दिल कचौरा यो उचालौँ खान्छु हीरा मर्न देऊ रित्तो कर को यो भिखारी बर्छ आँशु झर्न देऊ । एक निलमको छ ढोका जो कुवेरको द्वारमा हीरा ढुकुटीबाट एउटा दाना केवल झर्न देऊ । फूल जस्ती कोमलाको छैन दिलमा के दया जिन्दगी भो प्यास रित्तो एक थोपा पर्न देऊ । जिन्दगानी यो छ बादल कालो रङ्गको छेउमा मर्छ भन्ने रोगीलाई चट्ट मर भनी मर्न देऊ ।