नेपाली अभिलेख

वैशाख चतुर्दशीको चाँदनीसँग

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

“हिम-स्तनी ए ! हिउँमा टेकी,किन आ’की ?”“दिवस-ज्वरको ज्वलनको आगोनिभा’की ! ”
“सुधावदिनी हे ! स्वर्गकी चरी, किनहँसिली वदन ?”“प्रेमी जोडीहरुको देख्दछु,मधुर मिलन ! ”
“यति मीठोसँग पृथिवीमा किन मुसका’की -”“हरिया हृदय, अधरमा फुस्किन,छु सिका’की !”
“भाव-ग्रन्थिका गहिरा बास्नारानी ! कसरी फुस्किन्छन् ?”“शीतलताको ललित लतामाएकान्त जूनमा निस्किन्छन् !”
“ए जूनरानी ! संसार निहार्छ्यौ।के, के, उदेक छ ?”“पागल मातले जब काढाँ सबफूल फूल देख्छ !”
“स्वर्ग कहाँ छ ?” “मुखमा राजा ! ”“दृष्टि कहाँ छ ?” “जूनमा राजा ! ”“अमृत कहाँ छ ?” “दिलमा राजा ! ”“प्यार कहाँ छ ?” “बेलीमा ताजा ! ”
“ए जून ! दिन के ?” “घाउ, घाउ ?”“रात के प्यारी ?” “मलम, मलम ?स्वपना, विपना, शवनम !”
“तरुनालाई म हुँ जवानी,दीवानी !अरुलाई हुँ, बिर्सिनसक्नु,कोमल एक कहानी ।”
“रस केमा छ ?” “दुई प्यालामा ?”“मधुबाला को ?” “रानी !” “रुप ! ”“सुन्दर कहाँ छ ?” “जून-गालामा ।सृष्टिकी हुँ पीली दीप”
“यो के जादू ?” “जीवन ! जीवन !प्रेरणा, मिलन, सुमन !प्रकृतिका हुन् मीठा मन्त्र, सृष्टिमुखी, यी !इन्दु-किरण ! इन्दु-किरण !”

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)