फागुन फुल्छ संसार सारा
क.फागुन फुल्छ संसार साराअत्तर छिटी ऐशको ।रङ्गमहल यो कसको होला ?परी–रानी बैंशको ।
ख.रुपको शरम लाल लाल हुन्छफुस्केको छाती सँभाल्न ।चुलबुल गुलाफ–कोपिलालेसकिन सप्को बसाल्न ।
ग.लुक्ने कोशिश मोहिनीकोहावाले आधा तोडेर,मुजुरा सब उचालिदिन्छबास्ना अबोला छोडेर !
घ.नाइँ नाइँ गर्छे थुँगा म्रीरावृन्दावनलाई दोहराई ।पुरुषले प्रकृति रँग्छपिचकारी क्वै छहराई ।
ङ प्यारको बोट छ निबुवाको, सेतो पत्ती, हरियो शूल ! शीतको दाना कसका निम्ति ? जूनलाई हो कि ? आकाशफूल ?
च.
आजको दिन छ चरी–दिलको,
सुस्काए आलुबखडा !आरु तिम्रो लाली राम्रो,हावा म, केको झगडा ?
छ.आजको दिन हो चुच्यौलीकाचिल्लो पल्लव पर्दामा !नझस्कन गुलाफ मानी,केशरको दाना झर्दामा !
ज.संसारको आङन पुरानोमायही चिर नयाँ कहानी !दाडिम ओठ चिल्लाबाटचिप्लिन्छ मनको सपना नि !
झ.हरियो, चिल्लो रेशम लगाईझुप्पा सुन्दर कार्चोबी ।बैंश उभिन्छिन् फूलको हाँगापक्री, स्वपना मनसूबी !
ञ.यै इतिहास हो जीवनको रे !यही वृन्दावन–कहानीटुङ्गिनसक्ने, जुगजुगभन्दा,सुन ए ! छिरबिर ढिस्कामाथिजूर–जलपमा बैंश–रानी !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)