नेपाली अभिलेख

घाँसी

कविता · सङ्ग्रह: भिखारी (कवितासङ्ग्रह)

सुन्दर युवक सुतेका रुखमनिथकित शिलाको तकियामा ।यौटा घाँसी धार लगाईबसीरहेको हँसियामा ।।वनको मीठो गान घुसेकोयौटाको मृदु सपनामा ।यौटाको दिल स्वर्ग उडेकोनिर्मल जीवन बिपनामा ।।बिउँझी सोध्छन् युवक उज्याला,'के गर्छौ तिमी हे घाँसी ?'बोल्दछ घाँसी, 'सामल केहीबटुलिरहेछु', मृदु हाँसी ।।'कस्तो सामल ?' 'बाटो लाग्नु छएक अकेला दुनियाँमा ।कोही छैनन् दिलमा झल्क्योहात खियाई हँसियामा ।।बेची सँगाल्दछु दुई तिन पैसाधारा पाटी राख्न छ मन ।यहाँ नरोपे कसरी फल्दछखेल्नु खिलौना कति दिन ।।'चरचर, चमचम हँसिया नाच्तछअडि अडि बोल्दछ घाँसी ।छिन-छिनलाई रत्न उज्यालातुल्य सँगालि, नमासी ।।'ईश्वरको यो जङ्गल बिर्ताघाँस फलेको खेत मलाई ।बाली उठाउँछु तल्सिङलाईभारा तिर्दछु पृथिवीलाई ।।रामछाया दुई दिनको योसच्चा काम गरे छ इनाम ।।'चुम्बक लाग्यो, बिजुली झल्क्योटोह्लाई ती चकित बसे ।पात चलेका मधुर तरानाचिडिया वनका भित्र घुसे ।।लयमा बहँदा भाव अनेकन्थाले चल्न मनोहर चाल ।'अहो' मसीनो ध्वनिको भन्थ्यो'यो घाँसीको जीवन हाल ।।'बिउँझायो अब, बिउँझायो अबवनको सुतुवालाई बिचेत ।लोचनयुगल रसाई आए'फुलि-फुलि आयो छाति समेत ।।थोपा दुइटा गुडिकन टप्केशान्त शिलामा अभिराम ।रेखा सुन्दर पर्न गएछन्देखे दुइटा अक्षर 'राम' ।।'को हो ! को हो !' कोइली बोलीअस्ताचलमा रवि टप्केभावुक दिलका अरु अरु थोपाटप टप सुन्दर टप्के ।।वनको रङ्ग बनाई स्याहीलेखे रसल प्रवाह पवित्र ।चिडिया झैं ती गाए सुन्दरवनमा, घरमा, पिँजराभित्र ।।अमृत पिए सब भाइडाँडाकाँडा गुन्जिउठे ।शीतल धारा सुखद छहारीधूप र तिर्खा आज मिटे ।।गाइरहेछन् आज उतातिरराम र सीता पाउनिर ।घाँसी मल्दछ पाउ कमल झैंनेपाली दुई गादिनिर ।।शुक्रतारा ! सुन्दर हाम्रा !नेपाली हे प्रथम ध्वनि !यस्ता घाँसी युवक भरी हुन्नेपाली यो गगनमनि ।।भाषाको यो शैशव सुन्दरतोते बोली बधुर सुधा ।बालकपनको मृदुल मसीनोसरल उज्यालो निर्मलता ।।तिमीले बोल्यौ, बाहिरभन्दाभित्र मिठास विशेष ।ओर्लन फेरि, धेरै दिन भोप्यासी भो अति देश ।।जनभाषाका जन्मोत्सवकोनिर्मल सुन्दर यो इतिहास ।अहो ! उज्याली पृथिवी नहोलिन् ?मधुर नहोला मधुमास ?
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)