।हामीलाई वर्णन गाहारो भयोआँखा भै जलमा ।
(७)काक र गिद्धहरूले खालान्चीलका चुच्चाले ।जहाँ छन् ठूला वीरका तनरतनहरू भारतका भनहरायो छुच्चाले ।सकेनन् तिनले दशाका जोड्माहटाउन घुच्चाले ।तैपनि आत्मा स्वर्गमा पुग्यो ।अर्पण सच्चाले ।शरीरलाई दिन्छन् दुष्टलाई तरलिन्छन् है बाटो स्वर्गको घरभारतका बच्चाले ।तिनी हुन् सच्चा भारतका बच्चाखपेनन् हरे ! इस्लामका घच्चाजसभित्र भारत रोएर बस्योलुटियो लुच्चाले ।हजार वर्ष रगतका आँशुआजका निम्तिमा ।बहाउन हरे ! भारतलाई थियोआँशुले छाती फारेर रोलाऊनसुन बिन्तीमा ।
(८)हजार विद्या भारतका जलेदिनका ज्वलनमा ।हजार वर्षका लाली मिलेपश्चिमी गगनमा ।हिन्दूका छाती सधैलाई जलेम्लेच्छका दमनमा ।नहेर्ने जति स्वर्गमा पुगेदेवका विमानमा ।हेर्नेको सधैं आँखा छ लालआजको यो दिनमा ।
एकोनविस सर्ग
(१)घोरीले लायो बँधाका ताउसपना सफल भो।"अकबर हो अल्ला जन्नते इस्लाम्मन्त्र असल भो ।
(२)पृथिवीराजलाई पक्रेर ल्याएमुसल्मान वीरले ।घोरीका सामु तैपनि तिनी।कुकेनन् शिरले ।
(३)महम्मद घोरी वीरलाई देखीतारीफका नजरले ।भन्दछ राख हे वीर भाइवीरलाई कदरले ।
(४)"ढाल र तरबार भूइँमा राखपयर हाम्रो छोएर मागलौ माफी धूलीमा ।इस्लाम धर्म ग्रहण गरीमहम्मद सुल्तान शरण परीपयरको धूलो शिरमा धरीनोकर हुने प्रतिज्ञा गरनून खाई हामी सोझो भै सधैंज्यान दिन तयारहुकूम भरपसेर झट्ट पयर परदयालु हामी ज्यान दिन्छौँ वरहामीले झट्ट भनेकै गररणकी थलीमा ।नत्र त तिम्रो कुर्वान गछौँइस्लाम हो अकबर शिर हामी भिछौँफतेह भालामा ।हात जोड वीर ।झुकाऊ शिरपयरमा परज्यान भन्दा मीठो काल छैन नानीएक छिन दिन्छौँविचार ध्यानीशिरको तरबार गर्नेछ हानीसिंहासन दिउँला नोकरको हाम्रोबगलमा राखी मुसल्मान जाती,नगर शेखीवीर हाम्ले देखीजगत्का बखानी ।दयाले बोल्छौँइस्लामले मोल्छौँनगुमाऊ ज्यान, पयर परनबन गुमानी ।
(५)आँखामा काला बलेर ज्वालाधधक धधक् भोनझक्ने शिर भारत वीरठाडाको ठाडै कड्केर भन्छन्"तँ मेरो दुश्मन !मुसल्मान् हिन्दू लङ्का र सिन्धुकहिल्यै हुन्नन् धर्ममा बन्धुत हार्ने छोटोम जित्ने हूँला,धर्ममा मेरै, कर्ममा मेरैस्वर्गको बाटोमा ।ज्यानको खेद चढाउन पाइनयी वचन तेरा निभाउन पाइनतँ पयर परी माफीले मेरोबन्धुको रगतभारतको आँशुबहाई बसिस् विजेता सम्झीउठूला भरे बराबर ब्यूझीतँलाई हटाउन ।वीरको खाकमा आगोको ज्वालाशरीरको मिथ्या के सत्य जाला ?ले मेरा मासु ले मेरा बोक्रालगाएस् धाक डिल्लीमा खोक्रायी यस्ता संसार हजार घुमेयी यस्ता चोला, हजार थोत्रे,फालेर हिँड्थे सम्झेर उत्रेफाटेको छाती फटाइदे तैंलेजिउनको इच्छा गर्न ता मैलेनरकको बाटो ली जानु अहिलेसक्दिन आज स्वधर्मपथम यसै बिराउन ।म तेरो नोकर होइन मालिक !तँ पयर परी पसेर अहिलेभागी जा छाडी भारतभूमिचोरको सर्दार बनेर आजयो रक्तपातले मानेर लाजजपेर माला घरमा बसेस्आत्मालाई धुन आँशुमा डुबेस्नआएस् फेरि दुष्टको हाँकलेभारतलाई रुलाउन ।झुटोको आवाज मायाको ध्वनिसक्दैनस् तैंले म जस्ता मालिकलोभले भुलाउन ।”
(६)घोरीका आँखा लाल लाल भएआँखीभौँ आँधीमा ।तरबार नङ्गा वरि र परिहवालाई काटी हुकूम भनीकुर्वानको इज्जत लिनलाई सरेके भनूँ ज्यादी म ?
(७)उडेर गयो फिलिक्क आत्मामुसल्मान् झस्काईआकाशमा यौटाबिजुली देखेछेड्दथ्यो दिनलाई ।
(८)त्यो आत्मा गयो स्वर्गको बाटोताराका पारीमा ।दरबारमा ठूलोछेलो र खेलोअमृत हुने अम्लानका सुमन-हरूको बारीमा ।विजय गयो त्यो सरमलाई ।जो हामी मान्दछौं ।जीवनभित्र म्लेच्छका पयरटेकेका छातीमा ।म्लेच्छको सामु दबेर बस्नहारका रातिमा ।
विंस सर्ग
(१)संयोगिता ती दरबारमा आजअटाली रहेकी ।सूर्यको लाली देखेर त्यसमासङ्ग्रामको दृश्य हेरेर उसमा ।टलपल भएकी ।हात्तीका लाम अश्वका मूर्ति-मा वीर चढेका ।तरबार भाला लिएर, ऐँडीदिएर बढेका ।रुधिरको लाली छरेका दृश्यसाँफको आकाशमा ।अनेक वीरका प्राणको गतिसाँझको बतासमा ।
(२)तिनलाई लाग्यो सूर्यके मेराहृदय प्यारा छन् ।डुबेमा त्यस्तै सुनको ज्वालापारेर संसार साराका कालाजितेमा स्वर्ण उदय जस्तोउज्याला सारा छन्।
(३)त्यस बेला आयो उडेर गिद्धदरबारको छानामा ।अशकुन् देखिन् तरक्क रोइन्दुई आँशु दानामा ।
(४)खबर ल्याए रिसल्ला कुदीखबर खेदको ।आँशुले बिन्ती गर्दछन् सारारोएर क्वाँ क्वाँ बगाई धारावीरका मुकुट मणिका प्यारोशिरका छेदको !
(५)जसलाई अघि समरमा जाँदातरबार दिई दु:खको बाधाहटाई भन्दथिन् ।"स्वर्गको बाटो वीरको सुन्दरधर्मको पथकीर्तिको रथदुश्मनको नाशभारतको आशसमर थलमा पाल्नुहोस् प्यारानलिई आँशु, नलिई खेदहामी छौँ ईश्वर पुकार्ने साराघरमा बस्नु वीरलाई प्याराशरमले सुहाउँदैन ।आत्माको अमर ज्योति छ राम्रोजय र विजय यौटै छ हाम्रोपृथ्वीमा यशस्वर्गका अमर प्यालाको रसमलाई आँशु धर्मको पथमादुखले आउँदैन !वियोगै छैन !धर्मको रणमामृत्युले हामीलाई कहिले पनिजित्न नै पाउँदैन ।”
(६)ती आज खालीनजर उचालीबोलावट आयो भनेर भन्छिनहृदय प्याराको ।साँझको बादल जलेको हेरस्वर्गमा गई ढोकाको नेरइशारा दिई बोलेर हेरभारतलाई उज्यालो पारीभो भनी जान अब ता बेरआँखालाई आँशु बनाई भक्तहृदय साराको ।सूर्यझैँ स्वर्ग द्वारमा खुल्छन्अम्लान पुष्प आकाशमा फुल्छन्ल्याइदेऊन गई त्यो प्यारो शिरजगत्का ताराको ।म त्यससँग जलेर मर्छुमिथ्यालाई जलाई सत्यलाई वर्छुबालिदेऊ ठूलो चितामा ज्वालास्वयंवर गर्ने धपधप मालाश्रीखण्ड हाली धूपीका काठअश्वको कुञ्जी स्वर्गको तालाम बसे पनि पृथिवीभित्रप्यारालाई त्यहाँ दु:ख भइजालाखरानी हाम्रो सुनको झारी-मा हाली लगाई रत्नका मालाराखिदेऊ बागमामन्दिर बनाईनशादार ढुङ्गा सेतोले सुन्दरभक्तिले साराको ।ल्यादेऊ न मलाई सूर्यको शिरमागेर प्याराको !
(७)लावा र लस्कर गएर ल्याएसुनका थालीमा ।राखेर शिर वीरको वरफूलका डालीमा ।
(८)छातीमा राखी शिरलाई प्यारोज्वालामा दन्दन ।अस्ताइन् सन्ध्या सूर्यका साथविमान देख्यौँ भन्दथे कोहीफूलहरू करे भन्दथे कोहीविष्णु र लक्ष्मी रहेछन् भन्थेकोही त आँखा भरेर रोईडिल्ली भो आँशु !रोएर घनन !म भन्नलाई सक्दिन हरेआँखा यी मेरा आँशुले भरेतारका व्यास कोही अघि सरीजो बाँकी भनन ।
एकविंस सर्ग
(१)उज्यालो भयो भारतको आत्मादृष्टान्त पाई अंधेरी रातमाआकाश ता अँधेरो !जयचन्द राजा धिक्कार छ तिम्लाईयशका लागि धोखा भो हाम्लाई ."म्लेच्छका सँग मिल्न पो खोज्यौबनेर चमेरो ।
(२)धिक् यश तिम्राधिक् सारा बलभारतको लागि ज्यान दिने वीरलेकाक छोडीवीरमुख जोडीस्वर्गमा हाँस्दछ ।मूर्खता तिम्रो अहङ्कार सल्कीझिलि र मिली बोक्रामा झल्कीभारत नास्दछ ।
(३)आउला एक दिन मूर्खका पालोबादल वैरी गगन कालोछटा वा नीर आँखामा तिम्रा ।शरले छेड्लाम्लेच्छको कालोआखिरी बेला नारायण भनीखुलेर जाला बाक्लेको जालोभारतको आत्मा जिस्क्यायौ तिमीलेती आँखा तिम्रा अज्ञानमा चिम्लेमाग्ने छ जवाफ ।अनन्तभित्र सकल भावकापत्र छन् हेरलेखेका धेरमूर्खका रवाफका !त्यसै ता कसलेझूटाका वशलेस्वर्गको बाटो, सत्यको बाटोदेख्दछ अन्धोभै !मुटुका रसभारतका पोखीसत्यको तौल मरणले जोखीआखिर साना कुवाको बाटोभारतको मुहारझल्कामा देखीबहाउला तिम्रो जीवनको पानीकुलको गुलाफलाई ।नत्र त तिमी कलङ्गी होउलानरकको पुछार गएर छोउलामरणपछि एकलै रोउलाजाऊ है वीर ! म्लेच्छलाई हाँकीपछुतो गरेर ।हाम्रो यो दिलको दागलाई मेटीसंसार तरेर ।
(४)यी हाम्रा हारमाआँशुका धारावीरका मरण छातीका प्यारायुग युग सम्झी छिनछिन रूँला,यी कथा सुनी नजर धूला,मिथ्यालाई छोडी सत्यमा हूँला,स्वर्गको बाटो यशमा ल्यूँलावीरको रस शब्दमा प्यूलाउठाई झण्डा भारतको ठूलोसंसार अघिवीर हामी हूँलाअमरको आत्मा जगाइल्यूँलासत्यका शिखर अर्पनमा छूँलावैर र द्वेष आपसमा धूँलाजीवनको जवाफ प्राणले धूँलाअनन्त अघि शिर उँचा हूँलामहम्मदजस्ता दुश्मन हटाईसत्यको जय उघारी ल्यूँलाधर्मको पथमा बलिदान हूँलाजोश ठूलो झिकेर ।भारतको आत्मा उद्धार गरीयशका कुसुम सुगन्ध भरीअँधेरी फौजमा नदब्ने गरीभारतको ज्योति ननिभ्ने गरीसंगठन ठूलो बँदिलो पारीधर्मका फौज बढाई भारीबितौँला अनेक ती ताला बारीभारतका अगले ।मृत्युलाई वीर ! नभन हारघमण्डमात्र धोखाको भारसम्बाइ दिलको गलाको हारआँशुको तर्पणले ॥
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)