क. क्या खुल्यो बिहान आज ! नीलिमाले फाली कल घुम्टो जाली ! ख. वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो ! अभिराम क्या यो ! रात प्रातः आयो ! क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो ! दिविमा जन्म ली दयाले ! करुण छन्द भै सुवर्ण ज्योति–लहर आयो ! कुँज्छन्हृदय डाली ! दर्शनभिलाषीलाई दिव्य देव प्रकट ्हुन्छन उक्ले अंशुमाली ! ग. भस्मीभूत दिन–चरी उड्छ भै सुनौला ! मानवी भविष्यको यो गाउँछ गान नौला ! एक अचल–चित्र तरुले औंला एक उचाली अमृत रश्मि नै इशार्छ, सिद्ध निज समलाईधि लोक निम्ति फाली ! रश्मिलाई बुन्न दिन्छु दिलमा, भावजाली घ. प्राततारा ब्रह्मा अल्पे जसले सृष्टि कल्पे एक सफा डफ्फा बकुल्ला पौडिए उज्याली ! जीवनीका गतिका सुखका जीव–पङ्ख चाली ! खोजको आरम्भ हुन्छ चल्छ जगत्, आफ्ना पयर सडकमा उचाली ! ङ. द्रुम शिखामा छवि–हङ्ग प्रथम झरेर बसे ! गुप्त इन्द्रधनुष ध्वनिको गुन्जन गाएर खसे ! मेरोभित्र चिडिया लाग्यो कुर्लन,ख्पङचाली । च. स्वर्ग झर्छ, पृथिवी छिन्,्उड हिमालचुलीमा भेटी ! चुंबिदा छन्, लाल मदिर–अधर, अँगालो हाली ! अब सँभालिएर बस्छन्, मुस्केर हेर ! साथ, प्रातःको कहानीालीह ! ऊष्म रङ्ग फाली ! छ. सृष्टि लाउँछे वसन सुन्दर, मधुर मातले छाली ! चञ्चले भाउले चाली ! पाँच द्धारबाट घुस्दछ उदय–सङ्गीत–धारा ! पन्छी मान्छ पिंजरा सन्चो, दोर्‍याउँछ गीत ती सास ! ज. धुस्नो सुकुलमाथि कवि छ, छिया छ पराल जालो ! एक–सिङ्गी गाई साथ लँगडो कुकुर खालि ! सुख हो भन्छौ जिन्दगी यो, किरण आँगमा हाली ! झ. मृत्यु चिसो हुन्छ भन्छन्, तातो अमृत थाली ! झारपात भज्न लागे गायत्रीको मन्त्र, किरणतर्फ आफूलाई माटोमा उचाली ! ए वरेण्यं भर्गस्! विता ! प्रेर भन्छु आत्मलाई, जहाँ, छौ ज्योतिको थाली ! विनत छु, सिकाऊ देव ! जित्न मृत्यु जाली ।