किसानको रहर
सानो छ खेत, सानो छ बारी,सानै छ जहाननगरी काम, पुग्दैन खान,साँझ र बिहान।।बिहानपख झुल्किन्छ घामदेउराली पाखामाअसारे गीत घन्किछ अनिसुरिलो भाकामा।।काँधको शोभा हलो र जुवाहातमा कोदालीजीवन धान्न गर्नु नै पर्नेउकाली ओराली।।छुपु र छुपु हिलोमा धानरोपेर छोडौलाबनाई कुलो लगाई पानी आएरगोडौला।।भनेर सानी पटुकी रातोबाँधेर झरेकीधमिलो खोला बाढीले होलाकसरी तरेकी।।गालामा साना पसिना दानामोतीझै खुलेकीघाम र पानी भोक र तिर्खाकसरी भुलेकी।।सुसेली हाली बयली खेल्छबतास रातमाजूनले पोख्छ शीतका थोपाधानका पातमा।।सुनौला बाला झुलेर होलाभुइँलाई छोएकोफलेको हाँगो कहिले छ र न निउरी रहेको?हिमाल हाँस्छ मिलाई सेतादाँतका लहरकिसान बनी जहान पाल्ने योमेरो रहर।।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)