मास्टरजी
बोके दाढी चुस्स परेको सानो चिउँडोको आधारतहलाइन्छन् काला जूँघा दुइ औंलाले वारंवारहात दाहिना बेत छ लामो अथवा चड्कनच्यूरालुले लुले भै दहरा चड्कन दिन सक्छन् ती एक हजार ।
आँखासाँखा सकल बिगारे अक्षरहरूले काला सारचक्का काँच लगाई दोटा जिनतिन देख्छन् ती संसारज्यादै घाम परीकन मुखमा ट्यूशन गर्दा तीन हजारकाला हाम्रा मास्टरजी छन् तर सुइँखुट्टे सारसंसार ।
पतलो जिभ्रो टपटप गर्दछ लालमुसा झैं छरितो चालबोझा झुक्छ किताबहरूको विचारहरूका लिन्छन् याललाग्छ शनैश्चर मंगल धेरै बन्छन् भृकुटी भीम करालपाठ नघोक्ने लडकाहरूका कान र गालाहरूका काल ।
सारङ्गी झैं पेट छ खोक्रो ताजुबको यो कस्तो बातत्यसमा टम्म छ पुस्तकहरूको ठेलठेली डाँडा खातत्यत्रो सानो शिरमा बस्ने भारी भारी कत्रा बातत्यत्रो सानो मुखको भित्र लबजहरू छन् तेतिस हात ।
छैन नजानेको केही नै कण्ठ छ पृथिवी सब भूगोलसक्छन् सहज बताउन कण्ठै शहर र पेरिस, लंडन टोलसंस्कृत सोधे मात्र उ भन्छन् 'भो भो झर्को लाग्छ नबोल'पढाउँदा तर उनले किन हो चक्कर बन्दछ खप्पर गोल ।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)