प्रथम सर्ग (१) आँखामा बत्ती, नशामा जोश, मुटुमा फुलाई । लिएर पढौं हे भाइ बहिनी यो कथा मीठो दिललाई छीटो जीवनको मैन एकान्त वनमा बसेर जलाई। बास्ना मीठा इच्छाले सम्झी संसारको भलाइ । (२) हामीले देख्यौं धपक्क चूली भारतकी सुनचूली । बादल पारि स्वर्गमा भारी झल्का र झिल्की जगतमा झारी देख्नेका नजर धिपिक्क बल्ने मनमा सुनफूली । संसार शिखर मानवआत्मा स्वर्ग र पृथ्वी गाँसेर बस्ने महिमा बिजुली । कठिनका पहाड चढेर हेर्ने हृदय भीरुहरूको भीड कल्केर अकेली । (३) वीरका आत्मा हामीले देख्यौँ महिमा अघोर । पहाड छाती फूल फुल्ने जाति वज्रके कठोर । महिमाशाली सुनचूली ज्वाली उदार झर्ना झरझर निकाली हरियो पारी जगत्को बाली पृथिवी टेकी स्वर्गमा उड्ने श्वासले शीतल जोशले भर्ने सपना-बादल सुनौला भर्ने कन्दरा-घोषहरूले भर्ने । विशाललाई मन्दिरमैं वर्ने ताराका झल्का आकाशका पर्ने सिंहका गर्जन वैरीमा गर्ने शीतल छाया साधुमा पर्ने पवित्रताका हिउँ सफा झर्ने युग र युगलाई सुगन्ध वाला भर्दिने फूलडाली। हामीले देख्यौँ भारतका आत्मा अतीत निहाली। (४) जब है थियो पहिलो प्रकाश जब है थियो कनक आकाश भारत मन्दिरमा । जब है थियो धर्मको ज्वाला सत्यको जय सुन्दरको चाला शिवको मन्दिरमा । तब है थिए जल्दा र जीता नीडर दिलका सुन-पङ्खी पलका वीरका आत्मा फिलिक्क बल्ने सत्यले सुन्दरमा। (५) वीरका हुन्छन् तौल र पत्र बिजुली मुटुमा । झिलिक्क उड्ने सुनको चरो स्वर्गको भरमा । अनन्तकालमा पथको रेखा क्षणले झल्काउने, पर्खेर आफ्नो चिनेर पला काँचुली मिल्काउने । बोलाउने क्षण जसलाई बिर्सी मूर्खले सारा बहिरा कानले अँध्यारोभित्र घुम्दैमा बसे व्यर्थका ज्ञानले सत्यको भानले। (६) मिलेका हुन्छन् वीरका गण सत्यका चुम्बकमा । बुनेका हुन्छन् प्रकृति उनमा स्वर्गका तानमा। क्षण र क्षण होशले हिँड्छन् सच्चाका ज्ञानमा । मनका रेखा सपना पनि थिति र थानमा । (७) उड्नको इच्छा पर्खेर बस्छे मौकाको इशारा । को भयो वीर नजिती आफू सत्यको सहारा ? (८) भयङ्कर झूटा भडकका वीर संहार गर्छन् नीति र सत्य- विनाका बेचारा । वृष्णिको कुल संहार गर्ने प्रवृत्ति हजारौँ । (९) "दिन हाम्रो छोटो" भनेर उड्छन् साँझका पखेटा । "कञ्चन चोली खरानी जल्छन" भन्दछन् बादल फूलको कीर्ति-रङ्ग नै निभ्छ कालको लखेटा । सुगन्ध बाँकी मनमा बस्छ अमरको जगेडा । (१०) पहाडका मूर्ति खाल्डामा मिल्छन् शहरहरू कालले निल्छन् लहर जसका जलकै चल्छन् चञ्चल लहर जो पलपल छन् अदलबंदल नाच्दो छ खालि बढाई बखेडा। (११) आकृतिहरू तरल हुन्छन् मृत्युको डरले कुसुम रुन्छन् गरूँलालाई निराशले छुन्छन् गुंडका माउ उडेर बन्छन् एकला बचेरा । (१२) क्षणको राजमा बदली-साजमा आँशुका माझमा जीवन हो माटो बनेर बस्छन् बहिरा अँधेरा । (१३) क्षणको टूना क्षणले लिन्छ प्रकृतिलाई जीवनै रिन छ कालले सारा सित्तैमा किन्छ साँझ र सबेर । (१४) कीर्तिका नजर आँशुमा हुन्छन् मासुका छाती काँढाले रुन्छन् आफ्नोको नाम शरीरै छैन । व्यर्थैको रगेडा । (१५) तैपनि आशा मिथ्यामा राखी विषय विषको मिठाई चाखी दु:ख र दैन्य दीन भै डाकी सत्यको राजमा असत्य खोज्छौँ चक्कर बखेडा । (१६) यी बुझने जति आकाशमा उडे फिजाई पखेटा । नबुझने बसे काँपेर तीरमा क्षणिक धनको चिन्ता र पीरमा बोकेर भारी पापको शिरमा भएर अबेर । (१७) बझनेलाई फिल्क्यो बिजुली सुन्दर बोलाए सारा सत्यको सुरले फूलका अधर माथिका करले स्वझल्का जस्ता अमर चरले साँझ र सबेर । नित्यको शान ताराले दिए विशालको रूप पहाडले लिए बदलीमाथि किरण थिए फूल फुल्ने घनेरा । (१८) क्षणले बोल्थे कानमा आई अनन्त झल्का ताराकै ल्याई स्वर्गको दरबार नित्यको राज पृथिवीभन्दा भरी छ साज अमर अमृत आनन्द माझ दौलत कुवेर। (१९) मानिसका जीवन पथिवी मूलका स्वर्गका ज्योति झरेर फुले मतलब लिई दिव्यको सुन्दर छाडेर जान रङ्गीन मन्दिर हरियो वनको हाँसो र आँशु प्राणको समीर । (२०) विश्वका सुन्दर सारले बुनी साँझ र उषाका रङ्ग उनी किरणबाट इन्द्रेनी चुनी कोमल-सूती कुसुम-नाभा जीवनको कपडा। सत्यको सुन्दर मोहनी झल्काई पत्तीमा हाँसी बत्तीलाई मिल्काई फूलको जीवन जाँदो छ उडी सुगन्ध खालि पछिलाई छोडी जीवनको जगेडा। (२१) सत्यलाई देख्ने साँच्चैको वीर नकाँप्ने नशा शान्त र धीर ध्रुवमा अचल । पृथ्वीझैँ घुमी किरण-पथमा सत्यको शानमा कर्तव्य-रथमा ध्येयमा अटल । लोभले पङ्घ लुटपुट छैन दु:खले जसको बिग्रिन्न चैन ईश्वरको पदमा राखेर नयन बुद्धिको विमल । (२२) नीतिको तौल ताराको लिने स्वर्ग र पृथ्वी पहाडमैं छुने चूलीमा बसी झल्का है दिने उत्तमको शिखर । सङ्गति-सुन्दर कुसुम दिलका सत्यमा कडा वज्रमैं दिलका प्रताप प्रखर । (२३) अणु र अणु रुकून् न बाकून् रक्तका खोलामा । यी वीरको जोश गुम गरी होश मुटुमा जागोस्, आँखामा चम्कोस् सत्यको पलामा । धिपधिप गर्दै सूर्यका रश्मि हिमालमा चम्केर । सेतो ली राप खार पारी पाप चिडिया पारून् आत्मालाई हाम्रा यी पख हम्केर । प्रोज्ज्वल ज्वाला दन्दनी बाली अमृतका प्याला अग्निझै हाली चम्केका नजर स्वर्णका शिखर पुग्नलाई पविऊन् । अम्लान माला परीका हातका लाएर गम्किऊन् । सत्यको जोशले, तातेको होशले मिथ्याको रोषले । (२५) अणु र अणु पुरुखा जागून्, ताराको रापले । स्वर्गमा आँखा वीरका शाखा पहाड लाखाँ सत्यको यात्रा कदमले गरून् वीरको रापले । (२६) जीवनको ज्योति फिलिक्क झल्की अनन्त पन्था बनेर उडोस् आकाशमा उज्यालो, भविष्यलाई ज्योतिले छाई मानवआत्मा जहाजीलाई अँध्यारो सागर-गर्जनभित्र बाटो है राख्नलाई । (२७) देवको तेज बन्देज खोजी बदली उघारी । बिजुली जस्तो झिलिक्क झल्कोस् जब है आँशु गिराई रुन्छिन् निशाले अँध्यारी । धनको घोष गरेर गर्जी यो वारि उ पारि । जीवनको बादल वर्षाई वर्षाई सुगन्धहरू फुलाऊन् यहाँ पृथिवी सिँगारी । (२८) कहिले सानो पर्णको कुटी कहिले दरबार । - बाट है ब्यूँझी - बाट है उठी वीरले लिन्छ सत्यको झलझल जोशको तरबार । शरीरलाई पार्ने विस्मृति साना सपना जस्ता टाढाको दाना बादलको टुक्रा बिलाउँदा मानो मिथ्याको शासन नाघेर उड्ने पखेटा जडेर । आँखाका नानी स्वर्गमा तानी समुचा जीवनको झिकी पानी उचाली छाती कसेर नशा फिलिक्क झल्काई ज्वलन्त दिशा विश्वलाई थाम्ने सत्यले उठ्छ विशालको घरबार । (२९) हिमालचूली मानिसका यात्रा ध्रुव छन् विलास । कठिनको टूना शिखरमा तान्छ छिमेकी आकाश । गहिराभित्र मोतीका दाना डुब्नेलाई खुल्छन् रहस्य नाना उड्नेलाई हुन्छन् स्वर्गका ताना जित्नेलाई हुन्छन् युगका माना अम्लान सुवास । झर्नेलाई हुन्छन् इन्द्रका धनु विजय मिठास । भुल्नेलाई हुन्छन् स्वर्गका नन्दन वनका विलास । जल्नेलाई हुन्छन् स्वर्गका ज्योति उदय प्रकाश । अर्पनलाई ईश्वर आफैं बन्दछन् विकास । अनन्त छुने वीरलाई हुन्छन् अमर सुवास । अमृतको प्याला परीले दिन्छन् युगले प्रकाश। (३०) अजेयलाई जित्नेले गर्यो अनन्त-इशारा । जीवनलाई दिनेले भन्यो युगमा पुकारा । मृत्युले थरथर संसारमा दिई स्वर्गको सहारा। ईश्वरको सत्य, स्वर्गको सत्य आत्माको तत्त्व अमर नित्य समर्थन गरी हामीलाई दियो असीमको आधार । (३१) मानवजाति रोएर राति उदय खोज्दछ । आज्ञाले वीर आत्माको ज्योति उदय-नवीन पाएर फेरि आकाशमा उड्दछ । कविझै चरा गाएर उड्छन् नवीन युगका सपना लुट्छन् किरण धारा स्वर्गका छुट्छन् सुनको बिहान । प्रबोध पाई पवन डुल्छन् नवीन कुसुम सुन्दरका फुल्छन् आँशुका दाना प्रेमका फुल्छन् गहिरो मानव सागरबाट मोती मै समान । पृथ्वीले पाउँछिन् एक युगी आयु सुगन्ध भरी, सौन्दर्य भरी वीरको प्रदान । (३२) "उठ है" भन्छन् पहाड चूली "झल्क है" भन्छन् बादल जली "बिउँझ" भन्छन् ब्यूफेका हवा "सुगन्ध लिई सबेरै मुली" । "खोलन" आँखा पूर्वले भन्छ उम्लिँदो सुनले बिहान खुली “असीम" भन्छन् खोला र नाला कलकल गर्दै अनन्त बोली सुन्दर सत् हो" भन्दछ फूल फर्केर आधा बिहान फुली "उदारता नै असीम गुण हो" भन्दछ आकाश नीलोमा बोली ताराले भन्छन् "अनन्तलाई अर्पन्छन् हीरा स्वर्गका मोल" "सत्यको टूना" सुन्दरले भन्छ "आत्मालाई बोलाई मधुरमा बोली "कर्तव्य” भन्छिन् पृथिवी नटी हरियो सारी लाएर फुली "आभास" भन्छन् चन्द्रमा फुली, चकोर भन्छन् "प्रेममा खुली सत्यको सिर्जना !" (३३) मानवआत्मा सुन्दरको टूना पाएर सधैं सत्यको गरी हिँड्दो छ तिर्सना, ढुङ्गाको बाटो कठिनमा बोली अमृतको तरङ्ग । सागरको राहा लिएर चली अगम उमङ्ग । (३४) माटो यो फुस्रो, मिथ्या छ धुस्रो केही छैन संसारमा । जीवन यौटा कङ्काल जस्तो रहेमा निस्सारमा । यो माटोलाई किरण आई छोएर सारा अणुमा बन्छ सत्यको सुन्दर कुनकुन गाना सुगन्ध अपारमा । (३५) किरणले पोसे किरणको होश अमृत-सिर्काले । शिरामा सूक्ष्म मदिरा दिए बलेका छिकाले । स्वर्गको बास्ना किरणको पथमा ओर्लेर झरेछ । त्यै किरण-पथमा सत्यको रथमा चढेर जानु वीरको बाटो पृथिवी करेर । सच्चाले पाए स्वर्गको बाटो सूर्यको किरणमा । अमर पुष्प बनेर फुले त्यागको मरणमा । काँपैन यौटा मुटुको अणु सत्यको शरणमा । (३७) काँचुलीभित्र अमरको ज्योति अमरको अनुहार । सीमितभित्र असीमको ज्योति मृत्युमा अमृत सार । बोक्रोको भित्र नरिवल गुदी भित्रको अन्धकार । भित्र छ भन्छन् सत्यको ज्योति झल्किने तारा सार। (३८) मिथ्याको टूना छुन्नथ्यो तिनलाई सत्यको मोहनी । बदलीभित्र झल्केर उठ्थ्यो सुनको सुन बनी । बोलाउँथ्यो तिनलाई असीम सागर, निर्मलको स्रोतमा मधुरको बोलमा समर्पण-शील आत्माको जलमा कलकल पारी क्षेत्रमा भारी स्वर्गको झल्का पसेको क्षणमा मधुर सुन बनी । भावका अधर बोलाई मधुर अविरल गुन्गुनी । (३९) ती वीर आत्मा डाकेर रातमा गहमा आँशु भरेर भरी बस्दछ भारत उदय खोजी अनेक युगमा । तिनलाई सम्झी अणु र अणु रुंदो छु म पनि, संसार, रुंदो छ उ पनि । (४०) सत्यको काँटका कर्तव्य-पथमा आत्मा ती तारा छन् । अनन्त आँटका, बाटुला छाँटका रामका प्यारा छन् । तिनलाई सेती सन्दरको राप सत्यको काँटमा । मिथ्यालाई छोडी उँचाइ लिने प्रकृत छाँटमा । स्वर्गका जुहार बनेर बस्छन् अनन्त फल्काई । सत्यको किरण अँधेरी पथमा हाँसेर मिल्काई । (४२) तिनका किरण हेरेर रुन्छिन् अवनि तिमिरमा । विश्वका मधुर उचाल्ने कुरा काँटमा मिली बनेका माला अमरको शहरमा। (४३) प्रेमका ज्योति बस्दछन् चम्की संसार सारा हेरेर गम्की प्रकृत गौरवमा । झल्काले साना झिलमिल गरी हृदय गगन चमचम भरी नजरको पारि सत्यको भारी विश्वको काँटको सुन्दर छाँटको, "प्रेमको छ है" भनेझै बोल्ने "मधुर पारावार"। (४४) आँशु गोल ती अनमोल प्रेमका आत्मा चमचम गर्छन् सत्यका आढ पाएर गाढ नीरमा निराधार । (४५) तिनलाई देखी फुलुक्क फुल्की वीरको हृदय । उचाली त्यसै निदाउँदो पत्र खोज्दछ उदय। (४६) तिनका मधुर मौनका बोली आत्माले सुन्दछन् । स्वर्गको सिँढी बनाउने सपना विचेतमा बुन्दछन् । (४७) भित्रको भित्र पवित्र करले किरणको सूतमा । भविष्यलाई जुहारका झल्का तानमा बुनी पल र पलका रङ्गले धोई मधुर जलका अचेतले बुन्दछ । तिनका चालमा असीमको बोली आत्माले सुन्दछ । उड्नको इच्छा अगाधमा नीलो बँदिलो बन्दछ। (४८) धन्य है रजपूत, वीरका तारा मानव मणि, भारतका प्यारा ज्वलन्त उज्याला । जसको छ बग्दो रुधिर धारा नदी र सब नाला । जसमा छ हरा संसारलाई जीवन र सुन वाला। (४९) ती वीर बल्दा क्या थिए जल्दा धपक्क धम्केका। सूर्यका ज्वाला गगनका माला ताराकै छरी आकाशभरी अग्निमैं धप्केका । जीवनलाई भन्ने क्षणका झिल्का मिथ्याको ज्वलन सल्केका मिल्का बिन्दुझैँ यौटा सम्झने खालि आँशुझे टप्केका । मिथ्याको छूतले रक्तमा बल्थ्यो आगोको दन्दनी । धर्मका ज्वालालाई हो जीवन . भनेर खरानी । पारेर उड्थे, स्वर्गका चरा उडेर फुल्थे सिँगारी धरा बासले बयानी । (५०) तिनको छ कथा भारतको व्यथा प्राणको पत्र आँखाको चल अमरपनाको । सुनेर त्यल्लाई आँखामा जललाई भेटी दी पललाई कलुषविनाको । छाडेर काज सुतू हैं आज राखेर लाज अलसपनाको । मुटुलाई बाली कानमा हाली अमृतको थाली वीरले बनाको । दोगुना जीवन जिएर एकछिन सहभाव पनाको । (५१) मनुष्य निम्ति मनुष्य आयौँ मानव सेवामा । विश्व छ खालि अडेको प्यारा प्रेमको टेवामा । इनाम खालि मिल्दछ प्यारा अमृतको मेवामा । प्रेमको आत्मा पाउँछ मौका सुनौला चेवामा । (५२) हामीलाई दिए गाउनु रुनु मानव दिललाई शब्दले छुनु अतीत कालमा हाजिर हुनु यौटा जो वीणा रुनु र कुनु भाषा छ अधूरा । यी झीना तारमा भक्तका सारमा प्रेमका पारमा एकान्तलाई रुनकुन पार्छ आशाको गजूर हे मेरा हजूर । रुन र छुन ती रुनझुन आएँ है म ता आँखामा आँशु भरेर घर-वन । (५४) यौटा नै छाती झिल्काले जाति छोएमा राति त्यै मेरो पाती आत्माले पिउँछन् कविका दिनदिन सत्यका जल-धन। अणु र अणु बजेर उठून् सुन्नेका सब मन । (५५) हामी हुँ हावा बास्नाको दावा लिएर डुल्ने संसार-नामा कुसुमको यौवन । (५६) सुनिदेऊ भाइ सुनिदेऊ बहिनी श्रवणभित्र कविले लिन्छन्, इनाम जो सुन । त्यसैको आधार दीनको आत्मा किन्दछ अरू हृदयमाला अम्लान सुमन । (५७) सुगन्ध खोज्ने भंवरोलाई, देऊ कान यो वनमा । फुलेर उठ सुगन्ध छाई अमरको यौवनमा । द्वितीय सर्ग (१) भारतमा थियो फूट र वैर द्वेषका हावमा । गर्वको गादी चढेर बस्थे आपस-आपस कगडा गर्दै हिन्दूका राजा भारतलाई टुक्रा । पारेर खालि ईर्ष्याले भर्दै स्वार्थका सेवामा । (२) प्रकृत यशको वीरको तिर्खा बाङ्गो छ चालामा । प्रकाशन खोज्ने अमरका शक्ति समरको ज्वालामा । आपस-आपस ईर्ष्या र द्वेष पोसेर बढ्छन् हाँकले चढ्छन् दुश्मनी कालामा । को कम ? भन्ने डाहाडको आगो दिदैन गाँस्न ऐक्यको धागो प्रेमको मालामा । प्रदर्शन गर्ने फिलि र मिली नाचेर उठ्छन् रङ्गी र चङ्गी यशका टालामा । सत्य छ थोत्रो धर्म छ धोत्रो मपाई खालि नाच्दछन् राजा रजौटाहरू यो नाट्यशालामा । (३) केही छन् खालि आलस्य पाली मधुको प्यालामा । लोभको नजर गुलाफमा दिने भँवरा केशमा रङ्गका काला भरखरका गालामा । धूतारका ठट्टा पोशाकका बुट्टा झिलि र मिली यशका सट्टा कामिनी-काञ्चन आलस्य भज्ने छन् रङ्गशालामा । कलिको कल्की लाएर ढल्की मपाईं गादी चढेर उल्का छटूका तालमा । स्वार्थको रङ्गीचङ्गी छ पूजा प्रजाका मुखमा देखिन्न बूजा राज्यका शीर्ण कलेजा धुजा गर्वको कालो तिलकलाई क्रोधको भालमा । श्रीपेच हल्लाई तरुनी-पयर चलेको तालमा। महका रानु चाकामा बस्थे दशनका फौज चलाई खालि मस्तीको हालमा । भारतमाता आँशु ली रुन्थिन् । तिनको चालामा। (४) कसैमा थियो छिमेकी लडाइँ राज्यको विस्तारमा । ती माखा मार्थे घरका प्रजा दुर्बल शरका दुर्बल धनु दुर्बल करले उचालीकन गर्वको प्रस्तारमा । बलियालाई मिच्नको शोख वीरलाई सधैं कीर्तिको भोक मानिसको शक्तिले । अनौठा चाला लिएर चल्छ विवेकविना टेकमा चढी भाइ र भाइ बीचमा परी कुचाली युक्तिले । बलियो बाँध नभई बाढी नाशेर जान्छे देशको बाली हिलो र मैलोले । आदर्शविना मानवशक्ति विरोधमा पस्छ नपाई युक्ति दशन-दु:खको खोल्दछ मुख पापको थैलोले। (६) वसन्त ताजा आदर्श बेला बीचबीचमा फुल्दछन् । तर ती पात पहेंला हुन्छन् ती रस गल्दछन् । मशीहाहरू बुझिन्नन् पछि सत्यको गन्धमा । एक युगको आँखा खुलेर हुन्छ । सत्यको मुहार मलिन फेरि आर्कोको द्वन्द्वमा। कट्टर अन्धा मिथ्याले भर्छन् सत्यको भानमा । दुनियाँ हरे ! उस्तै छ सधैं बहिरो कानमा । नबुझने भन्छ बुझने को राजा संसारभरको मै । बोक्रोमा पुग्छ दुनियाँ फेरि त्यसैलाई भन्छ गुदीको ढेरी अँधेरा आँखा भै । निर्मोही हुँदा दुनियाँ रुन्छ आखिर जागा भै । (७) छदैछ भारत स्वर्गझै सुन्दर ज्ञान र गुणहरूको मन्दिर मानवजगत्मा । तैपनि छोड्छ आँखाले छवि तैपनि हुन्छन् अँध्यारा रवि तैपनि सत्य फुस्रेर जान्छ तैपनि ज्ञानलाई कालले खान्छ तैपनि आत्मा असत्मा जान्छ स्वदेशी रगतमा । ईश्वरको ऐन अनौठो रैछ सत्यको मुहार झल्काउनलाई भारतको भगतमा । स्वर्गको झल्का पठाउनलाई ब्यूँझिने बखतमा। (८) यस बेला थियो अनौठा चाला टुक्रा र टुक्रा भारतमा बल्ने ईर्ष्या र द्वेषका पाँच-रङ्गी ज्वाला मायाकी काली बोक्सीले बाल्ने यशको ठूलो पीपलमुनि अँधेरी-उज्याला । यो पाञ्चभौतिक शरीरका रङ्ग ज्वालाका जिभ्रा अनौठा चाली कलेजा पोल्ने, मुटु है पोल्ने बोक्सीका दियाला । त्यसैलाई भन्थे यस बेला राजा प्रताप-बल ज्वाला । (९) भारतको शक्ति मिलेको थेन सागरको नदीमा । खोला र नाला कुला र नहर थिए आफ्ना गतिमा । नाशको मरु ताकेर हिँड्थे सुक्नलाई बीचैमा । तिनलाई यौटै मिलाउने थेन ऐक्यको खोचैमा । (१०) पयो र पयो हात्तीलाई बाँध्छन् । ऐक्यमा तारा गगनमा नाच्छन् मिलनको डोरीमा । (११) विश्व छ अणु-अणुको घर जरामा मिली हाँगाको पर एकतालाई पाएर भर जीवन वृक्ष चढेर फुल्छ ऐक्यको डोरीमा । (१२) एकको शासन संसार धाई पहाड-बन-सागर छाई एकको किरणमा । मुनालाई तारा, तारालाई मुना विशाललाई चरा, चरालाई विशाल प्रेमको मरणमा । (१३) विरोधभित्र मधुर-साम्य एकको शरणमा । संसार सारा स्वर्गमा उड्छ एकको चरणमा । (१४) एकको विस्तार, एकको रङ्ग अनेक बनेको, संसार देखें एकको शासन जीवन मरणमा । (१५) तर ती युगका अँधेरी आँखा देख्दैनन् त्यो टूना । जो ताराभित्र भ्रातृत्व झल्काई देखाउँछ नमूना । हाँगा है हाल्यो वृक्षले ठूलो ठूला र सानामा । पक्षी है आए अनेक देशी रङ्गमा नानामा । तैपनि यौटै स्वदेशी रङ्ग गानामा, पानामा । मानिस हरे ! देख्दैन केही गर्वको तानामा । (१६) विश्वको ऐक्य बुझने जो जाति तारामैं होला अँधेरी राती अरूलाई आँधी छ। ऐक्यको सुन्दर महिमा देखें हृदयपत्र रङ्गाई लेखें भन्नु नै ज्यादी छ । (१७) लहर खेले नालामा हेर वाग्मती जलमा । हजारतिर सिलि र मिली मानो छ तिनमा झिलि र मिली चञ्चल पलमा । तर ती खोज्छन् सागरको बाटो त्यो कलकलमा । एकै नै दिलको ध्वनि छ सारा ती जल जलमा । सबैको बाटो यौटै नै जानी सुन्दर रेखा जीवनका तानी धूलो र मैलो चालले छानी होऊ हे भाइ ! कर्ममा ज्ञानी संसारको थलमा । यो यौटा मधुर दिलको ऐना आँखाको जलमा । (१८) हामी हुँ नशा, हामी हुँ अङ्गा शरीर यौटैमा । दुई दिशा फर्की हेर्ने जो आँखा देख्दछन् यौटै चीज है आखिर एकको बोटैमा। यौटै नै फूल, यौटै नै गन्ध जीवनको बोटैमा । भारतको मुटु यौटै छ भाइ भन्नलाई बसिन् शारदा मेरी छन्दको ओठैमा। (१९) भन्न त भने धेरैले अघि कानले सुनेथे । "हो हो” मा सारा बिर्सेर शिर हल्लिदै गुमेथे । हजार साधु आत्माले रोई पयरमा चुमेथे । तैपनि हरे । नदेखी भरे आत्माले अनेक विरोध गरे भारतको आँशु पीरामै झरे अज्ञानका हुरीमा । सुन्ने जो दिल हो हेर्ने जो जल हो गर्ने जो पल हो सत्यको ध्वनि लैजान्छ भनी लेख्दछु धुरीमा । (२०) भारतको फूटमा सत्यको टूटमा वैरी है वैरिन्छन् आफूलाई सच्चा नहुने कच्चा भारतका बच्चा लाई दु:ख धुरिन्छन् । गर्व र ज्ञान चाचा हुन् जान भारतको आत्मा यौटै छ भाइ हामी छौँ सारा त्यसैका लागि मपाईंको खाकमा सत्यको धाकमा हाम्रो छ जीवन । म ठूलो भन्ने संसार मेरो भनेर गुन्ने नगर भाइ ! म आफ्नो लागि कसैले नभन । "अतीतको आत्मा छन्दमा बोल्छ सबैले यो सुन । भाइ र भाइ पराई बन्दा जल्नेछ गगन ।" (२१) तर यो काल वक छ चाल फूट र वैरमा । स्वार्थका खालि पूजाका थाली व्यक्तिका पयरमा । आफैलाई संसार आफैलाई स्वर्ग मतलबको शैरमा । तिमी र ममा एक तत्त्व छैन भारत गैहमा। (२२) टुटेको चाला फुटेको प्याला देखेर भारतको । आँखाले काला लोभका ज्वाला दुश्मनका दल हेर्दथे तल फूटमा लुट देखेर प्यारो काकका आँखा गिद्धका आँखा चनाखा पारी भारतमा भारी आँखाले स्वारथको । पश्चिम पहाडहरूका द्वारमा असत्‌मा आफैं लुटिने आत्मा देखेर भारतको। (२३) तर ती राजा विलासमा थिए मदिरा मीठा गिलासमा थिए कामिनी काञ्चनाऽभिलाषमा थिए अँधेरी मजामा । वैर र गर्व नाशका रेखा लेख्दथे तिनका टुटेका तनका विचित्र धुजामा । (२४) तिनलाई थियो मूर्खको धाक अँधेरी फूर्ति फुलेको नाक कामका ज्वालामा । मै विश्वजेता भनेर हिँड्थे अज्ञानका चालामा। आफैंमा लड्थे आपसमा छाती रोपेर भालामा । मपाईंको सेखी कलिलैदेखि तिनलाई राख्थ्यो छटू र धूतार- हरूको तालमा । के के न छौँका अँधेरी रौशका फिलि र मिली महल बीचमा साङ्ग्राका चालमा । गर्वको कालो तिलकलाई कलिका भालमा । (२५) एक जना थिए तिनका बीचमा औतार उज्याला । विष्णुका मूर्ति वीरका फूर्ति रूपका सुन्दर गुणका मन्दिर उपमा अकेला । तिनको नाम तिनको काम भारतका प्यारा उज्याला आत्मा .. ताराझैँ हाम्रा अँधेरी रातमा रुलाउँछन् यस वेला । झिना यी तारमा छातीका भरमा आँशुका बोलमा भारतका मोलमा गाउँछ भन्छ हृदय आज मूर्ख छु भन्ने छोडेर लाज सम्केर प्यारा पृथिवीराज रातको यो वेला । सुन्नुहोस् सज्जन हृदय मञ्जन गरेर मेरो गीतको खोला भिजाई परेला । सुन्दरको ध्वनि आएर गम्कोस् अमृतको किरण लहरमा छम्कोस् झ्याउरे भनी हृदयलाई नगर्नोस् है हेला। तृतीय सर्ग (१) संसारका यौटै राजा छन् भन्ने हिन्दूको भावना । एकै छ ऐन एकै छ नैन एकै छ स्वर्ग सबैको चैन एकै यो शरीर बल्नेछ मैन भन्नेछ सपना । विष्णुको अंश दुष्टको कंस मार्नलाई आउँछन्, उत्रेर यहाँ भन्ने छ जपना । न्यायको मूर्ति ब्रह्मको कृति सत्यको जति भनेर हामी भावना गछौं सपना जपना । (२) एकै छ नीति एकै छ थिति संसारको रीति न्याय र सत्य धर्ममा अड्छ विश्वको दरबार । चाहन्छौँ हामी न्यायका नामी सत्यका स्वामी राख्नलाई घरबार । (३) धर्मको हामी चाहन्छौँ कल्झल् नबिरिने तरबार । धर्ममा हामी चाहन्छौँ सुन्दर दया र दानको सार । ताराका चन्द्र द्यौताका इन्द्र भक्तिका केन्द्र क्षत्रिय वीरमा गौरव राख्ने ईश्वरको अवतार। (४) विश्वको थिति देखेर हाम्रा ऋषिले राम्रा विचारले बनाए । यो थिति रीति सनातन गीति । प्रजा हुन् छोरा राजा हुन् बाबु प्रीतिको आडमा रहेका प्रजा विषयलाई कर्मको बलले सच्चाको दिलले सबैको भलाइ निम्तिमा ज्यान दिएर सब जिती। शास्त्रका पाका महका चाका मौरीझैँ रैती फूल फूलमा उड्ने जो मधु बटुल्न । प्रकृतिबाट टिपेर सार दिशामा फिँजी कर्ममा चार इनाम लिन कुसुमका सार गुणको पारख गरेर लगी घरमा सँगाल्न। (५) यो थितिरीति सनातन गीति जो अड्छ लिई तत्त्वमा प्रीति ब्रह्माले वेदमा बताउनुभयो समाज समाल्न । यै रीतिथिति सक्दछ हिन्दू हृदय पगाल्न । (६) राजा हुन् खालि गोठाला जस्ता प्रजाका निम्तिमा । दिन र दिन र प्रतिक्षण भलाइको निम्ति होशमा बस्ने पाइला गिन्तीमा हृदयबाट सुनेर हेर्ने प्रजाका बिन्तीमा। नीतिको काँट धनको बाँट समाजको छाँट मिलाई राज्ने प्रजाको प्रेमको सुनको गादीमा। (७) आफूलाई भुली प्रजामा मिली पुयाउने चूली स्वार्थले रहित धनका बीचमा सुनझैँ चाँदीमा । सत्कर्म यशका पखेटा लगाई जो उड्छन् स्वर्गमा । न्याय नै राख्ने तराजु तौली प्रजाका वर्गमा । (८) मिलाई काँट मिलाई ठाँट ताराझैँ चमचम पारेर ज्योति आत्माको निकाली, प्रजालाई बाली सत्कर्म पथी लहरे स्वर्गमा । (९) न्यायका सुन्दर चालमा चल्ने र कल्पनाहरू फुलेझै फुल्ने प्रजाका लागिमा । सपथ तेजी ज्योतिले बल्ने नीतिका काँटमा सब अराउ चल्ने दुष्टको दिल देख्दैमा जल्ने स्वर्गका चीज वचनमा फल्ने प्रजाका मागमा । (१०) न धेरै दुर्बल दयाले खालि न धेरै नीति बाङ्गोमा जाली सत्यको चतुर कलाको चाल दुष्टको जाल जस्तो है पारी प्रतिभाबाट सहज निकाली। साराका दिलको केन्द्रको कमल प्रकृत बास्ना मधुर लिने सबैको जीवन प्रीतिले छुने अनेकभित्र यौटाझै हुने सबलाई उचाली। (११) विद्याको प्रेमी, साधुको दाता प्रजाको सधैं पिता र माता रामराज गरेर । पृथिवीलाई उज्यालो पारी न बल धन दिएर भारी नमर्ने मरेर । आखिर बस्ने युग र युगलाई प्रजाको दिलको सिंहासनभित्र ज्योतिले भरेर । (१२) बोलाउँछौँ हामी सद्धर्म थामी रामराजा जगत्मा। हे प्रभु हर ! लौ अब तर ज्योतिले भर सब हाम्रो घर दयाले भगत्मा । अँधेरी हर सद्धर्म भर न्यायको राज्य प्रीतिले भर आदर्श कर्महरूले भरी जीवन जगत्मा। (१३) हनुमान् रौझैँ राम राममा रहूँ भक्तिले चाली गिर्खा र दाना स्पन्दने रगतमा । यै हाम्रो आवाज उठ्दो छ सधैं स्वर्गको समीपमा । आशाको ज्वाला बलेको जीवन नामको प्रदीपमा । (१४) धर्मका जाति आर्यका ताँती संसारका मुहार हेरेर भन्छौँ विष्णु नै राजा छन् । राजा त आए राजा त गए राजाका अमर विष्णुका अंश सधैंका ताजा छन् । (१५) सधैंको बैंस सधैंको ऐश विश्वका श्री नै उनका निम्ति स्वर्ग र पृथ्वी दुवैमा हेर जीवनको साजा छन् । (१६) तारा ती उनका स्वर्गका धनका हीरा र मोती लहरे फन्का मेघका बाजा छन् । (१७) हामीलाई थोरै चाहना हिन्दू दिनको घाम, रातको इन्दु भोकलाई खाजा एक मुट्ठी दाना दिनलाई उनै न्यायका सिन्धु जीवनलाई हाम्रा प्रेमका बन्धु एक धरो धोती भक्तिको भोगी दुई आँखा दानामा । (१८) ऋषिको रीति सनातन थिति धर्मको गीति शुद्धमा चोखो दाना र पानी सालका पातमा। (१९) पानी हो हाम्रो हिन्दूको माग चाहन्छौं खालि दयाको भाग सत्य र न्याय रहेको देशमा बाहुन र गाईलाई नदुःख दिने नराख्ने भेद भाइ र भाइमा ठूला र सानामा । (२०) नैसर्गिक बुद्धि ऋषिको शुद्धि पाउनेले यै देखे । विश्वको थिति-नीतिका रेखा पाएर यो लेखे । प्रकृत समाज प्रकृत शासन ऋषिले यो देखे । प्रथम तत्त्वहरूमा अड्ने एकमा अनेके । (२१) यो शासन चल्छ है त्यहाँसम्म जहाँतक न्याय छ। जहाँतक सच्चा दिलको राजा प्रजाहित प्राय छ । ज हाँतक सत्य मिचेर मार्ने उपाय हुँदैन । जहाँतक चौडा जवाफदेही शुन्यले लिँदैन । मानिसको आत्मा मार्नलाई खोज्ने भावले छुदैन । विश्वमा नीति-न्याय छ असीम भनेर त्रास नराख्ने आत्मा संसारमा हुँदैन । जबतक आफै स्वर्गको राजा राजाले भनेर । सत्यको चौडा जगतै छाडी बढाउँदैन अन्याय बाढी हृदय छिनेर । (२२) हामी ता देख्छौँ राज्यको विस्तार चौडाइमा सत्यको । जतिको विश्व छ अन्तर्गत तत्त्वमा नित्यको । जतिको प्राणी प्रेम र हित शासनमा अन्तर्गत । त्यत्तिकै हुन्छ जीवनको दावा जातिको जगमा सत् । (२३) धर्मको नाममा समर्थन नाशको समर हुन् हाम्रा धर्मका आशको सत्यका दावामा । जीवन उठ्छ नश्वर छाडी सत्यको कामले ईश्वरको नामले धर्मका धावामा । आँधी छन् सारा सुन्दरको तौल मिलाउने हावामा । भूकम्प पनि मिलाउँछ तह सत्यको दावामा। (२४) सत्यको काँट जीवनमा राख्ने जाति छ जिउने । धर्मको वैरी लाग्दछ वैरी ओरालो नहुने । (२५) सत्यमा अड्ने धर्मले लग्छन् हिमालका सुनचूली । न्याय र नीतिविनाका जाति हुनेछ आखिर अँधेरी राति निस्सार औ धूली । (२६) तर त्यो काँट राख्नमा जान्ने राजा छन् थोरै नै । धर्मको नाममा उठेको देख्छौँ असत्को सोरै नै । ईश्वरको कृपा पाएका जाति पाउँछन् राजा धर्मका जाति नत्र छ मेरै नै । विश्वको गोलगोल सत्यको मोलतोल पाएका जाति फैलेर उठ्छन् भएर शेरै नै । (२७) यो थितिरीति सनातन नीति जान्नेमा अकेला । पृथिवीराज चौहान थिए भारतको त्यस वेला। (२८) जब ती अरू राजाका नामका राहु कामका । मेरै नै भन्ने मपाईंभित्र इन्द्रिय कमारा । बटुली बस्थे फूटाको धन, देखावट कीर्ति मिथ्याको फूर्ति अँधेरी बत्ती बालेर कालो पुग्नलाई गगन । (२९) यो तत्त्व दिव्य बुझने ती यौटा भारतका थिए जन्मेका द्यौता तर हा ! उनलाई मानेर सौता फूटाले गर्थे डाहाड, रीस पाएर दहन । जयचन्द राजा दुष्टका दिलले । सकेन सहन । (३०) भो: तिनलाई धेरैले भन्छन् ज्यादै नै नभन । ती थिए खालि मायाका चाली असत्लाई सत्य मान्ने है जाली अज्ञानभित्र अहंमान राख्ने मूर्खका भवन । (३१) यो कथा हाम्रो भारतको राम्रो ईर्ष्या र द्वेष छाडेर सारा आँशुको नजर लिएर प्यारा ! तौलेर सत्य नित्यको चारा लिनु है पोषण । (३२) अरू हुन् खालि मूर्खका माली पृथिवीराज अवतार थिए हिन्दूका भूषण । इतिहासबाट सत्यको थुन दुहुनी कन दुहुँदा हामी चौडा हुँ प्यारा ! नराखी दूषण । चतुर्थ सर्ग (१) संसारभरका वीरमा हामी रजपूत भन्दछौं । रजपूतभरमा चौहानहरू रत्नमा गन्दछौं । पराक्रम यिनको पृथिवीभन्दा गुजेर उठ्दछ । कीर्ति है यिनको सुनौला भई संसारभरका शिखरका शिखर सुहाई चढ्दछ । यिनैमा थिए पहिला कवि विद्याका भूषण । विशालदेव चौहान नामका समरजेता प्रतापी कामका विग्रहराज भन्दछन् कोही विद्वान्काह भारी राजामा गुणी विगत दूषण । (२) संभरका गजा तूर्कलाई जिती म्लेच्छको पुर्‍याई त्यस बेला मिति आर्यकी भूमि भारतलाई बनाई गर्दथे शासन डिल्लीका जेता कीर्तिका पोषण । शताब्द बाह्रौँ आधाको नेर नडोल, जालोर, पालीलाई जिती हिमालदेखि विन्ध्याका पर्वत गर्दथे शासन सुन्दर थिति। धनका घोषण । अजमेरमा उनले पाठशाला खोले भविष्यसँग शिलामा बोले कविको कीर्ति विजय भन्दा अमर मोलको जानेर मोले सुन्दरको पोषण । भारतलाई भारत बनाई छाडी विद्या र यश, ज्ञानको बाढी बढाउँला भनेर । सोमेश्वर आदि कविका रत्न सभामा राखी वसन्त डाकी आर्यको फेरि उद्धार गर्ने फल्दो र फुल्दो भारत वर्ने जीवन बनेर । हामीलाई राखी धन्य र आँशु भारत-सच्चा भावका प्यासी छोडेर गए ती अविनाशी स्वर्गको निम्ता द्यौताको मुखको आखिर सुनेर । (३) हा ! कठैबरा म्लेच्छले तिनका पाठशाला उजाड़े । इस्लामको तरबार लिएर आउने आत्माका गन्धा म्लेच्छले अन्धा सभ्यतालाई राख्ने त्यो दरबार विद्याको उखाडे । आँशुले रुन्छौँ भारत जाति विशाल हानि देखेर राति आजको अँधेरमा । हा ! कठैबरा ! ती हाम्रा चरा कीर्तिको नीदमा: हृदयभित्र एक आँशु थोपा दिएर रुंदा होलान् त्यो खंडहरमा । (४) जब है देख्यो बनाउने भारत निर्माणको भावना । आर्यको सुन्दर सभ्यता पोस्ने आर्यका भूमि आर्यकै भूमि बनाउनलाई कम्मर कस्ने वीरको तिर्सना । कहाँका कहाँका भुल्भुले आँशु आउँछन् हरि ! आकाशबाट छातीमा बर्सन । नरोई हरे ! न ठण्डा हुने छातीमा रुँरूँ लागेर छुने लाग्दछन् के के नजानी झन्का भावले पर्शन । वीरको कीर्ति, अमरको फूर्ति गराउँछ कहाँ भावको जगत् भारतको दर्शन । (५) उचाल भन्ने, बढाऊँ भन्ने विजयाऽभिलाषा । भारतको निम्ति मर्न पाऊँ भन्ने अर्पनको यो आशा । दुई दाना आँशु भए नै पनि भिजाउन मन लाग्ने । भारतको बागमा कुसुम यौटा स्वर्गको किरण पठाउने द्यौता सँगमा गै माग्ने । सुन र हीरा फलाऊँ भन्ने मालीको यो आशा । सधैंको भुलभुल सधैंको जलजल पाउँदैन क्यै भाषा । (५) विशालदेव बस्दछन् काही भारतका दिलमा । कहिले-कहिले उठेर बोल्छन् स्वर्पङ्के पलमा । साना र तिना कुराका बन्धन स्वर्गको ज्योति खोज्ने यी हकमा पग्लिन्छ जलमा । म उड्न पाइन, म खोज्न पाइन म डुब्न पाइन, मैले क्यै ल्याइन भन्ने यी प्रकृत विषाद उठ्छन् सबका भावमा । मिथ्याको वजन गहुको हुन्छ सत्यले छुने जब दिल रुन्छ भारतको भित्री बिजुली लाग्ने जिउँदो क्षणमा। (७) अनलदेवका तीन छोरा थिए अग्निका अंशका । दुइटा जुहार पराक्रमवाला चौहान वंशका । जेठाको नाम हो जगदेव माहिला विशालदेव सोमेश्वर नाम साहिंलाको थियो कीर्तिका मधुका । राज्यको लोलुप त्यो जगदेवले पितृलाई मारेर, लिएको गादी खोसेर लिने हत्यारो झारेर, विशालदेव पराक्रमवाला यशका रथमा । जब ती गए स्वर्गको बाटो देवका पथमा । उनका छोरा अमर नामका गाङ्गेय वसेथे, सारै नै सानो बालक मानो जानेर शासन चलाउने बने पृथ्वीराज नामका । जगदेव पुत्र चतुर निकै सकल काजकामका । उनैले लिए आखिरमा गादी निर्धालाई खसाली। उनको मृत्युपछिको कीर्ति सोमेश्वर-उज्याली । डिल्ली र अजमेर दुवैका राजा तोमर चौहान वंशका साजा सोमेश्वर प्रतापी । उनका शेष सबैमा बेस कीर्तिले छाउने सकल देश रजपूत वीरका सुगन्धी कुसुम जोशका खूब रापी । पृथिवीराज चौहान भए समरप्रेमी विजेता थिए भारतका सुपुत्र । संसारभरमा प्रीतिको स्वरमा उनको कीर्ति घर र घरमा आँखा र आँखा वर र परमा पारेर सुनाऊँ भनेर लेख्छु चरित्र विचित्र । सुन्नुहोस् सज्जन । हृदय मजन गरेर पवित्र । पञ्चम सर्ग (१) पछिको बान्की रूखले लिन्छ सानैमा छाँटमा । जस्तो छ बीज उस्तै छ रूख फल र फूल गन्ध र मुख मानिस बढ्छ पराक्रमवाला कलिलै भित्र देखाई चाला वीरले ठाँटमा । दिनको प्रधान लक्षण खुल्छ बिहानको छाँटमा । सानै नै देखिन् हुन्छ है शेर पछिको महापुरुष वीर गुणका काँटमा । पहिलेदेखिन् बाघका बच्चा हात्तीका आँटमा । बालकैदेखिन् पृथिवीराज साहै नै राम्रा साहै नै मीठा बोलिका ढीटा, आँखाका छीटा नीतिका काँटमा । पछिको बान्की रूखले लिन्छ । सानैमा छाँटमा । कलिलै हुँदा देखाउँछ चाला वीरले ठाँटमा । धाईले उनलाई सुनाउँथिन् कथा अघिका वीरको । भारतलाई उद्धार गर्ने दशामा पीरको । कसरी काली नाचेर उड्थिन् झलझले तरबार ली, आँखामा ज्वाला लगाई माला म्लेच्छका शिरको । कसरी उनको त्यो लाल जिभ्रो रगतको खोलामा । पिएर पानी दुश्मन हानी वीरको चोलामा । भर्दथ्यो जोश भर्दथ्यो यश कष्टको बेलामा । कसरी उनका पुरुखाहरू आगोझैँ बलेर । भारतका लागि स्वर्गमा गए दुश्मन दलेर । कसरी ब्राह्मण गाईको रक्षा बाहुका बलले । गर्दथे तिनी आर्यका आत्मा अन्न र जलले । कसरी उल्टो लागेर दुश्मन मर्दथ्यो छलले । (३) कातरको नाममा यौटा नै थियो कन्नौजको अभागी । त्यो राज्यपाल नामको राजा घरको सिंह, वनको स्याल लूसे र मूसे स्यालसिङको दाँजा भारतको सब दागी । महम्मद नामको गज्नीको राजा आउँदा लिई म्लेच्छको फौज धसिङ्गर सुँघे डरलाग्दा सारा थरथर पारी दरबारका तारा अजमेर चढायो । रजपूतको श्रीपेच पामर वीरले म्लेच्छको पाउ छोएर शिरले महँला भन्ने काँतरको पीरले धूलीमा गढायो । चन्डेलका राजा गन्डमा रीसले आगो नै जलायो । कसरी अनि रजपूत मारी गन्डाका पुत्र विद्याधरनामा वीरको महान् नायकतामा कछुवा राजा ग्वालियर साथमा रजपूत इज्जत राख्नको लडाई रीसमा पलायो । ग्वालियर राज अर्जुनले अनि कसरी त्यसको शिर नै छिनी कातरपन हरायो ! (४) यस्तै यी कथा वीरका ज्यथा पुराना कालका वीरका चालका धाईले सुनाउँथिन् । अनि ती साना सिंहका बच्चा भारतका पुत्रहरूमा सच्चा काखमा खेलाउँथिन् । वीरका बच्चा रउँ र रौंमा बजेर सुन्दथे । आफ्नो त्यो कुलको पराक्रम फूलको सुवास सुँघ्दथे । अनि ती मनमा सपना उब्जाई भारत उद्धार प्रताप सधैं फिजाउन गुन्दथे । (५) उनीलाई थियो सधैंको खोजी बालककालमा । वीरको कथा, भारतको ज्यथा अमरका चालमा । आँखामा बल्थे अनौठा ज्वाला छन्दका तालमा । जब ली वीणा कविले गाउँथे आँखामा आँशु, छातीमा धड्का वियोगमा मधुर । प्रतापमा प्रखर सुन्दरमा कोमल मिलाई सब स्वर । नशामा बज्ने प्रकृत ध्वनि बजाउने तारमा । त्यो अनुवादन लिएका आत्मा कविका पारमा । भविष्यलाई सपना बुन्थे सुनेका सारमा । (६) बीचबीचमा उनी कविका ध्वनि घुसेर दिलमा । मधुर छन्द बनाउँथे पनि एकान्त थलमा । चौहान वंश शारदा अंश पाएर जन्मेथ्यो । कविको दिल वीरको बल कीर्तिको प्यास स्वर्गको आश पाएर जन्मेथ्यो । ती मधुर नशा यिनमा चढ्थे सुन्दरका छन्दमा । सपना जस्ता कविता चढ्ने नलेख्ने बन्दमा । कहिलेकहीँ फुर्सदमा भर्थे सपना छन्दमा । चौहान वीरको प्रतिभा धीरको समर छाडी शान्तिमा पनि अम्लान गन्धमा । (७) सानैमा उनी शिकार खेल्थे शरका चतुर । बाघका बच्चा, उमेरमा कच्चा एक्लै नै पनि शिकारमा सच्चा एकदम रहर । गजबले तान्थे नबिराई हान्थे वीरका धनुष । सबैले भन्थे यी पछि हुन्छन् । गजबका पुरुष । (८) विद्यामा पनि चाँडै नै धनी बनेर बढेर । खुशाउँथे यिनी राजालाई पनि कविता पढेर । स्वरका मीठा चालका छीटा। बुद्धिका ढिटा पढ्दथे गढेर । शिखरमा पुग्ने आशाले सधैं पहाड चढेर। (९) त्यो वेला थियो वीरको तालीम बहुतै विचित्र । विद्वान्का सँगमा राख्दथे बालक भावलाई पवित्र । सुनाउँथे कथा पुर्खौली कथा वीरका चरित्र। लड्न र भिड्न सानै नै देखि परीक्षा गरेर । शिशुको तालीम विचित्र हुन्थ्यो जोशले भरेर । (१०) धनु र काँढमा यी पहिला थिए गुरुका तालीममा । दाउ र पेच अनेक जान्ने लगाउन जालीममा । गदाको युद्ध, चक्रको युद्ध सबैमा सिपालु । त्यसउपर यिनी थिएनन् कहिले स्वभावका ढिपालु । ब्राह्मण साधुहरूमा थिए सधैंका दयालु । (११) परीक्षाक्षेत्र अनेकमा यिनको कदर ठूलो भो । एकसे एक वीरको पनि सेखी नै धूलो भो । जब यी जवान भएर बढे । कसैले जितेन । एक न एक चमत्कार नभै दिन नै बितेन । (१२) आँखाका ठूला, भावका विपुल व्यूढ छन् उरका । सुन्दरमा सारा मिलेको डाल छैनन् है कुनै उनका दाँजा अजमेर पुरका । मोहोडा थियो पुष्ट र चौडा देख्दैमा वीरको । बनोट उनको गठिलो थियो बुद्धिका शिरको । नाकको बान्की फुकेको तल जंघा नै भयङ्कर, चिउँडो चौडा, खाने मुख सानो तर छ मिलेको । चन्दनका रेखा भालमा तीन अत्यन्त खुलेको । शिरपोस केही ढल्काई लाउँथे निधार ऊँचामा । त्यो वीर बान्की, त्यो उनको मुहार आउन्न हरे ! हामी साना कविका कुचामा । (१३) अग्ला र गोरा वीरका छोरा कदका गठिला । न धेरै बोल्ने, न धेरै चल्ने सत्यका हठिला । उनलाई देख्दै दुष्टको मन पापले काँप्दछ । मनुष्यलाई देख्दैमा उनको बुद्धिले नाप्दछ । (१४) हातमा धनु पीठमा ठोक्रो पार्श्वमा तरबार । माछाको आँखा प्वाल पार्ने वीर भन्दथ्यो दरबार। (१५) अनङ्गपाल राजाले उनलाई दरबारमा बोलाउँथे । यो मेरो नाति क्या राम्रो जाती भनेर बोलाउँथे। (१६) बिहाको कुरा अनेक चल्यो देखेर वीरता । म्लेच्छको राज्य निभाउने काम कामिमी काञ्चन ह्वैन है धाम मेरो त वीर राजपूत नाम भनेर हाँसी हँस्सीमा सारा उडाउँथे धीरता । उनको यश फैलेर गयो भारत भूमिमा । गुणका मन्दिर, वीरका सुन्दर पृथ्वीका इन्दर- सरि छन् भन्ने सुवास फैल्यो स्वर्गका भूमिमा । त्यस्ता पो वीर त्यस्ता पो धीर भन्दथे सबै चरित्र-चित्री हृदय भूमिमा । अरूको कीर्ति वैलिँदै गयो प्रात:का सूर्य अघिका चन्द्र सरिका भए अरूका इन्द्र भारत भूमिमा । षष्ठम सर्ग (१) कोही छन् यहाँ प्रकृत वीर ईश्वरले चुनेका। . कोही छन् खालि गर्वका धुरी मपाईका दर्शन, घमण्ड पुरी देखाउन खोज्ने चुरी र फुरी कीर्तिले बुनेका। (२) ती भन्छन् खप्ने यशको बाली घरैमा फल्दछ । छिमेकी धुरी भन्दा भै उँचा धुरीमा फुल्दछ । देखाउनुभन्दा संसारमा आर्को क्यै छैन तिनलाई। निष्काम कर्म सत्यको मर्म वीरको धर्म गर्वको शर्म नबुझने यिनलाई । आफ्नै यी संसार सुनको दरबार आफ्नै हो सारा नाशको तरबार आफै हुँ ईश्वर आफै हुँ संसार भनेर भुलाई । मायाले गर्छ अनौठा टूना मूर्खता बनाई झन् कस्तो दूना छक लाग्छ मलाई । (३) अहङ्कार जस्तो क्यै खराब छैन संसार जित्नु गर्वमा छैन वीरता हुन्छन् सत्यमा मैन ईश्वरका नियममा । लडाइँ होइन सत्यको बाटो सत्यको आह्वान पाएर लड्नु जीवन-मरणमा । कीर्तिका कुसुम फुल्दछन् खालि धर्मका शरणमा । (४) अनन्त ऐन खोलेर नैन हेर्नेले देख्यो अरूले ह्वैन यशको गजूर सत्यमा उठ्ने ईश्वरको चरणमा । कीर्तिको प्यास प्रसिद्धि आश रगत पोख्दछन् । देवले पछि सत्यको काँटमा कर्म ती जोख्दछन् । धूलो र मैलो बनेछ वीर अहङ्कार उज्यालो । कीर्तिको पथ जान है सब चढेको उकालो । सत्यको भावमा वीरको मुटु बाल्दछ दियालो । अँधेरा तर अज्ञानका आँखा यी तत्त्व देख्दैनन् । हृदयभित्र सत्यका अक्षर भावमा लेख्दैनन् । त्यसैको काँट त्यसैको छाँट त्यसैको मपाईंको परिपाठ गरेर बस्दछन् । अँधेरी कीर्ति मिथ्याको फूर्ति बढाई सारा मुटुमा धर्ती विषले डस्दछन् । (६) मूर्खमा गजूर आफैंका हजुर रङ्गीन पल फिँजाउने मुजुर रक्तका वर्षामा । छन् सारा हाम्रा विजय चन्द्र विश्वास जसको बस्दछ खालि भाला र बर्खामा । पुरुषा नामले मपाईंको पोषण गर्नको ईर्ष्यामा । पहाडभन्दा घमण्डी थिए रजपूतभरका मखण्डी थिए एकलो अहम्मा । हठका राजा यशका गाँजा | पिएका गरममा । अरूलाई उनी मान्दैनन् पनि नगन्ने थिए गुणका धनी फुसाका गणनमा । मै विष्णु भन्ने अहंमान थियो उनको मनमा । सुन्दथे आफ्नै कीर्तिका गाना दशाका दिनमा। फुस्लाउनेलाई सुनका थैला उदार दिनमा । सच्चाको मुखलाई फॅक्दथे मैला रीसको क्षणमा । (८) यशको लालस लाल भई उठ्दा हृदय मर्दछ । भाइको फूट, कीर्तिको टूट सब छूट गर्दछ । मदिरा जस्तो कीर्तिको प्यास गरमले चढ्दछ । साना र तिना कुरामा पनि रीस ईर्ष्या बढ्दछ । दिन र दिन अधम बनी झन् तल गड्दछ । (९) मूर्खलाई हामी आँशुले हेछौँ अज्ञानमा फुलेको । मिथ्याको शरण प्रसिद्धि लोभले नाशमा चलेको । हामीलाई लाग्छ अनन्त माया मायाको पर्दा राजामा छाया बरा ! ती जयचन्द । असल थियो कीर्तिको प्यास सत्यमा लागे भारतका आँशु वीरको जो हो हृदयवास तर यी थिए मन्द । बुद्धिका मोटा, कर्मका खोटा सङ्कुचित मति हठमा छोटा यी राजा जयचन्द । उनलाई थियो देखाउनु खालि पिट्नु नै आफ्नो तुरही झयाली भाइमा भाव राखेर जाली फटाको मीठो छन्द । दिएनन् बरा ! ईश्वरले तर भारतलाई उज्याल्ने वर माटाको बिर्को लागेर तर बुद्धि नै भयो बन्द । (१०) दिन दिन यिनी साङ्ग्राका मणि बन्नको इच्छा भै अधिपति ईर्ष्या नै सँगाल्थे । साना र तिना कुरामा पनि रीस नै निकाल्थे। (११) अरूको देखासिकीमा यिनी भारतका अधिराज । बन्न नै खोज्थे दिन र रात सब राजाहरू माझ । शिँगारूँ भन्ने यिनमा थियो कन्नौज कुलको ताज । मूर्खका तर यी शिरोमणि मिथ्याको सज्थे साज । म्लेच्छको अघि देखाउने बल देखाई भाइको माझ । (१२) पृथिवीराजको देखेर फूर्ति बयान हुँदो वीरको मूर्ति कलेजा जलेर । त्यसलाई यौटा दबाउन पाए अरू त मेरा पयर भै आए भन्दथे यिनी आर्यको प्रेम आर्यले भुलेर । बस्दथे सधैं यिनका निन्दा गर्नेसाथ फुलेर । (१३) आश्वमेध गर्ने इच्छा छ यिनको भारतको यस्तो दशाका दिनको अरूलाई पयरमा । राखेर आफ्ना रजौटा राजा शानमा ठूलो भएर ताजा कन्नौज शहरमा । (१४) बलियालाई बलको शराब निर्धालाई कमजोरी ईश्वर दया नभई कहाँ आउँछ बुद्धि तेजीलाई पनि सत्य-रस निचोरी।। (१५) कन्नौजमा गर्थे यी जयचन्द शानको शासन । बारौटा राजा इच्छा छ उनको देखाउन सारा आँखामा जनको पयरका आसन । (१६) अरूले टेरे अरूले हेरे उनका इच्छामा । तर ती सिंह पृथिवीराज देवका कक्षामा । नटेरी बस्थे नहेरी बस्थे उनका शिक्षामा । (१७) झन् वैर बढयो झन् टाढा भए काक र हंस यी । भारतको भलाइ लागिमा थिए चौहानवंश ती । शासनको राज्य गर्नलाई खोज्ने प्रतापको बाटो मिथ्याको रोज्ने जयचन्द राजा आफूलाई देख्थे विष्णुका अंश ती। (१८) झन् वैर बढ्यो झन् गरम चढयो झन् ईर्ष्या गढ्यो, झन् दिल सड्यो जयचन्द राजामा । आखिर दुई दुश्मन भई पृथिवीराजको निन्दामा सही सभाका माझमा । गर्ने ती भए यशका प्यासा "सधैंको काजमा । हामी ता छैनौँ पृथ्वीराज जस्ता घमण्डी फुफुर ।" भनेर छेड अनेक गर्थे निन्दाले हुर्हुरे । खराब भावका शिशुमैं उनका उरमा छुर्छुरे । (१९) पृथिवीराज हाँसेर हिँड्थे बुझेर अँधरा । उनका वचन शरझैँ बिझी हितका वचन नबुझी बिझी रीस र ईर्ष्या पोख्दथे सधैं मूर्ख ती बिचरा । जयको चन्द्र हुनको इच्छा नभई उज्यालो । शिखरमा पुग्न सत्यको खोज्थे नचढी उकालो । सप्तम सर्ग (१) यो वैरदेखि यो फूटदेखि भारतको बारीमा । चनाखा आँखा म्लेच्छका थिए . उब्जनी भारीमा । (२) छुट्टेको मास चीलले लच्छ । देखिन्छ झम्टेको । कालले बूढो थलाको गोरु आदर्श बूढो भएर मरु बीचमा लेटेको । सडेको नसा कीराले खान्छ दुर्बलमा भेटेको । प्रकृति नियम यस्तै छ ज्ञानी कमजोर आँखा हाम्राले ध्यानी जगत्मा भेटेको। योग्य नै हुन्छ है अतिजीवी सत्यको योग्यता । नाशका फौज बढेर लिन्छन् सडल भोग्यता । (३) भारतमा जब सत्यको शासन ऐक्यमा रहन्थ्यो । भारतलाई हेरी म्लेच्छको शिर स्वभावले नुहुन्थ्यो । आदर्श ताजा स्वर्गकी धेनु प्रजाले दुहुन्थ्यो । प्रेमको गगन बीचमा शान्ति अमृतमा चुहुन्थ्यो । (४) भाइ है फुटे, गवाँरले लुटे ऐक्यमा टुटे, दुश्मन छुटे चिरिए आफू अरू नै जुटे नाशका सेनाले । दुर्बलको दशा हेरेर बस्छन् बेहोशीलाई आएर डस्छन् अरू भै गर्वी सबैलाई नास्छन् विश्वको यौटा ऐनको तत्त्व लेन र देनले । (५) जबतक भारत आफूमा सच्चा बस्दैनन् कुनै दुश्मनका बच्चा पर्दैन कुनै घमशान घच्चा लुट्दैनन् आई लोभी र लुच्चा डराई पन्छिन्छन् । तर जब नाता टूटमा हुन्छ तर जब भाइ फूटमा हुन्छ । भारत आकाश अँधेरो हुन्छ लुटेरा धुरिन्छन् । जब है हाम्रा सत्यका भाव झूटाले पुरिन्छन् । (६) शिहाउद्दिन गौरका राजा इस्लामी तरबारका । जोशिला थिए होशिला थिए पहाडी घरबारका । भारतको सुनको बालाको खेत देखेर लोभका । नजर तिनका विजय ताक्थे क्षेत्रमा शोभाका । (७) हिमालका छन् चाँदीका चूली बिहान साँझ सुन फुली अभेद्य किल्ला रजतको बली लहरमा पग्लेका । छन् नागबेली खोला र नाला । कलझल सँग्लेका । पन्नाको रङ्ग हरियो फैलाई सुनबाला फुलाउने । जङ्गलका छन् सिंहका शासन फलफूल फुलाउने । मैदान लामा सागरका छाती हरिया सागरका, हीरा र मोती घर र घरमा झरेझै झरकर आकाशबाट झल्केर बोलाउने । स्वर्गकी भूमि अमृत रसले हृदय पिलाउने । सुन्दरताकी भण्डार जस्ती हेर्दैमा भुलाउने । सुनौला गजुर उठेका शहर तटमा फिल्मिली । हीरा र मोती जडेको सुन सिंहासन स्वप्ना देखेर हेयो घोरीले टुल्टुली । (८) मशलादार बहने हवा शस्यमा श्यामल । लह र लह सुनका बाला मोती चाँवल । सुगन्ध भरी मग्मग गरी आत्माले खुसाउने । अन्न र दौलत, विद्याको देश देवलाई सुहाउने । सुँघेर गयो घोरीले भारत मगमग बास आउने । तीन तरफ जसलाई सागर छन् नीला रक्षणका घेरामा । विशाल संसार चल्दछ जसका विशाल फेरामा । सुनको मुजुर नाच्छ रे भन्थे हीराका आँखाले । भारतको राजदरबारभित्र खरका शाखाले । मोतीका झुम्का लाएका चरी रूखमा बोल्दछन् । साँझको तारा समानको हीरा लाएर शिरमा भारतका राजा बागमा डुल्दछन् । भनेर भन्थे अघि र अघि समचार ल्याउनेले । त्यो कत्रो स्वर्ग त्यो कत्रो शासन राज गर्न पाउनेले । (१०) विजय इच्छा चढेर आयो स्वर्गलाई देखेर । देव र परी अनेक थरी दौलतको सारा छेलो र खेलो भारतमा देखेर । गज्नी र घोरमा दु:खले बस्थे कमाइ कडामा । यहाँ त थियो जुहारत लाखौँ सुनको घडामा। (११) सपना देख्यो घोरीले रातमा भारत देखेर । घोडामा चढी सुनको छोडा श्रीपेच लगाई आलम भारत टापले टेकेर । बाइपङ्के हाँकमा, मदिरा प्याला लिएर पिएको । अल्लाको दयाबाट हो भन्यो सपना दिएको । (१२) नगोडे पनि लह र लह सुनको बालामा । अमृत सिर्का भारत भूमि फूटको चालामा । टुक्रा र टुक्रा भएको देख्यो भाइको वैरले । सुनौला मौका देखेर भन्यो विजय शैरले। यो भारतलाई इस्लामी तरबार उठाई लिउँला । भारतको प्याला सिंहासनमाथि बसेर पिउँला । (१३) त्यस बेलादेखि डिल्लीको शहर लिनको रहरमा । चिन्तामा बस्थ्यो तयारी गर्दै सकल प्रहरमा । विजय अश्वटापका भनी मोतीको खोलामा । सुनको सारा बालुवा देख्यो भारतको चोलामा । रूखमा देख्यो जुहारत फुल्ने शहरका सडकमा । मदिरा मीठो बहेको देख्यो राजाको भडक्मा । जन्नतका हुरी नाचेको देख्यो गालाले गुलाफी । (१४) बोलाई भन्यो सर्दार भाइ "हे मेरा प्यारा हो ! इस्लाम धर्म फैलिने कर्म मुसल्मान भन्ने नामको मर्म बुझेर सारा हो । अल्लाले दिएको यो मेरो सपना सबैले सुनेर । अल्लाको हुकूम् राखन ज्यान द्यौ मनमा गुनेर । आज है देखें मैले है राती अल्लाको निगाहा ! आलम भारत इस्लाम काबू म हदैन फटाहा । अल्लाले हाम्रो इस्लामी झण्डा उचाली बोलाए । भारतको भूमि जन्नते जहाँ औंलाले देखाए । आलम हिन्दूस्तानको शाहा भनेर क्या भारी मलाई गरी निगाह ठूलो हीरा र मोती लाएको ताज शिरमा लगाए । सुन हे वीरहो ! सुन हे धीरहो। धर्मको हुकूममा । अल्लाको सधैं इशारा पछि . कुरानको रकममा । सच्चाको जाली जन्नते जीवन धर्मको दावामा । इस्लामी तरबार झलमल कल्काई भारतको धावामा । प्राण नै अी वीरको नाम अमर पारेर । अल्लाको मर्जी राखे है भाइ धर्मको नाममा हृदयलाई रगतमा झारेर । मरेछ जन्नत जिएछ साज भारत साराको । कुरानको वादा म सुन्न चाहूँ।" स्वधर्मी प्याराको । (१५) उठाई तरबार झलमल पारी पहाडी घाममा। स्वर्गमा देखाई इस्लामी स्वर्ग सम्बोधन गर्दा ती बन्धुवर्ग सरदार सिपाही जोशका ज्वाला पारेर सारा सुंघाका काला अल्लाको नाममा । सिकन्दर दोस्रो धिपिक्क बल्दो विजय सुरा पिएर जल्दो आँखा है फर्काई सूर्यमा बल्दो ! घोरीले सुनाए । एकै नै साथमा तरबार हातमा झिलमिल पारी वारि र पारि पहाड सारा गर्जाई गर्जाई मुसल्मान कराए। "अल्ला हो अकबर !" अल्ला हो अकबर ! कुरानको वादामा ! कहिल्यै त्यस्तो भएन दृश्य त्यो ठाउँ खादामा । (१६) आलम हिन्दू तरेर सिन्धु यसैले जितूँला । तयारी गर हे भाइबन्धु इस्लामको आवाज अश्मानमा दिई भारतमा उठूला । मुटु छ साथी अल्ला छ माथि धर्मको समर कुरानको तवर गर्नलाई बढूँला । भनेर घोरी मेघका शोरी सबैमा सुनाउँछन् । आकाशमा हेरी अल्लाको हुकूम भएको सुन्न थापेमैं कान सिपाही टोलाउँछन् । (१७) हामी छौँ थोरै हिन्दू छन् धेरै कडोर हजाराँ ! तैपनि अल्ला, धर्म र ऐन सङ्गठित गर्लान् सबैका नैन नकाँपी देलान् मुटुमा सारा मुसल्मान नामको भाइले प्यारा जन्नते शराब अल्लाले दिने मुटुको फु आरा ! फूट र वैर विरोध खालि काफिर जातिहरूमा जाली सच्चा हो इस्लाम धर्ममा होला जन्नते दु आरा । सङ्गठन हाम्रो विरादर राम्रो इस्लामको तरबार । नबिर्ने हाम्रो इस्लामको ढाल नफुट्ने चाम्रो लिएर लढूँला । अल्लाको हुकूम कुरानको रकम लिएर बढूँला । मरे है जन्नत जिए है ताज भारतमा चढूँला । (१८) "अल्ला हो अकबर ! अल्ला हो अकबर !" पहाड गुजिन्छन् । अश्मानमा हजार तरबारका झल्का जन्नतको तरफ जोशमा फिल्की कुरानका अक्षर कल्के दिलमा घाममा झल्कन्छन् । भारतको दौलथ हीराका पहाड सुनेर आँखा पहाडी वीरका लोभले टल्कन्छन् । (१९) सुनाउँछन् त्यहाँ घोरीले फेरि कहानी महम्मद । कैसरी गज्नी भारतमा चढे एक मुट्ठी फौज लिएर बढे अल्लाका बलले लाखसँग लडे विजय गर्दै सोमनाथमा चढे सम्झेर अहम्मद । संसार जित्न एकनवी काफी सच्चाको दिलले ज्यान दिनु साफी भनेर सुनाई । कुरानका कथा इस्लामका ज्यथा उचित ठाउँमा सुनाइदिन्छन् सबैलाई रुलाई । (२०) हिन्दूले भन्छन् रीसले धेरै घोरीलाई गालीमा । प्रकृति बुझी मानव यस्तै आँशुका थालीमा । भारतनाशको खेद ली मनमा तैपनि हामी प्रशंसा गछौँ धन्यको तालीमा । भूल त हाम्रो हिन्दूको सारा फूट र वैर लिएर प्यारा भारत गुमायौँ । तैपनि हामी मुसल्मान जाति धन्यका वीर विरादर जाति भनेर दिन्छौँ सत्यको पाती धर्मका सच्चा दिलका तेजी विश्वासका सारै बलियो रोजी भाग्यले तिनलाई पठायो खोजी भनेर सुनायौँ । नरीस गर हे बन्धुवर ! ईश्वरको ऐन विचित्र छैन कूटको दण्ड बलको चैन हाम्रा छन् वैरी आफूमै भित्र मुसल्मान ह्वैनन् दुश्मनका चित्र भनेर हाम्ले सत्यका नामले कविता बनायौँ । जात र धर्म अनेक कर्म भित्र छ दिव्य ऐनको मर्म सत्यता एकै छ । हिन्दूले रुनु हिन्दूको नाशमा आफैलाई शिक्षा दिनु पो उचित ईर्ष्या र द्वेष नबढाऊ हातमा सत्यता यौटै सिंहासनमाथि सबैको लेखै छ। (२१) भारतको फूटमा हिन्दूको टूटमा ईश्वरको ऐनले । इसारा दिन्छ अरू नै जाति- लाई है देखी अधेरी राति गठिलो पारी बनाई जाति दिव्यको नैनले । जहाँ छ ईश्वर सत्यको कमी हवाझैँ हुँदा एक ठाउँ पातमा हुरीमा चल्छ ईश्वर घुमी स्वर्गको ऐनले । (२२) महम्मद घोरी जोशले भरी धपधप बलेर । मौका है हेर्थे भारत लिन दाउले चलेर । भारतका राजा नाचमा थिए परी र प्यालामा । गज्नी र घोरका वीर है थिए नवीन ज्वालामा । सत्य है थियो भारतभित्र बोके है थलामा । भारतका राजा मखण्डी थिए फूटमा कालामा। अष्टम सर्ग (१) जय र चन्द कनौजी राजा घमण्ड प्रचण्ड । अश्वमेध यज्ञ गर्नमा थिए भारत मखण्ड । (२) उनकी छोरी हिउँकै गोरी कमल छालाकी । मिर्गका लोचन लमकोशे त्यसै अप्सरा जस्ती, अमृत रसै । छल्छल गरी हिँड्छिन् कि जस्ती अलक कालाकी । बैंशका हरा बागमा फुल्ने भंवरा लहर जसमा कुल्ने गुलाफ गालाकी । सोहमा भर्खर प्रवेश गर्दी हंसकी चालाकी । पारिजात सुमन मुस्मुस गन्धे बैंशकी भित्री कोमल छन्दे उपमा जस्ती मानव रूपमा अप्सरा बालाकी । पातली कम्मर रेशमी अम्बर आँखाकी काली वनकी संवर सुन्दरी नाममा पहिली नम्बर भृकुटी भालाकी । लालीले लाल दाडिमको पल्लव अधरले उज्याली । मोतीको दन्त स्वभावकी सन्त पाउनु कहाँ भारत अन्त नन्दनकी उकाली । (३) बादलले दिए उनलाई रङ्ग अङ्गमा सुनका । कुँदेका थिए उनका मुख छिनोले जूनका । आकाशको नीलो आँखामा परी कालोमा मिलेको । अँधेरी रातको गाजल कालो नानीमा खुलेको । फूलको तानमा बुनिने धागो शरीरको सूतमा । वैलेला जस्तो लोभले हेर्दा लोभका छुतमा । सागर लहर छिनोले कुँदै झलक मोतीका । हीराको दाना लाएर खुल्थे टूना है लोतीका । प्रकृति दिन्थिन् सकल रस स्वरूपमा रोशनी । जूनले दिन्थिन् कल्पना उनको ताराले मुस्केनी । कोयलीलाई जो दिन्थे गला कुसुम सारले । उनैले उनको मिलाए स्वर सुरिलो पारले । (४) षोडश कला हिमाल शिखर सुन्दरी जलमाथि । हरियो बैंशको वनमा फुल्दो वसन्त वन रानी । अमृतकी थाली नयन बाली संसार चकोरको । गम्भीर चाला स्वरकी ज्वाला वनमा मयूरको । कर्कश जीवन नयनले छुने पत्तीमा टूना दी । पृथिवीलाई सपने घर बनाउन भरखर निस्केको सरि युवति जूनाती । चिडिया सारा सपना धारा जूनमा पाएर, कविका चरा, टूनामा बरा नबोल्न सकी वनमा हरा लट्ठ नै पर्छन् सपना हेर्दै स्वर्गका बूनाती । पहाड छाती लागेका घाउ मलम लगाई । जो घाउ लाग्छन् प्रेमीका आँशु पृथ्वीले बगाई । पातलाई घारी क्या पारदर्शी उपललाई फूल भारी पर्शी जललाई प्यारो बिम्बले हर्षी मुर्दाझै हुन लागेको संसार ज्योतिले जगाई । टह र टह लगाई हाँस्दी आफ्नै नै टूनामा । झोपडीलाई स्वर्गमा लगी किरणले छुनामा । ती त्यस्ती थिइन् चन्द्रमा जस्ती अमृत उज्याली । हेर्दैमा लाग्ने पुरुषको मन नन्दन उकाली । (५) पा रानी वनमा पातिलो धनमा जहाँ छन् फूल मुस्किने जूनमा झुलन वन शैलको भन जहाँ छन् नाला मृदुल बोली मधुर गुनगुनमा । प्रकृति देवीले छानिएकी मृगिणी यौटी बालकैदेखि खुआइएकी रसका मुना रेशमी सुनसुनमा । चिल्ली र ताजा सुन्दरकी राजा आँखामा चढदो बैंशको तेज कोयली कुनकुनमा । फलको खोपी सुगन्ध रोपी सिँगारदार सखीका धेरै मधुर छुन्‌छुन्‌मा । भँवराहरू अएर रुने रसको गुन्गुनमा। मखमल गादी घाँसको सजी रङ्गले हरियो । हीराले फल्मल छानाका मनि जो चित्रण गरियो । चाँदीलाई चट्ट पखाली मिलाई अमृत कलकलमा । आँखामा खालि झल्किने जल उज्याला पलपलमा । पन्नाले भरी बैठक हरि ! चराका खलबलमा । म केले बनाऊँ तस्विर तिनको आँखाका टलपलमा । (६) मा पहाड वनमा नेपाली धनमा नीडमा उँचामा । डाँफेकी छोरी, रङ्गकी राम्री यी शाहजादी थिइन् है हाम्री आउन्न रङ्ग सबै त्यो देख्न अभागी कुचामा । उड्नलाई तयार छोडेर गुँड सुनका सपना । देखेर बादल किल्लामा राम्रा सूर्यझै सुन्दर वीरलाई देखी गरेर जपना। अथवा कुनै वसन्त वनमा कविले डुल्दामा। ओर्लेकी जस्ती सुनकेस्री उषा त्यो पूर्व खुल्दामा । गानकी मधुर विहगकी अधर सुनका तारमा । स्वर्गको प्रेमको गाना है गाउने हृदय भारमा । तस्विर खिची आकाश पटमा । प्रियतम रानीको । सबैका छाती आँशुले कल्काई मन हर्ने कविको । (८) अथवा तिनी बैंशकी रानी वनमा धानीमा । हरा र भरा भरीमा चरा कलकल पानीमा । फूलका कुम्का लाएर बस्ने लहरे पींगमा । कन्याइमार्दा मिर्गले आफ्ना प्रेमका सींगमा । राती र गेडी लगाई माला । पोतेका लुंगमा । पातको बुट्टा परेको सारी हरियो रंगमा । कोरली आँखा सखीका हेरी हरिणी सँगमा । वनका देवी सँगमा बस्ने उज्याला लँगमा । बैंशकी रानी शारीमा धानी गौरवको ढंगमा । (९) अथवा यौटी अकेली तारा साँझको आकाशमा । दिन पसी सकी सागरको दरबार । उचाली घुम्टी घामको हेर्दी मानिसको घरबार । नीलोको वनमा अकेलापनमा । गुलाफ वैलेको । पत्तीमा टेकी बिलाउँदा सबै अगाडि फैलेको । नीरको वनमा, मिर्मिरपनमा हीराझै झलमल । बाटुली मुखकी हाँसेकी सुखकी नीर्कमलमाथि परेको थोपा आँशु टलपल । अप्सरा आई रातमा रुंदा प्रेमको दानामा । वियोगलाई आँशुले लेख्दी नीरका पानामा । प्रेमको चमक पाएर थोपा झल्किन्छ नजरमा । स्वर्गको रङ्ग वैलेका मानिस हरूको शहरमा । स्वर्गको सुन्दर भावको नजीक ल्याएर मिर्मिरमा । डुब्नलाई तयार पृथिवी हुँदा शून्यको तिमिरमा । ती सानी नानी हाँस्दछिन् झलझल भावले बटुली । असीम पनको वीरको रङमा चमचम चटुली । बाटुली मुखकी हाँसेकी सुखकी सौन्दर्य अकेली । मिर्मिरकी रानी हीराकी खानी अमृत अब बर्सन्छ भनी हावालाई डाक्दी पृथिवीबाट स्वर्गकी हवेली । उँचा छ बन आकाश भन वीरको धन आउँछन् सखी छम्छम गर्दै भरेर गगन । त्यस्तै ती थिइन ती शाहज्यादी उपमा राम्रो बन्दैन आधी कलमल पार्ने उँचामा उँचा कन्नौजभवन । (१०) अथवा सानी मन्दिर जस्ती मदनलाई बनेकी । कुसुम वेशमा पत्ती र नसा मिलेर चुनेकी । मधुरको छिनो किरणको लगाई लच्काले कुँदैकी । दिव्यको नाम लिएर साफ सिर्जनको राप मधुरो राप सुगन्ध रूपमा हृदय घुसी बुट्टाले सजेकी । रङ्ग र रसको शृङ्गार पाई उप्साई कतै लच्काई कतै मुस्काई कतै मस्काई कतै शिल्पकी कला सुरको सुरमा बादल र जूनको मिलाई भरमा शशीलाई सुझेकी । सकला हरा विचारकी पत्ती उपरकी भावना । सुन्दरकी ताजऊ फुलेर बस्ने प्रेमकी सपना । (११) अथवा तिनी कविको मनमा चित्रकार जागेर । शब्दका रङमा नआउने ठूला कल्पनापटको रङ्ग र फामा शारदासँग ज्योतिका धामा बनेर मागेर । रङ्गमा मिही भरेर खिच्दा ध्यानका पटमा । सजीव हुँदी तस्विर जस्ती गङ्गाका तटमा । क्यै खिची लाली साँझको हाली क्यै बिनी रङ्गीन फलका डाली क्यै ताला लहर रेखामा चाली हजार फेरा मेटेर फाली कविका घटमा । एक छिनलाई सुखमा पाई सपना सजीव रङ्गले छाई मुस्केर चट्ट बिलाइजाने सधैंकी तिर्सना । अत्यन्तै राम्री, राजकन्या हाम्री नसक्ने बिर्सिन । कन्नौजकी तारा चित्रमा प्यारा सकिन्न पर्शन । विद्यामा उस्तै शीलमा उस्तै दिलमा उस्तै उठ्दै र बस्दै मनमा बस्थिन् वरि र परिमा । उनको मुसकान जुहारझैँ थिए उनका बोली गुहारझैँ थिए मसीना परीमा । लागेका मधुर पल्लव अधर मसीनो बोल्ने मसीनो चल्ने बोलेका घरीमा । बोल्दैनथिन् है ती मितभाषी बोलेमा बोल्थिन् जुहार गाँसी बास्ना दिलको फुलाई हाँसी गालामा प्रस्ट खोपिल्डो सानो फलको पत्ती उप्सेकै मानो स्वर्गकी परीमा । (१३) संयोगिता हो तिनको नाम विधिकी उत्तम छिनोकी काम कन्नौज कुलकी । जरामा थियो पुर्खाको बास्ना बैंशकी फूलकी । गम्भीर चाला प्रेमकी ज्वाला स्वर्गकी मूलकी । (१४) तिनलाई लाग्थ्यो वीरको नाम अत्यन्त पियारो । सुन्दथिन् कथा वीरको ज्यथा कविको गीत धारो । (१५) सबैमा राम्रा पृथ्वीराज हाम्रा कविका गीतिमा । पराक्रमवाला गम्भीर चाला भारत उद्धार गर्नका ज्वाला गुणका उत्तम पहिरेका माला आर्यका नीतिमा । कविता जान्ने सविता जस्ता धनुमा सिपालु । माछाको आँखा प्वाल पार्ने सीपका उदार दयालु । लडाइँमा वीर दुःखमा धीर डाल र डोलका । देवतासँग गणना हुने अमरका मोलका । (१६) धाईले भन्थिन कसरी उनले एकलै रणमा । पच्चीस दुश्मन हटाइदिए प्रतापी दिनमा । कसरी बाघ साथमा लडे मिर्मिर जंघामा । कसरी उनका यशका टुक्रा गीत हुन्थे शुघामा । (१७) वीरका कथा सपनासँग जीवनको गाँसियो । सहानुभूति वल्लरी बढी कीर्तिको फुल्दो रूखमा मुन्द्रा लगाई टाँसियो । (१८) मन र मन नभनीकन उनैलाई सम्झन्थिन् । बराबर उनको सपना देखी बिहान ब्यूफिन्थिन् । उदय पाई सूर्यले सुनको प्रताप फिंजाई । अनेक चरा कबिझै गाई सूर्यका वंश उज्याला पार्ने देवता जस्तो अँध्यारो फार्ने लाग्दथ्यो उनलाई । (१९) बुबाले तर गरेको निन्दा सबैका सामुमा । सुनेर बुझी धाईकर बातले सम्बन्ध हुन मुस्किल देखी एकान्तभित्र कहिलेकाहीं आँशुका दाना लिएर बस्थिन् कोसमा लामूमा । नवम सर्ग (१) चन्दाले एक दिन बयान गरे कन्नौजकी राजकन्या । संयोगिता हो जसको नाम सुन्दरी सुधन्या । (२) बत्तीस लक्षणहरूले युक्त लाखौंमा रोजा ती । भारतकी हुन सुहाउने तिनी भजन पूजन शासनलाई सिंहासन उँचा दी । ती महालक्ष्मीसमान राम्री कमलको दिल जाती । सकल गुणकी मनोहर मूर्ति चाँदनी जस्ती राज गर्न धर्ती वीरका मणिलाई सुहाउने पिर्ती अरूलाई पूजन । वीरकी कन्या, वीरकी कुलकी धराकी फूल, स्वर्गकी मूलकी कविका भ्रमरहरूका दिल शोभाले गुञ्जन । (३) पृथिवीराजले हाँसेर भने "धेरै त नभन । कवि र धोबी एकै नै हुन्छन् बढाउन गणना । मुसालाई तिमी बहर पाछौं पातलाई दिव्य रहर पार्छौं बुझेर सपना । यथार्थलाई हेरेर राम्रो प्रशस्त ज्यादा गर्दछौँ हाम्रो दोषका ढकना । काली र माटी मूर्ति नै देखें । ओ हो हो ! भन्ने कविता लेखें त्यसैलाई ठूली सुषमा देखें बाटुला कल्पना । स्त्रीजाति आफै नदेखी मैले सच्चाको रूप यथार्थ पहिले 'सुन्दिनँ जल्पना । सके लौ तिम्रो देखाऊ शशी हेरेर अनि लगाउँला कसी नभन बगमफूस । कविका कुरा गफीका छुरा गाँजाका सुर, मिथ्याका पुरा सबै हुन् पाथी भूस ।” (४) जोडेर हात चन्दाले बिन्ती राजालाई गर्दछन् । "हजारौं राजा देखेर मुहार । जलेर मर्दछन् । चाँदनी कोमल गाथकी कोमल तुहिन धवल हृदय विमल सुन्दर परिमल । नयन युगल मिर्गका असल सत्यकी असल बैंशकी अचल मोहन सकल, परीकी नकल अमर तरु फल । ती सुकुमारी पानीदार हीरा मधुर कुसुमहरूकी शिरा दन्तमा दन्त अनारका चिरा वैशकी बागमा । कोयली उनका गलामा बोल्थे अङ्गमा फुल्दा बदली फुल्थे मुहारमा शरद्चन्द्रमैं खुल्थे सौन्दर्य बागमा । गानाकी चरा मधुरकी सुरा वीणाका तारमा भावकी पूरा बजाउने मधुर बोलेका कुरा पल्लव अधरकी । वीरको हाँगा फुलेकी फूल कन्नौज शहरकी ।" (५) सुनेर भन्छन् पृथिवीराज "गजबको बयान । यस्तो ता मैले सुनेको थिन तारिफको मुहान ।" “नजर गरे पुगी पो हाल्छ” चन्दाले भन्दछन् । सुवर्ण मुहार हीराकी जुहार उषाके बिहान । (६) "हिँडन जाऊँ ती वीरले भन्छन् कन्नौज शहरमा । बदलेर भेष नकली केश हेर्नको रहरमा ।" (७) यौटा भो साधु अर्को भो चेलो जटाजूट सिँगारी । पछि र पछि नचिने जस्ता अनेक चर हतियार लुकाई जानको तयारी । ती चन्दा थिए गजबका कवि मोहिनी रूपको । भजन गर्दै प्रशंसा मर्दै राजकन्या रूपको मोहनी छर्दै ईश्वर-भजन गरेझैं गर्दै कोमल पारे प्रखर दहन बाटाका धूपको । (८) झोपडीभित्र बिताउँथे रात किसानहरूका । अतिथि उदार भारतका किसान साधुको गर्ने हृदय-सम्मान ज्ञानका तरुका । चन्दाले लिन्थे बोलने वीणा भजन रचेर । तत्कालै गाई सुनाइदिन्थे जालले सजेर । (९) "दिव्यको मधुर मोहनी दिव्य सधैंको बैंशमा । ईश्वरकी मोहनी गर्दछिन् राज स्वर्गको ऐशमा । चन्द्रमा सारा झल्कन्छन् तिनी । तारामा चम्कन्छिन् । हृदय-भाव गलाको झर्ना हरूमा छम्कन्छिन् । रातका दिल कमल आसन लिएर गम्कन्छिन् । विश्वको मन्दिर सुन्दर पारी तिनैले सजाइन् । संयोगमा छिन् ध्यानकी छवि लावण्य रूपले रुलाउने कवि तिनैले मेरा हृदय-तारमा पूजाको सुन्दर प्रभाव सारमा यी गाना बजाउँछिन् । (१०) तिनलाई देखें कहिले मैले पर्वतका चूलीमा । सन्ध्याको रूपमा ओर्लेकी राम्री मुखमा घसी उज्यालो फाहा सुनको धूलीमा । (११) कहिले देखें बादलका किल्ला बीचमा राजने । प्रेमका आँशु बादलले बन्ने देवतागणले नीलोमा बुन्ने सूतले बनी जन्मेकी छवि चराका दिलमा रहने वीणा मधुर बाजने । फूलका उरमा आँशुका दाना प्रेमले साजने । (१२) पर्दा छ तर तिनी छन् पर सौन्दर्य नामको जादूको घर वर र पर हर र हर मुस्कानका मोती बर र बर त्यसैको यात्रामा । हामी हुँ साधु खोज्ने है जादू मधुर सुन्दरहरूका साधु दिव्यका यात्रामा । (१३) चन्दाले यस्तै गर्दथे गाना बराबर गिराई मोतीका दाना किसान नजरका । ईश्वरको हाँसो पाएको फूल- हरूको कथा सुगन्ध मूल सुनेर दिलले भक्तको सच्चा रातका पहरमा । किसान शिशु वरि र परि बस्दथे सुन्दै तिनलाई घेरी सुन्नको रहरमा । यस्तो ली चाल ती दुई पुगे कन्नौज शहरमा । (१४) कन्नौज पुरी थरी र थरी शोभाले विचित्र । जय र चन्द राजाको प्रताप पाएर फुल्दो फैलिँदी दिइन् उन्नति सुचित्र । अनेक झिलिमिलीका मालले बजार सजेका । घोडा र हात्तीसम्मको बिक्री गर्नलाई तुन्दिल महाजनहरू ठाँटले डटेका । गाडामा लादी चाँदी र सुन भण्डारबाट राजमहल भन देखाउनलाई दिन र दिन शहरमा ओसार्थे । अन्नको बजार छेलो र खेलो मोतीझैँ दाना चाँवलमा हाँस्दा सुनका बाला दानाले सुन्दर धोका र डालाहरूमा ओसार्थे । देवता मूर्ति मानिसझै ठूला कुँदेका राम्रा पित्तल र सुनमा मिलेर घिसार्थे । (१५) निकै नै छन् है जयचन्द राजा ठाँटका तमासे । प्रदर्शन भरी जात्रा र भडक ईंटका सडक उनैले निकासे । (१६) जाँचेर लिए मठको पत्र ढोकेले ढोकामा । बराबर पर्यो नत्र त गडबड उल्लूका धोखामा । दशम सर्ग (१) कर्पाटकी नामकी द्वारे दरबारमा बसेकी । संयोगिताकी सुसारे थिई दिलमा घुसेकी । उसैले कथा सुनाउँथी धेरै चौहानवंशका । वीरका कथा भारतका ज्यथा ईश्वर अंशका । (२) दुई जना साधु चौपट्ट जान्ने गजबका जपका । आएका छन् रे भनेर खबर त्यसले ल्याई, साधु रे ठूला जगत्‌मा सबका। नबोल्ने धेरै, वीनमा बोल्ने गाउने चेलाले । रुलाउने सबै हृदय रबै लयमा हाल्दै उचाल्दै छाल्दै उचित बेलाले । (३) शाहजादीलाई सुन्नको मन भो हुकूमले रानीको । बगैंचाभित्र तिनलाई ल्याए सुन्नको रहर भएर सारै मधुर कुरा दिव्यका वाणीको । (४) चन्दाले त्यहाँ हृदय चोरी चराझैँ गीत गाए । मधुर कोमल तीव्रमा सबै तार ती मिलाए । ईश्वर कस्तो सुन्दर छन् रे ! भाषामा हुन्न बयान झन् रे ! सीमित भाषामा । खालि है गानको रुनझुन बन रे । मिर्मिरे रङ्ग बनाई सुन रे ! दुई अर्थ हुने गुन र गुन रे ! भावका आशामा । रुँ रुँ मा रुन्छ कुन र कुन रे ! बनाई आकाश सुन र सुन रे ! प्रेमको पट भावको बुन रे ! कुमारी दिलको मधुर दिलले सपना नाच्ने छुन र मुन रे ! अनौठा मिठो हृदय धुन रे ! चकोरलाई लाग्न खोज्ने है जून रे! कुसुम हुँदा छुन र मुन रे ! बादलबाट पाएको सुन रे ! फूलमा भन्दा वासना गुन रे ! मधुर स्पन्दनमा । कुमारी दिल आत्माको ज्योति खोज्नलाई डुल्दो लिएर मोती आँखामा प्रेमका फूलका लोती जुहारी दिन दिन बिहान खुल्दा आशाका नन्दनमा । तिर्सना मधुर, प्यासकै सुन्दर खोलाको कलकल मोतीझैँ जलजल, काममा बोल्दो हार्दिक पलपल उरका हुँदा मधुर भाव सपना बिपना दोसाँध भुलभुल तारामा देखिने प्रेमका आँशु भएझै फल्ल दिएर टलपल फुलेका अधर बोलेकै पलपल प्यासका भावमा । जो भाषा छैन बँदिलो शब्दी जो खोज्न हिँड्छन् नालामा अब्धि कोयली दिलमा वसन्त रच्दी मञ्जरीहरूमा फुटेर चुम्दी सत्यको दावामा । नरम गर्थी त्यै भाषा रुनझुन प्रेमको रूँ रूँ लगाई झुनझुन आँखामा टलपल हृदय जलजल पारेर भर्थी प्रेमका पलपल सुन्दरको मोहनी निकाली झलझल उज्यालो पारी आँशुले जल-थल जीवनको अधर बनाई भलभल प्रेमका भाषामा । संयोग वियोग बनाई मधुर मिलनका आशामा । त्यो खोजको बोली यो खोजको चोली सुन्दरका स्वामी सब चीजका नामी । महिमा विशाल जो अन्तर्यामी कुऊँ र कुऊँमा । वेदना दिलका जो मधुर बन्छन् समयलहर जसलाई छुन्छन् । जसबाट वसन अप्सरा बुन्छन् जसलाई छुन देवता रुन्छन् ती मधुर प्रेमका यी सबै रुनझुन रुऊँ र रुऊँमा । पग्लेर आउने कोमलको छाती चिडिया रवमा अनेक ताँती रङ्गीन पत्र फिंजाई जाती मीडमा जान अनेक भाँति साँझका बाली गुलाबी बाती आकाशमा उडेका छाती पिउ र पिउमा । ती सुन्दरलाई दिगन्त भर्ने सब चीजभित्र जीवन भर्ने दिव्यको प्रेमको बासना छर्ने मधुर पार्न कुडमल चिर्ने प्रेमको भेटी आँशुले तिर्ने रुझूँ र रुझूँमा । कुमारी दिलका वासना जस्ता मधुर रुनझुन सुन्दर वीर स्वर्गको तीर तर जो सामु र सबैतिर साधु र गुरुमा भरिभर हृदय वीनका मधुर झन्का मीड र फन्का मसीना तिन्का अनेक ऊँ ऊँमा । जसलाई सम्झी प्रेमको दिल मधुर रुँ रूँमा । यो जगत् भर्ने महिमा जसको जसको अधि अरू छ फुसको जसलाई भनी मधुर रसको दिलको भँवरा । भुऊँ र भुऊँ बीचमा हुँ हुँ गरेर रुन्छ रूऊँ र रूऊँ त्यो मकरन्द दिलको छुऊँ प्रेमको रस मधु पिऊँ जो लिन्छ सुन्दर । हृदय कमल भित्रको कमरा । सूर्यझैँ जसले सुनौला बाजा तिमिरहरूमा । शरझैँ तीखा आकाशमा भरे लाल त्यो रुधिर दुश्मनको छरे जयको ध्वनि कुञ्जमा भरे छवि छाई तरुमा । पृथिवीराजा, देवका दाँजा कीर्तिका सधैं हरिया ताजा जसको धनुष । बादल फारी रङ्गले भारी आकाशमा हुन्छ महिमा धारी बर्साउन पीयूष । धन्य है नाम, धन्य है काम अनन्त वीर, कीर्तिका धाम धरणी पतिका । स्वर्गका पनि तिनै छन् राज्ने न कोही तिनको जगत्‌मा दाँज्ने आँशुले बोल्छन् जरामा माझने भक्तका रतिका । तिनैलाई भज, तिनैलाई सज हृदय मन्दिर । तिनै छन् सामु वरि र परि अनेक चित्र थरी र थरी अनेक भेष साधुका धरी अनन्त सुन्दर,। (५) सुनेर टलपल भएकी हाम्री कन्नौज कुरङ्गी । सूचना घुसी हेर्दछिन् राम्रो हृदय झसङ्गी । साधुको भेष, मुहार बेस ओजको उज्यालो, वीरको छाती डालडोलका जाती साधुको भेष लिएका हुन् कि भनेर आफ्ना हृदय देवले यो छल समाती । (६) लाल भयो गाला, गुलाफको ज्वाला लजाई लुके ती आँखा काला एकै नै छिनलाई । होवैन होला भनेर फेरि कूनाले जाँचिन् मुहार हेरी शङ्का भो तिनलाई । कर्पाटकी नामकी द्वारे को मुख फर्केर । के होला भनी जाँचेर हेर्छिन् नजर तर्केर । (७) मुसुक्क हाँसी इशारी दिई औंलाले सलक्क । उठेर हिँडिन् जुरुक्क तिनी हेरेर पुलुक्क । क्यै पर गई आँपको गाछी लिएर सहारा । बोलाई भन्छिन् सुसारेलाई गालाकी लाल के गरूँ चाल चञ्चल पलको बढेझै हाल बराबर हातले गालामा छामी फर्केर हेर्दी वीरमा नामी कुनाकी अधारा । "छिः कस्ती उल्लू नभन्ने अघि" आँखाले तर्केर । शरापे जस्तो गरेर त्यल्लाई रीसले में कर्केर । “के चढाऊँ भनी जा सोधिदेन" भन्दछिन् हाँसेर । "अत्यन्त राम्रो लाग्यो त्यो गाना फेरि र फेरि सुन्नको चाह दिलको भएर । लाज लाग्छ तर, त्यो ठाउँनिर गरम हुन्छन् लालीले गाला के गरूँ भनेर ।" (९) चन्दाले गुरुसँगमा सोधी जवाफ यो दिए । हृदय मात्र प्रेमको दिव्य चाहिन्छ भन्ने आज्ञा भो लभ्य जगत्‌मा त्यो भए। (१०) लिएर आइज छिटो जा झट्र त्यो मेरो तस्वीर । दगुरी तब सुसारे त्यहाँ । होला अबेर । क्यें पर पुग्न पाएकी थिन बोलाइन् इशारी । "कलम मसी लिएर आइज ।” दगुरी उपारी । (११) आँपको गाछी राखेर साछी छेस्काले कोरेर । "पृथिवीराजकी सधैं की दासी" लेख्दछिन् आँखा प्रेमका लागि जलले भरेर । पुछेर फेरि चिहाई हेरी लाजले लुक्दछिन् । ढुक्ढुक चली अप्सेई छाती कमल कर गालामा जाती हवाले फूलमा चपत दिए- समान कुक्दछिन् । (१२) मसी र कलम लिएर आई तस्वीर साथमा । लेखेर आफ्नो उज्यालो नाम प्रेमीको थप्छिन् ती उपनाम लहरे डिको लगाई निको काँप्लाझै हातमा । (१३) साधुले दिए तस्वीर साटो सुनको बारामा । रेशम बस्त्र लपेटिएको कार्चुपी तारामा । कर्पाटकीले लिएर लगिन् ती शाहजादीको । छातीमा लगाई कुंदैर चलिन् दरबार खोपीमा । (१४) बिदा है लिई ती दुई चले शहर किनारको । कुटीका तरफ, जाँचेर हरफ चाँदनी मुहारको। एकादश सर्ग (१) घार सय नब्बे है तिर उत्तर भारत थर र हर लडाईंको बादल घर र घर आकाशमा मुश्लियो । रजपूत वीरका मनमा पनि त्रासको छाया आकाशमनि पारेर उठयो के गरूँ भनी भारतको कालो द्वेष बनी बादल मुश्लियो । (२) अभागी थिए दुइटा द्वारा भारतका अभागी । म्लेच्छका दुइटा आँखाके काला जसबाट बल्थे लडाईंका ज्वाला जङ्गली जाति बा र भाला लिएका वैरले । पश्चिम उत्तर कुनाका छिद्र जसद्वारा ताण्डव गर्दथे रुद्र नदेख्दा हामी हिन्दूले भद्र वैरमा वैरले । (३) इस्लामका नयाँ जोशका ज्वाला धसिङ्कर जंघे गोरा र काला लिएका तरबार, बर्छा र भाला जङ्गली जोशका । ज्यानलाई हातमा लिएर हिँड्ने काफिर नामका भेटेमा गिँड्ने भारतलाई बीच र बीचमा ल्याउने भए ईश्वरको ऐनले सङ्केत होशका । तिनको मार खाएर भारत ईश्वर रोषका बराबर फेरि बिउँतेर लिन्छ सङ्केत होशका । (४) इस्लामका फौज तालीम गरी वैरन तयार । भारतको धावा, डिल्लीको दावा महम्मद घोरी छ भन्ने हावा फैलेर हजार । के गरूँ भनी हिन्दूका मणि रूँ रूँ के गर्दछन् । फुट र छुटको काल र झूट पिएर बस्ने ईर्ष्यालु राजा स्वार्थको दिन दिन बजाई बाजा हाँसेर हेर्दछन् । (५) उछकी रानी, कामकी खानी छत्तिसा नखरे । सनातन धर्म कलङ्क थिइन् । उज्याली मुखरे । राज्यलाई स्वास्नीमानिसलाई दिनू खराब छ भनेर । किन है त्यसै ऋषिले भन्थे मनमा गुनेर । कामिनीमाथि काञ्चन थपे कलिले धिपिक्क । बालेर बत्ती भारत लग्छ टिपेर टपक्क । महम्मद थियो चतुरो छटू भित्रको चाल पायो । भारतको सिंहासनको लटू उछमा भेट्टायो । फुकेछ कान खिंचेछ ध्यान नखरे नारीको । लडाईविना रुधिरविना काखमा रानी बसालीकन राज्य नै थियो सगेद्यो धन उसमा भारीको । एक तरफ राज्य एक तरफ रानी कामकी बखानी । गुलछर्रा त्यल्ले उडाइहाल्यो भाग्यमान मोरो इस्लामको छोरो हिन्दुलाई धोखा दिने ती रानी भारतभरका स्त्रीभरमा कानी उत्तम भावले रहित सानी सुटुक्क पसिन् मुसल्मान काखमा । हिन्दूको छाती वज्रले हानी सम्झँदै आउँछ आँखामा पानी बिग्रिने स्त्रीको लौ हेर बानी नराख गादी नखरे नानी मौरी हुन् मूर्ख संसारभरका महका चाखमा । यौटा र दुइटा कहिलेकाहीँ देखिन्छन् हेर्दा उज्यालाचाहिँ हजार लाखमा । अग्निमा जल्दो सतीको ज्वाला सँगमा दाँज्दा यी भाव काला आफ्ना नै मनमा सल्किन्छ ज्वाला सहज क्रोधको । तिनलाई हामी चढाउँछौँ पाती जो तीतेपाती भन्दछन् जाती स्यालको सिँग फ्याउरोको छल मुजूरको पङ्घ नाच्नलाई तल मुसाका दाँत मुसाका पुच्छर झल्कने तीरका बालुवा दाना मकैका सुँघा ठूला र साना छत्तिसा फूला, कुखुरे सिउर स्पालका गङ्गा तीरका गाना सडलपडल फूलका नाना बालकको आखिर धर्धरे स्वर मृत्युको गोदको । रेटेर राज्य भेरेर कामी संसारभरकी यी हुन्छिन् नामी उछकी रानी नखरे कानी कलङ्क भारतकी । त्यसैमा देख्छौँ नखरा हामी सकल स्वारथकी । (६) गुजरातका राजा बहादुर थिए ठोकेर पठाए । तिनको रीसले पञ्जाबमा गई मुहम्मद मियाँले खुश्बूलाई झारी गादीमा बसी उनको जात्रा . गाईजात्रा देखाए । सिरहिन्दका ती हिन्दूका राजा समस्त कुकाए । भारतको दौलतका थैला पनि धेरैले फुकाए । (७) अहिलेसम्मन् जुम्साका जुम्रा राजा ती भारतका । कानमा तेल हालेर बस्थे स्वप्नामा स्वारथका । (८) भविष्यलाई एक कदम अघि नदेख्ने काना ती । महका राना, लम्पट नाना कुरामा साना ती । सर्पझैँ अन्धो वैरमा बस्थे घमण्ड फुलेर । भाइ र भाइ लडाँई गरी भारत दलेर । आफ्नै हो संसार भनेर हाँकी प्रजालाई मिचेर । मपाई कीर्ति बढाउँला भनी सब जना थिचेर । सधैं हो यस्तै प्याला र प्यारी भनेर भुलेर । भविष्यलाई अँध्यारो पर्दा भित्रको भोलि तुल्यको मुर्दा सम्म चलेर । (९) जयचन्द राजा अहम्‌का थिए विश्वका भकारी । मपाईं कीर्ति फिँजाउन सधैं गर्दथे तयारी । मुजूरका पत्र फिंजाई बसू भने उनलाई । म्लेच्छले ढोका घच्घच गर्दा जोरी र पारी मारूँला मुर्दा ती मरे खुल्छ यशको पर्दा भनेकै स्वार्थी भावले भर्दा मोह भो तिनलाई । पृथिवीराजको इाले भरी द्वेषको मनलाई । (१०) तर त्यो भारतबीचमा यौटा वीरको रूपमा थियो है द्यौता स्वर्गको उज्यालो । उसैले बाल्यो जगमग ज्योति वीरको जोश दशाका बेला गजबले निकाल्यो । (११) अनेक समरहरूको वीर भारत बुझने स्वभावको धीर मनमा लिई इस्लामको पीर सङ्गठन बनायो । तुरही जस्तो भारतको बनी जगाउन सक्ने मुर्दालाई पनि सागर दिलको गहिरो ध्वनि सबैलाई सुनायो । वीरका माशी जागेर उठे उसले बोलायो । सुतेका नजर भारत वीरको डकाले खुलायो । (१२) देख्नेले लागे उसका पछि रणका भेरीमा । उनलाई बनाए सेनाका पति ऐक्यका घेरीमा । देख्नेले देखे सत्यानाश थियो आलस्य देरीमा । (१३) इस्लामको राक्षस बाएर मुख भारतलाई निलन । आएको बेला थिएन पहिले हिन्दूको मिलन । इर्ष्या र द्वेष अनेक थिए दशन चिलन । (१४) इस्लामको राक्षस मुख बाई आयो तरबारका दाहाले । सभ्यता निल्ने खाल्डो पेट अन्धकारलाई फैलाउने म्लेच्छ सभ्यको आहाराले । जिभ्रोमा थियो गाईको रगत रुधिरको धाराले । संस्कृतिलाई भारतको पिऊँ भनेर साराले । कला र विद्याको छाती चिर्ने दाँतीका आराले । थरथर हुन्छे भयङ्कर मूर्ति देखेर साराले । फुटको भारत मिलाए तर वीर हाम्रा प्याराले । (१५) मरु छ संसार हिँउले खालि भारत नखलिस्तान । आँधीमा आउँछन् जङ्गलका हावा बनाउन रेगीस्तान । तैपनि हाम्रा पहाडमै वीर हरूले बचाए। अरूले खालि मूर्खको मुकुट कुखुरे सिउर राज्यको रहर ढुङ्गाका चाचा, झिलमिली पारी वेश्या नचाए । (१६) सङ्गठन हाम्रो भएन राम्रो आलाम भारतमा । म्लेच्छका पयर छुनलाई सधैं लोभ र स्वारथमा । काटी र कुटी भारतको नाउँ कुखुर सिउरे गर्दछन् धाक निर्धा र दुर्बलहरूमा हाँक हा: भरत राजाले । फुटेको घर मिलाइदिने टुटेको वस्त्र सिलाइदिने प्रजाका दिल रुलाइदिने हिन्दूको मान भुलाइदिने चाचामा राम्रा कुलाइदिने म्लेच्छका जातिले । भारतको भाग्य यस्तै छ हरे । के हौंला हामी के भनूँ भरे दवाइ खाँदो आत्माले सधैं नजरभरि आँशु नै भरे हामीलाई रुलाई हाँस्नेले गरे शासन लात्तीले । आर्यको आत्मा दु:खीनी बरी! लाचार चरी नबोली मरी पखेटा भित्र छिपाइवरी घाउ ली राता विषका शरका स्वर्गमा आँखा दयाको तरी आँशुमा भाषा जीवनको भरी हृदय जलन मुटु भै मरी ठोकरहरू दुष्टका परी अँधेरी रातीले । मनको इच्छा मनमै रह्यो नबोल्ने भाषा आँशुमा बह्यो सहनशीलले सीमातक सह्यो नदेख्ने आगो दिलमा दह्यो भारतको आत्मा कसले कह्यो हिन्दूको जातिले । हा: कठैबरा ! कहाँ छन् आत्मा जो आँशु झार्थे भारतका पातमा जसलाई दबाई दुष्टले रातमा मूकको गति पारेर लियो सहज अहम्मान । झुकेको जाति खाँदोछ लात्ती सुधो है पनको लाउँदो छ पाती अँधेरी ज्वाला बाल्दो छ बाती हिन्दूका आँखा लाल लालमा झर्छन् हिन्दूका भाषा अकालमा मर्छन् गौप्राणी जस्ता गलामा पर्छन् क्रन्दनविना रोएर मर्छन् दुष्टले राख्छ शान । भारतको आकाश पवित्र थियो गिद्धले आई पखेटा लियो आँशु भो बादल बादल भो आगो जलेर खालि खरानीमा गो अँधेरी अवसान । हा: कठैबरी ! मनकी चरी ! आँशुका दाना पखेटाभरि उड्नलाई पाए स्वर्गको पुरी खोलेर छाती देखाउलिस् छुरी दर्दका दाना यी हजार मुरी जीवनमा हुन्न जो न्याय त्यसको आशाले राखी प्राण । तर हा: गयो, तर हा: लियो म्लेच्छले अभिमान ! साधुका आत्मा हजारौं रोए ब्राह्मण गाई आँशुमा गए जालीले बुन्यो तान । अमृत फल्ने खेतमा फल्यो विषको कालो धान । पानीमा पो हलाहल हरि कलेजा जल्ने पान । आँशुका घुड्का पिएर बस्यौँ सकल हिन्दुस्तान । आगोमा जली नजरमा लाल बनेर राख्यौँ प्राण । दिन र रातको बुहार्तन खाई अरूको हेरी शान । (१७) जय र जय ती हिन्दू वीरको आत्माले भन्दछ । जसले ब्राह्मण साधु र गाई रोएर सुन्दछ । भारत छैन रवाफ शानमा भारत छैन हीराको खानमा भारत छैन ठूलाका मानमा भारत छ अरूमा । ब्राह्मणका दिनको ज्योति ली चरी जो बोल्छे भित्र मधर गरी साधुकी दिलकी मुनियाँ सानी जसमा हुन्छ दुनियाँ नानी गाईका आँखाहरूका पानी प्राचीन वीरका नाम । अरू त झूटो यो थोत्रे नक्कल भारत कसले देख्यो है सक्कल स्वर्गको पुरीग्राम । जय र जय ती हिन्दू वीरको जो राख्छन् भारत नाम । (१८) शिशुको आत्मा सँगमा सोध हे भाइ छाडी राग र कोध त्यसको दिलको ढुक्ढुकी बोध चरीले बोल्दथे । भारत भन्ने कस्तो छ कहाँ "आमा" को तोते खुल्दछ जहाँ "यी मेरी आमा” फुल्दछ जहाँ मेरो यो ध्वनि बोल्दछ जहाँ मुटुले खोल्दछ । दीनका आत्माहरूको खोज रहन्छ जहाँ रोजको रोज छोडेर संसार तर्फको मोज प्राचीन टूनामा । क्यै भुले जस्तो, क्यै नभए जस्तो नपाइने त्यसै मोलले सस्तो नभन्न सकिने यस्तो र उस्तो जो जागी उठ्छ बिहानी सुनले हृदय टुनामा । गरीब दुःखीहरूका आशा पाउँदैनन् जसले संसारमा भाषा जो सत्य खोज्छन् तोला र मासा आर्यको पनामा । चाहन्छौ के के हे दिलका चरी मधुरो ढुकढुक हृदय भरी के खोज गछौं जीवनभरि ! हा: बरा भारतको । त्यसलाई भाषा खोज्दैमा बसें हजार दावानलमा पसे हजार विच्छीहरूले डसे पाइनँ भाषा त्यो । रोएर दिनदिन समय खोला किनारमा डुल्न माझेर चोला त्यो भाषा कहाँ कसरी होला भनेर घुम्नेछु । तर त्यो भाषा नजीकै आउने संसारलाई मोहनी छाउने कविले बसी दिल कुञ्ज गाउने वीरका हृदय । जो मैले यहाँ उद्घाटन गर्छ जो ज्योति पाउन जन्मेर मर्छ पढ़ है सदय । द्वादश सर्ग (१) थानेश्वर पर तराईनेर या ताला बारीमा । हिन्दू र इस्लाम फौज छन् खडा . तयारी भारीमा । (२) हिन्दूका राजा हात्तीमा हौदा लगाई डटेर । सुनका कारीमा पानी खान्छन् रत्नले जडेर । (३) सिँगारीकन सिंदूर भारी हात्तीलाई लगाई । सुनले फिल्ल पारेर निशान दुश्मनको बनाई । घोडालाई पनि सिँगारीकन थोरै नै लिएर हतियार कड्काई लगाम फड्काई बराबर चड्काई रोकेर बलले हिनहिन पारी टापले चञ्चल जमीन फारी पदातिलाई कविका गाना जोशका सुनाई । "आर्यकी काली" जै महाकाली ! शब्दले आकाश धन्धन चाली तरवार नङ्गा झलझल ज्वाली बजाई कन्झन् पारेर झयाली दुश्मनलाई दिई अनेक गाली दश वीर मार्छ भनेर कहिले लाएको टोपी भुइँमा फाली शङ्खको ध्वनि निकाली तुरही बाजी धूं धूले ज्वाली वीरको हृदय । अड्दथे फौज तरबार ढाली लहर जस्ता समुद्र चाली पछाडिबाट आएर मिल्दै गर्लान् प्रलय । (४) हिन्दूको फौज अस्मेल ठूलो उडाउँछ आकाश भरेर धूलो उर्लाई गर्जन । समुद्र जस्तो गडगड बाढी कोलाहल ठूलो मच्चाई राडी म्लेच्छका मुटु थर्काईकन शरमा वर्षन । (५) घोरीका फौज धेरै छन् घोडा हिन्हिन ठूलो अस्थिर मोहोडा कुखुरे कल्कीमा । यसो है हेर्दा देखिनँ मैले उस्तो है हात्ती आँखाले पहिले भन्दछन् आँखा मेरा है अहिले गौरवका ढल्कीमा । भाला र बर्छा, तरबार, ढाल छन् झिझिल्याण्ड दाहाको काल शिकार खेल्दो । धसिङ्गर जंघे काला र गोरा इस्लामका छन् जोशिला छोरा ज्यान हाम्रा लिने भयङ्कर मोरा कालसँग मिल्दो झैँ । (६) हाँकको शब्द गुञ्जेर भर्छ रनन नभस्तल । घनन गरी घन्किन्छ सबै वरि र परि रन्किन्छ सबै सकल जलथल । तुरही धूं धूं शङ्कको भूँ भूँ बाजाको पूँ पूँ चूँघेको धूँ धूँ ज्यालीको झनन । ढयाङ्ग्राको ढुङ् ढुङ् ड्याङ् ड्याङ् र डुङ् आकाश रनन । आँधीको पहिलो क्षितिजको मैलो लाल धूली किनारे । गद्गदसँग वैरेला जस्तो गर्जन फु वारे । शरका पानी तरबार तडित् सागरका वर्षेलान् । मैला र राता रुधिरका खोला लडेका रूख बहाई लाखौँ भारतमा ओर्लेलान् । नहुँदै दिन रगतकै रातो लालीले रणथल । शिँगार पार्ली विजेता होला कुन चाहिँ यहाँ दल ? (७) लौ हेर ताक्यो घोरीले दाउ हान्नलाई पछाडि । थोरै छ दल पुग्दैन बल काम गर्ने देख्यो दाउ र छल डर लाग्यो उल्लाई सोझै गै लड्न भिडेर अगाडि । दुईतिरबाट हमला गर्ने फौजलाई दुई बाँडी । विचार गयो तैपनि तस्र्यो । अखाडा नछाडी । (८) एक मुठी फौज एक तरफ बढाई ध्यान खिच्थ्यो हिन्दूको । सब जागे उतै नजर लाखौँ योद्धाका सिन्धुको । रिसल्ला बढे हिन्दूका त्यहाँ सब हात्ती फर्किए । पदाति पनि त्यसतरफ मोडे बीचमा केही खुकुलो छोडे एक कूना तर्किए । (९) मौका यो मिली बलिया अश्व फुर्तिला जोशले । पठायो ठूलो गड्गडसँग टापको छिटो हहठसँग बिजुली जस्तो छिटो है गरी नभेट्दै होशले । (१०) खलबली पो हिन्दूको फौजमा खुकुलो खाडीमा । मुसल्मान आयो जोशले हाँकी बिजुली बाढीमा । छेडेर पसे पचास जना हातमा ज्यान लिने । तिनले गरे गर्नु है सम्म कुल्चेर कतै, काटेर कतै तर्साई कतै, रोएर कतै धेरैलाई च्यान दिने । त्यसैमा फेरि हजारौं लागे खुकुलो पारेर । त्यस तरफ फेरि पचास लागे त्यो किल्ला फोरेर । सय नै जवान मुसल्मान हुँदा हिन्दूमा खलबली । संख्या है तर भएर धेरै रहेनन् त्यहाँ ती धेर बेरै दश दोबर मारी हिन्दूका दल मचाई खलबली । धर्मको जोशमा, ज्यान दिने होशमा एक मुट्ठी पनि क्या शक्ति हुन्छ चमत्कार कस्तो गरेर जान्छ नरहु यो भुली । (११) त्यसै नै बेला एक मुट्ठी उता पहिलो बाँटले । हात्तीका लँडमा भालाले रोपे बलिया आँटले । कूँ कूँ र कूँ कूँ अनेक शब्द हात्तीले कराए । छुरीले ठोकी शिरमा उनका माहुतेहरू अनेक शब्द गरेर कराए । सबभन्दा मोल सूँडको जसलाई ती जन्तु डराए । हात्ती छन् यस्ता काँतर भन्ने लडाइँमा जनाए । (१२) हिन्दूका त्रास एकबाजि उठे अनन्त मच्चिन्छ । हा हा र हू हू मच्चिन लाग्यो खलबल ठूलो, कोलाहल ठूलो अजङ्का हल्ला यथार्थभन्दा जो खालि पछि दैवको दया पाए नै सच्चिन्छ । त्यो हा हा हू हू छोपेर मौका । घोरीले झन् हान्थ्यो । झन् ठूलो डर झन् ठूलो त्रास लहरो गर्जी पहरो घन्की गर्जेर कन् तान्यो । (१३) मुसल्मान चल्छ बिजुली छिटो भालाको सच्चा, तरबारको ढिटो हिन्दू छन् रनथन । हारे है हाम्रा राजाले भन्ने हल्ला छ घन्धन । हार्नु है भन्दा हल्लाले भर्छन् हिन्दुका जाति यी । संख्याले भन्दा मिथ्याले भर्छन् अधेरी राती यी । (१४) तर एक वीर देवता थियो समरथलमा । सबैलाई उसले साहस दियो दशाको पलमा । हा हा र हू हू हारको मच्ची भाग्नलाई तयार । हिन्दूको मुटु पक्रेर खिच्यो अनेक हजार । (१५) सँगेटी फेरि छरिँदा फौज आफैले हाँकेर । जोशले लगे झम्टेर यवन केन्द्रमा ताकेर । हिन्दूको जोश एबबाजि बढे प्राणका पङ्घ स्वर्गमा चढे कीर्तिमा फेरि शृङ्गार जडे नहटी हिँड्दछन् । वैरीका शिर मूला गरी शस्त्रले गिँड्दछन् । वीरका जोशका हनुमान् डाकी शत्रुमा भिड्दछन् । (१६) मुसल्मान हुन्थे सुइँकुच्चा सारा हिन्दूलाई देखेर । प्रलय जस्तो गड्गड आँधी वैरिँदो झन् झन् आफैका माथि उर्लिंदो देखेर । (१७) हिन्दूले हाने जयका भाला छातीमा रोपी रीसले गोपी आँखामा बाली आर्यको ज्वाला बन्धु र वर्गहरूको रगत बदला निकाली । किटेर दाहा बढ्दथे सारा धाराका धारा खोलाले आफ्नो पहिलो त्रास दागझैँ पखाली । मुर्दालाई पनि रीसले थुँग्थे भालाको नोकले छातीमा ठुँग्थे कोही ता शिरका माला नै उन्थे कराई जै काली । मुसल्मान तर्सी पन्छिन लागे ज्यान त्याग्ने वीर निराशले भागे छर र बर ती हुन लागे चौहानका प्रतापमा । हिन्दूको जोश झन् बढ्दै गयो झन् लखेट्दिई फौज त्यो गयो लडाइँको त्यो रापमा । (१८) मुहम्मद घोरी घोडामा थिए मुटुमा थरर । तैपनि जोश देखाई डाक्ने हिन्दूलाई अझै वीरझैँ हाँक्ने । तर हा घरर । ती लोटिगए जमीनमा बरा ! कराए सारा मुसल्मानहरू क्वै रोए तरर । एक वीरले उनलाई झटपट उठाई घोडामा चढायो । एक हात जोखिम भएर गए त्यसले भगायो । (१९) हिन्दूका बजे तुरही धूँ धूँ शङ्खका लामा एक कोशे भूँ भूँ समर बाजाहरूका पूँ पूँ ढ्याङ्ग्राका ढरर । अस्तको लाली हुँदैमा आज हिन्दूको रह्यो गजबले लाज सकेन छिन्न यवनले ताज धन्य है हाम्रा पृथिवीराज म्लेच्छका फौज- हरूलाई धपाई कँपाउने थरर । (२०) लौ आज माला जाई र जुईका कल्की ल्यौ उज्याला । कहिले पनि नमर्ने बाल धूपीका दियाला । अमर ज्योति आकाशमा गाँस डिल्लीका शहरमा । लावा र अबीर बर्साऊ सारा विजय प्रहरमा । नाच र गाऊ वीरका यश डिल्लीका शहरमा । बनाऊ गीत तराई-जीत जोशिला रहरमा । गलामा गला लाएर आँशु छोरा र छोरीका । सुनाऊँ कथा कसरी यवन भागे ती घोरीका । (२१) काक र गिद्धहरूले खान्छन् भारतका दुश्मन । अब ता फेरि आउने छैन त्यो कालो यवन । भारतकी कालीलाई बत्ती बाली रुधिर चढायौँ । अब ता हाम्रो रक्षा है गर्लिन् यवन भगायौँ । अब त ल्याऊ वीणा र तार मधुर बजाऊ । पृथिवीराज चौहान नाममा नाचेर गीत गाऊ । त्रयोदश सर्ग (१) जयचन्द राजा यशको गाँजा पिएर बस्दछन्। "संसारभरमा पाइन्छ यौटा मान्छेको नामको स्वर्गको द्यौता त्यो म हुँ" भन्दछन् । सुँघामा ताउ लाएर काला अरूलाई खालि पयरका जुत्ता चिथरे गरीब, कुत्राका टाला द्वारमा जागा सधैंका कुत्ता समान गन्दछन् । (२) उनी नै यौटा ईश्वरका मूर्ति विष्णुका अवतार । उनैको दावा विश्वमा सारा उनैको निम्ति आकाशका धारा उनैको निम्ति घाम र पानी उनैको निम्ति हवा र तारा उनैका सारा वस्तुका खानी उनैको राजछत्रको रूपमा आकाशको नीलो वितान तानी महिमा उनकै गाउनलाई चरीका कण्ठ खुलेका लाखाँ उनैका पङ्क हम्कने हवा उनैका जल उनैका थल उनैका निम्ति परीका आँखा स्वर्गको राज्य मरणपछि विलास जीवन भवन रची यशको बखानी । क्या मीठो अहा चैतन्य सुन्दर स्वभावले दिएको । मपाइँ स्वर्ग मपाइँ विश्व ममा नै सारा रहस्य खुल्ने स्वार्थले संसार आफैलाई बुझी मधुर सुखका तरङ्ग भरी स्वार्थको विलास भवन विश्व मदिरा पिएको । (३) म पनि त्यस्तै चाहन्छु मीठो विश्वको विवरण । जीवन खालि गुलाबको शय्या सब आफ्ना निम्ति मर्दिऊन् मैय्या आफूलाई कहिले नहओस् अय्या स्वर्ग होस् मरण । (४) म जस्तो राम्रो क्वै छैन हेरि ! ऐनामा हेर्दा म जस्तो सुन्दर देखिन्न काही संसारमा फेरि मेरो नै सधैं बज्दछ भेरी म उड्दा उड्दा स्वर्गमा पुगी सिंहासन लिन्छु ईश्वरको हेरि ! मपाई नबन । सबैको निम्ति जिऊ है बिन्ती नभन्नु विश्व आफ्नो नै निम्ति अनन्त अघि के मेरो गिन्ती सत्यको शरण मरण छ जीवन आफूलाई नगन । आफूलाई भुल्ने विश्वको हितमा सहज शासन गर्दछ रीतमा राजाको त्यही अनन्त थितमा हृदयभित्र ताल है हुन्छ मानिस राजा बन्दछ चित्‌मा अनन्त न्याय बाटुलो पार्ने अनन्त सत्य सजीव धार्ने देवका रीतमा । प्रजाको नोकर सेवाको चोकर दु:खको ठोकर लिएर सबको निम्तिमा जिउने कुठार दी कुरीतमा । तर यो मनले पिर्दछ नानी बिगार्छ हेर ! सबको बानी ढुङ्गाका चाचा गुणका सट्टा बोक्राको ढाँचा, दिव्यमा बट्टा गराई मानिस देवका ठट्टा सिँगान रालको कुखुरे सुली ठूलोमा बयानी । चिताको ज्वाला प्रताप भन्दै शरीरको गुमानी । म देख्छु सधैं मिथ्याको दनदन जलेको सधैं दु:खमा मनमन म त्यै हुँ भन्दै सिँगारी सधैं मपाइँ मानिस हिँड्दछ हरे मिथ्यालाई बखानी । (५) जयचन्द राजा निक्कै नै शूरा समर वीर तेजी र ठूला हुन् हुनलाई तर छन् हरे ! सारै नै गुमानी । कालो छ दाग उनको नाममा भारतका छिः छिः दूरदूरका छन् काकका बखानी । तैपनि तिनलाई सम्झँदा मनलाई आँशु नै आउँछ, आँशु नै आउँछ नजानी नजानी । कमजोरी प्रकृति मानव सारा मिथ्यालाई भन्थे सत्यको सार झिलि र मिली स्वर्ग हो भन्थे आगो हो अँगार । ईर्ष्या र द्वेष मिथ्याका धूवाँ बढ्दछन् गुमानी । वीरको यशको प्यासले गर्दा उत्तमको गुणमा लागेर पर्दा नरकको बाटो स्वर्ग हो भन्दै पुगेछन् नजानी । (६) आज छ यिनको दरबारभित्र बजार सिँगार । किलि र मिली रङ्गी र चङ्गी ठाँटबाँट हजार । ध्वजा र पता मन्त्र र पाठ हजार शिंगार हजार ठाँट यज्ञको तयारी । सुनको ढेरी, चाँदीका पर्वत धन र धान्य, फलफूल शर्वत फूलका माला झयाल र ढोका- हरूमा सिँगारी । तुरही शङ्ख धूँ धूँ र भूँ भूँ अनेक बजाई । हजार मुखले जयको ध्वनि उठ्दोछ सारा आकाशमनि जसलाई सुनी जयचन्द राजा पाउँछन् फेरि पृथ्वीमा ताजा स्वर्गको रजाइँ । (७) अनेक देशका ताजवाला राजा हाजिर छन् दरबारमा । आज छ ठूलो स्वर्गको उत्सव उनका घरबारमा । ठाँटमा राम्रा परीझै सुन्दर स्त्रीहरू नाच्दछन् । अनेक छाँटमा, अनेक काँटमा छम र छम बारुले कम्मर लज्जतले भाँच्दछन् । इन्द्रको स्वर्ग राजमहललाई बनाउन मन भई इन्द्रका धनुष ऐरावत हात्ती जुहारले जडी उत्सवको घडी सबैका नजर झलमल पारी ठाउँ ठाउँमा राख्दछन् । अमृतको नकल गरेर शर्वत आउनेलाई बाँड्दछन् । सुनका सिँढी बनाई राम्रा कल्पको तरु जुहारत फुल्ने बीचमा गाड्दछन् । ठाँटेका परी, रेशमका चरी पारिजात वृक्षहरूका हाँगा बीचमा ढल्काई मधुर गाना बोल्नलाई आज पखेटा जड़ी कार्चोपीवाल शिंगारी राख्दछन् । पात छन् सुनका मञ्जरीपन्ना पल्लव मुगा शीतदाना मोती पानीदार जुहार झलमल ज्योति हावाले जसलाई फूल झारेजस्तो, बराबर झार्दछन् । (८) तराजु ठूला सुनका तुला लाई छन् राखेका । गन्धर्व जस्ता बयानी वस्ताद छन् आज डाकेका। ठाँटेर ठूला फेटाले सुन्दर रेशमले ठाँटेका । (९) विद्वान्‌का दाह्री यहाँ छन् शेता ब्राह्मणका यहाँ ऋत्विक् र नेता राजसूय गर्ने संसारका जेता जयचन्द राजाका । आज ता स्वर्ग पृथ्वीमा ओर्ली अप्सरा बोल्छन् मधुर कुर्ली गलाले मीठा कोयल सुर ली रवाफको लहर आउँछ उर्ली भाषाले बयान के आज गर्ली ? कीर्तिका ताजाका । (१०) कसैले गाउँछन् जयचन्द कीर्ति अन हल बारामा । दुई फेरा जहाँ राजालाई हराई विजयध्वजा फर्फर गराई पराक्रम आफ्नो संसारले सहाई कीर्ति भो धरामा । (११) कसैले गाउँछन् कसरी राखी आठ राजा कैदमा । नमर्दासम्म फैलेको शासन पाएर यहाँ इन्द्रको आसन कीर्तिको पथमा । जता र ततै जयचन्द राजा विजय रथमा । संसारलाई हाँकेर हिँड्थे कीर्तिको पथमा । (१२) रजपूत राजा सबैका मणि सबैका अधिराज । उत्तर भारतभरिका थिए क्षत्रिय शिरताज । उनलाई भेट्ने पृथिवीभरमा कोही थेन प्रतापी । स्वर्गका इन्द्र पृथ्वीका चन्द्र विष्णुका अवतार, भक्तिका केन्द्र कर्ण दानी, कीर्तिका खानी खोलामा बग्थे सुन भई पानी भीममैं बलवान् । युधिष्ठिर तुल्य सत्यका प्रेमी अनेक यस्तै प्रशंसा गर्थे नृसिंह बखानी । (१३) भाटको पूजा छिः हरे मलाई क्यै निको लाग्दैन । मनले मेरो सत्यको सिवा अरू चीज माग्दैन । झूटाका तारीफ गाँजाझैँ लागी आफूलाई सम्झी सत् यशका भागी संसारमा बन्छन् राजा है दागी प्रकृति बाङ्गेर । समय तीरमा हजार वर्ष पछि पो फेरि संसारमा गई कालाको कालो सेताको सेतो कर्म है नाङ्गेर । नसुन हरे ! है आफ्नो कीर्ति मोलतोल छोडेर । सत्यको मोल न्यायको तौल कलङ्क जोडेर। निम्ताका राजा देवका दाँजा आउँछन् आज जयचन्द गाँजा खोरीमा काम गर्न । कसैलाई पाउ कसैलाई पानी नोकरका काम अनेक छानी हार्नेको नाक भूइँमा नानी जित्नेका आँखा हीराका पानी जाऊ है बरु हार्नेले मरु खोजेर बवै मर्न । चतुर्दश सर्ग (१) आजई फेरि यज्ञका साथ स्वयंवर ठाँटको । संयोगिताको स्वयंवर आज नल र दमयन्तीको कथा स्वयंवर छाँटको । (२) एक जना छैन बिर्सन्छु साँच्चि डिल्लीका पृथ्वीराज । उनको मूर्ति ढोकामा राखी द्वारपाल बनाई उपहार जाती कालोमा राक्षस, सिस्नोका माला लाएर शेखी जयचन्द धाकी बन्दथे अधिराज । (३) गएको थियो उनलाई निम्ता चन्दालाई पठाए । जयचन्द सोध्छन् सभामा किन आएनन् तिम्रा पृथ्वीराज भन राखेर मेरो कदर आज तिमीलाई पठाए ? (४) चन्दाले भन्छन्, "कलिको युगमा उचित लागेन । वीरका मणि पृथिवीराजलाई यो राजसूय यज्ञको काजलाई हाजिर हुन जो अधिराजलाई डिल्ली र अजमेर दुवैका ताजलाई सुहाउँदो कुरा राजाका बाजलाई कीर्तिले बल्ने राजाका माझलाई अनेक समर जितेका ताजलाई प्रतापको जो यो सर्कारको साजलाई अनुपम यस्ता दासका दास सुहाउनुपर्ने राजाका माझलाई अखण्ड यशका ती त्यस्ता वीर सबका राजका शृङ्गार हीरा बनाउन चित्त शिरका प्रभु सर्कारलाई बिन्ती छ अनगिन्ती भनेर झुक्दो वीरको शिरले मलाई यहाँ पठाइबक्स्यो बिग्रेला भनी मनको पीरले विनयसाथ नझुक्ने शिरले मैत्रीको भावमा राखी दान डुब्ला कि भनी कीर्तिको भाव सर्कारको प्रताप त्यसै छ ठूलो वहाँको भक्ति त्यसै छ धूलो नपरोस् भनी दुई राजमा मूलो वहाँको कीर्तिले सर्कारको यज्ञ- को बाटो ताकेन । जसको कीर्ति सकल धर्ती गाएर थाकेन । संसारका जेता, वीरका नेता पृथ्वीका चन्द्र जय र ज्योति धरणी राजका अघिका हुन्छन् अरूका जय दिनका चन्द्र फुस्रा भई रातमा मात्र फूर्तिले चम्कन्छन् । पृथिवीराज जगत्‌का ताज सर्कारका अघि अरूका त्यसै व्यर्थमा गम्कन्छन् । चौदिशा जसका पाएर कीर्ति घमण्ड गर्ने वैरका राजा जो मूर्ख टिम्कन्छन् । तिनलाई संसार उपहास भर्छ तिनको ताज धूलोमा पर्छ तिनको फूर्ति भूइँमा झर्छ तिनको ईर्ष्या जलेर मर्छ जो त्यस्ता वीरको मूर्तिको अघि द्वेषका भावका ईर्ष्याका भावका विषालु पङ्घा लिनका लायक भएर हम्कन्छन् । यो कलि युगमा सुनमा छ कलि, सच्चाइ भन्दा झुट्टाइ भली अँधेरी बत्ती धिपिक्क बली सर्कारका दाँजा नहुने राजा गर्वले गम्कन्छन् । अँधेरी हुन्छ उज्यालो बत्ती रूखमा लाग्छ हिउँमा पत्ती शून्यले बोल्छ यत्ति र उत्ति त्यस्ता ती राजा सर्कारका अघि नरकलाई तम्सिन्छन् । कलिको युगमा, मानिसको दु:खमा विरक्ति भन्दा, आसक्ति बेस छ म बरु हुन्छु वैरागी साधु देख्दिन फोस्रो कीर्तिमा जादू भनेर हुकूम भएको मैले सर्कारमा ल्याएँ प्रभुको अहिले विनय बिन्तीमा । नबुझ्ने बीचमा रिसराग हुन्छन् सर्कारको विमल हृदयलाई को मूर्ख भन्ला तिनले छुन्छन् वैरका भाव पोषण गर्ने मूर्खका मात्र सिउर हुन्छन् वीरले नामलाई सत्यले धुन्छन् फूट र छूटहरू ता हुन्छन् मूर्खका गिन्तीमा । ऊच र नीच जो माफ पाऊँ हामीझैँ मूर्ख उचाको नीचा नीचाको उँचा जान्दैनौँ राम्रो खालि छ भक्ति स्वामीमा हाम्रो द्वेष ईर्ष्या भन्दा भक्ति नै राम्रो संसारका ताज हे अधिराज ! उँचाको नीचा बयान गर्ने उपमा राम्रो नपाई झर्ने कविको ऋण थोरैमा तिर्ने- हरूलाई माफी होस् ! प्रेमले मैले आइन भन्ने गरेर बिन्ती तँ अनगिन्ती क्षेमका क्षमा मगाई आएस् स्वर्गका इन्द्र ऊँचाका ऊँचा गिराउने होइन, प्रेमको वार्ता भनेर सुनाएस् । यो अधिराजको सन्देश प्रेमको । अर्थमा साफी होस् उँचा र नीचा हे वीरमणि । दासलाई माफी होस् ।” (५) जयचन्द राजा आफ्नो त्यो कीर्ति सम्झेर गाएको । फुलेका नाक, लिएका चाख चन्दाले पनि राख्यो है धाक खिल्लत दिए गाउनेछ कीर्ति संसार छाएको । भनेर खुशले केही भित्र फुल्दा नाराजपनको चेहरालाई भन्दछन् “हाम्रो रहेन मान उनी नै नआई सक्दछौ भने “आउनैपर्छ ।" भनेर तिमी करलाई ल्याऊ म तिम्रो कदर, गरूँला भाउ उ एक जना भएमा आर्कै यज्ञको मेरो रहन्छ भाउ न फुस्रो बनोस् यो मेरो नाउँ ल्याऊ है करलाई।" भनेर काँधमा दिएर धाप डिल्लीमा पठाई । आउला भन्ने आशमा निराश छन् आज दिनलाई। (६) रीसले आज पित्तलको मूर्ति द्वारमा लगाए । उपहास रूपको अनुहार खूबको सिस्नोको माला झुकेको चाला "ठीक भयो ?" भनी प्रश्नले धेरै रजौटा हँसाए । (७) बदलेर भेष, नक्कली केश अरू नै देशका । राजाझैँ भई पृथीवीराज हाजिर छन् है सभामा आज सुनेर भन्दा मुस्मुसी हाँसी वीरको दिलले नमानी लाज मूर्खको देखी सजेको साज विदेशी भेषका । (८) स्वयंवरलाई बज्दछ बाजा दुक्ढुक मुटु बन्दछन् राजा डटेका शिंगारहरूले ताजा गलामा लागी सीक्सीको बस्छन् आज छ मेरो भनेर माला देवलाई इष्ट सम्झेर मिष्ट सपना बनाई मनमा इष्ट पिउँदो छन् कोही लहडका प्याला कोही छन् भित्री चिन्ताका ज्वाला श्रीपेचलाई मिलाउन लागे रुमाल झिकी मुहार पुछी गम्भीर चमक मुखमा झिकी आकाशकी तारा दरबारद्वारा ओर्लन लागिन् भनेर सारा बसाइ गरी फूर्ति र हाँकको मोहनी मन्त्र- हरूका जन्त्र लगाई भित्र सुन्दरका चित्र अप्सरालाई स्वर्गको जिती मिलाउँला भन्दा पृथ्वीका थिति जुँघालाई चट्ट पारेर कट्ट मदनका मूर्ति बनुँला भनी वर्नेका नजरमा । श्रीपेचमा थपी जुहारत राम्रा पोशाकमा डट्छन् यी राजाहरू गुलाफजलमा नुहाई राम्रा हातमा औंठी हीराका झलझल सामुका नजर झल्काउन झलझल जीतका रहरमा । आज छ आर्कै जयको मेला रूप र रवाफ दुवैको बेला ईश्वरको को दया ! नगरून् हेला ! वरने प्रहरमा । सन्सनी चल्छ सुनेर बाजा भीडका शहरमा । (९) चरले बाजे धूँ धूँ र धूँ धूँ जाहेरी तुरही । म भन्छु हेर्थे स्वर्गमा लोभी आज ता सुर ही । झिल्मिल झल्मल रेशम सल्मल सितारा टल्मल आँखाका चलमल कुरङ्गीहरू सिँगारी चलमल मुस्मुस हाँसी लाजले कर्की आपस नजर गाजल कोसे लावा र अबीर किस्तीले छर्की फूलका डाली गएर फर्की कसोरी बहूँ कसोरी देखाऊँ लाजको मुहार षोड़श शृङ्गार भनेझै केही अलमल गर्दै बीचबीचमा हातले आपसमा झर्की दरबारमा निस्किए । सुन्दर ताँती रंग बहुभाँति कोही छन् धानी कोही छन् नीला वसन्ती कोही पोशाकमा जाती छानेका परी पृथ्वीमा झरी आजको भाग्यमानीको पूजा गर्नलाई बेसरी । लोभ र प्यास दुवैका आँखा चनाखा पारी ढुक्ढुक्ले हेर्छन् रजपूत-केशरी । (१०) रजपूत कुलकी मोहनी फूलकी रतीझैँ राम्री डाल र डोलकी स्वर्गमा हुने अनन्त मोलकी मृदुल अधरे । परीको तापले रेखेकी भौंमा लचक्क लच्काई मसिनो रेखा कालामा हुने सुन्दरले छोई स्वर्गका दृश्य खुलेका आँखा दुईको ढकनी उज्याला माथि कमल निधारे । गुलाफी गाला, पत्तीझैँ छाला जुन फूल मुहारे । फुलेको हो कि कुँदेको हो कि भनेझैँ दोधारे । हरियो बैंश तारबुट्टे रेशम रत्नले झल्मल । कहिले कमल, कहिले गुलाफ भएर अघि लाजले बढ्छिन् हंसझै ढलमल । (११) स्वयंवर माला थुङ्गा र थुङ्गा कमल करमा । बढ्दछिन् तिनी प्रियतम चिनी पहिराउँला भनी हृदयभित्र राज गर्ने वरमा । (१२) खोज्दछन् आँखा पृथिवीराजलाई सामुमा नदेखी । सुकेर हिँड्छिन् अगाडि तिनी फूल पयर भुइँ टेकी । राजाका शिर सरमले झुक्छन् नमिल्ने देखी चूक र चूक् छन् टुटेका तारले दिल मुकमुक् छन् झरेर सब शेखी । नदेखी तर पृथिवीराजलाई छेउमा पुगी छोडेर लाजलाई द्वारको मूर्ति देखेर उनको भो मुहार खुल्दो बदली जूनको पित्तलमा देखिन् मूर्ति है सुनको त्यो माला पहिराइन् । अग्लेर केही फूर्तिकी देही आँखामा चमक विजय ले हि आत्माको जित्ने सत्यले संसार मिथ्याका फन्दा छाडेर एकवार जीवनको हल सत्यको बल देखाउने वीरा बनेर तल छकपारी सारा पसीना धारा पुछेर रीसका आँखाले हेर्ने बाबुलाई देखाई । (१३) फिलिङ्गो आगो आँखामा जाग्यो रुद्रका नजरमा । उग्रको रीसले गर्जेर उठे छोरीका कसूरमा । (१४) ठीक त्यसै बेला एक वीर उठे झटपट बोकेर । ली शाहज्यादी धोजमा राखी 'लौ म हुँ चौहान पृथिवीराज लखेटदेऊ सक्नेले आज भनेर सुनाई कुर्कुच्चा ठोकेर । (१५) तरबार नङ्गा झल्मल झल्के लौ उठयो खबरदार । खलबल ठूलो मच्चियो त्यहाँ कोही चढे घोडा दगुरे कोही कोही सोध्थे खोज्दा नजरले कहाँ सवारका पहिला तेजीमा चढी हट् हट खटखट् गरेर चढे रजपूत ती सरदार । अश्वले लग्यो बिजुली बनी संसार की सुन्दर सार। (१६) लगाम कर्के घोडा आँग फड्के फूर्तिले गड्के रिसल्ला पड्के कड् कड कड्के टापका मनि ढुङ्गा र फलाम । न कहीं अड्के बिजुली सड्के पड्केर घोडा पैयाँमा कड्के बिजुली लगाम । टिपेर लगे सवारलाई टाढा बाईपङ्के घोडा वेगमा छाडा जय र चन्दका रीसमा गाढा गड र गड हड र बड तड र तड कटटटट खट र खट झिल्काई झिल्का झिलिक्क पारी बिजुली सवार मिलिक्क पारी गिजि र मिजी मुखमा फिंज बाटामा फड्की तेर्सेका चीज खोलालाई तरी छचाप्ल्याङ्ग गरी वन र खेत तीरलाई नापी कोही ता गए जगतै परी फुटेर मुटु नै । तैपनि तेजी चौहान वीर बिजलीभन्दा विचारझैँ छीटा पछाडि राखी ती शाहज्यादी सबभन्दा छीटा नै । भएर गए नदेख्ने कोही आखिर भए फर्केर आए सय र सय आखिर निराश । आँखामा ज्वाला रीसले काला जय र चन्द हारले हाला भए ती हताश । मौकामा पछि पाउलास् भनी ठक्कर ठूलो मनमा गुनी । के गरी त्यल्लाई गिराऊँ भनी स्वर्ग र आकाश । पन्धौं सर्ग लेख्ने परिकल्पना महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूले गर्नुभएको थियो, त्यसबारेमा उहाँले लेख्नुभएको छ- (यहाँ एक सर्ग दुई वीरहरूको आत्मोत्सर्गको उल्लेख हुन सक्छ। तर यो लेखिएन, र श्यामदास वैष्णवज्यूले अरू सबै सारी उहाँबाट आद्योपान्त हेरी सपारी प्रकाशनार्थ प्रस्तुत गर्नुभएको हो। साझा प्रकाशन पञ्चदश सर्ग (१) डिल्लीमा आज धूमधाम ठूलो उत्सवको वृक्ष हवामा फुल्यो सुवर्ण भई दिन आज खुल्यो सपना जस्तो बादल खुल्यो उदय गगनमा । उषाले देखिन् किरणले चित्र विवाह दिव्य स्वर्गको भित्र सूर्यको साथ सौन्दर्य देवी विवाह गर्दा अकाशको पर्दा मर्त्यका नयनमा । गुलाफी रङ्ग, सुनका पानी चढाई रेखा मोहन तानी क्षण र क्षणलाई र छाय छानी उषाका भवनमा । त्यो देखी आज चिडिया बोले मधुरको स्वप्ना कण्ठले खोले लहराहरू धोजाऊँ डोले अनन्त आई फिल्मिल बोले आजको दिनमा । उदय यस्तो राम्रो र सुन्दर भएन अरू भनेर बूढा काँशका केश हिउँका छाटी जोरिने दुई थर्थर घुडा भन्दथे जनमा । (२) पहिले गुलाब पातलो फैल्यो मिर्मिर बारीमा । सिर्का र छिर्का जो पछि चर्को रङ्गमै उर्ल्यो मधुर सुरले रङ्गमा कुर्ल्यो बादलमा चढी लहरमा छर्ल्यो पानीका फटिक चञ्चलमा ओर्ल्यो सुन बाढी बढी गुलाफबाट बादल भए मधुर ठाँट चिडिया उडे मोहनी देखी सुनका घारीमा । फाटेर चीरा रङ्गका पोरा धेर बेर भयो अनेक रूपमा कहिले परी, कहिले मुजूर धूँवाँली बल्दा बादलका घेरा अनेक रूपले झल्मल भए स्वर्गका बारीमा । ढोका भो सुनको कहिलेकाहीँ पताके फारीमा । हामीले देख्यौँ स्वर्ग है आज बिहाको उत्सव मनाए जस्तो किरण झारीमा । भन्दथे बूढा आँखाका तीखा जो वीन लिई सडक हिँड्थे । गाएर वीर चौहानका गाना पाँचतारे तारीमा । (३) डिल्लीमा आज नाच र गान नृत्यको शहरझैँ । अग्ला ती घर भर र भर अप्सरा नारी ठाँटमा भारी बाटेका केश नागिनी पारी डटेका रेशम हरूका सारी बालख साना छातीमा घारी झयाललाई स्वर्ग अटाली पारी नाच र गान तल छ भारी तरबारका पट्टा कुँडिला धारी लकडी हातमा चलाकी भारी ध्वजा र शृङ्गार खम्बामा भारी नक्कली दुश्मन बनाई मारी यवनका छाती शरले फारी नक्कली लडाइँ गरेर भारी वारि र पारि उत्सव नाच्छ सागरका लहरझैँ । (४) कवि र गाइने सारङ्गी वीणा लिएर नाच्दछन् । भाट र भाँड देखाई छाँड कम्मर भाँच्दछन् । जयको ध्वनि पुकारी हिँड्छन् मानिसका लहर। उत्सव जस्तो जिउँदो आज डिल्लीको शहर । (५) कल्पना मेरी पुग्दछे गरी हेर्नको रहर । एघार सय नब्बेको वर्ष डिल्लीको शहर । (६) के मैले देखें आजको दिन लौन नि भाषा राम्ररी भन जलप अक्षर लगाई सुन लाग्ला है लाज सत्यले गिज्याउला म यस्तो दुर्बल तारको झीनो अलङ्कार छैन, उपमा छैन सोझोको खालि प्रकृत चालमा लेख्दछु हरे ! दिलका तालमा छि: यस्तो नभन । (७) तस्वीरलाई शब्दले खिच्नु सारै नै कठिन । उषाका प्रयास विफल हुँदा स्वर्गको चित्रण गर्नलाई सधैं पटमा गगन । मधुर भावका आँशु है रुन्छन् उरमा सुमन। प्रयत्नसम्म गरें है मैले । भावुक दिलले रङ्गे है दिलले सङ्केत मात्र यो बुझी पहिले मनमा रँगन । आफ्नो जो टूना, मनको दूना आधा नै आउँदैन । सच्चाको जादू, भिन्नै छ स्वाद् शब्दले पाउँदैन । हे भाइ हेला नगरी हेरे भावको खोला गाइनेको चाला जे जस्तो होला प्रीतिले आज बजाएँ तार पहिले कथी लेखिन क्यार ? यो खाने मुखमा दिलको भार बोलेकोसम्म हृदय सार कविता होइन गाइनेको तार लहर खालि दुई र चार प्रकृत प्रवाही । एकै छिन कान लगाइदेऊ गान वीरको रसले एक मुट्ठी खान माग्नेछ आज आँगनमा जान खालि छ यौटा भक्तिको तान रजपूत वीरको कथाको पात संसारको भलाइ । छि: कस्तो भन्ने नभन हरि ! गाएर डुल्ने गानैमा मरी जो दिन मलाई । (८) जानिन अरू मैले के गरूँ हाय ! यो संसारमा । न पर्ने केही न देखें केही न मेरी हुन्छे कल्पना मोही झल्केका झल्का आँशुले रोई एक मुट्ठी गाना हृदय फोई देओस् जो सुन्ने हृदय छोई जान्छु यो सबको दिलमा बोई नेपाली खोला चलेका छन्द हरूको अनसारमा । (९) यै मेरो सोख यै मेरो भोक यसैमा मेरा आत्माका लोक यै मेरा खाना यै मेरा शोक बँदिलो भए दिलमा जोख नफॅक झोकमा । कहिलेकाहीँ फुर्सदमा चाहिँ दिएर कान सुने हे गान वीरको लोकमा। (१०) लौ भन्दाभन्दै बिर्सेछु तान आज छ डिल्ली स्वर्ग है जान रिमि र झिमीमा । लस्कर लाबा तयार भए फूलका डाली तयार थिए माला र माली हजार थिए स्वर्ग र जिमीमा । लौ हेर हात्ती कार्चोबी सुनका जीव र शिंगार ताँतीका ताँती अनेक भाँति हौदामा जाती राजा छन् झल्केका । झयालका परी हातका लावा अबीर झिल्केका । सिपाही लाम तुरही, ढोलक दुई तरफ लागी बजाई बढ्छन् रिसल्लाहरू अघि नै गए शिंगार राम्रा ती धोजा थिए लामचुच्चे भालाका । लौ हेर यहाँ दुलहा आए फूल र अबीर क्या बरसाए लाबा ली राता झरीमा आए हातबाट कमल कोमल सफा युवती छालाका । आजको मैले यो धूमधाम नगर्न सकी वर्णन यहाँ यत्तिमै राखें कलम नाम भावका लहर वहर लाम अरू जो खोज्छौ छातीमा छाम गङ्गाका तटमा आउन्न राम्रो रङ्ग है भनी यहीँ नै छाडे निराश बनी खोलेर छाती हेर है सारा कल्पना पटमा । षोडश सर्ग (१) प्रेमको राज्य आत्माले रच्यो मधुर जूनमा । कर्कश जगत् चकोरमैं भुली सुन्दरको गुणमा । (२) ईश्वरको दिव्य मोहनी खुल्छ नारीको मुहारमा । आमन्त्रण गर्ने आत्मालाई सबमा सिर्जनको यो वनमा । (३) कोयली बोली मधुरले बोल्दा बैंशका बागमा । लठिन्छ दिल रसिकको त्यसै अनौठा लागुमा। (४) हात्तीलाई ठूलो वनको राजा निस्केको दाह्रा चिर्नलाई जोरी उमेर पूरा आँखाको सानो कामको विशाल रूपमैं मानो वनको राजमा रूखका खम्बा हरियो खाना पातको छानो जितेर सारा वीरलाई मानो सहज गौरव देखाई राज्ने बैंशकी राम्री हथेनी छानी शैरमा मस्त खोपीमा धानी अरू छन् खालि नेतृत्व लिने अराय भरको प्रतापी जानी उ हुन्छ वैरी जितेको बेला आलस्यबीच सुस्थर लिँदो पिएर चाँदी मदिरा पानी वनको राजमा । जब छ वनको एक छेउ तिर धूवाँको पुतपुत अघिको आगो ननिभी झाडी झयासमा लाग्दो ज्वालामा टाढा नदेखी जाग्दो कुइरो टुक्रा हो कि मैं टाढा रूखका टुप्पा बसेका चीललाई उल्लाई छैन त्यसको थाह समर छैन शान्ति छ भनी विलासी प्रेमको लिएको राहा ढड्डीका माझमा । जब फूल झर्छन् झर र झर उषाको चढ्दो कीर्तिलाई वर्षा रूखका कवि गाउँदछन् गान रङ्गीन पत्र मधुर स्वर आकाशका बारी चरेर ल्याई सुनका धुला अक्षरलाई महिमा साँझमा । उ हुन्छ खाली फुर्सदमा अलस चुनेर आफ्नी वनकी स्त्रीलाई सूँढले पानी छर्किन्छ कहिले दाँतले कन्याई मारेर चिलाइ दुई जनालाई प्रेमको संसार हरियो माझमा । आनन्द जस्ता चार दिशा खुल्छन् हीरा र मोती जहाँ कहीँ कुन्छन् मदिराजस्ता रङ्गहरू फुल्छन् प्रतापका राजमा । समरको बल वीर्यलाई खालि लड्नको बदला विलासमा हाली आँखामा प्रेमको रोशनी बाली "तिमी र ममा संसार सारा" मरण प्यारो जीवन सुन्दर भनेझै खेलहरूमा प्यारा कृष्ण र राधा गजका रूपमा वृन्दावनभित्र विहार गर्दा विश्वको नेता मुरली भर्दा विम्बकी ज्योति लाउँदी पर्दा मायाको नजरमा । ठीक त्यस्तै भयो प्रेमीको राजमा विलासी आलस पृथिवीराजमा भुलेछन् उनले संसार सारा डिल्लीका शहरमा । मुसल्मान चाहिँ चोटले लाल हेर्दथ्यो हिन्दूहरूको चाल दाउ र छल गर्व यी जाल भारत लिन ईखको होशमा हारले तेजी इस्लामी जोशमा विजय रहरमा । पृथिवीराज प्रेमको दुनियाँ रचेर भुल्थे आजको दिन तरबार, छल संसार, रण डिल्लीका दरबारमा । (५) कुरङ्गी जस्ती वनकी साथमा झाडीमा बस्ने मृगका जातमा सुगन्ध हुने चाखलाग्दा पातमा गला र गला लुटुक्क पारी प्रेमको न्यानोपनामा भारी जब फूल फुल्छन् मृगका आसन मखमलमाथि केशर झारी हरिया मखमलमा । दुई आँखा नानी, दुनियाँ दुई यौटाका टक अर्कालाई दिन्छन् नबोल्ने प्रेममा आनन्द भाषी कहिले कहिले-कन्याई सिङले लुटपीट मीठो बराबर गरी जुरुक्क उठी दगुरीवरी हीराको रात बिउँझै पग्लाई सुनका झलझलमा । शीतले थोपा टिपुंला सरि खुरुरु गरी दगुरीवरी ठण्डीले फेरि सम्झेर न्यानो प्रेममा उस्तै लुट्पुट गरी चराका खलबलमा । ती दुई जना प्रेममै भुले समर छैन आँशु नै छैन स्वर्गको संसार देवको चैन भनेझैँ आफ्ना सपने बागमा परस्पर टूना देखाउने प्रेमको मधुर अलमलमा । चितुवा जब भोकले खरो खानाको खोजमा जङ्गली बरो ! त्यस बेला पनि दाउमा थियो मिर्मिरे खलबलमा । (६) ढुक्कुर दुई बनाई गँड भुवामा सिमलका । वनको कुना फूलको छानी स्वर्गको दरबार उषाकी रानी देखेर कुरकुर प्रेमले कुर्ली एकाको ध्वनि अर्कोमा सुर ली प्रेमको दुनियाँ आएको उर्ली देखेर सुनसुनमा । पातका पर्दा पछाडि गर्दा प्रेमको भाषण । त्यो न्यानो गुँडमा भुलेझै सारा संसारका दूषण । जब है भोको बाज हिँड्छ माथि शिकार निर्दोष खोजेर जाती चारेर गगन । (७) क्रौञ्चका दुइ यी जोडी थिए बैंशका भूवामा । सपना नामको कीलको नीर उडानको रातमा छानेर तीर प्रेमको बत्ती उज्यालो बाल्ने अमृत छर्की चन्द्रले राती ऊँगमा राखी लोलाउँदा पाती झलमल झीलमा छायाँ दी जाती बास है बस्यो रूखका मनि जूनले धूवामा । गला र गला थपेर आँखा अमृतका कुवामा । राजा र रानी कऱ्याङ् र कुरुङ् आकाशमा ज्यादै माथि है उड्दा मसीना रेखा ताँतीमा लामा सुन्दरको देशको उज्यालो तीरलाई पखेटा जसका पाउँछन् धामा प्रेमका बलले । जब है व्याधा चालमारी मारी पछाडिबाट आउँछ कट्ट चलाकी छलले । सुनेर जसलाई एक साथ उड्लान् फट् फट फर् फर् पखेटा घनघोर क्रौञ्चका दलले ! ठुँगेर मार्न खोजेर व्याधा पखेटे आँधी समरले जाँदा डराई कोही, कराई कोही व्याधाका छलले । ती त्यस्तै गरी बसेका थिए प्रेमको जूनमा । नङ्गामा लाल प्रकृति बिर्सी संसारको वनमा । (८) दुनियाँ सज्यो प्रेमले भारी दुनियाँ टूनाको। दिन र रातका सुनका पारी भएको पङ्ख सजाई भारी स्वर्गका पुर्यासई गुलाफका बारी प्रेमका आँशु स्वर्गका झारी खुलाउँदै अधर प्रेमले मधुर मञ्जरी मुनाको । तिनले भुले अँधेरी सारा हृदय गगन हीराका तारा उडेर भाव हजारों सारा स्वर्गमा बसेछन् । चमचम पारी देख्नेलाई भारी प्रेमका आँशु युग र युगका सुख र दुःखका स्वर्गको नीलो चोटालाई जड्ने झल्काऊँ खुलेछन् । (९) शरद्का पात सुनमा गए हिउँदका हिउँ पवित्र भए सपना बिउ छोपेर राम्रा सब ऋतु उनका वसन्त थिए प्रेमका वनमा । थिएन यौटा कुरो नै केही एक थोपा शङ्का, एक टुक्रा कालो आपद्ले टिप्ला टपक्क भनी तिनका मनमा । हा ! कठैबरा ! प्रेमका चरा ! भोग गर्दा घरा तिनको मनमा । सप्तदश सर्ग (१) घोरीले खाई एक फेरा चोट बिर्सेन आफ्नो हारको खोट चढ्दछु भनी भारतको बोट फौज जम्मा पारेर । इस्लामको जोश गजबले जल्यो सबका नशामा आगो है हाल्यो जन्नते रोशन सिपाहीमा बाल्यो चढ्दछौ माथि । हे भाइ साथी । मरेर गए जितेछ ताज दुश्मन मारेर । भनेर तालीम गरेका फौज हिन्दूस्तान कारेर । छल र दाउहरूमा पूरा बल र वान छानेर पूरा भारतको चढाउलाई ल्यायो धूरा सिन्धुलाई तारेर । (२) भारत थियो निद्रामा अहिले विलास निद्रामा । हारेर गयो मुसल्मान भनी । विजय तन्द्रामा । (३) अँधेरी फौज रातका आए निद्रामा छोपेर । सभ्यको आकार, रङ्गलाई नास्न कलाका छाती जङ्गली भाला- हरूले रोपेर । (४) त्यो दिन थियो गिद्धको राजा काकको रजाइँ । हिन्दूको थियो कलङ्ग टीका सम्झदै हरे ! आँशुका ढिका पग्लन्छन् मलाई । (५) सिंहको गुफा नीदमा थियो शिकारलाई झम्टेर । अब ता फेरि आओइन भनी ह्वाङ्ग्राङ्ग यौटा काफी भो भनी एक फेरा झम्टेर । (६) भारतका छाती थिए है चीरा आनन्द मनमा डिल्लीका हीरा कन्नौजमा गर्वी द्वेषका कीरा एकता क्वै छैन । के गरूँ हरे ! भारत अब डुब्न नै लाग्यो म्लेच्छ पो जाग्यो थरथर काँपी मुटु यो आयो हौसला हुँदैन । (७) यही वेला आए प्रतापी राना अनेक समरका । समर वीर स्वभावका धीर महर्षि जस्ता भक्तका हीरा पाठ र पूजा जीवन जसको ईश्वर सम्झी बिताउने दिन चार चार प्रहरका । (८) डिल्लीको सिंह जगाऊँ भनी संगठन सबको मिलाऊँ भनी हिन्दूको झन्डा आकाशमनि कीर्तिले उचाल्न । सबैलाई उनले पिटे है डङ्का छोड्नु त्यो त्रास, आपसका शङ्का फाटेको भारत लड्नेछ भनी जुटेको भारत बढ़नेछ भनी "शत्रुको अघि भाइको फूट मिलाई सारा एक भई जूट नगरोस् म्लेच्छ आएर टूट" एक दिलले सारा वैरीमा छुट भनेर सारा रजपूत राजा हरूलाई समाल्न । (९) पृथिवीराज झल्याँस्स भए जो वर्षभरि सुतेका थिए झकमान वीरको । मिलाए हात समर साथ सल्लाह गरे अनेकौँ बात निभाउन उद्यत गराए राजा हरूलाई आगो बलेको आज हिन्दको पीरको । (१०) अनेकौं आए वीरका मणि सुनेर उनको भारत ध्वनि एक सेना बनी झण्डाका मनि अनेक गज मिलेझै गरी एक नेता लिई सब वरिपरि पृथिवी वीरको । अरू छन् राजा चौहान रवि संसार भर्छ उनैको छवि किरण झर्छन् असंख्य कर छन् जीवन दिने आतप झर्छन् ठूला र सानामा । एकको आत्मा जगत्‌मा राज छ एक नै सूर्य पृथिवीमा छ जसको किरण फूल सुवास भरी हवालाई चाली, सागर उचाली पृथिवी प्यासलाई बादलमा झर्छ इन्द्रको धनुष झलमल पर्छ संसार चालन किरणले गर्छ दर्शनले खाली जीवन भर्छ एक सेतो राप संसारमा छर्छ सबल वस्तु लहर भर्छ सिर्जनका पानामा । आँखाको केन्द्र दृश्यमान इन्द्र सहज शासन गर्दछ सारा सौर यो थिति चलाउने भई अनेक बिम्ब भएर फैली जीवन ज्योति भरेर झलझल विश्व र दानामा । नियत गराई खोलालाई बाटो माटोलाई जीवन, जीवनलाई माटो बनाउन जसले उदय पायो चराका गानामा । जो सम्झी रुन्छन् फूल र पात मनका पानामा । जसलाई हामी नमस्कार गछौं कीर्तिका छानामा । जो सधैं दिन दिन उदाई उठ्छन् हृदय गानामा । (११) जयचन्द राजा कन्नौजका तर द्वेष र गर्व ईर्ष्याका घर कानमा तेल हाली । जोरी र पारी मरेमा कीर्ति आफ्नो छ बढ्ने गरूँला फुर्ति भनेर फुल्दा घमण्डी मूर्ति बस्दछन् जुंघा लगाई ताउ बिग्रेका वीर समरका मणि नाक ठाडो उचाली । (१२) बिराली भन्छे चुलीमा बसी तातो र न्यानोमा। “यो घरका मान्छे मालिक र भान्छे कालले खाए म हुन्थें राजा यो घर हुन्थ्यो विलास मेरो दूधको हुन्थ्यो छेलो र खेलो डसनामा डट्थें चूलीमा चढ्थें सिरक ओढ्थें भात र दाल, मासु र माछा ठूलो र सानोमा । तर यी जुंघा सल्काइदिन्छिन् ती भान्छे बज्यै मलाई देखे अगुल्टो हानी जानेर बानी मरि नै जाओस् म हुन्थें रानी" भनेर भुतभुत पोतेको चूलो उपर बसी भुत्भुत गर्दै बुद्धिकी उ कानी पशुकी बुद्धि क्या हुन्छ सानी एक कदम अघि पुग्दैनन् नानी घर नै मेरो उजाड्को राज्य बीचमा हुँला भन्दछे शानी जयचन्द त्यस्तै बिराली बुद्धि भएर काना छन् । हा ! नजर हाम्रा ठाँटका राम्रा बोक्रा र कुम्रा अहम्‌का चाम्रा हरूका साना छन् । क्या तानाशाही कीर्ति छ यूटी बिराली ताना छन् । (१३) जयचन्दलाई बोलाउ गर्यो उनले हेरेनन् । भारत मेरो विलास भवन मेरै यी कीर्तिहरूका सुमन भनेर तिनले धोखामा पारे दशामा हेरेनन् । (१४) वीरका मणि रवाफी तेजी अँधाका भयङ्कर । आँखाका ठूला बुद्धिका फूला क्या राजा दियौ भारतलाई ! कीर्तिको प्यासी, भारतको नाश जय हो हे शङ्कर ! (१५) लौ भेद हेर ती दुइ बीचमा सच्चा र कच्चाको । जयचन्द राजा नघुसून मनमा भारत बच्चाको । अष्टदश सर्ग (१) एघार सय नब्बे र एक उही ताल बारीमा । थानेश्वरबाट पन्ध्र कोस पर मैदान भारीमा । रातो छ माटो रुधिर पिई कालीको रणथल जहाँकी हिन्दू भारता बन्धु बचाउन हाम्रो सभ्यता सिन्धु अर्पेर प्राण गएथे स्वर्ग कठै ती हाम्रा वीरका वर्ग सिंचन हाम्रो भारतको बाटो बहाई रुधिरजल । (२) आज छठूलो समरको सागर लाल भेल उर्लेको। गड्गड आँधी पहाड लहर रुधिरजल छहर छहर् गुड्गुड गुर्लेको । भयङ्कर गर्जन घनघोर घर्षण कोलाहल ठूलो, हल्ला र गुल्ला तरबार उठ्दा लाल लाल झल्की उचाइ खोच वल्ला र पल्ला हात्ती र घोडा माथिल्ला तल्ला लाल फींजवाला लहरका कल्की भाला र खंडा तरबारमा झल्की रौद्रको स्वर लेको । रणका देव मूख बाई आज छन् तल ओर्लेको । (३) हिन्दूले हान्छन् टाउकामा ताकी मुसल्मान टाउको एक चोटमा फ्याँकी भालाको नोक छातीमा जाकी चाण्डाल भन्दै रीसले हाँकी तर्साई मुसल्मान । सण्ड र मुण्ड रजपूत वीर देख्दैमा पहलमान । चण्डी लाई डाकी कालीलाई डाकी गर्धन ताकी एक चोटमा काटी लत्याई बाँकी जोश र फूर्ति बलमा धाकी देखाई हिन्दुस्तान । मुसल्मान् हुन्छन् आच्छु र आच्छु खाएर मार पस्ट भै हार भागूं कि बसूँ दोधार हुन्छन् न देखी अड्ने ठाम । (४) जन्नते इस्लाम अल्लाले अकबर अल्ला हो अकबरको । आवाज उठ्यो सङ्ग्राम उठ्यो । थर्काई सकभरको । मुसल्मान जोश बढेर आयो इस्लामी वीरले । धर्मको नाममा, जन्नतको धाममा राजाको काममा तिरेर ऋण विश्वासको शिरले । (५) बर्छा र भाला बर्सिन्छन् काला हात्तीको सूँडमा । कूँ कूँ र कूँ कू गरेर सूँड लुकाउँदा गज हिन्दूलाई कुल्ची भाग्दछन् सारा कुल्ची र मिल्ची कातर गणेश दिएर धोखा खोल्दछन् वैरी हमलालाई ढोका हिन्दूलाई मिल्काई पोकाका पोका राजालाई गरी इज्जतका चोखा मृत्युका भन्दा ज्यानका भोका नभई काहीँ के रोक र टोका इस्लामको खाई बलेको झोका खलबल पारी होका र भोका हिन्दूका गुंडमा । आज है थाहा वीरले पाए हात्तीले कस्तो काँतरपन ल्याए रणका भूमिमा । देख्नमा ठूला साहसका शून्य- हरूको भर नहओस् गण्य साना र छीटा अश्व नै धन्य रणका भूमिमा । (६) इस्लामको घोडा छीटा छन् गोडा कुखुरे कल्की छैनन् है जोडा हिन्दूका दलमा । खलबल पो हल्ला र खल्ला हिन्दुका फौज हिला र मिला धेरै नै भई तैपनि भए के गरूँ दोधार पुर्पुरो चिला मुसल्मान आयो ठेलम् र ठेला अस्तमा हुँदा दिनको बेला रगत जलमा । हिन्दुले हार्योे भारत गुम्यो म्लेच्छको फूर्ति नाचेर घुम्यो रणका थलमा । भारतको रगत त्यस वेला बग्यो भुल्भुल भलमा । हामीलाई वर्णन गाहारो भयो आँखा भै जलमा । (७) काक र गिद्धहरूले खालान् चीलका चुच्चाले । जहाँ छन् ठूला वीरका तन रतनहरू भारतका भन हरायो छुच्चाले । सकेनन् तिनले दशाका जोड्मा हटाउन घुच्चाले । तैपनि आत्मा स्वर्गमा पुग्यो । अर्पण सच्चाले । शरीरलाई दिन्छन् दुष्टलाई तर लिन्छन् है बाटो स्वर्गको घर भारतका बच्चाले । तिनी हुन् सच्चा भारतका बच्चा खपेनन् हरे ! इस्लामका घच्चा जसभित्र भारत रोएर बस्यो लुटियो लुच्चाले । हजार वर्ष रगतका आँशु आजका निम्तिमा । बहाउन हरे ! भारतलाई थियो आँशुले छाती फारेर रोलाऊ नसुन बिन्तीमा । (८) हजार विद्या भारतका जले दिनका ज्वलनमा । हजार वर्षका लाली मिले पश्चिमी गगनमा । हिन्दूका छाती सधैलाई जले म्लेच्छका दमनमा । नहेर्ने जति स्वर्गमा पुगे देवका विमानमा । हेर्नेको सधैं आँखा छ लाल आजको यो दिनमा । एकोनविस सर्ग (१) घोरीले लायो बँधाका ताउ सपना सफल भो। "अकबर हो अल्ला जन्नते इस्लाम् मन्त्र असल भो । (२) पृथिवीराजलाई पक्रेर ल्याए मुसल्मान वीरले । घोरीका सामु तैपनि तिनी। कुकेनन् शिरले । (३) महम्मद घोरी वीरलाई देखी तारीफका नजरले । भन्दछ राख हे वीर भाइ वीरलाई कदरले । (४) "ढाल र तरबार भूइँमा राख पयर हाम्रो छोएर माग लौ माफी धूलीमा । इस्लाम धर्म ग्रहण गरी महम्मद सुल्तान शरण परी पयरको धूलो शिरमा धरी नोकर हुने प्रतिज्ञा गर नून खाई हामी सोझो भै सधैं ज्यान दिन तयार हुकूम भर पसेर झट्ट पयर पर दयालु हामी ज्यान दिन्छौँ वर हामीले झट्ट भनेकै गर रणकी थलीमा । नत्र त तिम्रो कुर्वान गछौँ इस्लाम हो अकबर शिर हामी भिछौँ फतेह भालामा । हात जोड वीर । झुकाऊ शिर पयरमा पर ज्यान भन्दा मीठो काल छैन नानी एक छिन दिन्छौँ विचार ध्यानी शिरको तरबार गर्नेछ हानी सिंहासन दिउँला नोकरको हाम्रो बगलमा राखी मुसल्मान जाती, नगर शेखी वीर हाम्ले देखी जगत्का बखानी । दयाले बोल्छौँ इस्लामले मोल्छौँ नगुमाऊ ज्यान, पयर पर नबन गुमानी । (५) आँखामा काला बलेर ज्वाला धधक धधक् भो नझक्ने शिर भारत वीर ठाडाको ठाडै कड्केर भन्छन् "तँ मेरो दुश्मन ! मुसल्मान् हिन्दू लङ्का र सिन्धु कहिल्यै हुन्नन् धर्ममा बन्धु त हार्ने छोटो म जित्ने हूँला, धर्ममा मेरै, कर्ममा मेरै स्वर्गको बाटोमा । ज्यानको खेद चढाउन पाइन यी वचन तेरा निभाउन पाइन तँ पयर परी माफीले मेरो बन्धुको रगत भारतको आँशु बहाई बसिस् विजेता सम्झी उठूला भरे बराबर ब्यूझी तँलाई हटाउन । वीरको खाकमा आगोको ज्वाला शरीरको मिथ्या के सत्य जाला ? ले मेरा मासु ले मेरा बोक्रा लगाएस् धाक डिल्लीमा खोक्रा यी यस्ता संसार हजार घुमे यी यस्ता चोला, हजार थोत्रे, फालेर हिँड्थे सम्झेर उत्रे फाटेको छाती फटाइदे तैंले जिउनको इच्छा गर्न ता मैले नरकको बाटो ली जानु अहिले सक्दिन आज स्वधर्मपथ म यसै बिराउन । म तेरो नोकर होइन मालिक ! तँ पयर परी पसेर अहिले भागी जा छाडी भारतभूमि चोरको सर्दार बनेर आज यो रक्तपातले मानेर लाज जपेर माला घरमा बसेस् आत्मालाई धुन आँशुमा डुबेस् नआएस् फेरि दुष्टको हाँकले भारतलाई रुलाउन । झुटोको आवाज मायाको ध्वनि सक्दैनस् तैंले म जस्ता मालिक लोभले भुलाउन ।” (६) घोरीका आँखा लाल लाल भए आँखीभौँ आँधीमा । तरबार नङ्गा वरि र परि हवालाई काटी हुकूम भनी कुर्वानको इज्जत लिनलाई सरे के भनूँ ज्यादी म ? (७) उडेर गयो फिलिक्क आत्मा मुसल्मान् झस्काई आकाशमा यौटा बिजुली देखे छेड्दथ्यो दिनलाई । (८) त्यो आत्मा गयो स्वर्गको बाटो ताराका पारीमा । दरबारमा ठूलो छेलो र खेलो अमृत हुने अम्लानका सुमन- हरूको बारीमा । विजय गयो त्यो सरमलाई । जो हामी मान्दछौं । जीवनभित्र म्लेच्छका पयर टेकेका छातीमा । म्लेच्छको सामु दबेर बस्न हारका रातिमा । विंस सर्ग (१) संयोगिता ती दरबारमा आज अटाली रहेकी । सूर्यको लाली देखेर त्यसमा सङ्ग्रामको दृश्य हेरेर उसमा । टलपल भएकी । हात्तीका लाम अश्वका मूर्ति- मा वीर चढेका । तरबार भाला लिएर, ऐँडी दिएर बढेका । रुधिरको लाली छरेका दृश्य साँफको आकाशमा । अनेक वीरका प्राणको गति साँझको बतासमा । (२) तिनलाई लाग्यो सूर्यके मेरा हृदय प्यारा छन् । डुबेमा त्यस्तै सुनको ज्वाला पारेर संसार साराका काला जितेमा स्वर्ण उदय जस्तो उज्याला सारा छन्। (३) त्यस बेला आयो उडेर गिद्ध दरबारको छानामा । अशकुन् देखिन् तरक्क रोइन् दुई आँशु दानामा । (४) खबर ल्याए रिसल्ला कुदी खबर खेदको । आँशुले बिन्ती गर्दछन् सारा रोएर क्वाँ क्वाँ बगाई धारा वीरका मुकुट मणिका प्यारो शिरका छेदको ! (५) जसलाई अघि समरमा जाँदा तरबार दिई दु:खको बाधा हटाई भन्दथिन् । "स्वर्गको बाटो वीरको सुन्दर धर्मको पथ कीर्तिको रथ दुश्मनको नाश भारतको आश समर थलमा पाल्नुहोस् प्यारा नलिई आँशु, नलिई खेद हामी छौँ ईश्वर पुकार्ने सारा घरमा बस्नु वीरलाई प्यारा शरमले सुहाउँदैन । आत्माको अमर ज्योति छ राम्रो जय र विजय यौटै छ हाम्रो पृथ्वीमा यश स्वर्गका अमर प्यालाको रस मलाई आँशु धर्मको पथमा दुखले आउँदैन ! वियोगै छैन ! धर्मको रणमा मृत्युले हामीलाई कहिले पनि जित्न नै पाउँदैन ।” (६) ती आज खाली नजर उचाली बोलावट आयो भनेर भन्छिन हृदय प्याराको । साँझको बादल जलेको हेर स्वर्गमा गई ढोकाको नेर इशारा दिई बोलेर हेर भारतलाई उज्यालो पारी भो भनी जान अब ता बेर आँखालाई आँशु बनाई भक्त हृदय साराको । सूर्यझैँ स्वर्ग द्वारमा खुल्छन् अम्लान पुष्प आकाशमा फुल्छन् ल्याइदेऊन गई त्यो प्यारो शिर जगत्का ताराको । म त्यससँग जलेर मर्छु मिथ्यालाई जलाई सत्यलाई वर्छु बालिदेऊ ठूलो चितामा ज्वाला स्वयंवर गर्ने धपधप माला श्रीखण्ड हाली धूपीका काठ अश्वको कुञ्जी स्वर्गको ताला म बसे पनि पृथिवीभित्र प्यारालाई त्यहाँ दु:ख भइजाला खरानी हाम्रो सुनको झारी- मा हाली लगाई रत्नका माला राखिदेऊ बागमा मन्दिर बनाई नशादार ढुङ्गा सेतोले सुन्दर भक्तिले साराको । ल्यादेऊ न मलाई सूर्यको शिर मागेर प्याराको ! (७) लावा र लस्कर गएर ल्याए सुनका थालीमा । राखेर शिर वीरको वर फूलका डालीमा । (८) छातीमा राखी शिरलाई प्यारो ज्वालामा दन्दन । अस्ताइन् सन्ध्या सूर्यका साथ विमान देख्यौँ भन्दथे कोही फूलहरू करे भन्दथे कोही विष्णु र लक्ष्मी रहेछन् भन्थे कोही त आँखा भरेर रोई डिल्ली भो आँशु ! रोएर घनन ! म भन्नलाई सक्दिन हरे आँखा यी मेरा आँशुले भरे तारका व्यास कोही अघि सरी जो बाँकी भनन । एकविंस सर्ग (१) उज्यालो भयो भारतको आत्मा दृष्टान्त पाई अंधेरी रातमा आकाश ता अँधेरो ! जयचन्द राजा धिक्कार छ तिम्लाई यशका लागि धोखा भो हाम्लाई ." म्लेच्छका सँग मिल्न पो खोज्यौ बनेर चमेरो । (२) धिक् यश तिम्रा धिक् सारा बल भारतको लागि ज्यान दिने वीरले काक छोडी वीरमुख जोडी स्वर्गमा हाँस्दछ । मूर्खता तिम्रो अहङ्कार सल्की झिलि र मिली बोक्रामा झल्की भारत नास्दछ । (३) आउला एक दिन मूर्खका पालो बादल वैरी गगन कालो छटा वा नीर आँखामा तिम्रा । शरले छेड्ला म्लेच्छको कालो आखिरी बेला नारायण भनी खुलेर जाला बाक्लेको जालो भारतको आत्मा जिस्क्यायौ तिमीले ती आँखा तिम्रा अज्ञानमा चिम्ले माग्ने छ जवाफ । अनन्तभित्र सकल भावका पत्र छन् हेर लेखेका धेर मूर्खका रवाफका ! त्यसै ता कसले झूटाका वशले स्वर्गको बाटो, सत्यको बाटो देख्दछ अन्धोभै ! मुटुका रस भारतका पोखी सत्यको तौल मरणले जोखी आखिर साना कुवाको बाटो भारतको मुहार झल्कामा देखी बहाउला तिम्रो जीवनको पानी कुलको गुलाफलाई । नत्र त तिमी कलङ्गी होउला नरकको पुछार गएर छोउला मरणपछि एकलै रोउला जाऊ है वीर ! म्लेच्छलाई हाँकी पछुतो गरेर । हाम्रो यो दिलको दागलाई मेटी संसार तरेर । (४) यी हाम्रा हारमा आँशुका धारा वीरका मरण छातीका प्यारा युग युग सम्झी छिनछिन रूँला, यी कथा सुनी नजर धूला, मिथ्यालाई छोडी सत्यमा हूँला, स्वर्गको बाटो यशमा ल्यूँला वीरको रस शब्दमा प्यूला उठाई झण्डा भारतको ठूलो संसार अघि वीर हामी हूँला अमरको आत्मा जगाइल्यूँला सत्यका शिखर अर्पनमा छूँला वैर र द्वेष आपसमा धूँला जीवनको जवाफ प्राणले धूँला अनन्त अघि शिर उँचा हूँला महम्मदजस्ता दुश्मन हटाई सत्यको जय उघारी ल्यूँला धर्मको पथमा बलिदान हूँला जोश ठूलो झिकेर । भारतको आत्मा उद्धार गरी यशका कुसुम सुगन्ध भरी अँधेरी फौजमा नदब्ने गरी भारतको ज्योति ननिभ्ने गरी संगठन ठूलो बँदिलो पारी धर्मका फौज बढाई भारी बितौँला अनेक ती ताला बारी भारतका अगले । मृत्युलाई वीर ! नभन हार घमण्डमात्र धोखाको भार सम्बाइ दिलको गलाको हार आँशुको तर्पणले ॥