नेपाली अभिलेख

निद्रित भरिया

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

दश धार्नीको बोझा पिठयूँमा,दोब्री ढाड,तीन कोश उकाली माघको हिउँमा,नाङ्गो हाड !दुई रुपियाँको ज्यान छ जीउमाहाँक्नु पहाड !
पसिना कालो टोपी धरो छ,धूजा पट !जुम्रा उपियाँ जीउमा धुरो छ,मस्तिष्क शठ !गन्धक तुल्य छ, तर क्या ब’रो छमानव घट !
मुटुको चरो छ भटभट, भुरभुर,पसिना, दम,भीरमा झुप्रो, बालक थुरथुर,
भोका गम !माकुरी माले सिस्नो भ्याकुरखोज्छे वन !
यो अति मानव पर्वत वीरकोहिमालमुनिप्रकृति विजेता स्वेदिल शिरकोमोती–धनीमाथि छ केवल निशिको बिर्कोताराकणी !यस निशिमा छ निद्रा–धनी !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)