रातले रोइरहिथिन् लाखन जलदाना, मैले कनिका जस्ता मानी टिपी निलेँ ती नाना ! पुछेँ गगनको —छाती बालेँ दीप प्रभाती! तारानलको अन्तर ज्वलनले म भएँ रातो— अग्नि शिखा झैँ—एक कुर्लनले लिएँ तिमिर सातो— पूर्व क्षितिजतिर फर्की लाएँ बोलेँ तातो— अन्धकारको गो टाटो— बाक्लो कुइरो फाटयो ! छिर्का परेका ललित र लाल हे ! कमाल ! ती हुन् मेरा विचारहरुका करवाल, स्वरले उच्चाल— रेटिदिएका तम–सेनाका सकल पराजित छाल विजयसिउर यो शानि मेरो, प्रभात पटलको फेरो— बास माटीको ढिकुरो— केवल कुखुरो !