नेपाली अभिलेख

ग्रहण नुहाउँदी प्रति

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.सूर्यकी दुहिता! चन्द्रकी भगिनी!ए युवती! गर स्नान!
ख.अनार पालुवा लाल रहन्नथाक्दछ बुलबुल गान!समयले सुन्दर स्वपना सहन्न!टुट्दछ रेशम तान!
ग.यस पोकाम बिच्छी पस्छन्,साँप हिलामा बस्छन्।मैला बेहोशीका क्षणमाक्रूर जहरले डस्छन्धोई राख्नुपर्दछ यस्तोरातो रेशम थान!
घ.अनन्त सम्झी मानव–जीवनप्रलय भुल्दछौ हामीक्षणका अन्धा दास बनीकन,भ्रमका सुन्दर सदन बनाउन,छौं नामी!
ङ.सूर्य पिताको मुखमा राहु छ!किरणहरुमा बार!हिउँ हुने शङ्का मातालाई छ।खण्डहरको दुःस्वप्न कडालेझस्किरहेछ संसार!
च.जीवन–ज्योतिमा छाया पर्दछ,किन बिरसौं?मत्र्यताको स्याउ रङ्गकोयस कायामा मृत्युको छायाछोइरहेछ!किन हरषौं?
छ.महाकालको दर्शन पायौंग्रास विषे!छूत लाग्दछ पन्छीहरु लौ?क्या तरसे!पृथिवीको हो यो गङ्गाजल!स्नान गर!चिसो छामोस् मूर्ख कलेवर!सविता परका सविताकोभजन गर!
ज.भूनिशाको यस छायामासूर्य बसे!मत्र्यताको होश नराखे,हृदय नधोएयस्ता क्षणमासाँप पसे!
झ.बाग्मतीमा मध्याह्नग्रस्त महान्!तर्सेकी चरी क्वैगर्छ स्नान!
ञ.बैंशचुलीमा छाया छ!यो हो हृदय पखाल्ने बेला!आवान यो हो महाश्मशानको!धोऊ, गङ्गाजलले सुन्दरी!अल्पायु सुनौला चोला!
ट.ग्रहण बुझेका स्नाताहरुकोहृदय पखाल्ने भू–जल छ!अवनिपुष्पमा बादल छाया!विश्वास किरणमा निर्मल छ!

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)