क. पलक निमीलित आज निशि, प्रार्थना छन्सलिलदृशी ! ख. दुइटा उडुकण ढुल्कन्छन् बादलपरेला छिचली ! ग. निश्चल, निस्पन्द ! श्वासबन्द ! घ. क्षणकन पार्छिन्अनन्त–दर्पण ! अर्पण ! ङ निभिरहेछ संसार उनको ! उडिरहेछ नीरव, दुइटा पखेटा क्रन्दनको ! च. बज्दछ अश्रुतबीच मसिनो मनको तार ! अन्तर–श्वसनकनको परी प्रहार ! “ए ! सुन्दर ! एक किरण ! अमृत मुहार ! ..........” छ. जीवन घडीजस्तो छ ! व्यष्टि, समष्टि ! घडीका सूईका दुई हात जोर्छिन्शिरमा, रात ! आँखा मुदी, माग्छिन्प्रभात !