बोके दाढी चुस्स परेको सानो चिउँडोको आधार तहलाइन्छन् काला जूँघा दुइ औंलाले वारंवार हात दाहिना बेत छ लामो अथवा चड्कनच्यूरा लुले लुले भै दहरा चड्कन दिन सक्छन् ती एक हजार । आँखासाँखा सकल बिगारे अक्षरहरूले काला सार चक्का काँच लगाई दोटा जिनतिन देख्छन् ती संसार ज्यादै घाम परीकन मुखमा ट्यूशन गर्दा तीन हजार काला हाम्रा मास्टरजी छन् तर सुइँखुट्टे सारसंसार । पतलो जिभ्रो टपटप गर्दछ लालमुसा झैं छरितो चाल बोझा झुक्छ किताबहरूको विचारहरूका लिन्छन् याल लाग्छ शनैश्चर मंगल धेरै बन्छन् भृकुटी भीम कराल पाठ नघोक्ने लडकाहरूका कान र गालाहरूका काल । सारङ्गी झैं पेट छ खोक्रो ताजुबको यो कस्तो बात त्यसमा टम्म छ पुस्तकहरूको ठेलठेली डाँडा खात त्यत्रो सानो शिरमा बस्ने भारी भारी कत्रा बात त्यत्रो सानो मुखको भित्र लबजहरू छन् तेतिस हात । छैन नजानेको केही नै कण्ठ छ पृथिवी सब भूगोल सक्छन् सहज बताउन कण्ठै शहर र पेरिस, लंडन टोल संस्कृत सोधे मात्र उ भन्छन् 'भो भो झर्को लाग्छ नबोल' पढाउँदा तर उनले किन हो चक्कर बन्दछ खप्पर गोल ।