मेरो धर्म्म
क.सङ्घर्षद्धारा मिलेर मन्थन यी स्नायुजाली शिथिल हुनालेक्या फीँज निकाले !किरण छरी दी तब कल्पनाले !लडका–दिलमा रहने कविले धरम निकाले, कथा सँगाले !
ख.पुजारी डर भो, औ भक्त भो,अज्ञातलाई अज्ञेय पारीरचेर मन्दिर, कुँदी बसाले !अनेक बान्की दिई छिनाले !
ग.बालक ऋषिका कथा मीठा छन्,म सुन्छु सुन्छु !यो कल्पनाको परी जगत्मा,म रसले घुम्छु म रसले घुम्छु !सफा छ खोजी विचित्र मीठो,म मग्न हुन्छु, सतृष्ण हुन्छु !
घ.बगिरहेको मलाई जल देऊ !सुकोस्, पुगोस्वा पयोधि दूर !मलाई केवल समुद्रष्णा तृछचल्किएको, ध्वनि प्रचुर !
ङ.मलाई शङ्का सँगी रहन्छे !मभित्र थोरै छ भित्रको ज्ञानतथापि घुम्दो छ नागबेली,तरङ्ग मेरो, समुद्रको गान !यता छ लरबर,उता छ आह्वान !
च.विदित चिरेर किनार पारी, लगाउँदो छु म फूलबारी !नभेटिएको,नछोइएको,प्रवाहको तर प्राणछ जारी !
छ.म गर्तमा गै, "समुद्र छैन”भनें बराबर, अडी शिथिल प्राण !बराबर निस्कें, नभेटिए त्यो,मीठो छ भन्दै मनुष्यनिम्तिमरुमा कुर्वान !
ज.म आफूभन्दा अगाडि खोज्छु,म आफूभन्दा पछाडि गाँस्छु !म जलहरुमा झझल्किएकोसतृष्णताको गति मिठास छु !
झ.यहाँ छवि छ, वहाँ छाया,झिमिक झिमिकमा धधप्प, झप्प !जो भेटिएको त्यहीं अडेरयही हो भन्ने हठ प्रदर्शनम लिन्न,बग्छु, भजी अलभ्य !
ञ.‘फटिक’ को मन्त्र लिई बगेथें,जहाँ छ माटो !म एक निर्मल पछाडि ‘कलकल’–ले लिन्छ बाटो !
ट.कहिलेकाहीं किरणको कर लीकदम छ दुइचर !टिपी झलक त्यो बनाऊँ ठेली !म बग्छुु लाचार !
ठ.त धम्र्म के हो ? सदा पिपासा,र त्यसको भाषा, र तृप्ति–आशा !अनन्त पाए, घुसेर उरमा,सँगेटी सब धारनिदाउनु एकबार !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)