अतिथिहरू
क.दूरदेशका आए अतिथिभारत–सागरका यी दूत !लच्की आए, मुस्की आए,चिरपरिचित झैं, किरणप्रसूत !पथ जानेका मेरा घरकोनील अचलका चुली वार !आए, आए !मेरा स्वदेशी नीलिभ वनतिरजल कोमल छन्, चुहिन तयार !
ख.ज्येष्ठ मासको ज्वलन निभाउन,ताप सियालन आए तीक्लान्त मेरो एकान्त मिटाउन,समय बियालन आए तीचढ्छन्हात्ती, चढ्छन्घोडासहृद्सुकोमल –बहुआकार !पुष्प–पीडा दिलका बुझ्छन्!पङ्ख फिंजार्दा,हृद्रस झार्दा,वाष्प–रुपिणी करुणाका यी,पानी–भार !
ग.के, के ल्यायौ ? सलिल–सँगी हो !कोमल, कोमल ऊन सरि !रत्ननिधिले सम्झन्छन् केस्थल–दरिद्री पापीहरुकन,शुष्कहरुकन, माया गरी ?अध्यात्म–जगत्का प्रखर खडेरी,वर्षी, मेट !मानवताका शुष्क जराहरुमर्नै आँटे यस उपवनमा,घुस्दै भेट!शुष्क र निर्धन जगत्धनी गर,पन्ना किन्ने मोती फाल !सधूली नभ यो रुग्ण छ, नग्न छ,धोऊ, पखाल !साँझ–बुना पोशाक उज्यालो,सुन्दर शैली,यसमा हाल !ज्वलित जगत्का ए उद्धारक !वरुणदेवका करुण छाया !समवेदना ए थलसँग जलका !मानवताझैं कवि हृन्नभमाछाउँदा हलुका !ऋतु–क्रम स्मृति ए अतट विपुलका !युग–चक्रका झैं ए झिल्का !कोही परम करुण छ उतातिर !क्या माया !ए जलट हो ! फैली, फैली,छाया डाल !दायाँ बायाँ !
घ.अतिथिहरु हो पाद पवित्रकविदृग–जलले धुन देओ !कोमलका ए आत्माहरु हो !कल्पनाका हात नरमलेनरम पखेटा छुन देओ!अरुका दुःखका पग्ली मिट्ने !दर्शन पाएँ, रुन देओ !कसरी अस्थि पवि परिणत छन्सङ्घर्षहरुमा भनिदेओ !कसरी पुनरुद्दीपित भू हुन्गाई, ताली गनिदेओ !महापुरुषका नाटक गर, झर !प्रेरक भावका जुनि लेओ !
ङ.दृश्यपटमा कलिलो रङ्गलेछोई आयौ बादल हो !करुणा जन्मी तिम्रा सँगमा !वसुन्धराले घायल हो !शहीदहरुका हृदय तिमी होऊ,बलिदानका ए पागल हो !स्वर्गका हे ङ्गारहरुश्रृ हो !दिवसप्रभाका गाजल हो!
च.आज मुजूर भो मन बहुरङ्गी !त्यसमा वाणी मुदित चढिन्!रोमहर्ष भै, प्रकृति तिम्रोसन्देश गीतिका निम्ति अडिन्!बोल, बोल, ए मेरा अतिथि !पुनरुद्दीपन राग ! झर !मर–मिटको जल–सङ्गीत मनोहरकवि–आत्माको तृप्ति गाराईछर न, छर !अविश्लेष्य, अनिर्वचनीय,अनुपम,आनाकधरा, व्यापक, महान्,महामधुर एक सङ्गीत जगत्को,जो हो अविरल, निश्छल, अविकल,विकास–उज्यालो बलिदान !
छ.अतिथि तिमीहरु घर घर गर्दैजल बन्दिन्छौ पग्ली प्राण !शून्य गगनमा सब कुर्वान !बर्षिरहन्छौ, बर्षिरहन्छौ,मानव दिलमा तर हे निरन्तर !बर्षिरहन्छौ अनजान !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)