ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्? सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्? त्यो फूल हरे मलाई दिई कसरी पछारिस्? हे दिदी मैले ती मुना देख्ता मुनाको मुहार ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार मुना छातीको जुहार! पृथिवीतिर नहेर मुना म पनि आउँछु आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु प्रेमको हीरा छुटेको तल म लिई आउँछु। कसरी खायो आगोले दिदी कमलको शरीर? कसरी खायो निठुरी भई कमलको शरीर? म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ खरानी तिनको मलाई द्यौन छातीमा लगाऊँ हे मेरी आमा हे मेरी मुना म यहाँ बस्तिन म यहाँ अब बस्तिन आमा म यहाँ बस्तिन म यहाँ अब बस्तिन मुना म यहाँ बस्तिन हे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई म रुने छैनँ गएर भोलि भेटुँला तिनलाई हे दैव पर्दा चाँडै नै उठा धन्य छ तँलाई