नेपाली अभिलेख

फूलकी कोपीप्रति

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.अनलशिखाझैं कलिली सुन्दर !मधु–ज्वाला !यो दृगपथमा पक्राउ बसे सरि,भन तिमी को ? ए ! बाला !
ख.मधुर रहस्यको मुसमुस ग्रन्थि,रेशमी–तहले बाँधी,वाणी तिरस्कारिणी ! बोल्छयौसुगन्धका के शव्द–कणीहरुसम्मोहनले साधी ?
ग.आत्मप्रकाशमा नै के भनतिम्रो ब्रीडा–लाली ?संसारी यो स्तरमा उत्रनशरमिन्छयौ कि ?सुकुमारी !किनकि छ तिम्रा भावहरुकोअतिशय मृदुल, अलौकिक, मसिनो,जाली ?
घ.तैपनि मलयानिलका लहरलेफेर उछाल्दा तिम्रा,ओर्लन, बोलन, पर्शनको मन !इङ्गित छर्दछ राम्रा !
ङ.जीवन–कणी सब झलमल बत्तीबली, कसैसंग जाति,मदिर क्षणमा, शादी स्वपनी,उत्सव–चुली कल्पी, मुस्क्यौ ?बैंस–सदनमा, काँच रङ्गको बहुभाँति ?
च.अथवा प्रियतम तिम्रो कोही,मीठो आँखमिचौनीलेमेरो मुटुको गहिरो दरीमाआई लुकेको छ कि अहिले ?
छ.लाई मधुरतम क्षणभङ्गुर योअमरताको सारी,एक झलकमा, विश्व बुझाउन,झर्यौ जगत्को वारि ?
ज.अपरिचिता ए ! परिचय कुन योआदिकालको, दिन्छयौ ?मुरलीकणीमा वृन्दावनमासदन लिएझै लाग्दछ कहिल्यै,मिरमिर युगमा,तिमी निकट जब हुन्छयौ ?

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)