फूल-परी
बगैंचामा मेरा रङबिरङका छन् कति परीकलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरिसिंगारेका छाँटी मगमग छिटो अत्तर मिहीलगाएका सारी नरम रँगिला रेशमसरि ।
हरीया खोपीमा टहल छ हवाको हरहरसधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहरलगाई हीराको टप झलल हाँसी मुसुमुसुइशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ।
चरा पंखी राम्रा नरम रङ पत्ती फरहरउडूँ झैं बस्छन् ती वरपर हरररकलीला यस्ताछन् कि त छुन पनी लाग्दछ डरफुका छाती बोल्छन् मसँग परबाटै सब तर ।
"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?"भनी सोद्धा भन्छन् मुसुमुसुबनी लज्जितसरि"जहाँ झुल्छन् रंगी नरम कलिला बादलभरीजहाँ फुल्छन् ऊँचा धनु रंग मिसेका बहु थरी ।"
"छ कस्तो त्यो रंगी चहकहरूले झल्ल दुनियाँ ?पखेटा पाइन्छन् रँगबिरँगका सुन्दर त्यहाँ""कहाँ जन्म्यौ नानी ?" प्रभु हृदयका बालसपनाबनी जन्म्यौं हामी झलमल सबेरै उदयमा ।
"नबोल्ने पंछी भै रँगबिरँगले नाच्नु फरर ?"कुरा गर्दै मीठा हृदयसँग वर्ली तलतिरभनी आज्ञा मिल्दा हृदय सब खोली फरररसधैं हाँस्छौं लाईकन प्रभु टुना यो जगभर ।
हजारौं भाषाका तहतह बनेको हृदय छजगत्को मायाले झलल गहनातुल्य जल छबनाए माटैले तर हृदय क्या स्वर्ग-रस छपसी साना राम्रा मगमग मिहीं भाव खुप छ ।
उज्यालो पारौं यो जगत, रँग राम्रा कति थपीबहाई बास्ना नै हरहर हवामा सुख जपीखुशाई साराको दिल, दुख हटाई दिनभरटुना भन्छौं हामी प्रभुतिर खिंची बाल नजर ।
दिई आफ्नो बास्ना जगतकन डाकेर भँवरबनी दानी दिन्छौं हृदय-मह मीठो बुझ कुराभए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभरकलीलो छाती होस् मगमगम जगत् पी मह तर ।
दिए हामीलाई नरम गहना, रंग रसिला"बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिलाअरूलाई पोस्ने हृदय छ कचौरा रस भरीत्यसैले हो बास्ना मगमग चलेको हरहरी ।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)