पहाडको शिखरबाट देखेँ झरेको जल । मेरो मनमा बत्ती बले हजारौँ झलमल ॥ त्यो पानीको झरनामा शक्ति कति छ लुकेको । देख्न सके कति त्यसमा बत्ती बिजुली बलेको ॥ तर हाय त्यसै नै पग्ली पानी व्यर्थ बहन्छ ॥ के हामी मानिसका हृदयका गिरिमा छैनन् यस्तै अटूट निर्मल जलका झरना ? हामी भित्र भए यदि यस्ता सुन्दर झरना हजार ! हाय छ कस्तो अपशोच ! अझ छ अँध्यारो संसार !