प्रार्थनाको निशि
क.पलक निमीलित आज निशि,प्रार्थना छन्सलिलदृशी !
ख.दुइटा उडुकण ढुल्कन्छन्बादलपरेला छिचली !
ग.निश्चल, निस्पन्द !श्वासबन्द !
घ.क्षणकन पार्छिन्अनन्त–दर्पण !अर्पण !
ङनिभिरहेछ संसार उनको ! उडिरहेछ नीरव,दुइटा पखेटा क्रन्दनको !
च.बज्दछ अश्रुतबीच मसिनोमनको तार !अन्तर–श्वसनकनको परी प्रहार !“ए ! सुन्दर !एक किरण !अमृत मुहार ! ..........”
छ.जीवन घडीजस्तो छ !व्यष्टि, समष्टि !घडीका सूईका दुई हातजोर्छिन्शिरमा, रात !आँखा मुदी,माग्छिन्प्रभात !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)