नेपाली अभिलेख

माघको खुलेको बिहान

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.क्या खुल्यो बिहान आज !नीलिमाले फालीकल घुम्टो जाली !
ख.वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो !अभिराम क्या यो !रात प्रातः आयो !क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो !दिविमा जन्म ली दयाले !
करुण छन्द भै सुवर्ण ज्योति–लहर आयो !कुँज्छन्हृदय डाली !दर्शनभिलाषीलाई दिव्य देव प्रकट ्हुन्छनउक्ले अंशुमाली !
ग.भस्मीभूत दिन–चरी उड्छ भै सुनौला !मानवी भविष्यको यो गाउँछ गान नौला !एक अचल–चित्र तरुले औंला एक उचालीअमृत रश्मि नै इशार्छ, सिद्ध निज समलाईधिलोक निम्ति फाली !रश्मिलाई बुन्न दिन्छुदिलमा, भावजाली
घ.प्राततारा ब्रह्मा अल्पेजसले सृष्टि कल्पेएक सफा डफ्फा बकुल्ला पौडिए उज्याली !जीवनीका गतिका सुखका जीव–पङ्ख चाली !खोजको आरम्भ हुन्छचल्छ जगत्, आफ्ना पयरसडकमा उचाली !
ङ.द्रुम शिखामा छवि–हङ्ग प्रथम झरेर बसे !गुप्त इन्द्रधनुष ध्वनिको गुन्जन गाएर खसे !मेरोभित्र चिडिया लाग्यो कुर्लन,ख्पङचाली ।
च.स्वर्ग झर्छ, पृथिवी छिन्,्उड हिमालचुलीमा भेटी !चुंबिदा छन्, लाल मदिर–अधर, अँगालो हाली !अब सँभालिएर बस्छन्, मुस्केर हेर ! साथ,प्रातःको कहानीालीह ! ऊष्म रङ्ग फाली !
छ.सृष्टि लाउँछे वसन सुन्दर,मधुर मातले छाली !चञ्चले भाउले चाली !पाँच द्धारबाट घुस्दछ उदय–सङ्गीत–धारा !पन्छी मान्छ पिंजरा सन्चो,दोर्‍याउँछ गीत ती सास !
ज.धुस्नो सुकुलमाथि कवि छ, छिया छ पराल जालो !एक–सिङ्गी गाई साथ लँगडो कुकुर खालि !सुख हो भन्छौ जिन्दगी यो,किरण आँगमा हाली !
झ.मृत्यु चिसो हुन्छ भन्छन्,तातो अमृत थाली !झारपात भज्न लागे गायत्रीको मन्त्र,किरणतर्फ आफूलाई माटोमा उचाली !ए वरेण्यं भर्गस्! विता !प्रेर भन्छु आत्मलाई, जहाँ, छौ ज्योतिको थाली !विनत छु, सिकाऊ देव !जित्न मृत्यु जाली ।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)