कुखुरो
रातले रोइरहिथिन् लाखनजलदाना,मैले कनिका जस्ता मानी टिपी निलेँ तीनाना !पुछेँ गगनको —छातीबालेँ दीप प्रभाती!
तारानलको अन्तर ज्वलनलेम भएँ रातो—अग्नि शिखा झैँ—एक कुर्लनलेलिएँ तिमिर सातो—पूर्व क्षितिजतिर फर्की लाएँबोलेँ तातो—अन्धकारको गो टाटो—बाक्लो कुइरो फाटयो !
छिर्का परेका ललित र लालहे ! कमाल !ती हुन् मेरा विचारहरुका करवाल,स्वरले उच्चाल—रेटिदिएका तम–सेनाकासकल पराजित छाल
विजयसिउर यो शानि मेरो,प्रभात पटलको फेरो—बास माटीको ढिकुरो—केवल कुखुरो !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)