सानो छ खेत, सानो छ बारी,सानै छ जहान नगरी काम, पुग्दैन खान,साँझ र बिहान।। बिहानपख झुल्किन्छ घामदेउराली पाखामा असारे गीत घन्किछ अनिसुरिलो भाकामा।। काँधको शोभा हलो र जुवाहातमा कोदाली जीवन धान्न गर्नु नै पर्नेउकाली ओराली।। छुपु र छुपु हिलोमा धानरोपेर छोडौला बनाई कुलो लगाई पानी आएरगोडौला।। भनेर सानी पटुकी रातोबाँधेर झरेकी धमिलो खोला बाढीले होलाकसरी तरेकी।। गालामा साना पसिना दानामोतीझै खुलेकी घाम र पानी भोक र तिर्खाकसरी भुलेकी।। सुसेली हाली बयली खेल्छबतास रातमा जूनले पोख्छ शीतका थोपाधानका पातमा।। सुनौला बाला झुलेर होलाभुइँलाई छोएको फलेको हाँगो कहिले छ र न निउरी रहेको? हिमाल हाँस्छ मिलाई सेतादाँतका लहर किसान बनी जहान पाल्ने योमेरो रहर।।