फूल फूलेको बागमा
फूल फुलेको बागमा चाँदनीको माधुरी।हर्हर हवाको चाल शितल फूल हिल्छन् फर्फरी॥
जल्छ चंचल कल्कलाई चाँदनीमा झल्कने।एक बुल्बुल बोल्छ मीठो प्रेमको ताना दिने॥
पातका बुट्टा परेका घाँसका सौन्दर्यमा।एक युवति ढल्किएकी बोटमा आनन्दमा॥
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)