नेपाली अभिलेख

नीलकाँटाको आवाज

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.छीः छीः दूरदूर गरिएको हुँ !सबले आँखा तरिएको हुँ !आदिम मनुको बदमाशीलेतर पृथिवीमा बरिएको हुँ !दिव्य शल्यको दैनिक साधनमास्रष्टाले दरिएको हुँ !
ख.बेकार सराप्छौ तिमी मलाईसुन रे मेरा शठ भाइ !मुनिको मनको काँढा मै हुँ,खोल्ने दोस्रो लोचनलाई !फूल–अन्धा छन् दुनियाँ सारातिनले घृणा खूब गरिएको हुँ !वीर, शहीदहरुको पथ तर,निर्माण हवस् भनी, विरिञ्चिकरलेजीवन वनमा छरिएको हुँ !
ग.तिमी भुलौला जब, जब मृत्युसत् भारा ।तिमी हिंडौला उत्ताउलो बनीगल्ली गन्दा अँध्यारा ।झल्याँस्स जगाउन च्वास्स म ठुँग्दछु,मानव प्यारा ।फूलका कविता लेख्छन्, लेखून्,काँढाको अझ काम छ तीखो,अझ ठूलो अभिभारा !गूढ तत्वले भरिएको हुँ !
घ.स्वर्गमा छ क्या मधुशाला !बाटुला छन् सुनका प्याला !फूल सुगन्धी खूब उज्याला ।एक अभावले तर त्यो झुक्छ,झुक्छ तल !कण्टक–विजय त्यहाँ छैनन् !उत्पीडनको छैन परामर्श !तडपनबीचको आत्मबल !स्वर्ग जित्न नै छरिएको हुँ !
ङ.तारा झकीकन, सश्रद्ध भूतिरशवनम भेटी चढाई निशिभर,आदृत टुप्पो भरिएको हुँनरले, सुरको सुन्दर पराजयगर्न भनीकन बरिएको हुँ !भूलशूलको तत्वले पृथिवी,स्वर्गभन्दा रुचिर, विचित्रपार्न कल्पना गरिएको हुँ !छिः छिः दूरदूर गरिएको हुँ !सबले आँखा तरिएको हुँ !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)