क. दिनकरको बीउ झन्डै उम्यो मिरिमिरि–माटो फारी, दृश्य बदली निशिभर गाइरहिथिन् प्रकृति, तिनले रोपिन्अवश्य ! ख. हेर ! साईटु आउँछ कलिलो, लाल पत्ती ली दुई बादल ! मानो लुँडेका बीज पलाउँदा हात ठटाउँदा खुशी बालकदल, जस्तो मेरो, पन्छी, पशुको, उफ्यो दिल दिल ! ग. फुल्दछ, फुल्दछ ढकमक बन्दै रातो–पहेंलो यसका सुगन्ध मशीहा चोर्छन् सुँघिरहेछु गरिरहेछु चोर्ने मेलो ! घ. यसको केशर पर्दछ चुली पन्छी चुम्छन् पर्वतमुनिले मन्त्र सुनीकन, यसको रहस्य, ‘भूर्भुव स्वः भूर्भुव स्वः’ तिनका आँगमा बिरुवा उँग्छन्। ङ. यो रोप्ने को ? यो रोप्ने को ? जोडाजोडी ? कस्ती राम्री होलिन्तिनी औ कस्तो सुन्दर तिनको प्रेमी ! कल्पिरहेछु ताना छोडी ! भावहरुका उब्जिरहेछन् हरिया शस्य गाई एउटा मन्त्र, रहस्य ! भूर्भुव स्वः भूर्भुव स्वः च. जप्छ दुभो पनि यही गायत्री सजल र सिरसिर, दिलले अवश्य !