बादल
हामी सन्तति हौं अगाध जलकाग्रीष्मर्तुको जन्म हो,हाम्रो जन्म हुँदा महोत्सव थियो,सारा उज्यालो सफा,हाँस्थे सूर्य र छालमा उछलिंदाटल्पल् गरी नाच्तथे,टाढासम्म हावा निमन्त्रित थिए,चल्थे बडा तेजले।
हाम्रो व्योमविहारको मन थियो,ऊँचा थियो कामना,हामी सुस्त चढ्यौं सफा किरणकासाना मसीना सिंढी।माथी-माथि चढ्यौं मिल्यौं र फिजियौंआकाशको क्षेत्रमाबोकी चल्छ हवा डुलाउन जगत्डाँडा, पुरी, जङ्गल।
हेर्छौं दिव्य प्रदर्शिनी पृथिवीको,डाँडा र मैदानकोखाल्डा, खोंच हिमालका र वनकानङ्गा र उद्यानका।नाला निर्मल नागबेलि जलकाती निर्झरी, झाडिकाझुत्रा झोपडिका सफा सदनकाप्रासादका, वीथिका।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)