नेपाली अभिलेख

माल किन्दी

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.समय बराबर प्यारले फर्की,उल्टो छालहान्छ कमाल !किनकि अगाडि क्यै झल्केथ्यो,बेहोश वेगमा,स्वर्गको माल !
ख.सम्झनाले गिज्याइहिछ बोक्रालाई,निद्रालाई तन्द्रालाई,ऊँगलाई आत्माको !“तैले बेंक्मा राखेमध्येकुन हो अक्षर ?कुन हो सुन्दर ?के ले जिउँछन् रातमा यो ?”
ग.क्षणहरुले लुटिरहन्छन्नित्य मलाईगरीब बनाई,सम्झनाले लुटेर तिनकन,“लौ ला” भन्छे — यो भारी चीज,खोसी ल्याएँ !तेरो, तँलाई !
घ.अलकत्राले कालो सडक छनकली माल रङ्गीन भडक छ !दिनकरको छ यात्रा अन्त !बाँकीपुरमा याद अटक छ !बिजुली–तारमा एक चटक छ !पृथिवी बन्छिन् बैकुण्ठ !
ङ.स्वर्गावतरित सन्ध्या ओर्लीपसल–सींढीमा ओर्लन खोज्छिन् !ज्योतिषी छन् साथी दृग दुईजब नव तारा झल्किन रोज्छिन् !उज्यालो भनेको अमृत हो !जिइरहन्छ, जिलाइरहन्छ !ती झल्किथिन्, लझ गुँज्छिन् !
च.फेला परयो तब एउटा ताला !खुले हृदयको सारा कोठरी,ऐनावाला !झल्किन् हजारौं रङ्गलेबाला !नशा, नशाका तार भरी क्यै बिजुली दुगु¥यो,ज्वाला माला !
छ.सुन्दरीजल झर्ना झरेथ्योजीवन–चक्र घेर घुमाई !दुनियाँका सब नगरी झिलमिलपारुँ जस्तो लाग्यो मलाई !
ज.दिनकर डुबेथे यत्ति निम्ति !बिजुली बलेथे यत्ति लागि !अनन्त क्षणहरु भुरभुर उडेथेठाउँ बनाउन यस क्षण लागि !म पनि सारा संसार घुमेथेंपाउन यत्ति, यत्ति भागी !एक थलनिम्ति संसार बन्छन्एक पलनिम्ति पृथिवी घुम्छिन्एक क्षण लागि जीवन बन्छन्अनन्तका पनि क्षणमा गुँड छन् !
झ.एकै क्षणको आन र तान,दिव्य दर्शन या सूनसान !एक पलकमा नितको ज्यान !एक झलकमा पर आश्मान !एक झलकमा जगत् श्मशान !
ञ.मानवताको बिरुवामाथिफुल्दछ यति तर्क भन्ने जानें !दुई आँखाले पिए त्यो रातित्यो अमृत जो सुरले जाने !
ट.सुन्दरता ! के पायौ याद ?चोरी हुन्छन् पथमा कत्रा ?आफू सग्लै टिपियौ, अचेता !धनी बनाउँछयौ कोष परत्र !
ठ.स्वरुपभन्दा छाया अमर छ !छाया ठूलो ! छाया सुन्दर !तिम्रो तत्क्षण थिति नै अमर छ !अजर छ तिम्रो मोहनी–मन्दिर !
ड.प्यार भनीकन कोही छुँदो हो,अवहेलनको तिम्रो काया !पूजा गर्दै कोही रुँदो हो –सम्झन सक्छयौ ?–सकुची, चित्रन तिम्रो छाया !
ढ.प्राप्त तिम्रा वैभव सीमित !अप्राप्त तिम्रा धन छन् असीमितआपूmभन्दा तिमी छौ ठूली !अचेत छौ ए शक्ति अकेली !
ण.कुनै कुनामा, भारतदेश,शायद् वाष्पिल दर्पण सामुदुखले टिप्छयौ फुल्दो केश !बैँसको हरियो, मीठो, फुल्दोउपवनमा भै शरदावेश !
त.कसरी बताऊँ तिमी छौ उस्तै ?बयस अमरमा सुन्दर चूली ?आँधी न छुन्छन्, समय न छुन्छ !परिवर्तन छ पदको धूली !एकान्त हराएँ मैले सुन्दरी !बेहोश निमौले संगमा बोली !समय अडाई, विजयकथाकावार्ता खोली !
थ.सींढी पसलका ओर्ल शके ए !ती लोचनका झुम्का ओराल !उन्नाईसौँ बत्तीस सन् छ !बदल, सके लौ, तिमी यो काल !
द.स्पर्शहरुले खिइँदै शोभोछाया–जगत्मा आश्रय लिन्छन् !सचेत बन्दा आत्मा, आखिर,त्यसमै सदन बनेको पाई—निवसन्छन् !आइरहिछौ ! मेरा हकलेसबका छिन्छन् !विशाल विश्वको बाजार विषे, मेरा हकले,माल किन्छन् !
ध.संसारी क्वै स्तरमा भुल्दीआफ्नो राज र सच्चा शासन !ए अचेता ! पाउली याद !मुग्ध दिल हो सुन्दर–आसन !
न.सम्बन्धहरुमा मसिना, मीठासञ्चित अश्रुत स्वर नै बोली !कोही जनममा चित्रकलामाचकित बनाई, झल्के भोली !पूरा मिलनमा, लबढब हुँलाविश्वनाथका मुटु भै डोली !त्यो होला कति टाढा ?

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)