क. दूरदेशका आए अतिथि भारत–सागरका यी दूत ! लच्की आए, मुस्की आए, चिरपरिचित झैं, किरणप्रसूत ! पथ जानेका मेरा घरको नील अचलका चुली वार ! आए, आए ! मेरा स्वदेशी नीलिभ वनतिर जल कोमल छन्, चुहिन तयार ! ख. ज्येष्ठ मासको ज्वलन निभाउन, ताप सियालन आए ती क्लान्त मेरो एकान्त मिटाउन, समय बियालन आए ती चढ्छन्हात्ती, चढ्छन्घोडा सहृद्सुकोमल –बहुआकार ! पुष्प–पीडा दिलका बुझ्छन्! पङ्ख फिंजार्दा, हृद्रस झार्दा, वाष्प–रुपिणी करुणाका यी, पानी–भार ! ग. के, के ल्यायौ ? सलिल–सँगी हो ! कोमल, कोमल ऊन सरि ! रत्ननिधिले सम्झन्छन् के स्थल–दरिद्री पापीहरुकन, शुष्कहरुकन, माया गरी ? अध्यात्म–जगत्का प्रखर खडेरी, वर्षी, मेट ! मानवताका शुष्क जराहरु मर्नै आँटे यस उपवनमा, घुस्दै भेट! शुष्क र निर्धन जगत्धनी गर, पन्ना किन्ने मोती फाल ! सधूली नभ यो रुग्ण छ, नग्न छ, धोऊ, पखाल ! साँझ–बुना पोशाक उज्यालो, सुन्दर शैली, यसमा हाल ! ज्वलित जगत्का ए उद्धारक ! वरुणदेवका करुण छाया ! समवेदना ए थलसँग जलका ! मानवताझैं कवि हृन्नभमा छाउँदा हलुका ! ऋतु–क्रम स्मृति ए अतट विपुलका ! युग–चक्रका झैं ए झिल्का ! कोही परम करुण छ उतातिर ! क्या माया ! ए जलट हो ! फैली, फैली, छाया डाल ! दायाँ बायाँ ! घ. अतिथिहरु हो पाद पवित्र कविदृग–जलले धुन देओ ! कोमलका ए आत्माहरु हो ! कल्पनाका हात नरमले नरम पखेटा छुन देओ! अरुका दुःखका पग्ली मिट्ने ! दर्शन पाएँ, रुन देओ ! कसरी अस्थि पवि परिणत छन् सङ्घर्षहरुमा भनिदेओ ! कसरी पुनरुद्दीपित भू हुन् गाई, ताली गनिदेओ ! महापुरुषका नाटक गर, झर ! प्रेरक भावका जुनि लेओ ! ङ. दृश्यपटमा कलिलो रङ्गले छोई आयौ बादल हो ! करुणा जन्मी तिम्रा सँगमा ! वसुन्धराले घायल हो ! शहीदहरुका हृदय तिमी होऊ, बलिदानका ए पागल हो ! स्वर्गका हे ङ्गारहरुश्रृ हो ! दिवसप्रभाका गाजल हो! च. आज मुजूर भो मन बहुरङ्गी ! त्यसमा वाणी मुदित चढिन्! रोमहर्ष भै, प्रकृति तिम्रो सन्देश गीतिका निम्ति अडिन्! बोल, बोल, ए मेरा अतिथि ! पुनरुद्दीपन राग ! झर ! मर–मिटको जल–सङ्गीत मनोहर कवि–आत्माको तृप्ति गाराई छर न, छर ! अविश्लेष्य, अनिर्वचनीय,अनुपम, आनाकधरा, व्यापक, महान्, महामधुर एक सङ्गीत जगत्को, जो हो अविरल, निश्छल, अविकल, विकास–उज्यालो बलिदान ! छ. अतिथि तिमीहरु घर घर गर्दै जल बन्दिन्छौ पग्ली प्राण ! शून्य गगनमा सब कुर्वान ! बर्षिरहन्छौ, बर्षिरहन्छौ, मानव दिलमा तर हे निरन्तर ! बर्षिरहन्छौ अनजान !