नेपाली अभिलेख

प्रश्नोत्तर

कविता · सङ्ग्रह: भिखारी (कवितासङ्ग्रह)

‘के हो अहो! अमृत त्यो सुरदेव पान?’‘सच्चा कमाइ गरिखानु भनेर जान।’‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?‘आफू मिटाइ अरुलाई दिनु जहाँ छ।’‘पाइन्न शान्ति किन हो? कुन ठाउँ मिल्छ?’‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ।’‘देखिन्छ ईश कुन मन्दिरमा पसेर?’‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर।’‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,जानू कहाँ? पढनु के? गुरु को बनाई?’‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्उद्यानमा बस गई सब तत्व खुल्छन्।’‘कर्तव्य के छ जनको, यति छन् विरोध?’‘नक्षत्र हेर नभमा, दिलसाथ सोध!’‘के हो ठुलो जगतमा?’ ‘पसिना विवेक’‘उद्देश्य के लिनु?’ ‘उडि छुनु चन्द्र एक।’

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)