नेपाली अभिलेख

वृक्ष

कविता · सङ्ग्रह: भिखारी (कवितासङ्ग्रह)

यौटा वृक्ष ठूलो खडा छ म अघी, बाक्लो छ फैलावटयस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमामेरा धेर उमङ्ग भिन्न रंगका चल्दो हवामा उडेफैलिन्छन् यसका जरा हृदयमा, हाँगाभरी फूल छन् ।ओभाई पसिना म गर्दछु कुरा प्यारो पुरानोसँगमीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँगभिन्न भिन्न बिना कुनै शब्दले हाम्रो समालाप छभाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा।यस्मा जीव छ कामना, हृदय छन्, यस्को पनी जीवननाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनीनाच्दी छन् पृथिवी अनेक ऋतुको पर्दा गिरी खुल्दछछाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ।टाढाबाट जुरेलि कोइलि यहीं आई मिठो गाउँछन्यस्‌मा नीड बनाउँछन् अरु चरा मुल्छन् नबोली कुनैयस्मा आउँछन् दूरदेशहरुको सन्देश क्या सुन्दरहामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा।।माटोभित्र जरा छ जाल गहिरो प्यूँछन् धराको रसमाथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भावझैँ सुन्दरमाटैभित्र जरा छ हामिहरुको फुल्छौं उँचाई लिईहामीभित्र वसन्तका पवनका खूश्बू र सौन्दर्य छ।केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी ...वर्षाको रस, वायुको चपलता, ताराहरूको छविकेही निर्मल पानिको मृदुलता, न्यानो तथा घामकोमिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसमा भावना।यस्का पात बिचारमैं बहुल छन्, वैलाउँछन्, आउँछन्झर्छन्,, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमाचल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमाजस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् ।यस्को स्थान छ आफनो, छ त्यसमै यस्को सबै कोसिसत्यस्मै फैलिनु फुल्नु हुन्छ यसको, त्यस्मै छ वैलाउनुयस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व,, सौन्दर्य छआफ्ना ठाउँ र भाग आफुकन छन्, आफ्नै जुदा जीवन ।यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमालाखौं पात, बनौट सुन्दर थिए त्यो बीजमा टम्म नैफैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप यो रङ्गमाआजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ१०फेरी बीज पलाउँछन्, रुख नयाँ हाँस्छन् सुसेल्छन् पछिफेरी पंछि नवीन गाउँछ नयाँ गाना बिराना अरूनाच्छिन् ई पृथिवी शशी र रविको फेरी उही तालमाफुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ।
...............................................................शारदा, २।५,, श्रावण १९९३

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)